Sunday, December 11, 2022

विश्व गुरु बन्न लागेको देश नेपाल



रेशम चौधरी लगायतलाई छुटाउन सरकारले ल्यायो अध्यादेश
रास्वपामा असन्तुष्टि चुलिँदै
संसदीय दलमा देउवा भर्सेस थापा : ८९ सांसद को कता? थापाको आक्रामक तयारीले अलमलमा शेखर .
५४ सिटबाट यात्रा सुरु गरेको उपेन्द्रको पार्टी १२ सिटमा सीमित
रेशम चौधरीलाई आममाफी दिन सरकारले ल्यायो अध्यादेश त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारले फिर्ता लिन सकेको छैन। सिके राउतको पार्टीले पनि सरकारमा सहभागिताका लागि आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने बताउँदै आएको छ। अध्यादेश सरकारले राष्ट्रपति समक्ष पठाए पनि जारी हुन भने बाँकी छ।



कम्प्युटर वैज्ञानिक राउतको ‘पलिटिकल प्रोग्रामिङ ओपन’, सरकार बनाउन लबिङ सुरु. कम्प्युटर वैज्ञानिक डा. सीके राउतको पलिटिकल प्रोग्रामिङ ओपन भएको र उनले मधेश प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउन लबिङ गर्न काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटघाट सुरु गरेका छन् । ........ पहिलो कार्य मधेशमा जनमत पार्टीको नेताको नेतृत्वमा सरकार गठन गर्ने प्रोग्रामिङको पहिलो भाग पूरा गर्नु रहेको छ । ....... मंसिर १९ गते अध्यक्ष राउत नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई भेट्न जेल मै पुगे । ....... शम चौधरीसँग राउतका अतिरिक्त सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारलाई सघाउनेमा विषयमा माओवादीका अध्यक्ष प्रचण्ड, नेसपाका अध्यक्ष बाबुराम भट्टराई, लोसपाका नेता शरतसिंह भण्डारीलगायत नेताले छुट्टाछुट्टै भेटिसकेका छन् । ....... अध्यक्ष राउतले त्यही दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्राई, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई छुट्टाछुट्टै भेटे । ..... अध्यक्ष प्रचण्डले कांग्रेससँग कुरा नमिले एमालेसँग मिलेर वाम गठबन्धन बनाएर सरकार बनाउने अभिव्यक्ति दिइसकेपछि राउतसँगको यो भेट भएको हो । ........ राउतको यो क्रमलाई जनमत पार्टीका अध्यक्ष राउतको पलिटिकल प्रोग्रामिङ अपन भएको टिप्पणी गर्न थालिएको छ । सरकारमा सहभागी भएर जनतालाई राहत दिने प्रोग्रामिङको यो पहिलो डोमेन हो । यो सफल नभए प्रतिपक्षी भएर बस्ने डोमेनमा काम सुरु गरिने र त्यो आन्दोलनको डोमेन हुने सो पार्टीका एक नेताले बताए ।

जसपामा फेरि विभाजनको कम्पन्न नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विगठन गरेको राजनीतिक कदमलाई प्रतिगमनकारी भन्दै गठित गबन्धनको एक घटक भई आन्दोलनमा सरिक भएर सम्पन्न निर्वाचनको मनोनयन भन्दा केही समय अघिसम्म सोही गठबन्धनको सरकारमा सामेल जसपाका अध्यक्ष यादव अकस्मात् उही एमालेसँग गठबन्धन बनाएर चुनावमा भाग लिएर आफू लगायतका कतिपय स्थानमा पराजय भोगी जेनतेन समानुपातिक थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको हैसियत जोगाउन सफल भए पनि उनको पार्टीमा विभाजनको कम्पन्न उठेको देखिएको हो । ........ निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन लाग्नु अघि हालै मात्र जसपा अध्यक्ष यादवले सार्वजनिक गरेको अभिव्यक्तिको जवाफमा एमालेको सहयोगमा चुनाव जितेका सो पार्टीका वरिष्ठ नेता अशोक राईको भनाइबाट पार्टीमा विभाजनको तरङ ल्याएको हो । ....... महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न नसक्नुमा उनीहरू पनि ओलीलाई सरकार जोगाउन अन्तिम पटकको प्रयासमा सरकारमा सामेल भएर जाने कदम पार्टीका लागि आघात पु¥याएको हो । ....... जसपा नेता राईका अनुसार चुनाव अघि एमालेसँग भएको लिखित सहमतिमा चुनाव पछि पनि एमालेसँगको सहकार्य हुने प्रतिबद्धता समेत उल्लेख गरिएको छ । ....... पार्टी विभाजनको अवस्था आए कि यादवसँग बस्ने छन् कि त ठाकुर राउत तर्फ जाने छन् । .

‘मधेशमा कसैको प्रष्ट बहुमत छैन, जसपाले पनि नेतृत्व गर्न सक्छ’ जसपाले अपेक्षाभन्दा थोरै सिट पाएको छ । धेरै ठाउँमा हामी थोरै मतको अन्तरालमा पराजित हुनुपरेको अवस्था छ । कहीं–कहीं पुनः मतगणना गरियो भने हामी जित्न पनि सक्छौं । ...... थुप्रै ठाउँमा मतगणनामा धाँधली भएकै हो । धेरै ठाउँमा फरक किसिमका मत खसेको पाइएको छ । समानुपातिकको मत प्रत्यक्षको बाकसमा, प्रत्यक्षको मत समानुपातिकको बाकसमा भेटिएको छ । त्यस्ता थुप्रै त्रुटिहरु छन् । ........ काठमाडौंकेन्द्रित राज्यसत्ताको ठम्याइँ थियो कि उपेन्द्र यादव जितिरह्यो भने यो देशमा संघीयता सुरक्षित रहला, मधेशलाई धेरै अधिकार दिनुपर्ला । त्यसैले उपेन्द्र यादव प्रतिनिधिसभामा फेरि पुग्नु हुँदैन, हार्नुपर्छ भनेर राज्यसत्ता पनि लागेका थिए, थुप्रै पार्टीहरु पनि लागेका थिए । ......... यो एउटा अन्तराल हो । पाँच वर्ष हेर्दाहेर्दै बित्छ । पूरै देशभरि आममतदाताले नयाँ तथा विकल्प भनेर खोजेका थिए । डा.सीके राउतजीको नाराहरुमा जनता आकर्षित भएका छन् । उहाँले १० लाख रोजगारी, किसानलाई मलखाद दिने, जनमत संग्रह गराउने लगायतका लोकप्रिय नाराहरु दिनुभएका छन् । हामीलाई उहाँलाई शुभकामना पनि दिइसकेका छौं । हेर्दै जाऔं, उहाँले आफ्नो प्रतिबद्धताहरु कतिको पूरा गर्नुहुन्छ । ......... हामीले पहिला जितेकालाई नै फेरि त्यहीं ठाउँमा चुनावमा उम्मेद्वार बनायौं, तर आममतदाताले त फरक र नयाँ खोजेका थिए । मधेश प्रदेश सरकारसँग आमजनताको धेरै अपेक्षा थियो । ती अपेक्षाहरु हामीले पूरा गर्न नसकेको कारणले पनि निर्वाचनको परिणाम यस्तो आयो । ........ सप्तरी क्षेत्र नं. २ उपेन्द्र यादवजीको हो । पछिल्लो निर्वाचनमा उहाँ त्यहींको जनप्रतिनिधि हुनुहुन्थ्यो । नयाँ मान्छे त्यहाँ आएर डा.सीके राउत किन लड्नुभयो ? उहाँ उपेन्द्रजीसँग किन भिड्नुभयो, यो प्रश्न उहाँलाई नै सोध्नुस् । ........ सबैलाई थाहा छ, उपेन्द्र यादवजीको जन्मथलो पनि सप्तरीको २ नं. क्षेत्र नै हो । उहाँ पनि त्यहींका स्थानीय हुन् । एक्लो सीके राउतजी त्यहाँको स्थानीय होइनन् । ........ १६ सिटको पार्टी १२ सिटमा खुम्चिएको छ । राष्ट्रिय दल बन्ने हाम्रो लागि जहिले पनि सहज नै हुन्छ । ....... पाँच दलको गठबन्धनमा यदि हामी रहेको भए हाम्रो अस्तित्व नै समाप्त हुन्थ्यो । लोसपा, नेकपा एस आज राष्ट्रिय दल नै भएन । हामीले त्यो बेला दूरदर्शिता नदेखाएको पनि त्यस्तै अवस्था आउँथ्यो । राज्यको चाहना थियो कि सबै मधेशी दललाई समाप्त गरिदिउँ । ......... निर्वाचन परियोजनका लागि गरिएको तालमेल निर्वाचन सकिएसँगै सम्पन्न भएको हो । ......... यदि एमालेले हाम्रो समर्थन चाहन्छ भने त्यो शर्तसहित हुनुपर्छ । त्यो शर्त भनेको किसानलाई तुरुन्त मलखाद उपलब्ध गराउने, संविधान संशोधन लगायतका छन् । हाम्रा यस्ता शर्तहरुप्रति जसले आफ्नो धारणा सार्वजनिक गर्छ, त्यो सत्ता सहकार्य गर्न सक्छौं । जनता समाजवादी पार्टी खुल्ला छ, यद्यपि हाम्रो जनादेश प्रतिपक्षमा बस्ने हो । ........ ठूला दलहरुले मधेश मुद्दा समाप्त गर्न विभिन्न जालझेल गर्छन् । त्यहीं जालभेल यो निर्वाचनको पूर्वसन्ध्यामा गरिँदै थियो । जसपा त्यसमा फँसेन, लोसपा गएर फँस्यो । ........ उपेन्द्र यादवले पटक–पटक सार्वजनिक रुपमै मधेशवादी दलहरुलाई एक हुन आह्वान गर्नुभएको थियो । जनमत पार्टी त्यतिखेर अस्तित्वमा आइसकेको थिएन तर महन्थ ठाकुरजीको लोसपालाई नामै किटेर आउनुस् एक होऔं, नभए गठबन्धन गरौं, चुनावमा सँगै जाऔं भनेर सार्वजनिक रुपमा भनेका थियौं । तर उहाँहरु तयार हुनुभएन । ........ हामीभन्दा कम सिट ल्याएका साना–साना दलहरुले मुख्यमन्त्रीको दाबी गर्दै हिंडेका छन् । त्यसैले, मधेश प्रदेशको अंकगणित हेर्दा जसपाले नेतृत्व पाउँदैन भनेर भन्न सकिन्नँ ।

No comments: