Tuesday, December 06, 2022

6: CK Raut

हाम्रा मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाँदैनौँ : रेशम चौधरी
राष्ट्रिय दल बन्न नेकपा एकीकृत समाजवादीलाई साढे १८ हजार मत अपुग
दीपिका पादुकोणले विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने
पाँच वर्षपछि प्रदेश रहने/नरहने प्रष्ट हुन्छः गगन थापा

काठमाडौँमा सीके राउतको रफ्तार, ६ दिनमा भेटे १० जना नेता यो तथ्याङ्कमा अध्यक्ष राउतको सचिवालयले सार्वजनिक गरेको भेटघाट मात्र समेटिएको छ, यस बाहेक पनि उनले थुप्रै भेटघाट गरेका छन् । ....... राउतले जेलमा रहेका रेशम चौधरीदेखि लिएर तीन जना पूर्वप्रधानमन्त्री तथा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटिसकेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले भेट्न बाँकी छ । उनीहरुसँग पनि एक दुई दिनमा भेट गर्ने उनका पार्टीका नेताहरु बताउँछन् । ...... मंसिर १३ गते काठमाडौं आउने क्रममा जनकपुर विमानस्थलमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग अध्यक्ष सीके राउतको भेट भएको थियो । सोही भेटबाट प्रभावित भएका उनले विमलेन्द्र निधिसँग त्यसको भोलिपल्ट अर्थात मंसिर १४ गते उनको निवासमै गएर भेटे । ....... भेटघाटको मुख्य विषय सत्ता सहकार्य नै थियो । ...... मंसिर १९ गते अध्यक्ष राउत नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई भेट्न जेल मै पुगेका थिए । जेलमा बधाई तथा शुभकामना साटासाट गरेपछि सत्ता सहकार्यबारे दुवै जनाको बीचमा कुराकानी भएको ....... रेशम चौधरी पनि सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारलाई सघाउनेमा सकारात्मक छन् । उनलाई पनि माओवादीका अध्यक्ष प्रचण्ड, नेसपाका अध्यक्ष बाबुराम भट्टराई, लोसपाका नेता शरतसिंह भण्डारीलगायत नेताले छुट्टाछुट्टै भेटिसकेका छन् । ....... अध्यक्ष राउतले त्यही दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्राई, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई छुट्टाछुट्टै भेटिसकेका छन् । उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेता नेपालको कोटेश्वरस्थित निवासमा भेटेका छन् । ....... दुईजना अध्यक्षलाई एकैसाथ भेट्नुले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ । ........ ‘चुनाव जितेर आइसकेपछि एक अर्कालाई बधाई दिनुपर्छ भन्ने राजनीतिक संस्कार कायम गर्न यो भेटघाट गरिएको हो, भेटमा कुनै सहमति भएको छैन ।’ ......... जनमत पार्टीका अध्यक्ष राउत जनताको काम गर्नका लागि सरकारमा जानै पर्ने बताउँछन् । उनले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘जनताका जति अपेक्षाहरु छन्, ती सबै पूरा गर्नका लागि सरकार नै चाहिन्छ, सरकारमा गएर जनताका ती चाहनाहरु पूरा गर्नेछौं ।’ ...... उनका यी अभिव्यक्तिले जनमत पार्टी संघीय सरकारदेखि लिएर मधेस प्रदेश सरकारमा सहभागी हुनका लागि इच्छुक छ । सो पार्टीका अध्यक्ष राउतको बढ्दो राजनीतिक भेटघाट सत्तारोहणकै वातावरण मिलाउन केन्द्रित रहेकोमा आशंका गर्ने ठाउँ भने छैन ।

सीके राउतले भेटे राष्ट्रपति भण्डारी
माओवादीमा विशेष महाधिवेशनको चर्चा २०७८ साल पुस १६ गते प्रज्ञा भवनमा आयोजित आठौं महाधिवेशन हलबाट निस्किने क्रममा प्रचण्डले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए । ...... हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादीको आकार खुम्चिएपछि पार्टीका नेता कार्यकर्ता हतोत्साहित र निरास भएका छन् । ....... पार्टीका २१ पदाधिकारीमध्ये १० जना हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । त्यसमध्ये ५ जनामात्रै निर्वाचित भए । योसँगै युवालाई अघि सारेर पार्टी पुनर्गठन गर्नुपर्ने आवाज उठ्न थालेको हो । ........ ‘अहिलेकै अवस्थामा रहने हो र पार्टी पुनर्संरचना नगर्ने हो भने अब हुने चुनावमा पार्टी सिंगल डिजिटमा जाने पक्का छ । त्यसपछि हामी पुग्ने भनेको चौथो पार्टीको हैसियतमा हो भन्ने आधार देखिइसकेको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘अब पार्टीले विशेष महाधिवेशन गरेर युवालाई नेतृत्वमा ल्याइएन भने अधिकांश युवा नेता यो पार्टीबाट उम्मेदवार हुने सम्भावना छैन ।’



जसपामा अर्को खेला सुरु, उपेन्द्र ईरघाट त अशोक विरघाट अगामि राजनितिक तालमेल र यात्राका विषयमा पार्टीका दुई शिर्षनेता पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईको मत बाझिएको छ । पार्टी अध्यक्ष यादवले आइतवार विराटनगर विमानस्थलमा एमाले संगको सहयात्रा टुटेको बताएपछि राजनिति तरंगित बन्यो । ......... तर उनको त्यो बोली नसेलाउदै पार्टीका वरिष्ठ नेता अशोक राय फरक मत राखेका छन् । ........ उनले पार्टी अध्यक्ष यादवको सो अभिव्यक्ति नितान्त व्यक्तिगत रहेको दावी गरेका छन् । उनले भनेका छन, ‘पार्टी अध्यक्ष ज्यूकै हस्ताक्षर सहितको सहमतीमा एमाले संग सहकार्य गरेर अगाडि बढने सहमती भएको छ, सहकार्य तोडने विषयमा छलफल भएकै छैन, अनि ? ।’ उनले अव के गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने र निर्णय गरेर मात्र पार्टीको आधिकारिक धारणा आउने बताए । ....... यादव निर्वाचनमा सप्तरीबाट पराजित भएका छन भने राई सुनसरीबाट निर्वाचित भएका छन् ।

ओली–प्रचण्ड मिलाउन एमाले सचिव महासेठको सक्रियता
नागरिकताका लागि मधेशमा एमाले आन्दोलन गर्छ : रघुविर महासेठ
रेशमको अडान : मुद्दा फिर्ता नभए पार्टीले सपथ ग्रहण नै गर्दैन

No comments: