Tuesday, August 30, 2022

अबको चुनाव पछिका समीकरण हरु

अबको चुनाव को Elephant In The Room

मजाको कुरा छ न बालेन अब उम्मेदवार हुन न त बालेन को कुनै पार्टी छ। तर अबको चुनाव मा सबैभन्दा ठुलो उपस्थिति बालेन को देखिएको छ। त्यो उपस्थिति को प्रतिरोध गर्ने कुनै तरिका पनि छैन पुराना शक्ति हरु सँग। नया नया पार्टी हरु। ठाउँ ठाउँ नया स्वतंत्र उम्मेदवार। २०-३० जना मात्र स्वतंत्र जित्ने हो भने पुराना शक्ति हरु हायलकायल हुनेवाला छन। 

अबको चुनाव को Wild Card

त्यो रवि लामिछाने हो। यो रविन्द्र मिश्र होइन। मिश्र सधैँ एक जना किताब बेचिरहेको मान्छे को रुपमा प्रस्तुत भए। मिश्र ले लडेको एउटा पनि चुनाव मा संभावना देखिएन। तर रवि लामिछाने को पार्टी राष्ट्रिय पार्टी बन्छ बन्दैन मलाई शंका लागिरहेको छैन। तीन लाख भोट ल्याएर राष्ट्रिय पार्टी बन्छ अथवा १३ लाख त्यो त अहिले समय बाँकी छ, भन्न गारहो छ। तर २०-३० जना मात्र जित्न सकेको खण्डमा देशको राजनीति बदल्न सक्ने शक्ति हो रवि जी को स्वतंत्र पार्टी। भ्रष्टाचार एक मुद्दा मा लेजर फोकस गर्न सकेको खण्डमा रवि जी को राम्रो संभावना छ। 

एमाले अबको कांग्रेस 

योभन्दा पहिले को चुनाव मा कांग्रेस को पत्ता साफ। अब एमाले को पालो। त्यो एमाले आफैले हिसाब गरेर भनिरहेको छ। मैले भन्न पर्दैन। होइन भने केपी ओली आफ्नो प्रमुख प्रतिद्वंदी रवि लामिछाने हो भन्ने निष्कर्षमा कसरी पुगे? महेश बस्नेत पक्का गुण्डा मान्छे। राजनीतिक भाषा बोल्दै बोल्दैन। 


गठबंधन भित्रको गठबंधन भित्रको गठबंधन 

अर्थात कुनै गठबंधन छैन। कांग्रेस एउटा चुनाव चिन्ह होला तर एउटा पार्टी होइन। प्रचंड को प्रमुख उद्देश्य कुनै पनि हालतमा कांग्रेस को बहुमत आउन नदिने भन्ने हो। अनि त्यो गठबंधन हो त? प्रचंड आफुले कांग्रेस लाई नचाउनु पर्ने तर माधव, उपेंद्र, चित्र हरु प्रचंड को औँला वरिपरि फनफन नाच्नुपर्ने। जसरी कांग्रेस एक्लै को बहुमत आए माओवादी को महत्व हराउँछ, त्यसरी नै कांग्रेस र माओवादी मात्र मिलेर बहुमत पुगे अरु साना पार्टी हरुको महत्व हराउँछ। माधव र चित्र लाई मजबुरी हुन सक्छ। एकलै सकिँदैन, माओवादी बाहेक अरु कोही छैन। तर जसपा का लागि यो पाँच दलीय गठबन्धन घाँटीको हड्डी हो। बरु मधेसी, थारू, जनजाति पार्टी हरुको गठबन्धन बन्न सके कांग्रेस र माओवादी को बहुमत नपुग्ने अवस्था आउन सक्छ। पाँच छ त्यस्ता पार्टी को त अस्तित्व को सवाल छ। गठबन्धन को गृह कार्य बाट शुरू गरेर पार्टी एकीकरण सम्म नै नपुगे विभिन्न को अस्तित्व बाँकी नरहन सक्छ। जसपा ले पाँच दलीय गठबन्धन नछोड़े प्रमुख नेता हरु ले चुनाव जित्लान तर अर्को चुनाव सम्म पार्टी बाँकी नरहन सक्छ। 

लहर 

चुनाव मा एकै चोटि लहर आएको खण्डमा सबै हिसाबकिताब फेल खान्छ। त्यो लहर अप्रत्याशित किसिम ले आउन सक्छ। अन्तिम समय मा आउन सक्छ। कसको पक्ष विपक्ष मा आउँछ भन्न गारहो छ। तर मुद्दा प्रधान हो। र अहिले को प्रमुख मुद्दा भ्रष्टाचार को मुदा नै हो। त्यो मुद्दा लाई दरो सँग समातेर लहर ल्याउन सकेको खण्डमा व्यापक परिवर्तन संभव छ। 

नया शक्ति हरु 

रवि लामिछाने को पार्टी र सीके राउत को पार्टी। दुबै सजिलै राष्ट्रिय पार्टी बन्छन जस्तो लाग्छ। कति ठुलो बनेर आउँछन अहिले भन्न गारहो छ। पुराना पार्टी का नया अनुहार हरु ले मुद्दा समात्न नसक्ने होइन। तर अहिलेसम्म दरो प्रयास गरेको देखिएको छैन। 



No comments: