Wednesday, October 13, 2021

Facebook: October 13



जनमत पार्टीका नेताको मोटरसाइकलमा आगजनी सिरहाको मिर्चेया नगरपालिका १० मिथिलेश्वर बस्ने जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल कुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो । घर नजिकै रहेको सामुदायिक भवनमा राखिएको उक्त मोटरसाइकलमा सोमबार राति अज्ञात व्यक्तिले आगजनी गरेको मण्डलले बताएका छन् । ....... केहि अपराधिक व्यक्तिले राजनीतिक प्रतिशोधका कारणले मोटरसाइकलमा आगो लगाएको भन्दै पार्टीका जिल्ला सचिव सन्तोष यादवले घट्नामा संलग्न व्यक्तिलाई पक्राउ गरी कार्वाही गर्न र क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका छन् ।



मधेसतिर डुल्दा ‘अब यो पाराले हुँदैन, शिक्षक खोज्न मधेस नै जानुपर्छ । यता खोजेर पाइँदैन ।’ ........ मैले पहिलोपटक मधेस भन्ने शब्द त्यहीँ सुनेँ । ........ अघिल्लो वर्ष छिमेकी विद्यालयबाट एसएलसी दिएका व्यक्तिले माविलाई गणित पढाएका थिए । बीचमा एसएलसीको नतिजा निस्केपछि उनी पास भए र काठमाडाैँ हिँडे । हामी अलपत्र पर्‍यौँ । .......... आठ–दश दिनपछि गाउँमा हल्ला चल्यो । शिक्षक मधेसमा पनि पाइएन रे ! भारतबाट खोजेर ल्याए अरे ! ........

उनी स्कुल ढिला आइपुगे । स्कुलमा हल्ला चल्यो, उकालो हिँड्न नजानेर ढिला भयो रे !

........ हामीले एक टकले सास नफेरी शिक्षकलाई हेरिरह्यौँ । सेतो सर्ट पाइन्टभित्र घुसारेका थिए । हाम्रो जस्तो विकट ठाउँमा शिक्षक गज्जब देखिएका थिए । .......... शिक्षक कक्षाभित्र पसे । केही नबुझेर हैरान । ....... शिक्षकको भाषा हामीले नबुझे पनि गणित धेरै चिह्नको खेल हुनाले उनले पढाउन थाले । ......... शिक्षक ओम प्रकाश यादवको नाम नसुन्ने कोही भएन । मधेस नेपालभरि शिक्षक आपूर्ति गर्ने थलो थियो । ...... पछि म आफैँ अनुसन्धानका क्रममा चेपाङ बस्तीदेखि कर्णालीका दूर बस्तीसम्म मधेसका शिक्षक देखेको छु । आजभन्दा पच्चीस वर्षअगाडि

चेपाङ बालबालिका लगभग नेपाली पनि नजान्ने र शिक्षक पनि नेपाली भाषा नजान्ने मैथिली वा हिन्दीमा पढाउँथे । के पढ्ने, के पढाउने, गज्जब थियो ।

........ सबैभन्दा पहिले शिक्षा आर्जन मधेसमै भयो, तर आज सबैभन्दा शिक्षाको सूचकांकको पुछारमा मधेस नै छ । मधेसको त्यो शिक्षा आज पुछारको सूचकांकमा कसरी पुग्यो ? के झुक्किएर पुगेको हो ? मधेसका मानिसहरूसँग ज्ञान नभएर पुगेको हो ? वा यसको राज्यव्यवस्थासँग जोडिएको कारण छ ? ............

शिक्षकको उत्तर निकै बेजोड थियो । ‘आज मेरो घरमा काम थिएन । त्यसकारण म आएँ । काम भएको भए को आउँथ्यो र ? घरमा काम भई–भई पनि पढाउन कोही आउँछ ?’

........... शिक्षकहरूले हात जोडेर नगरपालिकालाई बिन्ती गर्दै भने, ‘भवन बढी छ, बनाउन पर्दैन ।’ तर, नगरपालिकाले भवन योजना नै स्वीकृत गर्‍यो र हामी जाँदा भवन बनिरहेको थियो । यस विद्यालयमा भवन बढी भएर सिटिइभिटीले भाडामा लिएर कक्षा सञ्चालन गरेको छ । तर, फेरि त्यही विद्यालयमा भवन थपियो । त्यो उपयुक्त प्रयोग हुने कुनै सम्भावना छैन । ...... स्थानीय सरकार अर्थात् कान्छो सरकारलाई माध्यमिक शिक्षासम्मको सबै अधिकार दिइयो । तर, शिक्षकको अधिकार दिइएन, त्यो जेठो सरकारअन्तर्गत नै राखियो । शिक्षकले नपढाए पनि कान्छो सरकार केही गर्न सक्दैन । ............ शिक्षकहरू शक्तिशाली छन् । ....... महासंघ, संघ, कांग्रेस–कम्युनिस्ट, जे–जे भने पनि आफ्नो स्वार्थमा अर्थात् पढाउन नपर्ने विषयमा एक छन् । शिक्षामन्त्रीलाई थर्काउँछन् । पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षको भोट मागिदिने शिक्षक नै हुन्छ । पढाऊ भन्न भएन । शिद्यार्थीको हितमा कुनै निर्णय गर्न भएन, फेरि अर्को चुनाव आउनै छ । ........ मधेसमा शिक्षाका धेरै समस्या होलान्, तर मूल समस्या शिक्षक व्यवस्थापन नै हो । संघीयताको सन्दर्भमा स्थानीय सरकारसँग शिक्षक जोडिन नै मानेनन् । आफ्नो अपमान ठाने । कहाँ संघअन्तर्गतको शिक्षक, कहाँ स्थानीय सरकारअन्तर्गतको शिक्षक । ......... विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकार शिक्षकका लागि अपठितहरू छन् । शिक्षकहरू पठित भएका कारण स्थानीय सरकारमा जान चाहँदैनन् । ..... सर्लाही डुल्दा लाग्यो, संघीयतालाई थप बलियो बनाउन स्थानीय सरकारलाई अधिकार र जिम्मेवारी दिई शिक्षकलाई व्यवस्थापन गर्न सके मधेसको शिक्षा केही उँभो लाग्ला, अन्यथा काठमाडाैँले टाउको फोरे पनि केही हुँदैन ।


No comments: