Tuesday, August 30, 2022

बालेन को डोजर



जनताले निर्णय गर्ने हो। निर्णय गरिसकेको हो। बालेन लाई जिताउने निर्णय नै त्यो निर्णय हो। एउटा पार्टी डॉन ले सड़क मिच्दा १०,००० आम जनता लाई पीड़ा भइरहेको हुन्छ। सम्पुर्ण जनता को सड़क एक जनाले मिचेर बसेको हुन्छ। दलीय तानाशाही मा हुने भनेको त्यही हो। 

यो डोजर चलेको त्यो दलीय तानाशाही माथि हो। अब चाहिएको साँचिकै लोकतंत्र। 

चोरको खुट्टा काट भन्दा महेश बस्नेत देखि नाना थरि ले खुट्टा हटाएको अवस्था छ। 

बागमती मा सरसफाइ अलि पछि गरे पनि हुन्छ। मुख्य सरसफाइ चाहिएको देशको राजनीतिमा हो। 

फोहर नउठाएर पनि काठमाण्डु को अर्थतंत्र ले फड्को मार्छ? सड़क मिचेर घर बनाउने, खोला ब्लॉक गरेर घर बनाउने? आम जनता ले बुझ्नुपर्ने कुरा हो। बुझिरहेका छन। 

चुनाव को समय मा डोजर चलनेवाला छ। बालेन न उम्मेदवार हो न उसको कुनै पार्टी नै छ। तर यो बालेन को काठमाण्डु, बालेन को देश होइन। एक जनाको होइन। सारा जनता जाग्नुपर्ने अवस्था हो। जागेको त हो। होइन भने बालेन लाई कसरी जिताए? 




बालेनजी, तपाईंलाई लाख शुभकामना! काठमाडौंका अनधिकृत संरचना हटाउने तपाईंको अभियानलाई शुभकामना! यो काम सफल हुन जरूरी छ। कानुन बन्ने तर पालना नहुने, पालना नगर्नेलाई सजाय नहुने रोगले मुलुक नै ग्रस्त छ। त्यसैले त्यो बदलिन जरूरी छ। ........ बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरू भएको काठमाडौं उपत्यकाका सडक विस्तारको काम कसरी सफल भयो? मानिसलाई घर भत्किँदैछ भन्ने सूचना नदिएर, उनीहरूलाई अदालत जाने बाटो रोकेर सफल भयो कि अदालतले सडक विस्तारको काम गर्न अन्तत: बाटो खोलिदिएर सफल भयो? ....... सबै मानिसलाई उनीहरूको घर, घरको भाग वा कम्पाउन्ड भत्किँदैछ भनेर महिनौं पहिले नै जानकारी दिइएको थियो। ....... महिनौंअघि प्रत्येक घरमा गएर राज्यका प्रतिनिधिहरूले घर वा पर्खाल कहाँसम्म भत्किन्छ भनेर 'रातो धर्को' तानेका थिए। ....... कतिपय ती मानिसहरू अदालत गए, कतिपय ठाउँमा समुदाय नै गयो। अदालतले उनीहरूको कुरा सुन्यो। कहिलेकाहीँ 'स्टे अर्डर' पनि दियो। कतिपय ठाउँमा पीडितलाई क्षतिपूर्ति दियो। काम ढिलो भयो। तर अन्तत: अदालतले काठमाडौंको बाटो विस्तारको काम रोकेन। अदालतको आदेशपछि नै काठमाडौं उपत्यकाको सडक विस्तार सम्पन्न भएको हो। ....... तपाईंले डोजर लिएर बिनासूचना संरचना भत्काउँदै हिँडेपछि त्यसको मारमा परेका पाँच जना मानिसका प्रतिक्रिया मैले सुनेँ। चार जनाको कुरा मैले मिडियामा आएका भिडिओमा सुनेको हुँ। एक जनासँग मैले आफैं कुरा गरेको हुँ। यी चार जना साना व्यवसायी हुन्, एक जना सायद घरधनी हुन्। ......... तपाईंको डोजर अभियानको मारमा उनीहरू परे। भोलि पनि ठूलो मारमा पर्ने यस्तै मानिस हुन्। तपाईंले गाउनुभएको र्‍यापमा भनिएको 'गरिबको चमेली बोल्दिने कोही छैन' भन्ने कुरा आज ठ्याक्कै उनीहरूलाई मिल्छ। किनभने उनीहरूको कुरा न तपाईंले सुन्नुभएको छ, न संघीय सरकारले, न तपाईंको कामको हर्षबढाइँ गरिरहेको मिडियाको ठूलो हिस्साले। .......... शनिबार वनस्थलीमा १७ वर्षदेखि मासुपसल गरिरहेकी एउटी दिदीको छाप्रो तपाईंले पठाएको डोजरले भत्कायो। पसल भत्किएपछि उनले भनिन्, 'हामीलाई सुरूमै खबर गरेनन्। आज शनिबारको दिन (मासु धेरै बिक्ने दिन) पसल खोलिसकेका थियौं। मासु ल्याइसकेका थियौं। १५ मिनेटअघि मात्र आएर डोजर आउँदैछ, यो पसल भत्किन्छ, सामान हटाऊ भनियो। हामीले हतारहतार मासु बाहिर निकाल्यौं। दुइटा फ्रिज बाहिर निकाल्यौं। अरू केही सामान निकाल्न पाइएन!' ........ पसल भत्किएपछि उनले मिडियासँग भने, 'आरबी कम्प्लेक्समा मेरो खाजा पसल थियो। महानगर आएर त्यो भत्कायो। भत्काउन आउँदा हामीलाई केही जानकारी छैन। जानकारीबिनै भत्कायो। हामीले त्यो दिन तयार पारेको सबै खाने कुरा डस्टबिनमा फाल्नुपर्‍यो। हाम्रो जति पनि क्षति भएको छ, जति पनि लगानी खेर गएको छ, त्यसको क्षतिपूर्ति आरबी कम्प्लेक्सले तिर्नुपर्छ।' .......... कानुनको यो लामो बाटो हिँडेर तपाईं धेरै टाढा पुग्नु हुनेछ। तपाईंको राजनीति धेरै टाढा पुग्नेछ। ........ तपाईंले भीडको लहडमा लाग्ने र कानुन हातमा लिने काम रोक्नु भएन भने धेरै टाढा पुग्नुहुन्न। ........ भीड निर्दयी हुन्छ- आज उचाल्छ, भोलि छाडिदिन्छ। उल्टो खेद्न थाल्छ, पछार्छ। भीड अरूको सम्पत्तिमाथि आक्रमण गर्दा रमाउँछ। अरूको पीडामा मजा लिन्छ। आफू वा आफ्नो परिवारमाथि राज्यको लाठी बजारिएपछि मात्र ऊ झल्याँस्स हुन्छ अनि चेत खुल्छ। तर राज्य नागरिकको अभिभावक हो, ऊ परपीडक हुन मिल्दैन। .......... 'पार्टीहरू भ्रष्ट भए, बेथिति धेरै भयो, राजा आऊ देश बचाऊ' भनेर मानिसहरूले भने। ज्ञानेन्द्र शाहले उक्सिएर २०६१ सालमा सत्ता आफ्नो हातमा लिए र तानाशाह लाद्न खोजे। एक वर्षपछि नै मानिसहरू सडकमा उत्रिएर ज्ञानेन्द्रको सत्ता फाले। ......... बालेनजी, त्यसैले तपाईं थामिनुहोस्। कानुनअनुसार अघि बढ्नुहोस्। विधि र प्रक्रियाअनुसार अघि बढ्नुहोस्। तपाईंले काम पनि फच्चे गर्नु हुनेछ। अनि एउटा कानुन र विधि मान्ने दृढ इच्छा शक्ति भएको राजनीतिज्ञको जन्म हुनेछ जो धेरै टाढा पुग्नेछ, समाजलाई धेरै टाढा पुर्‍याउनेछ।

No comments: