Pages

Saturday, March 27, 2021

यो डेडलॉक कानुनी अथवा संवैधानिक होइन राजनीतिक हो




प्रचण्ड ले धेरै थेग्न सक्दैनन। डेढ़ वर्ष लाचार भएर चाहि नचाहि ओली सरकार लाई समर्थन दिन सक्दैनन। राजनीतिक रूपले समस्या हुन्छ। निल्नु न ओकल्नु। कांग्रेस ले चाहेको छ चुनाव। सकेसम्म चाडो। नेकपा फुटेर दुई भएको अवस्था उसले उपयुक्त देखेको छ। प्रचण्डले समर्थन फिर्ता लिन्छ अनि चुनाव हुन्छ भन्ने कुरामा कांग्रेस ढुक्क छ। मुद्दाका आधारमा जसपा डील गर्न चाहिरहेको छ। तर ती मुद्दामा न ओली प्रवेश गर्दैछन, न देउबा, न प्रचंड। 

नेकपा फुटेर कांग्रेस लाई फाइदा हो देख्न सकिन्छ। तर ओली को चुनाव जित्ने आत्मविश्वास निष्पक्ष चुनाव नहुने संकेत हो। सत्ताको दुरुपयोग को संकेत हो। 

अहिले देखिन्छ मध्यावधि हुन्छ, ओली को नेतृत्वमा र फेरि कसैको बहुमत नआउने संसद नै आउने हो। कसैको बहुमत नहुँदा आखिर त्यति बेला त्यही गर्नुपर्छ जुन अहिले गर्नु पर्ने हो तर गरिरहेका छैनन। 

पंचायत ढले जस्तै एउटा पुस्ता ढल्नुपर्छ। महाभारत युद्ध सकिएपछि धृतराष्ट्र वन पसे जस्तै ओली, देउबा, माधव, प्रचंड र एक दर्जन अरु वन पस्ने बेला हो यो। प्रचंड वन त पसे तर गलत टाइम मा। सही समय अहिले हो। 




No comments: