Sunday, October 24, 2021

News: October 24



प्रधानमन्त्रीदेखि अख्तियारसम्मलाई बोधार्थ गर्दै सीके राउतद्वारा आन्दोलनको घोषणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिएको आन्दोलनका घोषणाबारेको राउतको ४ पृष्ठ लामो विज्ञप्तिमा सरकारले जनमत पार्टीका कार्यकर्ताविरुद्ध चरम दमनको नीति लिएको भन्दै त्यसको विरोध गरिएको छ । यस्तै पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग पनि गरिएको छ । ....... यस्तै विज्ञप्तिमा जनकपुरस्थित पार्टी कार्यालयको साइनबोर्डमा भएको आगजनीमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई राउतले ४८ घण्टाको अल्टिमेटम दिएका छन् भने भ्रष्टाचारमा संलग्न प्रदेश २ का जिम्मेवार व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाउन अख्तियारसँग माग समेत गरेका छन् । ...... राउतले पहिलो चरणको आन्दोलनमा सोमबार जिल्ला सदरमुकामहरूमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने तय गरिएको छ ।

No comments: