Saturday, August 13, 2022

बालेन ले देखाएको बाटो

फोहर उठेको छैन। उठ्न थालेको छ। व्यापक प्रयास भएको छ। तर बालेन को टीम लाई फोहर मा अल्झाएर राख्ने सुनियोजित दुष्प्रयास नै भैराखेको छ। सन २००५ मा देश माथि राजा शासन लादने शेर बहादुर देउबा (नामै देशडुबा) सन २०२५ सम्म मा देश माथि जसरी पनि राणा शासन लादिछोड्ने प्रण गरेर बसेका छन। आरजु राणा को पैरेलल सरकार ले बालेन को टीम लाई फोहरमैला मा व्यस्त राख्ने निर्णय गरेको छ। प्रदेश र केन्द्र सरकार ले व्यापक असहयोग गरेको छ। होइन भने त्यो जाबो फोहर। एउटा परिवार ले आफ्नो घर आँगन को गोबर सोतरेको आफ्नो आँखा ले देखेको छु। 

गल्फ जानसक्ने, गल्फ बाट बाकसमा फर्किन पनि सक्ने तर ती बाकस व्यापारी हरु विरुद्ध चुनावी उम्मेदवारी दिन नसक्ने? नया पुस्ता ले चुनावी क्रान्ति गर्नुपर्ने भएको छ। चुनाव जित्न खर्च लाग्ने होइन रहेछ। बालेन ले देखाएको बाटो। नेतृत्व भनेको अरुले लगाइदिने पगरी होइन। आफैँ अगाडि आउन सक्नुपर्छ। लिन सक्नुपर्छ। 

चुनावी क्रान्ति भनेको देउबा-प्रचण्ड को पौने चार दलीय गठबंधन, ओली को सवादलीय गठबन्धन सबैलाई बढारेर फाल्ने किसिम को हुनुपर्छ। संसद को दुई तिहाई ले देशको समस्त न्यायधीश हरु लाई एकै पटक हटाएर मेरिट का आधारमा त्यसै मध्ये केही लाई पुनर्नियुक्ति गर्ने किसिम को हुनुपर्छ। होइन भने माओवादी ले नियुक्त गरेको न्यायधीश ले रेशम लाई जेल मा हाल्छ। थारू ले माओवादी बाहेक अरुलाई भोट दिने जुर्रत? 

सरकारी सेवा डिजिटल बनाएर देशका दुई तिहाई कर्मचारी लाई अवकाश दिने किसिमको चुनावी क्रान्ति चाहिएको छ। सशस्त्र लाई घर पठाउने किनभने गृहयुद्ध त सकियो। सेना लाई डाउनसाइज़ गर्ने। 

नया पुस्ता शहीद हुनु जरूरी छैन। नया पुस्ता सड़क मा आउनु जरूरी छैन। नया पुस्ता ले नेपाल बन्द गर्नु जरूरी छैन। तर नया पुस्ता ले चुनावी क्रान्ति भने गर्ने पर्ने भएको छ। देशलाई यो चुनावी क्रान्ति को यति सारहो जरूरत छ कि देशले १० वटा राष्ट्रिय पार्टी खड़ा गरिदिन सक्दछ। जाबो तीन लाख भोट बटुले राष्ट्रिय पार्टी बन्ने हो। 









No comments: