Sunday, March 07, 2021

नया परिस्थितिमा सबैभन्दा उपयुक्त एमाले र जसपा गठबंधन

सर्वोच्चले एमाले र माओवादी ब्युंताएपछि सबैभन्दा ठुलो दल एमाले का लागि सबैभन्दा आकर्षक जसपा हुन पुगेको छ। जसपा ले प्रधान मंत्री माग्दैन। तर जसपा ले हार्ड बार्गेनिंग गर्नुपर्छ। तत्काल नेपाल सरकारले मुद्दा फिर्ता लिएर रेशम चौधरी र लक्ष्मण थारू रिहा। र एक वर्ष भित्र संविधान संसोधन गरिसक्ने कार्यतालिका। संविधान संसोधन का लागि कांग्रेस र माओवादीले सरकार बाहिर बसेर पनि मतदान गर्नेछन। एउटा संविधान संसोधन आयोग को तत्काल गठन। नया परिवेशमा जसपा ले सभामुख पद पनि माग्नुपर्छ। महन्थ ठाकुर शायद उपयुक्त नाम हो। त्यस बाहेक प्रमुख मंत्रालय हरु र राजदुत जस्ता प्रमुख नियुक्ति हरु। उप प्रम त स्वतः। नया परिस्थितिमा सबैभन्दा उपयुक्त एमाले र जसपा गठबंधन हो। तर संविधान संसोधन को ठोस कार्यतालिका बिना जानु आत्मघाती हुन्छ। एक वर्ष भित्र संसोधन नभए सरकार छोड्ने घोषणा का साथ जानुपर्छ। 



No comments: