Friday, March 26, 2021

जनमत पार्टी को आउन लागेको समय

संगठन नै शक्ति, संगठन नै क्रांति 

मोदी पहिलो पटक प्रधान मंत्री बन्दा भाजपा दुनियाको सबैभन्दा ठुलो राजनीतिक पार्टी थिएन। केही बर्षमा बन्यो। कसरी बन्यो? मिस्ड कॉल को आधारमा। भाजपा को सदस्य बन्न चाहने ले कृपया यस नम्बर मा मिस्ड कॉल हान्नुस भनेर व्यापक प्रचार गरियो। फ़ोन कॉल गर्ने जति लाई पहिले कॉल बैक गरेर उसको सम्पुर्ण जानकारी लिइन्छ, अनि जहाँको मान्छे हो त्यहाँको स्थानीय कार्यकर्ता एक जना घर मैं भेट्न आइपुग्छ। त्यो वडा समिति को काम हो। अझ बुथ समिति सम्म कुरा पुग्छ। किनभने चुनाव भनेको बुथ बुथ मा लडिने कुरा हो। जनमत पार्टी ले यसरी मिस्ड कॉल को आधारमा पार्टी सदस्य संख्या १० लाख पुर्याउन सक्छ कि सक्दैन? सच्चा क्रांति त्यहाँ छ। 

विचारको प्रवाह: दुईतर्फी  

माथि बाट पार्टी अध्यक्ष अथवा केंद्रीय समिति को विचार एकतरफा स्थानीय स्तर सम्म पुर्याउनु संगठन को एक मात्र काम हो भनी सोच्ने संगठन रसातलमा पुग्छ। विचार प्रवाह दुईतर्फा हुनुपर्छ। साधारण कार्यकर्ता को आवाज केन्द्रीय नेतृत्व सम्म व्यवस्थित ढङ्गले पुर्याउनु पार्टी संगठनको प्रमुख काम हो। बुथ कमिटी अथवा वडा कमिटी भेला हुँदा एजेंडा तय गर्ने देखि लिएर सबै ले पालै पिलो बोल्ने, बोलिएको कुराको माइन्यूट टिपोट गर्ने एक जना राख्ने र त्यो लिखित दस्तावेज एक कदम माथि पुर्याउने प्रक्रिया निरंतर हुनुपर्छ। आफु सदस्य रहेको कमिटी मा प्रत्येकले निर्धक्क बोल्ने संस्कृति को विकास गरिनुपर्छ। त्यो नै सशक्तिकरण हो। एकतरफा केंद्र देखि स्थानीय सुचना प्रवाह ले एकांगी, तानाशाही, र असहिष्णु संगठन पैदा हुने डर हुन्छ। एकतरफा सुचना प्रवाह गर्ने संगठन ओरालो लागेको संगठन हो। 

प्रविधि को सुगन्ध: मोबाइल, सोलर, ऑर्गनिक  

जनमत पार्टी को कार्यकर्ता को स्मार्टफोन माओवादीको जनयुद्ध ताका को बन्दुक हो। यो बन्दुक कुनै पनि चरणमा बिसाउनु पर्ने छैन। स्मार्टफोन को भरपुर प्रयोगमा जनमत पार्टी  देशको एक नंबर पार्टी बन्छ भने यो देशकै नंबर एक पार्टी बन्छ। त्यति शक्ति छ स्मार्टफोन मा। माओले भनेको, शक्ति बन्दुकको नोकबाट निस्कन्छ। आज शक्ति स्मार्टफोन को बाटो आउँछ र प्रवाह हुन्छ। घरमा फोर जी (4G) छ भने घरमा दुनिया छ। घरमैं कतार, घरमै अमेरिका। घरमैं काठमाण्डु। स्कुल, कॉलेज, काम सब थोक छ फोर जी (4G) मा। 

नेपालमा लिच्छवि काल फर्किने भनेको सोलर को बाटो हो। 

नेपालमा शहरीकरण भैरहेको छ, भारतमा। धान खेती भन्दा तरकारी खेती बढ़ी फाइदाजनक हो। मधेसको तरकारी खेतीले कतार को ज्यालादारी काम लाई माथ गर्छ आमदानी आर्जन मा। 

प्रवासको आभाष: डबल ब्रेन गेन 

ब्रेन ड्रेन भनेको अंग्रेज ले सिकाएको भाषा। कोही मान्छे जब देशबाट विदेश जान्छ त्यो ब्रेन गेन हो। विदेशमा सिकेका कुरा उसले या त वापस लौटेर अथवा इंटरनेट को बाटो प्रवाह गर्छ त्यो पनि ब्रेन गेन हो। अर्थात डबल ब्रेन गेन। प्रवासी नेपाली प्रत्येक ले मोबाइल फ़ोन को बाटो भोट खसाल्न पाउनुपर्छ। भारत पनि प्रवास नै हो। जनमत पार्टी को खाड़ी को जस्तो संगठन दुनिया भर विस्तार गर्नुपर्छ। त्यो प्रवासी संगठन पार्टी को एटीएम मशीन हो। 

संगठन, सत्ता, थप संगठन, थप सत्ता 

निर्दल र बहुदल। राजतन्त्र र गणतंत्र। कति सारहो स्पष्ट फरक! अहिले भ्रष्टाचार को मुद्दामा जनमत पार्टी ले त्यति नै स्पष्ट सन्देश दिन सक्नुपर्छ। त्यो दिएको मैले देखेको पनि छु। यदुकोहा (मेरो एक जना फुफु बसेको गाउँ) जसलाई अचेल शहीदनगर भनिन्छ मा सीके ले आम सभा मा बोलेको वीडियो मैले यूट्यूब मा हेरें। मंच तल बाट एक जनाले बांगो टिन्गो खिँचेर अपलोड गरेको। त्यहाँ नै छ त्यो स्पष्टता। तपाइँको ग्रामपालिका को बजेट यति। बराबर बाँडी मात्र दिने हो भने एक परिवारलाई यति। तर त्यसको हिसाबकिताब तपाईंलाई दिएको छैन कसैले। स्थानीय चुनावमा स्वीप गर्ने फोर्मुला नै त्यही हो। मधेसका २२ जिल्लामा त्यसका आधारमा स्वीप गर्ने, अनि राम्रो काम गरेको आधारमा एक वर्ष जमेर संगठन निर्माण गर्ने। किनभने लक्ष्य त काठमाण्डु हो। लिच्छवि ले कमला किनारमा कैंपिंग गरेको होइन। 

गलती त बीपी कोइराला र मदन भण्डारी को हो 

२० महिना का लागि संसद को अंकगणित

नेपालको सन्दर्भमा न्युनतम आम्दानी (Universal Basic Income) को अवधारणा

तरल राजनीति, ठोस जनता

जनमत पार्टी वास्तविक नया शक्ति

जसपा का सामु चार विकल्प 

दुई नम्बर प्रदेश को नाम जनकपुर राखिहाल्नुपर्छ 

जनमत पार्टी: क्षितिज मा देखिएको लाली

शान्ति प्रक्रिया टुङ्ग्याउने अंतिम कदम

सीके राउत: एक आलोचना

आगामी चुनावमा जसपा र जपा का लागि उत्तम बाटो के होला? 

संसद पुनर्स्थापनाको मधेस आन्दोलन सँगको सम्बन्ध 

यस संसद र अर्को संसद का संभावित अंक गणित हरु 

सीके राउतको जनमत पार्टीका थुप्रै थुप्रै संभावनाहरु

ओली प्रचण्डको झगड़ा: सीके र रविन्द्र का लागि मौका मा चौका


म चाहौला जनमत पार्टी का कमसेकम १०० जना नेता ले यी दुई पुस्तक डाउनलोड गरेर पढ्नुहोस। 

From Third World To First: The Singapore Story by Lee Kuan Yew (Free PDF Download)
Abundance: The Future Is Better Than You Think by Peter Diamandis (Free PDF Download)

No comments: