Pages

Tuesday, December 27, 2022

27: Prachanda

प्रचण्डलाई कुर्दाकुर्दै बालकोट जान छुटेका माधव नेपाल माधव नेपाल प्रचण्डले बोलाउँछन् र केपी ओलीसँग कुरा गर्न जाउँला भनेर पार्टी कार्यालयमा कुरेर बसिरहे । तर प्रचण्डको बोलावट आएनन् । बरु प्रचण्ड बालकोट पुगेको सूचना आयो । त्यसपछि क्रमशः जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका सीके राउत बालकोट पुगेको खबर आयो । ........ यसबीचमा प्रतिनिधिसभाको यो ५ वर्षको कार्यकालमा प्रधानमन्त्रीमा २/२/१ वर्षको आलोपालो, राष्ट्रपति एकीकृत समाजवादीलाई दिने/नदिने कुरा चलिरह्यो । अन्तिम घडीमा जब देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुबै नछाड्ने अडान लिए, परिस्थित फेरियो । ....... ‘प्रचण्डजी अत्यन्तै विक्षिप्त हुनुभयो र भन्नुभयो अब यो गठबन्धन चल्नेवाला छैन । कांग्रेसको दादागिरी सहेर बसिँदैन’, नेपालले पदाधिकारीहरुसँग भने, ‘मैले पनि कांग्रेसको दादागिरी सहिँदैन भनेर भनिसकेको थिएँ ।’ ....... ‘मिलेर फेरि केपी शर्मा ओलीसँग कुरा गरौं भनेकै हो’ नेता नेपाल भन्छन् । ...... रवि लामिछानेले म बालकोट लाग्दैछु, आउँछु कमरेड भन्नुभयो ........ प्रचण्डको बोलावट आएनन् । बरु प्रचण्ड बालकोट पुगेको सूचना आयो । त्यसपछि क्रमशः जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका सीके राउत बालकोट पुगेको खबर आयो । ....... ‘ठ्याक्क चार बजे फोन आउँछ शेरबहादुरजीको । ‘माधवजी, प्रचण्डजीलाई तपाईंले तुरुन्त भनेर प्रधानमन्त्रीमा पहिलो पालो प्रचण्डजीलाई भनिदिनुपर्‍यो,’ नेता नेपालले जवाफ फर्काए, ‘समय बितिसकेपछि हस्ताक्षर गरिसकेपछि राष्ट्रपतिकहाँ हिँड्ने बेलामा तपाईंले भनेर हुन्छ ?’ ........ आफूलाई थाहै नदिई प्रधानमन्त्री भएकोमा प्रचण्डसँग दुःखी छन् । त्यसैले होला, फोन गरेर वा भेटेर बधाई समेत दिएका छैनन् ।



प्रचण्ड थाहै नदिई प्रधानमन्त्री बने : माधव नेपाल
कांग्रेसले २२ पुसमा बोलायो केन्द्रीय समिति बैठक
प्रचण्डका सात सारथि प्रदेश सभाको चुनावमा भाग नलिएको रास्वपाले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री अवधारणा अगाडि सारेको छ । ...... सन् २००८ मा रविले ग्रिनकार्ड पाए । करिब १० वर्ष अमेरिका बसे । ...... उनले २०७० वैशाख १ गते ६२ घन्टा १२ मिनेटसम्म लगातार अन्तर्वार्ता लिएर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाए । ........ २०३६ सालमा काठमाडौंको चावहिलमा भएको अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रुपमा सहभागी भएका थिए । त्यतिबेला उनी आठ कक्षामा पढ्थे । ....... २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै तह आफ्नो पार्टीलाई जिताएर राईले एमाले ओलीबाट म्यान अफ दि इलेक्सनको उपाधि पाएका राइ ......... उद्योगमन्त्री अब्दुल खान गत ४ मंसिरमा सम्पन्न आम चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीका नेता हुन् । ३६ वर्षीय खान जनमत पार्टीका दोस्रो वरियताका नेता हुन् । ....... २०६८ सालमा जनमत पार्टीको गठन भएदेखि नै सक्रिय भएर लागेका कारण आफू सीके राउत पछि सबै भन्दा धेरै १६ पटक गिरफ्तारमा परेको बताउँछन् ।

कोरोनाको नयाँ सबभेरियन्ट कति संक्रामक, नेपालमा जोखिम कति ?
जसलाई ‘नो नट अगेन’ भने, उनकै गृहमन्त्री बने रास्वपाका प्रवक्ता भन्छन् – सरकारमा जानु पनि परिवर्तन हो ...... रास्वपाका एक सांसद भन्छन्, ‘सरकारमा जाने विषयमा पनि हामीसँग खासै छलफल भएन । मन्त्रालय पनि मिडियाबाटै थाहा पाएको हो ।’...... सरकारमा जानुपर्छ भन्नेहरु पनि सभापति लामिछानेले किन गृह मन्त्रालय नै रोजे भन्ने पनि बुझ्न नसकेको बताएका छन् । .

प्रचण्डको दौरा सुरुवाल अवतार
देउवाले भोलि बालुवाटार छोड्ने, धुम्बाराहीमा भाडामा बस्ने
राजेन्द्र लिङ्देनलाई प्रश्न : प्रचण्डलाई समर्थन गर्न अप्ठ्यारो लागेन ?
‘कांग्रेसको रवैयादेखि पीडित थिएँ, मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ अध्यक्ष नेपालले आफूहरुलाई कांग्रेस र माओवादीले एक्ल्याएको मात्र बताएनन् स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो पार्टीका उम्मेदवारहरुलाई हराउन खुलेर लागेको आरोपसमेत लगाए । ....... निराश नभइकन एउटै कम्युनिष्ट पार्टी बनाउन लागिरहने समेत बताए । ....... स्वाभाविक रूपमा जो जसले साथ दिनसक्छ, साथ लिएर उहाँले प्रधानमन्त्रीको दाबी गर्नुभएको छ । म यसलाई अन्यथा ठान्दिनँ । ......... टुट्दैन भन्ने ठान्नुभएको होला । टेकन एस ग्रान्टेड पनि हुन्छ कहीं । प्रचण्डजीले १५ वर्षसम्म गठबन्धन टिक्छ भन्ने कुरा कानमा लिएर बस्नु भएको भए … (हाँस्दै) । अब प्रचण्डजीले आजको मितिदेखि गठबन्धनमा हामी रहँदैनौं, टुट्यो भन्ने ठान्नुस् भनेर हिंडेको । यसो भनेर हिंडेपछि त चेत्नुपर्ने हो नि ........ अब ४ बजे आएर शेरबहादुरजीले ‘अब प्रचण्डजीलाई भन्नुपर्‍यो, उहाँलाई नै प्रधानमन्त्री बनाउनुपर्‍यो’ भन्नुभयो । जब अर्को पक्षहरूको बीचमा सल्लाह गरेर कागजमा सही गरिसकेको अवस्थामा मैले ४ बजे भनेर केही अर्थ लाग्थ्यो ? समयमा सोच्न नसक्दा खेरि… । ...... यी सबै घटनाक्रमहरू राज्य सञ्चालन गरेर बसेको मान्छेले घन्टा घन्टामा को कहाँ हिंडिरहेको छ थाहा पाउनुपर्दैन ? ........ होइन, अन्डरकरेन्ट हामीसँग पनि कुराकानी नभएको होइन । कुराकानी भइरहेकै हो । विश्वसनीयताको तहमा नपुगेको हुनाले मैले नपत्याएको हो । अन्डरकरेन्ट कुराकानी त राजनीतिमा भइरहन्छ नि । ........ झलनाथजीको त चर्चा थियो तर उहाँ हारेसँगै त्यो च्याप्टर क्लोज भयो । अहिले मैले नै शेरबहादुरजी र प्रचण्डजीसँग छुट्टाछुट्टै कुरा गरेर दुवैलाई सँगै राखेर पनि अबको राष्ट्रपति झलनाथजीलाई बनाऔं भनेर सहमति गरेको हो । मैले उहाँलाई चुनावमा नजानुस् पनि भनेको हो । धेरै सम्झाएँ । ........ म त सबभन्दा पहिला प्रधानमन्त्रीको टुंगो लगाऊँ र अगाडि बढौं भन्नेमा थिएँ । दुईटा पार्टीबाट कोही भएनन् भने माधव नेपाललाई बनाऔं भन्ने कुरा त उठ्यो नि त्यहाँ । ....... मैले नै उहाँलाई बधाई दिन फोन गरें । मैले नै बरु भनें, तपाईंले फोन पनि नगर्ने मलाई ? ....... उहाँले भन्नुभयो- हेर्नुस् त्यो कांग्रेस केही पनि छोड्दैन । प्रधानमन्त्री पनि छाड्दैन, राष्ट्रपति पनि छोड्दैन । ........ मैले बैठकमा पटक पटक भन्याथें- यो कांग्रेसले देशलाई आफ्नो विर्ता ठानेको छ । तपाईंहरु भ्रममा हुनुहुन्छ । तपाईंहरुलाई भन्न चाहन्छु म मुटुमाथि ढुंगा राखी हाँस्नु परेको छ । मैले यो दुईपटक दोहोर्‍याएर भनेको हुँ । ....... राजनीतिक नियुक्ति गर्नुपर्यो भने पनि नगर्ने, हामीले तपाईंहरुको हितमा काम गर्नुपर्ने ? म त बोल्ने कुरामा, जवाफ दिने कुरामा पछि हट्ने खालको मान्छे होइन । ....... देउवा… हुन्छ बहादुर । ........ स्थानीय तह चुनावको बेलामा पनि हामीलाई हेपेको हो हेर्नुस् । त्यसपछि प्रतिनिधिसभामा पनि त्यही गरेका हुन् । त्यसमा नम्बर एक कांग्रेस हो, नम्बर दुई माओवादी हो । माओवादी नि कम छैन । धेरै निर्वाचन क्षेत्रमा हराउन त लागेका हुन् नि माओवादीका नेताहरु । ....... असहयोग मात्र होइन, खुलेआम हराउन लागे । त्यत्तिकै आँखा चिम्लिएर बस्छु त ? जे देखिएका छन्, जे भोगिएका छन्, त्यसको त जवाफ चाहियो त । कत्रा चुनौतीको सामना गर्दै हिंडिएको छ, दुई सिट भएको बीजेपी आज राष्ट्रिय शक्ति बनेको छ । ....... एक्लै पारे । त्यसमा पनि केही छैन । एक्ला चलो रे, एक्ला चलो रे भन्ने गीत गाउँदै (हाँस्दै) हिंडेको मान्छे । तर मलाई आँट के छ भने सही विचारको पक्षमा म उभिएको छु । स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न चाहन्छु । ....... २० प्रतिशत मानिरहेका थिएनन् । २० प्रतिशतभन्दा तल नझर भनेर मैले नै दबाव दिएको हो । मेरो दबावले नै मानेको हो । अरुले ३० प्रतिशत भनेका थिए, मैले ३० हुँदैन, २० गर्नुस् भनेको मैले हो । किनभने मैले क्याल्कुलेसन गरें । ३० पुगेर त फरक पर्दैन, तर २० भन्दा झर्दियो भने के गर्ने ? सबै कुरा सोचेर, क्याल्कुलेसन गरेर चल्नुपर्यो नि । त्यत्तिकै त हुँदैन नि । ........ हाम्रो पार्टीका साथीहरु एकताबद्ध भएर अघि बढ्ने पक्षमा छौं । केही नभएका त अघि बढिरहेका छन् भने हामी त सातै प्रदेशमा छौं । ........ कम्तीमा बैठक बोलाइपाऊँ हजुर भनेको होइन हामीले ? होइन र ? प्रचण्ड, म, झलनाथ, वामदेव, नारायणकाजी श्रेष्ठ धुम्बाराहीमा रहेको कार्यालयमा त्यत्रो चिठी लेखेर केपीलाई बैठक बोलाइदिनुस् भन्यौं । ......... बैठक हामी प्रतीक्षा गरिरहेका छौं । जम्मै बैठकमा बसेका छन् । बैठक जारी छ तर केपी त्यहाँ नआएर संसद भंग गरिदिए ।

अमेरिकामा चिसोले ५६ जनाको मृत्यु, तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्‍यो



राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा
राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : अध्यक्ष नेपाल
यी हुन् मन्त्रिपरिषद‍्का कान्छो मन्त्री मन्त्रिपरिषदमा हाल सवैभन्दा कान्छा मन्त्रीका रुपमा अब्दुल खान देखिएका छन् । जनमत पार्टीबाट समानुपातिक सांसद रहेका उनको उमेर ३५ वर्ष रहेको छ । आइ.एस्सी अध्ययन गरेर फार्मेसीमा स्नातक गरेका उनले राजनीतिक शास्त्रमा एम.ए. गरेका छन् । ....... ३ दाजुभाइ मध्ये कान्छो रहेका उनको परिवार कृषि पेशामा आवद्ध छ। विनाविभागीय मन्त्री रहेका खानले आफूले उद्योग मन्त्री पाउने निश्चित भएको रातोपाटीलाई बताए । आफूले कृषि मन्त्रालय मागेपनि सो नपाएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको हैसियतमा कृषकलाई समयमा मलखाद दिलाउन लागिपर्ने उनले उल्लेख गरे ।

जसपामा संसदीय दलका नेताका लागि कडा प्रतिस्पर्धा चुनाव भयो भने अशोक राई संसदीय दलको नेता बन्ने छैनन् । १२ जनामध्ये हालसम्म तीनजना मात्र उनको पक्षमा खुलेर लागेको देखिएको छ । नौजना सांसद मधेशबाट नै संसदीय दलको नेता बन्नुपर्ने पक्षमा रहेको छ ।

‘देउवाले बिदा लिनु पार्टी र उहाँको स्वास्थ्यका लागि राम्रो हो’ आलोपालोको समझदारी थियो भने कार्यान्वयन गर्नुपर्थ्यो : गुरुराज घिमिरे ........ नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । माओवादी केन्द्रलाई साथमा राख्न नसक्दा केन्द्रदेखि प्रदेशसम्म कांग्रेस सत्ता विमुख भएकाले नैतिकताका आधारमा देउवाले पार्टी सभापतिबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । ....... देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिँदा कांग्रेसको स्वास्थ्यका लागि राम्रो हुने उनले बताए । साथै सबै पद गुम्नुको जिम्मेवारी सभापतिसँगै पदाधिकारीले पनि लिनुपर्ने घिमिरेको भनाइ छ । महामन्त्रीले हस्तक्षेपकारी भूमिका नदेखाएकोप्रति पनि उनको गुनासो छ । ......

एउटा कोणबाट हेर्दा सर्वनास भयो भनेर भन्न सकिन्छ ।

......... गठबन्धनमा लेनदेन हुन्छ । सबै आफै राखेर हुँदैन । राष्ट्रपति लिएर प्रधानमन्त्रीमा सभापति लचिलो हुनुहोला भन्ने थियो । सैद्धान्तिक राजनीति छाडेर व्यवहारवादी राजनीति गर्नुपर्थ्यो । राष्ट्रपति लिएर प्रधानमन्त्री माओवादीलाई नदिँदा संघ र प्रदेशमा गरी ३५ वटा राजकीय पद गुमाउनु प¥यो । संवैधानिक पद, कुटनीतिक क्षेत्र पनि गयो । पार्टीका साथीहरु र मुलुकका विज्ञहरुले प्राप्त गर्ने अवसर गए । अब रहेका पनि जान सक्ने भए । राज्यका सबै अवसर गुम्दा नेपाली कांग्रेसलाई क्षति भएको छ । ......... माओवादीले एमालेसँग पनि समानान्तर वार्ता गरिरहेको हामीलाई समेत थाहा थियो । ......... आँखै अगाडि गठबन्धनको एउटा घटक विपक्षीसँग मिलेर सरकार बनाउनु अनौठो घटना हो । ....... यति ठूलो राजनीतिक घटनाक्रममा पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि संलग्नता देखिनँ । सहमहामन्त्रीको पनि संलग्नता देखिएन । १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेको शेखर कोइरालाको पनि सहभागिता देखिएन । ......... यति ठूलो घटनामा महामन्त्रीले गएर यो के हुँदैछ भनेर सोध्नु पनि पर्छ । वाकओभर दिनु हुँदैन थियो । ....... ठूला दलको हैसियतले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी गर्नुपर्छ भन्ने कुरा स्वाभाविक थियो । ठूलो दल भएर प्रधानमन्त्रीको दावा नै गरेन भने जनतामा कस्तो असर पर्छ ? ........ काम चाहिँ एउटा पक्षलाई दिने र अर्को पक्षलाई रमिते बनाउने ? अर्को पक्षका पदाधिकारी सभापतिले गरेको कामको रमिता हेर्न निर्वाचित भएका हुन् ? उहाँहरुको दायित्व रमिता हेर्ने हो ? ......... महामन्त्री कारिन्दा होइन, नेता हो । महामन्त्री संस्था पनि हो । ...... मैले महामन्त्रीलाई महामन्त्री हो भन्ने आभास दिलाउनुस् है भनेर पटक पटक भनेको छु । ........ निराशाको बादल छाएको छ । कार्यकर्ता आक्रोशित छन् । पार्टीका साथीहरुलाई पीडा छ । ........ उहाँले सभापति पद छोड्नुपर्छ । ....... उहाँले संसदीय दल पनि छोड्नुपर्छ । यो घटनालाई देखाएर उहाँले सम्मानजक रुपमा अवकास लिनुपर्छ । ...... उहाँको नेतृत्वमा पार्टी पाँच वर्षमा थप नाजुक हुन्छ ।


हिमपातले अमेरिकामा मच्चायो विनाश, गभर्नर भन्छन्, ‘युद्धजस्तो स्थिति छ’



No comments: