Wednesday, December 28, 2022

28: Prachanda

जसपा संसदीय दलको नेतामा अशोक राईलाई पछि पार्ने को हुन् रामसहाय यादव?
संघ र प्रदेश सरकारमा जाने राप्रपाको निर्णय सरकारको न्युनतम साझा कार्यक्रम भने पर्खिने
बालकोटको बार्दलीबाट खुमलटारको छतसम्म : सहकार्य घनीभूत बनाउँदै ओली–प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्दै
देउवाको विश्लेषण: ओलीको रणनीति सफल भयो ‘प्रधानमन्त्री‍ नलिँदा प्रचण्डलाई बुझायो भन्थे, अहिले दिएन भन्दैछन्’ गठबन्धन भत्किएर सत्ता विमुख हुँदा संघीय संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका कार्यकर्तामा निराशा र आक्रोश देखिएको छ । आक्रोशको निशानामा छन् पार्टी सभापति शेरबहादुर देउवा । ........ कांग्रेस नेतृत्वमा सरकार बनाउने पुस ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार प्रधानमन्त्री छाड्न सकिने अवस्था थिएन । देउवाले प्रधानमन्त्रीको अडान नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन भत्काएर एमालेसहित सात दलको समर्थनमा सरकार बनाएपछि कांग्रेसमा सन्नाटा छाएको छ । ....... यद्यपि गठबन्धन भत्किँदा केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नु परेकोमा देउवा चिन्तित रहेको खड्काले बताए । ‘अन्तिम घडीमा गठबन्धन भत्किने अवस्थामा प्रचण्डजी प्रधानमन्त्री दिन तयार नै थिए । तर उहाँ ओली कहाँ गएपछि फर्किनु भएन,’ देउवाको भनाइ छ । गठबन्धन भत्काउने रणनीतिमा ओलीले झुक्याएको कांग्रेस नेताहरूको बुझाइ छ । ........ नेकपाको बहुमतको सरकार ढलेर कांग्रेस सत्तामा पुगेको हो । अहिले त्यस्तो गाह्रो केही छैन,’ उनले भने । .

रित्तिँदै पहाड, भरिँदै तराई कोरिया बसेर नेपाल फर्किएका उनी जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झरेका हुन् । स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उनको भनाइ छ । उनी तराई झरे पनि उनको पहाडमा भएको जमिन बिक्री भएको छैन । जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन् । ....... उनको पहाड घर पनि त्यतिकै छ । केही समयका लागि सडक बनाउने ठेकेदारले घर भाडामा लिए पनि दीर्घकालीनरूपमा पहाडमा जमिन कमाउने र जमिन खरिद गर्ने मान्छे आउन छोडेको उनले बताए । ........ पहाडमा खेती गर्न पनि झन्झट, ढुवानी महँगो, बिक्रीका लागि बजार खोज्नुपर्ने समस्यालगायतका कारण धेरैले गाउँलाई माया मार्न थालेका छन् । ...... पहाडी क्षेत्रमा रोजगारीको समस्या, पाए पनि बर्खामा रोजगारस्थल धाउन समस्या भएका कारण पनि धेरैले तराई रोज्न थालेका छन् । पहाडी क्षेत्रमा जागिर खाए पनि धेरै आफन्त तराईमा नै हुँदा पनि पहाड बस्न मन नलाग्ने गरेको उनीहरूको भनाइ छ । ........ अवसर पहाडमा नभएपछि प्रायः युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएसँगै सुगम ठाउँमा जमिन किनेर उतै बसाइँ जान थालेपछि गाउँ रित्तिन थालेको छ । .

नयाँ गठबन्धनका चुनौती र अवसरहरू देशको युवा जनशक्ति सरकार निर्माणको सूचना सार्वजनिक भैरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र छिमेकी मुलुक भारत जाने सीमा नाकाहरू दुबैतिर युवाहरूको भीडमा कमी आएको छैन ।



जनताको समस्या समाधान गर्न हामी सरकारमा जानैपर्छ वि. स. २०४३ सालमा जन्मेका खान गरिब परिवार भएकोले मदरसा शिक्षा हुँदै स्थानीय विद्यालयमा पठनपाठन गर्दै बर्दिया, कैलाली र काठमाडौंमा उच्च शिक्षा हासिल गरेका हुन् । पढाईमा तीक्ष्ण र राजनीतिबाट अत्यन्तै टाढा हुने खान वि. स. २०६८ सालमा काठमाडौंको अनामनगरमा प्रथम पटक डा.सीके राउतको दुईदिने कार्यक्रममा स्वयम्सेवकको रुपमा DDC हल अनामनगरमा गएका थिए । ......... त्यहीं डा. राउतसँग सम्पर्कमा आए । डा. राउतको बल्याक बुद्धा भिडियोबाट अत्यधिक प्रभावित भएपछि निरन्तर रुपमा मधेशको स्वतन्त्रताका लागि लागिपरे । काठमाडौंदेखि मधेशको विभिन्न जिल्लाहरुमा डा. राउतको छायाँको रुपमा मानिसहरुसँग भेटघाट, छलफल, मधेशको इतिहासको परिचय सहित जागृत अभियानमा लागि परे । NGO/INGO को राम्रो जागिर छोडेर मधेश मुक्तिमा लागि परे । ........ वि. स. २०७९ सालमा डा. राउत द्वारा स्थापित स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । त्यस क्रममा पटक–पटक गिरफ्तार भए । पाँच पटक नेपाल सरकारद्वारा देश विप्लवको मुद्दा खेपे । दर्जनभन्दा बढी सार्वजनिक अपराधको मुद्दा झेले । बर्दिया, बाँके, रुपन्देही, नवलपरासी, सिरहा, काठमाडौंको हिरासतमा महिनौं बिताए । प्रहरीको पिटाईले कानका जाली समेत फोडियो । ....... अनेकौं प्रलोभनमा पार्न कोसिस गरियो तर जिद्दी स्वभावको खान घर, परिवार त्याग्ना तयार भए तर डा. राउतको साथ छोडेनन् । वि.स. २०७५ मा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनसँग सम्झौता भयो । सम्झौतापछि उनी पुरै मधेशभरि संगठन निर्माणमा अहम् भूमिका खेले । वि. स. २०७७ सालमा पार्टीको महाधिवेशन जनकपुरमा भयो । महाधिवेशनमा खान अत्यधिक मत प्राप्त गरि उपाध्यक्ष बन्न सफल भए । हाल उनै अब्दुल खान समानुपातिक कोटाबाट संघीय संसद बन्न सफल भएका छन् । जनमत पार्टीको संसदीय दलको नेतामासमेत चयन भएका खान ........... हामी सडकबाट मात्रै जनताका माग मुद्दा सम्बोधन गराउन सक्दैनौं । त्यसैले हामी संघ र प्रदेश सरकारमा जाने निर्णय गरेका हौं । पक्कै पनि हामीलाई प्राप्त जनादेश भनेको सरकारमा जाने र समस्या समाधान गर्ने हो ।

No comments: