Friday, October 29, 2021

फ्रांस जस्तो क्रान्ति भनेको रगत बग्ने भनेको होइन

फ्रांस जस्तो क्रान्ति भनेको जनआंदोलन को बलमा तीन तहको चुनाव स्वीप गरेर, केंद्रीय संसद मा ६५% बढ़ी सीट जितेर, सरकार बनाएर, संविधान को पुनर्लेखन फ़ास्ट ट्रैक मा, राज्य को पुनर्संरचना फ़ास्ट ट्रैक मा। नेपाल सेना राख्ने नराख्ने, राखे सैनिक संख्या एक लाख राख्ने कि ३०,००० मा झार्ने, गृह युद्ध का दौरान खड़ा गरिएको सशस्त्र प्रहरी लाई बाई बाई गरेर जनता को शिक्षा स्वास्थ्य मा लगानी गर्ने। न्यायपालिका को पुनर्संरचना। एकै पटक ५०० न्यायधीश फाल्नु परे फाल्ने संसदले। सरकारी सेवा जति डिजिटल बाटो जनता को घर घर पुर्याउने, कर्मचारी संख्या दुई तिहाइ घटाउने। प्रथम १०० दिनमा यति काम फत्ते गरेर देश लाई लगातार २० वर्ष २०% आर्थिक बृद्धि दर दिने बाटोमा लाने भनेको हो। गाउँ गाउँमा मेस संचालन गर्ने ताकि एक जना पनि कोही भोको नरहोस। 

पृथ्वी नारायण को सत्तारोहण बाट गन्ने हो भने शाह शासन १०३ साल, राणा शासन १०४ साल, त्यस पछि १० वर्ष नौटंकी, बीपी को डेढ़ वर्ष को अपवाद बाहेक, तर लोकतंत्र जोगाउन नसक्नु बीपी को गलती हो। ३० वर्ष पंचायत चल्यो, ३० वर्ष त अब लुटतंत्र पनि चल्यो। माओवादी को १० वर्ष पनि लुटतंत्र नै थियो। 

जनता सड़कमा आउँछ तर लाठी लिएर आउँछ। दशौं लाख को संख्यामा अब सड़कमा आउँछ। अहिलेको रूलिंग क्लास दाढ़ी खौरीए जस्तै सफाचट। सीके राउत अंशुवर्मा का उत्तराधिकारी। 







No comments: