Friday, May 21, 2021

मध्यावधि चुनाव: ओली को अभिष्ट

नहुने निर्वाचन को घोषणा भयो। संसद भंग। अब त संसदीय अंकगणित को पनि चिन्ता गर्नु परेन। अब महंथ र राजेंद्र को पुछारथ समाप्त हुन्छ। अलि अलि जे भयो भयो। अब संविधान संसोधन को संभावना समाप्त। 

यो महामारी को समयमा निर्वाचन को घोषणा ले रोम जलेको नीरो को भीषणता लाई ओझल पारेको छ। यो महामारी को सामुन्ने त्यो रोम को आगो केही न केही। शासक वर्ग आम जनता भन्दा कति सारहो पर छ भन्ने देखियो। 

क्रुरता यहाँ समाप्त हुने होइन, प्रारम्भ हुने हो। वायरस त छँदैछ। त्यसमाथि यो राजनीतिक महामारी। मानौं एउटा महामारी प्रयाप्त थिएन। दुबै महामारी अहिले एक दुई वर्ष चल्ने महामारी नै हो। बड़ा गारहो अवस्था हो। अहिले जुन स्वास्थ संकट काल को खाका तैयार गरिएको छ त्यसले ज्ञानेंद्र को सन २००५ लाई पिकनिक जस्तो देखाउनेछ सापेक्ष रुपमा। 

ओली को सच्चा रूप अब सामुन्ने आउँछ। 

या त निर्वाचन हुँदैन या त ज्ञानेंद्र ले गरेको निर्वाचन भन्दा पनि ठुलो उपहास हुन्छ। बहुत विषम परिश्थिती हो। बड़ा गारहो समय हो। 

नेपाली जनताले महामारी र तानाशाह दुबै खप्नुपर्ने भो। स्थिति अहिले लाई ख़राब ख़राब हुँदै जाने भो। 



ओलीलाई गगनको प्रश्न : १५३ जनाको समर्थन थियो भने विश्वासको मत लिने वैधानिक बाटो किन छाडेको ?

नेपाल समुहमा बिद्रोह, देउवालाई मान्न नसकिने भन्दै आधा दर्जन सांसद विरोध  गत पुस ५ गते प्रतिनिधि सभा विघटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद थिए । देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० भन्दा कम सांसद उपस्थित भएका छन् । .......  नेपाल पक्षको कोर टीमका सदस्यहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसालले शुक्रवार आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् । यससँगै उनीहरूले नेपालसँग कित्ताकाटको तयारी गरेको स्रोतले बतायो । पाण्डेले देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको र पुरानो हस्ताक्षर दुरुपयोग गरिएको आरोप लगाएका छन् । ...... ‘अहिलेसम्म पार्टीभित्रको संघर्षमा उहाँलाई साथ दिएको हो, आफ्नै पार्टीको सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवालाई काँध थाप्न हिँडेपछि हामीले साथ छाड्यौं,’ नेपाल पक्षमा खुलेर लागेका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।

ठाकुरलाई प्रधानमन्त्री बनाउन यादव सहमत, ढिला भएको ठाकुर पक्षको भनाई एता ठाकुर पक्षले भने यादवको यो तर्कलाई राजनितिक बइमानी भनेका छन् । एक नेताले भने, ‘उपेन्द्र जी, प्रचण्ड र देउवाले चाहेको भए ठाकुर जी उहिले प्रधानमन्त्री बन्नु हुन्थ्यो, तर उपेन्द्र जी लाई आफै रेकर्ड बनाउने मन छ क्यार ।’

देउवालाई ओलीको फोन, ‘मेरो विकल्प को ? हिम्मतका साथ नयाँ साँझा उम्मेदवार ल्याउनोस’ उनले शुक्रबार विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् । वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका भन्दै उनले भने, ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा, सवैलाई समेटेर साझा भूमिका खेल्नेछु ।’

नेपाल पक्षका सांसदहरु भने, ‘देउवा लाई मान्दैनौ’

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषदको बैठक

योगेशले भने- जीवनकै सबैभन्दा कठिन दिन आज

देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले सांसदमाथि कारवाही गरेको पत्र शीतल निवासमा

उपेन्द्र यादव पक्षका १२ जना सांसदलाई कारवाही गरिने पत्र राष्ट्रपति कार्यालयमा

‘महन्थले सहमति भङ्ग गरे, पार्टी विभाजनको दिशामा अघि बढ्यो’

मध्यरातमा डकैती गरियो : वर्षमान पुन

No PM Offer For Thakur

Upendra 13, Mahanth 19

ओलीको विरोधमा जान सक्दैनौं : महन्थ ठाकुर
कांग्रेस प्रवक्ता शर्माको टिप्पणी- महाव्याधीका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ

The only way to solve the Israeli-Palestinian problem

No comments: