Thursday, March 04, 2021

अब दुई वर्ष का लागि प्रधान मंत्री उपेन्द्र यादव हुनुपर्छ

तेस्रो ठुलो दलका अध्यक्ष उपेन्द्र यादव को नाम प्रस्ताव गरेर नेकपा, नेका र जसपा ले अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्छ र संसद बसेको प्रथम दिन नै सुपर पेट्रियट केपी ओली लाई अलविदा कहनुपर्छ। 

निर्वाचन पछि तुरुन्त प्रधान मंत्री चयन हुँदा बहुमत प्राप्त दल को नेता लाई राष्ट्रपति ले टीका लगाइदिने हो। तर त्यस निधार ले दुई बर्षको ग्रेस पीरियड काटे पछि यदि अविश्वास प्रस्ताव दर्ता गरिन्छ भने त्यो अविश्वास प्रस्ताव जुन सुकै दलले अथवा सबै दलले मिलेर गर्न सक्छन। त्यसरी अविश्वास प्रस्ताव दर्ता गर्दा प्रधान मंत्री को नाम किटान गर्नै पर्ने नियम छ। त्यो नाम जुनसुकै दल बाट आउन सक्छ। अर्थात पुरानो प्रधान मन्त्री विरुद्धको अविश्वास प्रस्ताव नया प्रधान मंत्री प्रतिको विश्वास प्रस्ताव पनि हो। अगुलटोले हानेको कुकुर बिजुली देखि तर्सिएको अवस्था हो। राजनीतिक अस्थिरता बाट तरसेको देश हो नेपाल। 

प्रचण्ड को नाम दिन नहुने केही कारण छन। एक त कुन आधिकारिक पार्टी भनेर निर्वाचन आयोग अझै घोतलियेको अवस्था छ। ओली बालुवाटार बाट निस्केपछि आयोगको घैंटोमा घाम लाग्छ। दुई, प्रचण्डले आफु प्रधान मंत्री बन्न कुर्सीका लागि खिचड़ी पकाएको होइन भन्ने सन्देश जाओस। तीन, अब दुई वर्ष गर्नुपर्ने प्रमुख काम नै मधेसले खोजेको संविधान संसोधन हो। एउटा संविधान संसोधन आयोग बनाएर काम थालिहाल्नुपर्छ। अनि बल्ल आर्थिक क्रांति को सघन बहस शुरू हुन्छ। अनि त्यहाँ नेका, नेकपा, जसपा, जपा सबैले प्रतिस्प्रधा गर। दिल खोलेर गर। स्वस्थ प्रतिस्प्रधा। 

देउबा को नाम दिन नहुने केही कारण छन। आफैले नाइ नाइ भनिसकेको अवस्था। पद नचाहनेले काम पनि गर्दैन। अहिले दुई वर्ष पद लिने, काम नगर्ने, अनि काम नगरेको नेता को रुपमा जनताको भोट मागदा पाँच वर्ष पहिला भन्दा पनि ठुलो बिजोग हुने डर छ देउबा लाई। बरु सरकार बाहिर बस्दा दुई वर्ष पछि भोट मागन सजिलो होस भन्ने छ। देशको सबैभन्दा ठुलो एक्लै बहुमत वाला पार्टी बनने लोभ छ। देउबा का पार्टी भित्रका विरोधी भने अहिले देउबा प्रधान मंत्री भयो भने महाधिवेशन ताका फाल्न गारहो हुन्छ भन्ने जोड़घटाउ मा छन। चाहे जेसुकै होस। 

तीन चार वर्ष अगाडि संविधानको विरोध गर्ने अहिले त्यसै संविधानको बचाउमा आंदोलन गर्ने? त्यसरी केहीले जसपा लाई प्रश्न गर्दैछन। जसपाले आंदोलन तीन चार वर्ष अगाडि मात्र गरेको होइन। त्यस पछि पनि लगातार गर्दै आएको छ। संसदमा आयो तर सड़क त कहिले पनि छोडेन। त्यो आंदोलन संविधान खारेज गर, फेरि २०४७ कै संविधान देउ, २०१७ कै संविधान देउ भनेको होइन। संविधान अपुग छ, संसोधन गर भनेको हो। घरमा झ्याल ढोका थप भनेकोले घरमा आगो लगाउने प्रयासको विरोध गरेका हुन। आगोले स्वाहा गरेर घर नै बाँकी छैन भने के को झ्याल ढोका? जसपा ओली को प्रतिगामी कदमको विपक्षमा सडकमा आउनु परेको कारण त्यो हो। 

सानो दलको प्रधान मंत्री छ भने चुनाव ताका नेका र नेकपा ढुक्क हुने भए। निर्वाचन आयोग निष्पक्ष रहन्छ। उसै पनि चुनाव त आइ नै सक्यो। एक वर्षमा स्थानीय चुनाव हुन लागेको होइन? अब बन्ने सरकार चुनावी सरकार नै हो। दुई वर्षमा संसदीय चुनाव हुन्छ। 

 काठमाण्डु उपत्यकामा सभ्यता शुरू गर्ने नै गोपालवंशी हरु हुन, पुर्वी तराईका यादवहरु। घुमीफिरी रूमजाटार। 




No comments: