Sunday, March 07, 2021

पुनरावलोकन भन्ने मलाई थाहा थिएन

पुनरावलोकन भन्ने एउटा हुँदो रहेछ। मेरो जानकारी थियो सर्वोच्च ले निर्णय गरे पछि त्यो अंतिम हो। हुन त मलाई यो पनि लागेको पहिलो सुनबाई सर्वोच्च मा नै किन हुनुपरेको होला? तल्लो कोर्ट मा हुनुपर्ने होइन र? तर गलत सही जे भए पनि अब त यो निर्णय मान्नै परयो जस्तो लाग्यो। जस्तै कि संसद विगठन को निर्णय सही भनेर भन्दिएको भए त्यो निर्णय लागु हुन्थ्यो। सही गलत भन्ने बहस हुँदै गर्थ्यो तर लागु हुन्थ्यो। अब यो जुन एमाले माओवादी ब्युंतौने काम भएको छ। यस पछिको कदम हुँदो रहेछ पुनरावलोकन भन्ने। समाचारमा पढेको। तर त्यो के प्रक्रिया हो मलाई अझै थाहा छैन। 

पुनरावलोकन मा जाने हो भने सरकार ढालन तर पाइएन। कि के? नेपालको राजनीति पाकिस्तानी टेलिसिरिअल हेरे जस्तो। अब के हुन्छ अब के हुन्छ भने जस्तो। पुनरावलोकन को प्रक्रिया एक महिना को हो भने र ओली जी ले फेरि एक हप्ता मैं संसद अधिवेशन समाप्त गरे फेरि के हुन्छ? थाहा नभएर सोधेको। बड़ा गोलचक्कर छ। 

ऋषि कट्टेल ले आउनुस, ओली र प्रचंड दुबै मेरै पार्टीमा आउनुस भनेका छन फेरि। केही दिन अगाडि समाचार आएथ्यो नेपाली कांग्रेस पर्ख र हेर को अवस्थामा छ ह रे। म अहिले त्यही अवस्थामा पुगेको छु: किंकर्तव्यविमुढ आसन। 

पोहोर जब लिम्पियाधुरा को विवाद चर्केर भैसीको सिंग वाला नक्शा पास समेत भयो मलाई लागेको थियो कि यो कुन ठाउँ हो भनेर। मैले पहिला कहिले नसुनेको ठाउँ। 





No comments: