Saturday, May 15, 2021

Shekhar Koirala: Voice Of Reason

ज्येष्ठ सांसद महंथ को नेतृत्वमा सर्वदलीय सरकार हो निकास

अहिले समय हो राजनीतिक नाटक समाप्त गर्ने, महामारी मा फोकस गर्ने। उठापटक त पहिले पनि थुप्रो भएको तर अहिलेको राजनीतिक उठापटक क्रुर कर्म हो। 

ओली लाई बजेट पास गर्न दिन सकिँदैन। 

ओली लाई चुनाव गराउन दिन सकिँदैन। 

भकुन्डो खेल्दा मैदान मा रहेका सबै खेलाड़ी सँग चिनजान हुनु जरूरी छैन। सबैसँग आत्मीय सम्बन्ध हुनु जरूरी छैन। तर खेलको नियम त पालन गर्नैपर्छ। देशको प्रधान मंत्री ले भकुन्डो हातमा लिएर कुदेको कुदै अवस्था छ। भद्रगोल। 

नेकपा फुटेर कांग्रेस लाई फाइदा त हो, तर अबको एमाले नै फेरि फुटेर ओली को नेतृत्वमा चुनाव हुन्छ भने बामदेवले एक समय गृह मंत्री हुँदा गरेको स्थानीय निर्वाचन सम्झे हुन्छ। 

भकुन्डो हातमा लिएर कुदने रोग जसपा मा पनि सरेको छ। हस्ताक्षर संकलन का भरमा बहुमत जुट्छ कतै? कोरम पुग्ने गरी बैठक बस्नुपर्ने हुन्छ। तर यो त अल्पमत बहुमत गर्ने समय नै होइन। अहिले त सर्वसम्मत निर्णय हरु गर्दै मधेसको मुद्दा सम्वोधन गर्ने समय हो। 

अहिले त खुद माधव लाई चाहिएको महंथ। मौखिक सम्झौता का आधारमा केपी लाई फेरि पत्याउन थाले माधव। 

भोट बटुल्ने मधेसमा कुरा गर्ने दार्चुला को मान्छे जस्तो कांग्रेस ले। त्यो जमाना गयो। संविधानमा लेखेको मानव अधिकारको पनि रक्षा नगर्ने: देश अहिले त्यहाँ छ। मधेसले मानव अधिकार र एक व्यक्ति एक मत लोकतंत्र भन्दा बढ़ी के माँगेको छ? नागरिकता पत्र त मानव अधिकार हो। संघीयतामा प्रदेश ले के कति शक्ति पाउँछ त्यो त उत्तराखंड, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, सिक्किम जहाँ हेरे पनि हुन्छ। त्यहाँ नरमाइलो मान्नुपर्ने के पर्यो त्यस्तो? 

ओली ले दुई चार थान झुठा मुद्दा फिर्ता गर्ने जमर्को गर्यो। विप्लव को सच्चा मुद्दा फिर्ता गर्नेले झुठा मुद्दा फिरता गर्दा जश्न मनाउनुपर्ने त्यस्तो खासै केही छैन। संविधान संसोधन अब न ओली को पछ्यौरा समाएर हुन्छ न देउबा को। अब को बाटो सर्वदलीय नै हो। आफै कमांड गर्ने हो। मानसिक दासता को तोसक बिसाउने अब। जाड़ों गयो। सर्दी ख़त्म हुवा। 






ओली पुन: प्रधानमन्त्री बन्दा राजनीति अन्योलतातर्फ धकेलियो : यादव

अझै कति शव गनेर बस्ने ! यो महामारी दलहरूका लागि परीक्षा पनि हो । कसैले राजनीति नगरौं । पहिले जनता बचाऔं, राजनीति पछि गरौंला । ....... अहिले भारतले जुन नियति भोगिरहेको छ, हामी त्योभन्दा खतरनाक र भयावह विन्दुतर्फ अग्रसर छौं । ......... यसरी निषेधाज्ञामा राखिरहने हो भने आम जनतामा भोक र अन्य रोगका साथै आक्रोश पनि थपिँदै जानेछ । किनकि सरकारको हरेक कुनामा बिचौलिया पसेका छन् । अब त कुनाकुनामा पसेका बिचौलियाले ‘कात्रो र शववाहन’ मा पनि कमिसन नखोज्लान् भन्न सकिन्न । यो हाम्रो राजनीतिक संस्कारले नै निम्त्याएको अवस्था हो । ट्रेडिङमा रमाउनेहरूमा आफ्नो लगानी नगरी राज्यको लगानीबाट कमिसन लिने र खाने बानी राजनीति गर्नेले नै पारिदिएका हुन् । ......... अघिल्लो लकडाउनका कारण थला परेको पर्यटन र आर्थिक क्षेत्र कोमामा जाने अवस्था छ । यो क्षेत्रलाई पूर्ववत् स्थितिमा फर्काउन एक वा दुई वर्षमा सम्भवै छैन ।

भगवान्‌कै भरोसा ! ‘गिट्ठा–भ्याकुर राष्ट्रवाद’ को वकालत गर्नेहरूले जेसुकै भनून्, रोटीको आफ्नै राष्ट्रियता हुन्छ । मान्छे पलायन त्यसै हुँदैन । ........  जो आफ्नो दैनिक आवश्यकता पूरा गर्न असमर्थ छन्, तिनीहरूले मास्क र स्यानिटाइजर प्रयोग गर्लान् वा पटकपटक साबुन–पानीले हात पखाल्लान् भनी अपेक्षा नै गर्न सकिँदैन । तराईमै यस्ता बस्तीहरू छन् जहाँ खानेपानीको सहज आपूर्ति छैन । तिनीहरू लापरबाही गर्न खोजेका छैनन्; बस, निरुपाय छ । यस्ता भुइँमान्छेहरूमा पुरुषजतिले गम्छा र महिलाजतिले साडीको सप्को वा घरमै उपलब्ध पुरानो कपडालाई मास्कका रूपमा प्रयोग गरिरहेका छन् । थातथलोमा यतिखेर घरबन्दीले गर्दा काम ठप्प छ, घरबाहिर निस्किन पाबन्दी लगाइएको छ । तर गाईवस्तु पाल्नेले के गर्ने ? ....... घर नफर्कूं, मरिने; फर्कूं, झन् मरिने । .......  रोजगारीका लागि भारत जाने नेपालीहरूको आँकडा हेर्ने हो भने सबैभन्दा बढी अदक्ष श्रमिक छन् । .......  भारतमा कति नेपाली छन्, तिनीहरू कहाँकहाँ छन्, कस्तो अवस्थामा छन्, के काममा संलग्न छन्, त्यसको कुनै लेखाजोखा छैन । .........  नेपालको वर्चस्वशाली जमातको हित संरक्षण दिल्लीस्थित दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासबाट निर्वहन भैरहेको परिप्रेक्ष्यमा असंगठित भुइँमान्छेहरूका लागि कसले चिन्ता लिने ? नेपालको राजनीतिक नेतृत्वले भारतसँगको सामाजिक–आर्थिक सम्बन्धको प्रमुखतालाई स्वीकार नगरेसम्म केही हुनेवाला छैन । ...... खेतीमा ‘वर्क फ्रम होम’ चल्दैन । ..... हाम्रै नेपालभित्र अर्को नेपाल पनि छ, जो यस पटकको महामारीमा भगवान् भरोसे बाँचिरहेको छ । इतिहासमा यिनको कुनै अभिलेख हुँदैन । मृत्यु स्वीकार गर्नु वा घिटघिटी गर्दै बाँचिरहनु अदृश्य मान्छेहरूको क्रूर वर्तमान हो ।

महामारीमा सत्ता राजनीति सर्वसाधारणका लागि राज्यको उपस्थिति मसानमा बाहेक अन्यत्र कतै प्रभावकारी छैन । ..... महामारीको पहिलो चरणमा वृद्धवृद्धाहरूका लागि खतरनाक मानिएको कोरोनाले दोस्रो चरणमा संसारका युवा पुस्तामाथि आक्रमण सुरु गरेको छ । ........  युरोप होस् वा अमेरिका वा अफ्रिका, मानव जातिको जहाँजहाँ उपस्थिति छ, कोरोनाले कतै छोडेको छैन । छिमेकी भारतमा यसको कहर अत्यन्त निर्मम छ । नेपालमा त्यसको गहिरो प्रभाव परेको छ । कोरोनाकालमा भारत र नेपालका अर्थतन्त्र अविभाज्य देखिएका छन् । महामारीको पहिलो चरणमै कोरोनाबाट बच्न भारतबाट घर फर्केका मानिस केही दिनपछि नै कसरी फेरि कामको खोजीमा भारत गएका थिए ? यो तथ्य नेपालीले बिर्सिएका छैनन् । ........ देशका जनता एकातिर कोरोना महामारीले आक्रान्त भइरहेका छन् भने, यही समय देशको राजनीतिमा सत्ता परिवर्तनको ‘लाली’ चढेको छ ।  .......  देशको स्वास्थ्य व्यवस्था ‘कोल्याप्स्ड’ भैसकेको छ । ठूला पुँजीमा चलेका अस्पतालहरूले असमर्थताको हात उठाइसकेका छन् । सम्पूर्ण स्वास्थ्य क्षेत्र अराजकताको अन्तिम विन्दुमा उभिएको छ । मेचीदेखि महाकालीसम्म, चारैतिर छरिएर रहेका, सहर–बजार तथा खोंच र उपत्यकाका ठूला–साना स्वास्थ्य चौकी र अस्पताल विस्फोटक अवस्थामा पुग्ने खतरा छ । ........ निषेधाज्ञाका बेला जनताको रासनपानीको व्यवस्था कसरी भैरहेको छ ? संघीय, प्रादेशिक वा स्थानीय सरकारलाई त्यसको सरोकारै देखिँदैन । मानिसहरू सरकार र सरकार चलाउने जातिका विषयमा निषेधका टिप्पणी गर्न थालेका छन्— अक्सिजन र उपचारको व्यवस्था गर्न छाडेर सरकार वाग्मती किनारमा नेपाली सेनाका जवानहरूलाई चिहान खन्न लगाइरहेको छ । ........  देशको राजधानी सहरमा एक हूल पैसावाल व्यापारी छन्, अर्को हूल जग्गावाल व्यापारी छन्; त्यसभन्दा पर जनताप्रधान भन्ने कोही पनि छैन । .........  राजाले आफ्नो सुविधा र तजबिजअनुसार, राष्ट्रको ढुकुटीको उपयोग गर्थे । त्योभन्दा अगाडिको समयमा, राजाले सोझै ढुकुटीको प्रयोग गर्थे । उनका लागि लोकलाजको अर्थ थिएन । अहिले लोकतन्त्रका नेताहरू लोकलाजलाई पन्छाएर, राजाको त्यही ‘कदम’ को अनुसरण गरिरहेका छन् । ........  अहिलेको संसदीय अंकगणित केलाउँदा प्रतिनिधिसभाबाट पराजित भएर पनि प्रधानमन्त्री ओली निकै जब्बर देखिएका छन् । .......  जनताले सुशील कोइराला, खड्गप्रसाद शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा सबैको शैली देखेका छन् । कोरोना महामारीको व्यवस्थापनमा प्रधानमन्त्री ओलीले फैलाएको अराजकता सबैले बुझेका छन् । ...... अहिलेसम्म यो देशको बागडोर त्यस्ता मानिसले सम्हालेका छन्, जसले कहिल्यै देश र जनताको चिन्ता गरेनन्, क्रान्तिका आदर्शहरूको सम्मान गरेनन्, देशको साधन र स्रोतलाई लुट्ने काममा लागे । अहिलेको संसद्मा जो छन्, तिनको योग्यता र उपयोगिता पनि योभन्दा बढी छैन । तैपनि, रामायणका रचनाकार वाल्मीकिजस्तो उनीहरू पनि सुध्रिन्छन् कि ? यो एउटा कल्पना हो ।

टीभीका प्राइम टाइममा देखाइने यी टक शाेहरूले हामीलाई के सिकाउँछन् ?  ४ सय वर्षबीचको दौरानमा यस्ता कलोसियमहरूमा ४ लाखभन्दा बेसी ग्लाडिएटर अर्थात्् मानव जीवनहरू समाप्त भएका थिए । ......... प्राइम टाइम बहसका कार्यक्रम सञ्चालकहरू सबैभन्दा कम लगानीमा आममानिसहरूलाई सजिलै मूर्ख बनाइरहेका छन् । ......... ३९८ कार्यक्रममध्ये ३०० हाराहारीका कार्यक्रम संसद् विघटन, सर्वोच्चको निर्णय, नेकपाको फुट, एमालेभित्रको किचलो, राजनीतिमा प्रतिपक्षीको कमजोर भूमिकाकै वरिपरि मात्र रुमल्लिइरहेको देख्न सकिन्छ । ........  मूर्ख व्यापारीले नयाँ उत्पादन गरिरह्यो, टेलिभिजनका बहसका कार्यक्रमहरूमा तिनै मूर्खताको भव्य होडिङबोर्ड लगाइयो, ती होडिङबोर्डमा रहेका उत्पादनहरूको सक्दो विज्ञापन यी प्राइम टाइम शोहरूले बेचिरहे । जनता मूर्ख बनिरहे । तर, राजनीतिज्ञको भेषमा रहेका व्यापारी हुन् या तिनका एजेन्टका रूपमा हाम्रोमाझ देखापरेका यी टेलिभिजनका बहसका शोहरू हुन्, यी सबैले बुझ्नैपर्ने कुरा के हो भने आम मानिसबिना कुनै पनि खेल सम्भव छैन । र, जब खेलमा आममानिसको उपस्थिति हुँदैन, या त व्यापार बन्द गरिनुपर्छ या त असल व्यापारको सुरुवात गरिनुपर्छ ।

सत्तास्वार्थ र बजेट साटासाट : महन्थ ठाकुरलाई मागेजति रकम जसपा अध्यक्ष महन्थ ठाकुरले चालु वर्षको बजेटमा नपरेका आयोजनामा पर्याप्त बजेट लगेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार ठाकुरका लागि बुधबार मात्रै ३ अर्बभन्दा बढी रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ । ......... अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार ठाकुरले करिब एक दर्जन आयोजनामा रकम माग गरेका थिए । तीमध्ये तीनवटा आयोजना २० करोड रुपैयाँभन्दा बढीका छन् । अरुमा पनि ५ करोडभन्दा धेरै रकम रकमान्तर तथा स्रोत सुनिश्चितता गरिएको छ । .......... बजेट मार्गनिर्देशन २०७७/७८ ले पनि खर्च गर्न नसकेको बजेट खर्चको ग्यारेन्टी भई रकम अभाव हुन सक्ने क्षेत्रमा बजेट सार्न सकिने व्यवस्था गरेको छ । यही प्रावधानलाई टेकेर महन्थ ठाकुरसहित उनीसँग नजिक रहेका नेताहरूले मागेका आयोजनामा मनपरी रकमान्तर गरिएको छ ।  


No comments: