Monday, March 15, 2021

तरल राजनीति, ठोस जनता



यसकारण ढिला भइरहेको छ ओलीविरुद्धको अविश्वास प्रस्ताव  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संसदबाट विश्वासको मत पाएमा ओलीविरुद्ध एक वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । यसकारण पनि माओवादी केन्द्रले तत्काल समर्थन फिर्ता लिन खोजेको छैन । ......... प्रधानमन्त्री ओलीले यतिबेला जसपालाई हातमा लिएर आफूविरुद्ध आउन सक्ने अविश्वासको प्रस्तावको सामना गर्ने तयारी गरिरहेको स्रोत बताउँछ । प्रधानमन्त्री ओली जसपालाई फुटालेर भए पनि आफूविरुद्धको सम्भावित अविश्वास प्रस्ताव असफल पार्ने तयारीमा लागेका छन् । स्रोत भन्छ, ‘ओलीले चाहे भने जसपा तत्कालै फुटाउँछन् ।’ त्यसैले माओवादी केन्द्रको भित्री उद्देश्य १ सय ३८ सांसदकै हस्ताक्षर गराएर अविश्वास प्रस्ताव दर्ता गर्ने रहेको छ । समर्थन फिर्ता लिँदा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्नसक्ने भएका कारण त्यो खतरा मोल्ने अवस्थामा माओवादी केन्द्र नभएको स्रोतको भनाइ छ ।
तातोपानी पिउँदै तीन घण्टा छलफल, छुट्टिने बेलामा टर्रो स्वाद ओलीको अडान : फागुन २८ बाट म ‘ब्याक’ हुन्न



पानीढुंगोमाथि ओलीको धावा ! नांगा आँखाले हेर्दा त्यो फगत ढुंगा हो तर किरातीहरुको इतिहास र संस्कृतिका हिसाबले बिनाअक्षरको एउटा अभिलेख हो– खुवालुङ । यो तोडफोड गर्दा इतिहासको कुनै कालखण्ड नै सप्तकोसीमा विलीन हुन पुग्छ ।



वैकल्पिक सरकार कि निर्वाचन ? ‘सरकार बनाउन र गिराउन’ संसद्को गणितलाई आफूअनुकूल पार्न पोख्त नेताको छवि बनाएका देउवा यसपटक नहतारिनुमा अनेक अड्कलबाजी हुन थालेको छ । देउवा र ओली स्थानीय तहअघि नै संसद्को चुनाव गराउने पक्षमा छन् । ओली रहँदा मात्रै त्यो सम्भव हुने तर्क गरिँदै छ  ।
‘मलाई ओलीजीले तीनवटा प्रस्ताव गर्नुभएको छ’ संसदीय दलको नेतामा उपेन्द्र यादव र मैले दाबी छाडिसक्यौँ : महन्थ ठाकुरसँगको अन्तरवार्ता




ओली खुट्टाले फुटबॉल खेल्ने खेलाड़ी होइनन 

देशको संविधान लाई बाल नगन्ने, एमाले को विधान लाई बाल नगन्ने मान्छेले जसपा फोड्ने प्रयास नगर्ला भन्नु अंधोपन हो। सके फेरि ठग्ने (हुन्छ नि त माग पुरा गर्छु भनेर विश्वासको मत लिने र एक बर्ष ढुक्क हुने) होइन भने फेरि किनबेच, अपहरण। साधारण संसदीय गणितमा जसपा ले आफ्नो मुद्दाको पक्षमा प्रयास गर्न सक्दो हो र शायद सफल पनि हुँदो हो। तर अहिले बहुत असाधारण स्थिति छ। 

ओली ढाँट्ने, देउबा ठाडै माग अस्वीकार गर्ने 

जसपा का माग पुरा गर्ने दिलचस्पी देउबा ले ठ्याक्कै देखाएका छैनन। उनलाई चुनाव को हतारो छ। सर्वोच्च्को निर्णय ओली भन्दा बढ़ी मन नपराएको मान्छे देउबा। देउबा लाई चाहिएको छ चुनाव। तातो तातो चुनाव। प्रत्यक्षमा हाराहारी जसपा जति कै सीट जितेको कांग्रेस ले। नैतिकताको आधारमा पार्टी सभापति बाट राजीनामा दिने भन्ने हरु लाई "आफु हार्ने दोष मलाई दिने?" भनेका देउबा ले। हो न हो ओली सँग कुरा मिल्छ। देउबा आफैमा एउटा ओली प्रवृति हुन। 

प्रचंड लाई अझै माधवको लोभ छ 

ओली लाई त पाखा लगाइसकेको थिएँ जस्तो लागेको प्रचण्डलाई। यो ऋषि कट्टेल वाला निर्णय नआएको भए? प्रचंड बहुदल लाई नै अंतरिम काल मान्छन। चाहे त्यो अंतरिम काल केही दशक नै किन नचलोस। तर ती बहुदलीय दशकमा पनि लगातार कम्युनिस्ट पार्टी ले शासन गरे भइहाल्यो भन्ने सोंच हो। लक्ष्य त एकीकृत कम्युनिस्ट पार्टी नै हो। अझै एमाले माधवले कब्ज़ा गर्छन अनि फेरि एकीकरण गर्ने भन्ने सोंच छ। तर त्यो शायद यथार्थ होइन। माधवले एमाले कब्ज़ा त के गर्ने एमाले बाट विधिवत फुटेर पनि आउन शायद सक्दैनन। 

मोटामोटी दुई कम्युनिस्ट पार्टी 

निकट भविष्यका लागि शायद नेपालमा दुई कम्युनिस्ट पार्टी रहन्छ। बहुदलीय परिवेश मैं हो खेल्ने। तर बीपी कोइराला को २०१५ साल को दुई तिहाई नेपाली कांग्रेस को उच्चतम विन्दु थियो। विगत को चुनाव त्यस्तै नेपालका कम्युनिस्ट हरुको उच्चतम विन्दु हो। अब आइन्दा कुनै पनि कम्युनिस्ट पार्टी ले एक्लै बहुमत ल्याउन सक्दैन शायद। 

कसैको बहुमत नहुनु 

ओली र देउबा ले चाहे जस्तो तुरन्त चुनाव हुन्छ भने पनि कुनै पनि दलको बहुमत आउँदैन। भने पछि अहिले संसदमा कुनै पनि दलको बहुमत नरहेको अवस्था लाई नै आदर किन नगर्ने? मुद्दाका आधारमा समीकरण बनाएर सरकार किन नचलाउने? मुद्दाका आधारमा एमाले र जसपा ले मिलेर सरकार बनाए भो। मुद्दाका आधारमा नेका, माओवादी र जसपा ले सरकार बनाए भो। दुई वर्ष चलने सरकार। समयभन्दा अगाडि चुनाव हुँदैन। कसरी हुन्छ? २० महिना छ क्या रे। २० महिना त युं बित्छ। 

मैंडेट 

नेपालको संविधान अनुसार पाँच वर्ष का लागि यो कसैको बहुमत नभएको संसद नै मैंडेट हो। संसदका चार वटै दल सरकार बनाउने अवस्था मा रहनु त अत्यन्त स्वस्थ लोकतंत्र हो। चुनावमा सबै जनता जित्ने किसिमको संसदीय अंक गणित। 

जनताले हेरिरहेका छन 

कोरोना महामारी ले अर्थतंत्र अस्तव्यस्त भएको बेला नेता हरु जति सबै नीरो, म्युजिकल चेयर को खेलमा एक वर्ष रमाएर बिताए भन्ने किसिमको सन्देश गएको छ। सन १९८९ को बहुदल, सन २००६ को गणतंत्र भने जस्तो अबको चुनावमा त्यति नै स्पष्ट भ्रष्टाचारको मुद्दा लाई बनाउने शक्ति आएमा अहिले का चार वटै दल हरुले मिलेर पनि बहुमत पुर्याउन नसक्ने अवस्था नआउला भन्न सकिन्न। 


No comments: