Thursday, October 07, 2021

Facebook: October 7



पहिलेभन्दा हाम्रो जनमत बढेको छः सीके राउत अलग मधेशको नाराले चर्चामा आएका सीके राउत नयाँ पार्टी गठन गरेपछि भ्रष्टाचार विरुद्धको अभियान लिएर गाउँमा पुगिरहेको भए पनि मधेशका मुद्दा नछोडेको बताउँछन्। ......... अलग मधेशको नाराले चर्चामा आएका जनमत पार्टीका अध्यक्ष सीके राउत अहिले मधेशका गाउँगाउँमा पुगिरहेका छन्। उनको नेतृत्वमा जनमत पार्टीले स्थानीय र प्रदेश सरकारले गरेका अनियमितताबारे नागरिकलाई जानकारी गराउँदै प्रदर्शनमा उतारिरहेको छ। ....... अहिले आ-आफ्नो गाउँपालिका, नगरपालिकामा भएका अनियमितताका विषयमा बोलिरहेका छन्। सामाजिक सञ्जालमा लेखिरहेका छन्। ........ प्रदेश सरकारले ४९ करोडभन्दा बढी अनियमित खर्च गरेको छ। साइकलको विषय त सबैतिर आएकै छ। परिवहन, बीमा कार्यक्रम, पोखरी सौन्दर्यीकरणको नाममा भ्रष्टाचार भएको छ।

प्रदेशमा कुनै कार्यक्रम नै छैन, जहाँ आफ्ना कार्यकर्तालाई पैसा नबाँडेको होस्।

............ जनताको कर उठाएर बाँडिरहेका छन्। उनीहरूले आफ्नै घरबाट पैसा ल्याएर बाँडेका त होइनन्। विदेशमा खुन–पसिना बगाएर पठाएको पैसाको करबाट भ्रष्टाचार गरिरहेका छन्।

५० प्रतिशत बाँडेका छन्, २० प्रतिशत खाएका छन्।

............ सत्तामा नपुगेकै कारण पत्रकार, बुद्धिजीवी मेरो नजिक आएनन्। तर, हाम्रो पक्षमा जनता अर्थात् जनमत पहिलेभन्दा पनि बढेको छ।

दुई वर्षमा हाम्रो पार्टी पाँच गुणाले बढेको छ।

पिपरा गाउँपालिकाकै उदाहरण दिऔं। गत निर्वाचनमा बुथ प्रतिनिधिको समेत अभाव भएको थियो। त्यस्तो परिस्थितिमा पनि जनताले सम्मानजनक मत दिए। आज त्योभन्दा धेरै बलियो भएको अवस्था छ। ............ हाम्रो मूलभूत मुद्दा मधेशको समृद्धि र विकास नै हो। राजनीतिमा साध्य र साधन हुन्छ, हाम्रो साध्य भनेका समाजको समृद्धि हो। ......... पहिले जे जस्तो मुद्दा उठाएका थियौं, त्यो समाजको समृद्धिका लागि नै थियो। ........

राणाहरूले शासन गर्न नदिएपछि केही सामन्तहरूले बनाएको पार्टी हो, नेपाली कांग्रेस। मधेशमा पनि राणाकालमा हुकुमत चलाउन नपाएका व्यक्तिहरू नै कांग्रेसमा लागेका हुन्।

.......... अहिलेसम्म पनि कांग्रेस सामन्तवादी पार्टी नै हो। ....... जसपा र लोसपाको अवस्था पनि फरक छैन। उपेन्द्रजी एमालेका कार्यकर्ता हुन्, पछि माओवादी हुँदै फोरम निर्माण गरे। त्यो वेला एउटा पार्टी निर्माण भएको थियो, तमलोपा। त्यो समयमा मधेशमा व्यक्ति मरिरहेका थिए, त्यो पार्टीका नेता महन्थ ठाकुरले मन्त्री पदमा बसेर ‘मधेशी आन्दोलन केही होइन, पानीको बुलबुला हो’ भनेका थिए। ......... उनीहरूले मधेशी जनताको हकहितका लागि पार्टी गठन गरेका हैनन्। अन्य पार्टीमा रहँदा अवसर नपाएपछि मधेशी दल बनाएर अवसरको खोजीमा मधेश आएर नेता बनेका हुन्।

अहिले सबै पार्टी भ्रष्टाचारमा लिप्त छन्। हामीले नेपाललाई भ्रष्टाचारबाट मुक्त गराउन चाहेका छौं।

...... यस्तो शान्तिपूर्ण आन्दोलन यस अघि भएको थिएन। ......... मधेशको भूमिमा अहिलेसम्म जति आन्दोलन भए, त्यसको नेतृत्व गर्नेहरू यति डरपोक थिए कि सीडीओ वा वडाका हाकीमले एउटा सामान्य मुद्दा लगाइदिन्थे, उनीहरू मधेशको भूमि छोडेर बेपत्ता भइहाल्थे। उनीहरूसँग कस्तो मधेश-प्रेम थियो? हामीमाथि दर्जनौं मुद्दा लगाइए, देशद्रोह जस्तो मुद्दा लगाइयो, तैपनि मधेशको माटोमा बसेर आन्दोलन गर्‍यौं। .......... अहिलेका जुन यथास्थितिवादी पार्टीहरू छन्, उनीहरू खानपानका लागि मिलेकै छन्। को विपक्षी, को सरकारवादी छुट्याउनै गाह्रो भइसकेको छ। उनीहरूलाई कतै अवरोध गरेका छैनौं, तर यथास्थितिवादी पार्टीको तारोमा हामी किन पर्‍यौं?

हाम्रो पार्टीका कार्यकर्तामा जसरी इमानदारी भरिएको छ, त्यो अरू पार्टीमा छैन। त्यसैले उनीहरू भयभीत छन।

हामीसँग कुनै साधनस्रोत छैन, तैपनि हाम्रा कार्यक्रममा जनताको निकै समर्थन हुन्छ। .......... पहिलो मधेश आन्दोलन सफल भयो, दोस्रो र तेस्रो आन्दोलन सफल भएनन्। यसको कारण के थियो भने, पहिलो मधेश आन्दोलन अघि राज्यले मधेशमा आफ्‍नो संयन्त्रको विकास गर्न सकेको थिएन। पहिलो आन्दाेलनपछि त्यो संयन्त्रलाई मधेशमा विस्तार गरिएको छ। ........

निजी कम्पनीमा पहिले मधेशीलाई पनि राखिहाल्थ्यो। अहिले त प्रदेश २ बाट आएको हो है भनेर राख्न मान्दैन। विभेद विगतभन्दा बढी संस्थागत भएको छ, संरचनागत रूपमा बलियो बनेर आएको छ।

........ मधेश आन्दोलनको बलमा बनेको प्रदेश सरकारले प्रदेशको नामकरण गर्न सकेको छैन, मधेश प्रदेश राख्न सकेको छैन। ......... मधेश आन्दोलनका शहीद परिवारलाई एउटा रोजगारी दिन सकेको छैन। जब कि त्यो निकै सहज थियो, स्थानीय तहमा शहीद परिवारलाई रोजगारी दिन सकिन्थ्यो। ......... स्वास्थ्य, शिक्षामा केही काम गर्न सकेको छैन। संघीय सरकारले दिने बजेटमध्ये २२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। .......... गठबन्धन गर्नुपर्ने अवस्था आयो भने पार्टीसँग होइन कि सीट अनुसार, कहाँ को जित्न सक्छ, त्यो अनुसार गठबन्धन गर्नुपर्छ। त्यसो हुन सकेन भने एक्लै चुनाव लड्छौं।


No comments: