Friday, December 23, 2022

Zelensky



बालकोटमा ओलीको हिसाब : गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री! ५ वर्षे कार्यकालका लागि पहिलो प्रधानमन्त्री कसले लिने भन्नेमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ठोस सहमति जुट्न नसकेका बेला दोस्रो ठूलो दल नेकपा एमालेले सत्ता गठबन्धन भत्काउने र वैकल्पिक गठबन्धन बनाउने कसरतलाई तीव्रता दिएको छ । ....... केही दिनयता एमालेका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले गठबन्धन छोडेर आउन र एमालेको सहयोगमा प्रधानमन्त्री बन्न प्रचण्डलाई भेटेरै आग्रह गरिसकेका छन् । तर, एमाले नेताहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले तत्काल कांग्रेससँगको गठबन्धन आफूले तोड्न नचाहेको जवाफ दिने गरेका छन् । ....... अध्यक्ष प्रचण्डको संकेत बुझेपछि एमालेले वैकल्पिक गठबन्धनका लागि नेपाली कांग्रेस हुँदै संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरुसँग पनि छुट्टाछुट्टै संवाद गरिरहेको छ । ‘हामी सबै राजनीतिक दलसँग संवादमै छौँ । चाहे कांग्रेस होस् वा माओवादी र अन्य साना दल नै किन नहुन् ’, एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘एकअर्का दलका नेताबीच राजनीतिक संवाद भइनैरहन्छ, अहिले पनि त्यो भइरहेको छ ।’ ....... उसो त बुधबार र बिहीबार शीतल निवासदेखि नयाँ बानेश्वरसम्म ओली र प्रचण्ड आमनेसामने हुँदा विभिन्न कोणबाट सहकार्यबारे विश्लेषण भइरहेका छन् । दुई कार्यक्रममा दुई नेताबीच भलाकुसारी र मुस्कुरावटले एमाले र माओवादीबीचको सहकार्य बढ्नसक्ने संकेतका रुपमा समेत कतिपयले लिन थालेका छन् । राष्ट्रपतिले दिएको समयसीमा सकिन करिब ४८ घन्टा बाँकी हुँदा पनि सत्ता गठबन्धनबीच खुस खबर नआउँदा एमाले अझै आशावादी देखिएको छ । ....... गठबन्धनको ठूलो दलको हैसियतले देउवा नै पहिला प्रधानमन्त्री बन्नुपर्ने कांग्रेसको अडानमा प्रचण्ड सहमत छैनन् । ओली सरकारको बहिर्गमनपछि हालसम्म देउवा प्रधानमन्त्री भएकाले नयाँ जनादेशपछि आफू प्रधानमन्त्री हुनुपर्ने प्रचण्डको भनाइ छ । ........ यदि यही गठबन्धनबाट अध्यक्ष प्रचण्ड पहिलो प्रधानमन्त्री बन्ने विषयमा सहमति नजुटे विकल्पका रुपमा प्रचण्डले पनि एमालेसँग सहकार्य गर्न पछि नपर्ने सन्देश देउवालाई दिइसकेका छन् । ....... नेताहरुका अनुसार प्रचण्डलाई मनाउन सिंह र देउवालाई मनाउन माओवादी केन्द्रका नेता जनार्दन शर्मा आन्तरिक रुपमा लागेका छन् । गठबन्धनमा भइरहेको राजनीतिक माच्छापच्छिलाई नियालेको एमाले नेताहरुले यदि गठबन्धन टुटेमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न कुनै समस्या नभएको सार्वजनिक रुपमै बताउन थालेका छन् । ....... ७८ सिट रहेको एमालेमा माओवादीको ३२, राप्रपाको १४, जसपाको १२ सिट जोड्दा १३६ हुन्छ । यसमा सिके राउत वा रेशम चौधरीमध्ये एकलाई आफूतिर तानेर (१३८) बहुमतको आफूअनुकुल सरकार बनाउने एमालेको आन्तरिक रणनीति रहेको छ । .



ओली र दाहाल एउटै सोफामा [तस्बिरहरू]



भाग्यविधाता संसद् संसद्‌मा जब सरकार बनाउन अंकगणितको आवश्यकता हुन थाल्छ, त्यतिखे र प्रत्येक सांसद 'संख्या' मा अनुवाद हुन्छ । केवल 'संख्या' बन्न पुग्दा निर्वाचित व्यक्ति कतिखेर दलदलमा भासिइसकेको हुन्छ, उसैले चाल पाउँदैन । .

महाशक्ति–संघर्ष र नेपाल नेपालका लागि चीनको सम्बन्धमा भारत या इन्डोनेसियालाई जस्तो असंलग्नता बिर्सने विकल्प छैन । चीनलाई अर्थ, प्रविधि लगायत सबैतत्त्वबाट सीमित गर्ने अमेरिकी लक्ष्य रहेको स्पष्ट छ । यो चाहनाको प्रतिविम्ब नेपालमा पर्‍यो भने यो मुलुक रणभूमि बन्नेछ । नेपालका नीतिनिर्माताहरूले यसलाई गम्भीर रूपमा लिनु जरुरी छ । .

No comments: