Pages

Thursday, September 11, 2025

11: Gen Z Kranti (Nepal)

अन्तरिम सरकार गठन : कानुनी गाँठो फुकाउन बिहान ९ बजे पुनः बैठक बस्दै जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएपछि दबाब बढेको छ। ....... राष्ट्रपति पौडेलले यसअघि बिहीबार नै संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने नसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग छलफल पनि गरेका थिए।

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सबै तयार, संसद् विघटनमा अड्कियो वार्ता जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शासन सत्ताको बागडोर सम्हाल्न आउने भएकी छन् । योसँगै नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने करिब निश्चित भएको छ । ........ तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न नसकेपछि मध्यरातिसम्म राष्ट्रपति कार्यालय, शितलनिवासमा बसेको वार्ता निष्कर्षविहीन भएको छ । जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान रह्यो भने पुराना दल र राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिए । ......... त्यसक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरुले जेनजी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाए ।

तर, दलका अधिकांश नेताले उनलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्ध गर्नुपर्ने मत राखे ।

......... बिहीबार बेलुकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवास पुगेका थिए । उनीसँगै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि उपस्थित थिए । ...... माओवादी नेताहरु शीतलनिवास पुगेपछि राष्ट्रपति कार्यालयबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको थियो । राति ११ बजे उनीहरुलाई कार्यालयबाट बोलाइएपछि फरकफरक ठाउँमा रहेका उनीहरुले टेलिफोनमार्फत नै पार्टीको मत राखेका थिए । ....... स्रोतका अनुसार, कांग्रेस नेताहरुले अहिले उत्पन्न परिस्थितिमा नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका छन् ।

तर, त्यसका लागि संसद् विघटन नगरी कार्कीलाई अघि बढाउने बाटो खोज्नुपर्ने बताएका छन् ।

......... ‘अहिले जेनजीले प्रस्ताव गरेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै प्रधानमन्त्री बनाएर जाँदा समेत हामीलाई आपत्ति छैन,’ कांग्रेस नेताहरुको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘तर, त्यसलाई अहिलेको संविधानको फ्रेमभित्रै रहने गरी अघि बढाउनुपर्छ भन्ने उहाँहरूको कुरा छ ।’ ........ तर, जेनजी प्रतिनिधिहरुले चाहिँ संसद् विघटन नगरी बाँकी प्रक्रिया अघि बढ्न नसक्ने अडान राखेका छन् । ‘संसद्मा भएका व्यक्ति भनेका २०/२५ वर्षदेखि कुनै न कुनै राजनीतिक पोजिसनमा बसेका व्यक्ति हुन्, उनीहरुले नतिजा नदिएकैले जनेजी आन्दोलन भएको हो,’ जेनजी प्रतिनिधि रक्षा बम भन्छिन्, ‘आन्दोलनको मर्म नै संसद्प्रति हामीलाई विश्वास छैन भन्ने हो, त्यही कारण संसद् विघटन हुनुपर्छ भन्ने हो ।’ ......... जेनजीले रुचाएका बालेन शाहले समेत सामाजिक सञ्जालमार्फत दुईपटक

संसद् विघटन विना वार्तामै नबस्न भनेका थिए । उनले सेना प्रमुखसँग वार्तामा बस्न तयार रहन भन्दै त्यसअघि संसद् विघटन भएको हुनुपर्ने उल्लेख गरेका थिए ।

........ जेनजी आन्दोलनमा देखिएको हामी नेपाली समूहका संयोजक

सुदन गुरुङले समेत आफूहरुको बटमलाइन नै संसद् विघटन भएको बताएका छन् ।

‘हामीले आफ्ना मागहरु सूचीबद्ध गरेरै पठाएका थियौं, त्यसमा पहिलो नम्बरमै यो विषय उल्लेख छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसबाट दायाँबायाँ नहोस् भनेका छौं ।’ ......... उनीहरुले प्रधानसेनापति सिग्देललाई संगठित शक्तिहरुलाई बाइपास गरेर जाँदा भविष्यमा स्थायित्वका लागि असर पुग्नसक्ने सन्देश दिएका थिए । ........ संविधानविद् अधिकारीले २०४७ सालमा जसरी बाधा फुकाइएको थियो, २०६२/६३ मा जसरी गरिएको थियो, अहिलेको शून्यता फर्काउन त्यही बाटो लिनुपर्ने बताएका थिए । ......... यो स्थितिमा मुलुकका सबै पक्ष सुशीला कार्कीलाई चुनावी सरकारको सरकारको नेतृत्व सुम्पिन तयार छन् । यद्यपि, संसद् रहने वा नरहने भन्ने विषयमा मात्र निर्क्यौल हुन बाँकी छ । ........... संविधानमा संसद्को सदस्यभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुनै व्यवस्था छैन । ........... आन्दोलनको म्यान्डेटलाई संवैधानिक र कानूनी प्रबन्धमार्फत तत्काल प्रवेश गराउने कुनै व्यवस्था नभएपछि संवैधानिक राष्ट्रपति पौडेलले सरकार बनाउने भूमिका निर्वाह गरेका हुन् । यसअघि संविधानसभा विघटन भइसकेपछिको अवस्थामा राजनीतिक संकट चुलिएपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई २०६९ सालमा मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको थियो । .......... जेनजीले स्वतः स्फूर्त सडक प्रदर्शन घोषणा गरेका थिए । ........

अहिले मृत्यु हुनेको संख्या ३६ पुगिसकेको छ ।

नयाँ सरकार प्रमुख छान्न जंगीअड्डामा जेनजी प्रतिनिधिका ९ घन्टा

No comments: