Monday, August 08, 2022

मधेसी पार्टी हरु को एकीकरण नै मधेस आन्दोलन को अर्को कदम हो

मधेसी पार्टी हरु को एकीकरण नै मधेस आन्दोलन को अर्को कदम हो (Sent to Madhesh Update अगस्त ८) 

स्थानीय चुनाव मा मोटामोटी देखियो जसपा को चार लाख, लोसपा को दुई लाख, जनमत पार्टी को एक लाख, तमलोपा र जनता प्रगतिशील पार्टी को ३० हजार, रेशम चौधरी को पार्टी को पनि केही। एक्ला एक्लै चुनाव लड़े प्रत्येक को घट्ने वाला छ। सत्ताधारी पाँच पार्टी को गठबन्धन ले फाइदा हुने कांग्रेस लाई हो, जसपा त जिल्लाराम। जसपा को त राष्ट्रिय पार्टी हैसियत नै समाप्त हुन्छ। दुई बिरालो, रोटी र बाँदर को कथा मा जसपा र लोसपा दुई बिराला, ओली, देउबा, प्रचण्ड तीन वटै पालो पालो बाँदर। सत्ताधारी पाँच पार्टी को गठबन्धन भित्र चार साना पार्टी को छुट्टै गठबन्धन हुन्छ भने फाइदा हुने प्रचंड लाई हो, जसपा त जिल्लाराम। 

तर यी त भए शक्ति सन्तुलन का कुरा। मुद्दा कहाँ छ? मुद्दा के हो? मधेस र जनजाति आन्दोलन को संविधान संसोधन को मुद्दा परास्त भएको कि गायब भएको कि ओझल मा परेको? संघीयता को नक्शा नै बदल्ने किसिम को त आवाज पनि आउन छोड़ेको छ। लोसपा ले चाहेको छ पछिल्लो मधेस आन्दोलन को झुठा मुद्दा फिर्ता। मान्छे मारयौ कमसेकम लाश त देउ भनेको हो त्यो। मधेस आन्दोलन कमजोर रहेको अवस्था हो त्यो। 

जसपा, लोसपा, जपा, जप्रपा, तमलोपा, नागरिक उन्मुक्ति पार्टी सबै को राष्ट्रिय पार्टी स्टेटस गुम्ने समस्या छ। गुम्यो भने एक पिढी का लागि संविधान संसोधन को मुद्दा नै हरायो। एक्ला एक्लै कांग्रेस, एमाले र माओवादी जोसुकै सँग डील गरे पनि प्रत्येक लाई घाटा छ। तर यी छ र साथै अन्य साना पार्टीहरु को एकीकरण हुन्छ भने देश को निर्णायक शक्ति नै हो। बाबुराम लाई वापस ल्याउनुपर्छ। तेस्रो ठुलो पार्टी बने पनि, चौथो ठुलो पार्टी बने पनि मुद्दा प्रमुख हुने निर्णायक शक्ति। त्यो एकीकरण नगरेको त आफैले हो। अझ रेशम पनि। घटनास्थल मा हुँदै नभएको मान्छे। त्यो थारू मंडेला हो। 

एकीकरण गरे चार जोड़ दुई जोड़ एक जोड़ चानचुन १० लाख हो। एकलै गए जसपा को चार लाख घटेर दुई लाख हुनेवाला छ। 

पहिला बहुदल। अनि गणतंत्र। बल्ल संघीयता। त्यो सीक्वेंस त नेपाल को ताजा ताजा इतिहास ले नै देखाएको छ। मधेस आन्दोलन को पनि स्वतः सीक्वेंस छ। पहिला संविधान संसोधन। त्यस पछि देशव्यापी भ्रष्टाचार विरोधी आन्दोलन। बल्ल आर्थिक क्रान्ति। किसान आन्दोलन आर्थिक क्रान्ति नै त हो। ४६ साल मा संघीयता का लागि आन्दोलन संभव थिएन।

जनमत को एक लाख भोट ले अबको चुनाव मा एउटा पनि सीट जित्दैन। तर पार्टी एकीकरण गरे त्यो भोट मात्र संसद मा १० सीट हो। अर्थात आफ्नो भोट नबढाए पनि मात्र पार्टी एकीकरण गरे केंद्रीय संसद मा १० जना। समय उसै पनि कम छ। जनमत ले झट्ट पार्टी एकीकरण गरिहाल्नुपर्छ। पार्टी एकीकरण नगर्ने बाटो रविन्द्रपथ हो। 

गठबन्धन नै धर्म हो भने कांग्रेस एक्लै बहुमत ल्याउने प्रयासमा किन छ? माओवादी कुनै पनि हालतमा कांग्रेस को एक्लो बहुमत आउन नदिने प्रयासमा किन छ? देशलाई चरदलीय लोकतंत्र बनाउने जिम्मेवारी, दुइ दलीय लोकतंत्र बन्न नदिने जिम्मेवारी मधेसी पार्टी हरुको हो। चुनावी प्रतिस्प्रधा बिना लोकतंत्र परिष्कृत हुँदैन। ठुलो पार्टी को गठबन्धन तांगा को घोडा बन्ने हो भने शीर्ष नेता हरुको चुनावी विजय सम्म सुनिश्चित गराउन सकिन्छ तर पार्टी क्षय भएर जान्छ र अर्को चुनावमा अस्तित्व नरहन सक्छ। त्यो जसपा र लोसपा को हकमा लागु हुन्छ। सत्ताधारी सँग डील गर्न मरिहत्ते गर्ने तर आफु आफु सँग सम्मानजनक डील गर्न नसक्ने मधेसी नेता हरु आत्म घृणा का शिकार हुन। त्यो आतंरिक लड़ाइ नसक्ने ले बाहरी लड़ाइ कसरी हो लड्ने? जनता ले अन्तिम त्याग सम्म गर्ने नेता हरु तर आफु आफु सँग डील पनि गर्न नसक्ने? सबैलाई एक ठाउँमा ल्याउनु नै सीके राउत को प्रथम ठोस योगदान हुन सक्छ। स्वामी पनि हुन। त्यति समायोजन त गर्न सक्नुपर्छ। 

(लेखक न्यु यॉर्क अवस्थित छन र सन २००५-०६ ताका नेपालको लोकतान्त्रिक आन्दोलन मा लागेका अमेरिका भरिका एक्लो फुल टाइमर नेपाली थिए। नेपाल को राजनीति बारे आफ्नो ब्लॉग मा बराबर लेखिरहन्छन।https://www.democracyfornepal.com)

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप हाललाई एमालेसँग चुनावी गठबन्धन गर्न सहज ..... जनमत पार्टीका एक शीर्ष नेताले भने, ‘अहिलेसम्म हामी जुन जुन दलसँग वार्ता गर्यौं, त्यसमध्ये एमालेसँग गठबन्धन हुने सम्भावना बढी देखिएको छ ।’ काँग्रेस, जसपा पहिलादेखि गठबन्धनमै छन् । लोसपा पनि सत्ता गठबन्धनमै जाने लगभग पक्काजस्तै भएको छ । त्यही भएर उनीहरु मनैदेखि सकारात्मक नदेखिएको ती नेताले बताए । .......  एमाले अहिले कुनै दलसँग गठबन्धन नगरेको कारण त्यो दलसँग जनमतको गठबन्धन हुने सम्भावना रहेको ती नेताले बताए । कुन चुनावी क्षेत्रमा गठबन्धन गर्न सकिन्छ, त्यसको अध्ययन गरौं र गठबन्धन बनाएर अगाडि बढौं भनी एमालेबाट कुरा आएको जनमत पार्टीका ती नेताले बताए । ......  साउन २ गते तपोवनमा नौ दिने ध्यान शिविरमा जानुअघि राउत र महासचिव चन्दन सिंहले जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए । .......  सप्तरी क्षेत्र नं २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले राउतलाई सघाउने कुरामा आफू विश्वस्त रहेको महासचिव सिंहको जिकिर छ । राउतको गृहजिल्लाका साथै उनको आफ्नो घर भएको क्षेत्र हो सप्तरी क्षेत्र नं २ । उनले भने, ‘हामीलाई विश्वास छ, उपेन्द्रजी सप्तरी–२ बाट चुनाव लड्नु हुन्न । अरु ठाउँबाट चुनाव लड्नु हुन्छ अनि त्यहाँ हामीलाई सघाउनु हुनेछ ।’ ......  उनले एमालेसँग पनि गठबन्धनका लागि कुराकानी भइरहेको बताउँदै त्यहाँ पनि अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । अरु दलभन्दा एमालेसँग अलि सकारात्मक कुरा भएको तर फाइनल नभएको सिंहको भनाइ छ । जेलमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि चुनावी गठबन्धनका लागि छलफल भइरहेको छ । रेशम चौधरीले पश्चिममा आफूलाई सघाए, पूर्वमा जनमतलाई सघाउने कुरा राखेको सिंहले बताए । ....... यद्यपी अध्यक्ष उपेन्द्र यादव यसपटक पनि अन्यत्र कतैबाट चुनाव लड्न सक्ने चर्चा पनि पार्टीभित्र रहेको छ ।

काँग्रेस शीर्ष नेताको बैठक : गठबन्धनमा ६०–४० को तालमेल गर्न सुझाव बैठकमा नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सामेल गराउँदा राम्रो हुने बताएका थिए ।  ‘लोसपालाई पनि गठबन्धनमा ल्याउँदा राम्रो हुन्छ । मधेसमा एमाले र लोसपाको गठबन्धन रोक्न पनि हामीले उदार हुनुपर्छ,’ उनले बैठकमा भनेका थिए । ......  प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३०  निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा  काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् । प्रदेशमा पनि कर्णाली बाहेकमा काँग्रेसले एकल बहुमत आउने गरी दाबी प्रस्तुत गरेको छ। एक्लै बहुमत नजिक पुग्ने काँग्रेसको दाउ र आफ्नो समर्थन बिना बहुमतमा जान नदिने माओवादी र समाजवादीको रणनीति देखिन्छ ।

लोसपालाई गठबन्धनमा ल्याउन विमलेन्द्र निधिको प्रस्ताव  पाँच दलीय गठबन्धनका साथै सकारमा जानका लागि पनि लोसपा ​तयार रहेको छ । .....  प्रधानमन्त्री देउवाले आफू लोसपालाई सरकार तथा गठबन्धनमा ल्याउन तयार रहेको तर यो विषय गठबन्धनबाट निर्णय हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि यो विषयमा छलफल हुने बताइएको छ ।



‘डेन्जर जोन’ जान चाहन्नन् आरजु ! डडेलधुरा छाडिदिने देउवाको ‘संकेत’अहिले कांग्रेसमा चुनावपछि प्रधानमन्त्रीको दौडमा आफू पनि रहेको महामन्त्री गगन थापाले सार्वजनिकरुपमा भनिसकेका छन् । ......  डडेलधुराबाट निरन्तर संसदीय निर्वाचन लड्दै आएका देउवा यसपटक कञ्चनपुर क्षेत्र नम्बर २ वा ३ मा गएर डडेलधुरा आरजुका लागि छाडिदिन सक्ने अवस्थामा पुगेको कांग्रेसका एक प्रभावशाली नेता बताउँछन् । ........ पछिल्लो समय डडेलधुराको परिस्थिति पनि फेरिएको छ । देउवाविरोधी कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्लले पार्टी परित्याग गरेका छन् । उनले डडेलधुराबाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् । जुन देउवा दम्पतीका लागि चुनौती देखिन्छ । मल्ल अहिले कांग्रेस बीपीमा रहेको हुँदा स्थानीय तहको निर्वाचनमा जस्तै नेकपा एमालेसँग तालमेल गरेर अघि बढ्ने तयारीमा रहेको स्रोत बताउँछ ।

पाँच बुँदे सहमतिसहित लोसपा र राएपाबीच एकीकरण  सोमबार लोसपा अध्यक्ष महन्थ ठाकुरा र राएपा अध्यक्ष प्रेमदिप थाम्सुहाङबीच ५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएपश्चात् पार्टी एकीकरण भएको लोसपा कार्यालय सचिव रन्जित निस्पक्षले जानकारी दिए । ......  राष्ट्रिय एकता पार्टी, नेपालको अध्यक्ष प्रेम कुमार थाम्सुहाङ (प्रेमदिप) लाई लोसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्यमा समायोजन गर्ने तथा प्रदेश नं. १ को इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ ।

चुनावी सुरक्षा खोज्दै राउत, यादव र ठाकुर सकारात्मक राउतको पैतृक महादेवा गाउँपालिका समेत पर्ने सो क्षेत्रबाट उपेन्द्र यादव निर्वाचित भएका हुन् । स्रोतका अनुसार राउतले भेटको क्रममा यादवलाई सो सिट छाडिदिन आग्रह गरेका थिए । सिके राउतले मधेसवादी दलका नेताहरूसँग छलफल गर्ने क्रममा लोसपाका अध्यक्ष ठाकुरलाई पनि भेटेका हुन् । ठाकुरसित निरन्तर सम्पर्क र संवादमा रहेका राउतले भने यादवसित पहिलो पटक भेटवार्ता गरेका हुन् । जसपा अध्यक्ष यादवको कटु आलोचना गर्दै आएका राउतले यादवसित चुनावमा तालमेल गरेर जाने विषयमा पनि छलफल भएको बताइएको छ । ......  उक्त भेटमा चुनावमा एउटा गठबन्धन बनाएर जानुपर्ने र मधेशका मागमा साझा धारणा बनाउनु पर्नेलगायतका विषयमा छलफल भएको बैठकमा सहभागी जनमत पार्टीका महासचिव चन्दन सिंहले जनाएका छन् । स्थानीय चुनावमा राउत नेतृत्वको जनमत पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न सकेन् । राउतले रोजेको क्षेत्रमा समेत जित्ने सुनिश्चित छैन् । जसपा अध्यक्ष यादवसँगको भेटमा राउतले आफूलाई सप्तरी क्षेत्र नम्बर २ मा सहयोग गर्न र अन्य क्षेत्र रोज्न आग्रह गरेका थिए । उनको प्रस्तावमा यादव सकारात्मक रहेको महासचिव सिंहले बताए । ‘राजनीतिमा समर्थन, विरोध र सहकार्य अपरिहार्य हुन्छ ’ महासचिव सिंहले भने, ‘यसलाई व्यक्तिगत रूपमा लक्षित गर्नु उपयुक्त र परिपक्व हुँदैन ।’ नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा सहभागी हुन प्रयासरत रहेको लोसपाका अध्यक्ष ठाकुरसितको भेटमा राउतले गठबन्धन गर्ने विषयमा नै जोड दिए । पाँच दलीय गठबन्धनमा सहभागिता हुने संभावना कमजोर भएकाले लोसपा एमाले सहितको बन्ने गठबन्धनमा राउत समेत सहभागी हुन सक्ने संकेत देखिएको छ । ........  मधेश प्रदेशको सप्तरी जिल्लाका दुईवटा पालिकामा मात्र चुनाव जितेको जनमत पार्टीका लागि प्रदेश र प्रतिनिधि सभामा स्थापित हुन कडा संघर्ष गर्नु परिरहेको छ । मधेशी दललाई चर्को विरोध गरेर मधेशमा जम्ने राउतको रणनीति असफल भएको छ । मधेश प्रदेश सरकारलाई घेराबन्दीगरी जनविश्वास लिन गरेको प्रयास पनि सफल भएन् । प्रदेश र प्रतिनिधि सभाको चुनावमा राउतको रणनीति लोसपाको निर्णयमा भर पर्छ । लोसपाले पाँच दलीय गठबन्धनमा स्थान नपाए राउतका लागि सुखद हुन सक्छ । तर गठबन्धनमा जान लोसपाका नेताहरूले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । ......  लोसपाले पाँच दलीय गठबन्धनमा स्थान पाए जनमत लगायतका दलहरुसित तालमेल गर्ने संभावना कमजोर हुनेछ ।

नेसपामा भट्टराई र यादव अध्यक्षबैठकले दुई जना केन्द्रीय अध्यक्ष मध्ये पहिलो वरियतामा बाबुराम भट्टराई र दोस्रो वरियतामा महिन्द्र राय यादवलाई राख्ने निर्णय गरेको छ । जसपामा भट्टराई संघीय परिषद्का अध्यक्ष रहेका थिए । यादव कार्यकारिणी समिति सदस्यमा थिए । नेसपामा भट्टराई सरहको पदमा यादव पनि पुगेका छन् । नेसपामा भट्टराई नेतृत्वको पूर्व जनशक्ति पार्टीका नेताहरुको वर्चस्व रहेको छ । सहअध्यक्षमा गंगानारायण श्रेष्ठ र उपाध्यक्षहरुमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोवलाई राखिएको छ । उनीहरु सबै जना पूर्व जनशक्ति पार्टीका हुन् । महासचिवमा रमेशप्रसाद यादवलाई राखिएको छ । उनी पूर्व राजपाका हुन् । बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज तोकेको छ । प्रदेश नम्बर १ मा राजेन्द्र कुमार किराँती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतीप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिंह गुरूङ छन्। .....  आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निणर्य केन्द्रीय समितिको बैठकले गरेको छ ।

लोसपामा राष्ट्रिय एकता पार्टी विलय. राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमदिप थाम्सुहाङलाई लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा समायोजन गर्ने र प्रदेश नं. १ को इन्चार्जको जिम्मेवारी दिने सहमति भएको लोसपाका कार्यालय सचिव तथा विद्यार्थी संगठनका नेता रञ्जित निष्पक्षले मधेशवाणीलाई बताएका छन् ।

मधेशी गठबन्धनको तयारी !  मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक ध्रुवीकरणको प्रयास तीव्ररुपमा अगाडि बढिरहेको छ । मधेशकेन्द्रित राजनीतिक दलहरुबीच पनि ‘मधेशी गठबन्धन’का लागि पहल हुन थालेको छ । मधेशका शक्तिहहरु एकजुट भएर चुनावमा गए मात्रै प्रदेश र संघीय सदनमा मधेशीको प्रभावकारी प्रतिनिधि हुनेछ । अन्यथा वि.सं. २०७० सालको निर्वाचनभन्दा पनि दयनीय अवस्था आउने निश्चित छ । महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल, डा.सीके राउतको जनमत पार्टी लगायत बीच ध्रुवीकरण हुनुपर्ने आममधेशीको चाहना रहेको छ । संसदमा मधेशको बलियो उपस्थितिका लागि मधेशी गठबन्धनको विकल्प नरहेको मधेशमा व्यापक चर्चाको विषय बनेको छ । यता, लोसपा, जसपा र जनमतबीच चुनावी तालमेल वा गठबन्धनका लागि भित्रभित्रै पहलहरु भइरहेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै र सामूहिक छलफल पनि गरेका छन् । लोसपा र जसपाको कडा आलोचना गर्दै आएका डा.राउतले आगामी चुनावमा तालमेल आवश्यक भएको निष्कर्ष निकालेका छन् । सोही अनुरुप लोसपा अध्यक्ष ठाकुर र जसपा अध्यक्ष यादवसँग सामूहिक भेटघाट गरी आगामी चुनावी रणनीतिबारे छलफल भएको बताइएको छ । अर्कोतिर, जसपा अहिले पाँच दलीय गठबन्धनमा छ र सो गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल गर्ने निर्णय नै गरिसकेको छ । यस्तै, लोसपाले कांग्रेससँग तालमेल गर्ने योजना बनाए पनि पाँच दलीय गठबन्धनको निर्णयले एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्थाको सिर्जना हुँदैछ । तर, जनमतका अध्यक्ष डा.राउत मधेशी गठबन्धनका लागि जोडबल गरिरहेका छन् । उनले मधेशमा मधेशी शक्तिबीच चुनावी सहकार्य, तालमेल वा गठबन्धन हुनुपर्ने योजनामा रहेको बुझिएको छ । समग्र मधेशका नागरिकको भावना पनि यहीं रहेको देखिन्छ । मधेशका बारे चिन्तन गर्नेहरु सामाजिक सञ्जालदेखि चिया गफमा पनि मधेशी गठबन्धन नै एक मात्र विकल्प रहेको चर्चा गरिरहेका छन् ।



  

No comments: