Thursday, May 20, 2021

शम्भु थापा, गगन थापा, जाउ राष्ट्रपति बन

एकसे एक संविधान विद छन नेपालमा। प्रधान मंत्री लाई अदालत लान मिल्छ। राष्ट्रपति लाई त अदालत पनि लान मिल्दैन। लग्यो भने जगहँसाई हुन्छ। अस्ति भर्खर एक पटक जगहँसाई भएको। नेपालमा त संसदको विश्वास गुमाएको व्यक्ति पो फेरि प्रधान मंत्री भयो भन्दै दुनिया हाँस्यो। 

गलती सलती जे हुनु भइहाल्यो। ओली ले विश्वासको मत मागे देखि अहिलेसम्म समय नै समय। देश उपधारा ५ तर्फ बढ्यो भन्ने सुराक भर्खर पाएको हो? ओली ले पहिला राजीनामा गर्नुपर्थ्यो त्यस पछि राष्ट्रपति ले कम्तीमा तीन दिन दिनुपर्थ्यो। ठीक हो। तर त्यो तर्क वितर्क मा अल्झिएर देशलाई राष्ट्रपति शासन मा पुर्याउनु मा छ त बुद्धिमता? राष्ट्रपति ले प्रक्रियागत त्रुटि गर्यो भन्ने अनि लगेर त्यसै राष्ट्रपति लाई सारा देश सुम्पिदिने। त्यसमा कहाँ छ तर्क? 

ओली ले विश्वास को मत पायेन। देउबा ले बहुमत जुटायेन। त्यो भुतकाल। भइसक्यो। पास्ट टेन्स। माओ पार्टी र कांग्रेस ले हामी ओली लाई हटाउन आत्तुर छौं भनेको केही महिना बित्यो। कुर्ता भित्र अरिंगाल पसे जस्तो गर्ने प्रचंड। खोइ त हतार भएको? 

महंथ लाई प्रधान मंत्री मानन २१ घंटा प्रयाप्त समय हो। होइन भने २१ दिन पनि प्रयाप्त समय होइन। महंथ को नाम नपच्ने दोष दिने महिला राष्ट्रपति लाई। त्यसो गर्नु हुँदैन। 

No comments: