Monday, December 26, 2022

Prachanda

सिके राउतको टिप्पणी- गठबन्धनको भर हुँदैन, हामी फस्दै गएको आभास गरेका छौँ
याज्ञवल्क्यको सन्तान भनेर हुन्छ ? अहिले हाम्रो ज्ञान स्तर कति छ ? : डा. राउत
पुर्व राजा शाहद्वारा श्री जानकी मन्दिरमा दर्शन र पुजापाठ, समर्थकको भिड
माधव नेपाल सोचेजस्ता रहेनछन्, देउवाले धोका दिए : प्रचण्ड जता पनि अप्ठेरो पार्ने माधव नेपालको स्वभाव रहेछ
गठनबन्धनको निरन्तरता किन भएन ? देउवाले चित्त बुझ्दो जवाफ दिनुपर्छ : शेखर कोइराला
शेखर कोइरालाको टिप्पणी– प्रचण्डको अस्थिर चरित्र फेरि एकपटक उदाङ्गियो
माओवादी छाडेकी ज्वालाकुमारी प्रचण्ड क्याबिनेटमा एमालेबाट मन्त्री
देउवाको ‘आत्मघाती’ अडान
गठबन्धन टुट्यो, हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल
ओली र प्रचण्डलाई देउवाको फोन प्रचण्ड बालुवाटारबाट हिँडेपछि देउवाले ओलीलाई फोनमा भने– ‘पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री हुनुस्, कांग्रेसले लिखित सहमति गरेरै समर्थन गर्छ, धेरै दल मिलाएर सरकार चलाउनुभन्दा एकल सरकार चलाउन सजिलो हुन्छ ।’ ओलीले जवाफ फर्काए– ‘तपाईंको सद्भावका लागि धन्यवाद, अहिले प्रचण्डजी आइसक्नुभएको छ, उहाँको कुरा सुन्छु, अहिलेलाई होइन, तपाईंले अर्कोपटकका लागि गर्नुहोला ।’ ओलीको जवाफ सुनिसकेपछि देउवाले प्रचण्डलाई फोन गरेर भने, ‘तपाईंलाई नै पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने निर्णय भइसक्यो, फर्किनुस्, थप सल्लाह नै नगरी तपाईं हिँड्नुभो ।’ प्रचण्डले जवाफ फर्काए, ‘व्यक्तिगत रूपमा मेरो त्यस्तो केही छैन, मिलेर जाऊँ भन्ने मात्र हो, तपाईंको प्रस्ताव ढिलो आयो, म साथीहरूसँग छु, निचोडमा पुगिसकेकाले आउने सम्भावना छैन ।’

सत्ता राजनीतिमा उथलपुथल : यसरी बन्यो नयाँ गठबन्धन तत्कालीन नेकपाभित्रको खिचातानी र आन्तरिक संघर्षले करिब दुईतिहाइ बहुमतको सरकार गुमाएका एमाले अध्यक्ष केपी ओलीको कांग्रेस नेतृत्वको गठबन्धन जुनसुकै मूल्यमा पनि भत्काउने रणनीति र जस्तोसुकै समीकरणमार्फत भए पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने माओवादी अध्यक्ष प्रचण्डको अर्जुनदृष्टि थियो । आ–आफ्नो हित हेरेका ओली र प्रचण्डले विगतको तिक्तता भुल्दै सहकार्यका लागि संयोगको खोजी गरिरहेका थिए । र, त्यो संयोग प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसकिने प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अडानले बनाइदियो । देउवाको खेमाबाट बाहिर निस्कँदा–निस्कँदै ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरे, जसमा गठबन्धन भत्काउने ओलीको र प्रधानमन्त्री बन्ने प्रचण्ड दुवैको चाहना एकसाथ सम्बोधन भएको छ । .......... कांग्रेसले गडबड गरे विकल्पमा जाने योजनासहित प्रचण्डले पनि बालकोटसँग संवादका लागि दोस्रो तहका नेता परिचालन गरेका थिए । अर्थात् ‘ट्र्याक टु’मा एमाले र माओवादीका दोस्रो तहका नेताबीच संवाद पनि जारी थियो । .......... पौडेल, नेम्वाङ र पृथ्वीसुब्बा गुरुङले वाम नेतृत्वमा बन्ने सरकारमा एकीकृत समाजवादीलाई पनि सामेल गराउन कुराकानी गरेका थिए । तर, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पहिले ओलीले गरेको कमजोरीसहितको लिखित प्रतिबद्धता आएपछि मात्र सोच्न सकिने जवाफ फर्काएका थिए  ....... ‘हामी अहिलेको जनादेशलाई मसिनो ढंगले हेरेर चुप लागेरै बसेका थियौँ, पुरानो गठबन्धनलाई मात्र सरकार बनाउने जनादेश थिएन, हामी हाम्रा एजेन्डामा मात्र प्रस्ट थियौँ, कांग्रेसलाई पनि बनाए बनाउनुस्, हामीलाई प्रधानमन्त्री अहिले चाहिएको छैन भनेकै हो, जुन–जुन दल हामीसँग वार्तामा आउनुभयो खुलेरै कुरा गरेका हौँ,’ रिमालले नयाँ पत्रिकासँग भने, ‘तर, गठबन्धनभित्र दाउपेच सुरु भयो, टुट्ने स्थिति बन्यो, एमालेको नेतृत्वमा नयाँ गठबन्धन बन्यो, यसलाई सरप्राइजकै तहमा बुझ्न आवश्यक छैन ।’ ......... माओवादीले गठबन्धन तोडेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले फोनमार्फत प्रचण्ड र ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । सुुरुमा देउवाले ओलीलाई धेरै दल मिलाएर सरकार बनाउनुभन्दा कांग्रेसको समर्थनमा पाँचवर्षे कार्यकाल प्रधानमन्त्री बन्न प्रस्ताव राखेका थिए । ‘पाँच वर्ष पूरै कार्यकाल प्रधानमन्त्री हुनुस्, कांग्रेसले लिखित सहमति गरेरै समर्थन गर्छ, धेरै दल मिलाएर सरकार चलाउनुभन्दा एकल सरकार चलाउन सजिलो हुन्छ,’ देउवाको प्रस्ताव र ओलीको जवाफ उद्धृत गर्दै बालकोट स्रोतले भन्यो, ‘तर, अध्यक्षले तपाईंको सद्भावका लागि धन्यवाद, अहिले प्रचण्डजी आइसक्नुभएको छ, उहाँको कुरा सुन्छु, अहिलेलाई होइन, तपाईंले अर्कोपटकका लागि गर्नुहोला ।’ ........ त्यसपछि बालकोटमै रहेका प्रचण्डलाई देउवाले प्रधानमन्त्री बनाउने सर्वसम्मत निर्णय भएकाले फर्किन आग्रह गरेका थिए । ‘तपाईंलाई नै पहिलो कार्यकाल प्रधानमन्त्री बनाउने निर्णय भइसक्यो, फर्किनुस्, थप सल्लाह नै नगरी तपाईं हिँड्नुभो,’ देउवाको प्रस्ताव र प्रचण्डको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘व्यक्तिगत रूपमा मेरो त्यस्तो केही छैन, मिलेर जाऊँ भन्ने मात्र हो, तपाईंको प्रस्ताव ढिलो आयो, म साथीहरूसँग छु, निचोडमा पुगिसकेकाले आउने सम्भावना छैन ।’ ........ हात हल्लाएर दुवै नेताले बार्दलीबाट खुसी साटेपछि बालकोटनिवासमा भेला भएका दुवै पार्टीका नेताहरूले नेकपा जिन्दावाद, पार्टी एकता छिटो गर भन्दै नारा लगाएका थिए । .......... एकीकृत समाजवादी पर्ख र हेरको नीतिमा छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अघि बढ्ने निर्णय गरेको छ । ‘स्वाभाविक रूपमा अगाडि बढ्नुपर्ने गठबन्धन ठूला दुई दल कांग्रेस–माओवादीको असमझदारीले टुट्यो र नयाँ गठबन्धन बन्यो । यसबारे हामीले ठोस रूपमा कुनै निर्णय गरिसकेका छैनौँ । नयाँ गठबन्धन कसरी जान्छ, सरकार कसरी जान्छ भन्ने हेरिरहेका छौँ । त्यसकै आधारमा हामी धारणा बनाउँछौँ,’ उपमहासचिव प्रकाश ज्वालाले भने, ‘परिस्थितिअनुसार हामी निर्णयमा पुग्छौँ ।’



In riveting political drama in Nepal, Pushpa Kamal Dahal ‘Prachanda’ named Prime Minister Seven parties and three independent MPs led by former Prime Minister Sharma Oli come together in a dramatic move for a post-poll alliance ........ “The RSP got the votes by promising to get things done: improving rule of law, reducing corruption, improving government services, providing access to high quality healthcare and education for all, creating jobs, etc.,” RSP Central Committee member Arnico Panday told The Hindu, when asked about the turnaround. “We cannot achieve those by sitting in the Opposition. We have been talking to all parties to find the best way to move forward on our agenda. The new coalition provided us with the best opportunity” .







‘प्रचण्ड बाहिरिएपछि देउवाले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न अफर गर्नुभयो’
आठ सदस्यीय मन्त्रिपरिषद् गठन, रवि बने गृहमन्त्री
रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायिक छानबिन
भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने
भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने



के होला एकीकृत समाजवादीको भविष्य ?
चार्ल्स शोभराज जेल र प्रेमबाट एकसाथ ‘रिहा’ ‘प्रेमिका’ निहिता दिनभरि गेटमा कुरिरहिन्, शोभराज नभेटी फ्रान्स उडे

No comments: