Pages

Tuesday, August 16, 2022

भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस

सधैँ विपक्षी आवाज बनेर बस्ने मेरो धोको होइन। तर शान्ति प्रक्रिया भनेको देश लाई प्रचंड को एकदलीय सोंच मा लाने भनेको त थिएन। कहिले एमाले लाई काखी च्यापेर दुई तिहाई, त कहिले कांग्रेस लाई। चुनावी प्रतिस्प्रधा नै नहुने भनेको बस हरु ले सिंडिकेट बनाए जस्तो अवस्था हो। स्थानीय चुनाव लाई महिला पदमा नल्याउ अभियान बनाए। होइन भने दुई मध्ये एक पदमा महिला उठाउनुपर्ने भनेको छ संविधान ले। चुनावी गठबंधन को हकमा पनि त्यो लागु हुनुपर्ने हो। 

मुख्य कुरा मुद्दा हो। अबको प्रमुख मुद्दा भनेको सुशासन हो। गगन प्रधान मंत्री, वर्षमान उप प्रधान मंत्री, अमरेश सिंह विदेश मंत्री, झाँखरी मंत्री जस्तो उभार आए पनि हुने हुन्छ यदि मुद्दा समातेको छ भने। नारा मात्र होइन सुशासन को स्पष्ट रोडमैप नै भएको। होइन भने बुढ़ा नेता हरुको कुरुवा बस्ने भुतपुर्व युवा नेता हरु को के काम? 

गगन वर्षमान जस्ता ले भ्रष्टाचार को मुद्दा नसमाते अथवा समाउन नसके रवि लामिछाने र सीके राउत ले भ्रष्टाचार को मुद्दा माथि लेजर फोकस गर्न करै लाग्छ। स्रोत साधन ले क्रांति गर्ने भए न २०४६ मा हुन्थ्यो, न सन २००६ मा, न कुनै मधेसी क्रांति नै हुन्थ्यो। मुख्य कुरा त मुद्दा हो। 

मोटामोटी अहिले को सात प्रदेश को नक्शा नै कायम रहने जस्तो देखियो। तर प्रदेश सरकार ले लोकसेवा आयोग र प्रहरी पाउने मधेस प्रदेश सरकार को नेतृत्व मा भएको प्रयास सराहनीय हो।   

जॉर्जिया देश मा नेपाल जस्तै ख़राब अवस्था। कदम कदम मा नागरिक सँग घुस माग्ने काम भएको अवस्था नै थियो। सारा ट्राफिक प्रहरी लाई एकैपटक बर्खास्त गरेर नया डफफा खड़ा गर्नुपरेको। भ्रष्टाचार को मुद्दा मा चुनावी क्रान्ति गरेर देश भरिका न्यायधीश लाई एकै पटक पदमुक्त गरेर मेरिट का आधार मा नया डफफा तैयार गर्नुपर्ने हो कि? दलीय सिफारिस मा पदमा पुगेका हरु लाई हटाउनु पर्ने हो कि? 

सरकारी सेवा पुर्ण डिजिटल गरेर दुई तिहाई कर्मचारी लाई एक वर्ष तलबी विदामा राखेर पदमुक्त गर्नुपर्ने हो कि? गृह युद्ध सकियो सशस्त्र प्रहरी अब घर जाउ भन्नुपर्ने हो कि? सेना वापस ३०,००० को संख्यामा लाने हो कि? 

बहुदल, गणतंत्र र संघीयता का लागि क्रांति गरेको नेपाली जनता ले सुशासन का लागि चुनावी क्रांति गर्दैन भनेर भन्न सकिने अवस्था छैन। 




Investing in Flow .

No comments: