Tuesday, March 30, 2021

डेडलॉक होइन स्पॉटलाइट: भयंकर प्रगतिको समय



भन्नेले भन्छन नेपालको राजनीति अहिले डेडलॉक मा छ। बंद पोखरीको पानी जस्तो। न प्रचण्डले ओली को साथ छोडेका छन न अंगालो हालेका छन। न माधव एमाले भित्र न एमाले बाहिर। देउबा यति सारहो निश्चिंत देखिन्छन मानौं नेपाल भन्ने देशमा प्रधान मंत्री पद नै छैन। पदको दौड़धुप बाट निर्वाण प्राप्ति गरिसकेको मान्छे जस्तो। एक समयमा त्यसै पद का लागि गिरिजा लाई रयाखरयाख्ती पारेको मान्छे त्यो पदको लोभ थियो कि गिरिजा प्रतिको घृणा? भन्न गारहो भइसक्यो। ओली यति सारहो स्थिर कि मानौं उनी आफैमा पंचायतको दोस्रो संस्करण हुन र अब ३० वर्ष टिकछन। 

तर यो डेडलॉक होइन, स्पॉटलाइट हो। यस्तो लाग्छ सिंह दरबार त डिल्ली बजारमा छ जहाँ रेशम चौधरी छन। रेशम एक्लै एउटा होइन १० वटा सांसद हो। थारू मुक्ति आंदोलन ले देशको राजनीति मा यो स्थान कहिले पनि पाएको थिएन जति अहिले पाइरहेको छ। मधेस मुक्ति आन्दोलनले यति स्पॉटलाइट पाउन मधेस दुई हप्ता बंद गर्नु परेको थियो। महात्मा गाँधी त्यसै जेल बस्ने गरेको होइन रहेछ। 

प्रगति पनि भएको छ। जति जति ढिलाई हुँदैछ उति उति थरुहटमा धरातल बदलिरहेको छ। रेशम चौधरी लाई रिहा गर्न अझ चार महिना लगाउने हो भने मलाई लाग्छ त्यति बेल।सम्ममा एउटा थरुहट स्वायत्त प्रदेश नै खड़ा भइसक्छ। त्यति जागरूकता आइसकेको हुनेछ थारू समुदायमा। 

रेशम चौधरीले संविधान संसोधन को मुद्दा लाई दरो सँग देशको केंद्रविंदुमा स्थापित गरिदिएको अवस्था छ। शायद थरुहट प्रदेश को पहिलो मुख्यमंत्री यही मान्छे हो कि! 



No comments: