Sunday, August 07, 2022

नैंसी पेलोसी चीन जान पाउने कि नपाउने?

हुन त अब आएर चीन ले नैंसी पेलोसी चीन जान नपाउने भनेको छ। दुई हप्ता अगाडि त्यस्तो कुनै प्रतिबन्ध थिएन। अर्थात नैंसी पेलोसी चीन जान पाउने भन्ने थियो। नैंसी पेलोसी को इच्छा लागेमा चीन जान पाउने। चीन को शब्द मा चीन र ताइवान एउटै भुभाग हो भने नैंसी पेलोसी ताइवान जानु समस्या कसरी भयो? चीन जान समस्या नभएको बेला मा ताइवान जानु समस्या कसरी हुने? 

एक चीन त अमेरिका ले पनि भनेको छ। तर ताइवान अलग त हो। भविष्यमा शांतिपुर्ण एकीकरण को पक्ष मा हो अमेरिका। चीन ले आफुलाई शांतिपुर्ण एकीकरण को पक्ष मा उभ्याउनुपर्छ। जिम्मेवार व्यवहार देखाउनुपर्छ। 

नैंसी लाई ताइवान जाने इच्छा भयो। गयी। अहिले त जुन सरकार सत्ता मा छ ताइवान मा त्यसै सँग न हो डील गर्ने ताइवान जाँदा। चीन खुद त्यसै सरकार सँग व्यापार गर्छ। 

ताइवान माथि जाइलाग्ने, सैनिक आक्रमण गर्ने, ताइवान का वासिन्दा को रिएजुकेशन (reeducation), शिनजियांग मा जस्तो, के भनेको त्यो? 

एक चीन सारा दुनिया स्वीकार गर्दछ। तर ताइवान र चीन को एकीकरण शांतिपुर्ण मात्र हुन सक्छ। त्यो पनि सारा दुनिया को अडाण हो। चीन ले त्यो स्वीकार गर्न करै लाग्छ। 



No comments: