Tuesday, December 20, 2022

Vivekananda



सत्ता गठबन्धनमा सामेल होला जसपा? प्रदेश १ मा एक सिटमात्र हुँदा पनि यसरी बढ्यो ‘बार्गेनिङ पावर’ .

कांग्रेस संसदीय दलको नेतामा देउवा भर्सेस गगन, दुवैले गराए उम्मेदवारी दर्ता

नयाँ सरकार गठनका लागि यी हुन् विकल्प १३६ सिट रहेको सत्ता गठबन्धनले बहुमतका लागि अन्य दुई सांसदको समर्थन जुटाउन स्वतन्त्रमध्येका सांसद वा साना दललाई साथ लिनुपर्ने देखिन्छ । साना दलमध्ये ३ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी वा ६ सिट रहेको जनमत पार्टी उपयुक्त विकल्प हुन सक्छ । ...... संघमा जसपा नेपाललाई सत्ता साझेदार बनाउँदा प्रदेश १ मात्र नभई मधेस प्रदेश र लुम्बिनी प्रदेशमा पनि सत्तारुढ गठबन्धनलाई सरकार गठनका लागि बहुमत जुटाउन सहज हुने देखिन्छ । ........... नेकपा एमालेले पनि माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतलाई साथ लिएर बहुमतको दाबी गर्न सक्ने अवस्था विद्यमान छ । ...... प्रतिनिधिसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर पनि सरकार बनाउन सक्ने प्राविधिक सम्भावना जीवित रहन्छ ।



माधव नेपालको ब्रिफिङ : ‘पावर सेयरिङ’मा राष्ट्रपति बटमलाइन .

संसदीय नेतृत्वमा गगनको सकस निजी प्रतिष्ठा, अहंकार र आफू नै अपरिहार्य हुँ भन्ने मानसिकताबाट आफैं मुक्त हुन सके देउवाको राजनीतिक विश्राम उदाहरणीय हुनेछ । २०५१ सालमा उनी जसरी निर्विरोध संसदीय दलको नेता चुनिएका थिए, त्यही परम्परा उनले अहिले पछ्याउनुपर्ने होइन ?

देउवा र प्रचण्डले एक अर्कालाई देखाए एमाले कार्ड
मधेशमा संकटोन्मुख मधेशवादी दल चुनाव जित्नैका लागि पुराना दलहरूसँग गठबन्धन गरेका मधेश केन्द्रित दलहरूको ओरालो यात्रा यसपटक पनि रोकिएन । ..... मधेशमा बरु पुरानै राजनीतिक दलहरूको पुनरागमन भएको छ । नयाँ शक्तिको उदय हुने सम्भावना पनि बढेको छ । ...... चुनाव जितेपछि मुद्दा सम्बोधनमा अडान लिन नसकेका र फेरी चुनाव जित्नैका लागि आफ्नो क्षेत्रमा जनाधार गुमाइसकेका पुराना शक्तिसँग सहकार्य गरेर आएका मधेशवादी दलहरूलाई मधेशका मतदाताले पत्याएनन् । बरु, स्वतन्त्र मधेशको नारासहित गठन भएर पछिल्लो समय संविधान स्वीकारेको सीके राउत नेतृत्वको जनमत पार्टीलाई स्थापित गरिदिए । ........ ‘अहिले मधेशका लागि सबै राजनीतिक दल उस्तै भए । जसपा भन्ने पार्टी एमालेको पछि लागेपछि र लोसपा भन्ने पार्टी कांग्रेसको पछि लागेपछि ती दलबीच के फरक रह्यो ?,’ लाल भन्छन्, ‘मालिक र सहयोगीमध्ये एकलाई रोज्नुपर्यो भने मालिकलाई नै छानिन्छ नि !’ .

सापटी लिएको पैसा फिर्ता नगर्दा राजाले ताकेता पठाए पंचायतको दिनमा राजा सर्वोपरि नै थिए। राजाले कसैलाई मन्त्री बनाउँदा त्यतिबेला नै राजिनामा पत्रमा समेत हस्ताक्षर गराउँथे।

No comments: