Thursday, October 21, 2021

News: October 21



सीके राउतका १३ कार्यकर्ता पक्राउ
सिके राउतका कार्यकर्ताद्वारा खानेपानी संस्थानका प्रमुखमाथि दुर्व्यवहार, अर्धनग्न बनाएर नगर घुमाए
प्रेरक प्रसङ्ग : शत्रुता समाप्त पार्ने सूत्र
धनुषामा धर्नामा बसेका जनमत पार्टीका कार्यकर्ता पक्राउ
५० लाख जम्मा गरिसकें भन्दै वडाध्यक्षको टिकट माग्न थालिसके : अध्यक्ष यादव जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका निम्ति टिकट माग्नेहरु आफ्नो सम्पर्कमा आउन थालेको बताएका छन् । उनले रकम जम्मा गरिसकेको भन्दै टिकट माग्नेहरू आउन थालेको बताएका हुन् । ........ ‘कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ अध्यक्ष यादवले राजविराजमा आयोजना गरेको सप्तरीको विकास विषयक अन्तरकृया कार्यक्रमलाई बुधबार राति सम्बोधन गर्दै भने,

‘ कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु । टिकट दिनुस् भनिरहेका छन् ।’

....... ‘किन १० करोड लगाउँछ ? राजनीति किन गर्छ ?’ उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्‍थ्यौं । लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो । तर अहिले राजनीति व्यापार भयो । पेशा रहेन् ।’ ..... ‘राजनीति धन्धा भइसक्यो । लगानी गरेर त्यो लगानी असुली गर्न खोज्छन्’ ........... ‘माथि गएपछि केही नेताहरु आफ्नो व्यापार गर्न थाल्छन् । उनीहरु

म सांसद हुँ मलाई खरिद गर भन्छन् ।

अनि, त्यहाँ मोलमोलाई हुन्छ’ ........... ‘एक सांसद किन्ने र अर्काे खरिद गर्ने’ अध्यक्ष यादवले भने, ‘जसरी गाईभैंसीको खरिद हुन्छ त्यसरी नै यस्ता दलालहरू हेरेको छु ।’ ....... ‘जनता पनि त्यस्तै छन् । त्यस्तै भोट लिन्छौं खानपिन दिदैनौं’ उनले भने, ‘नेतालाई पहिला जनताले चोर बनाइदिन्छन् । अनि नेता चोरी गर्न जान्छन् ।

नेता चोर अनि जनता पनि चोर ।’

...... निर्वाचन र राजनीतिक प्रणाली अल्पविकसित देशका लागि क्यान्सर जस्तै भएको भन्दै उनले यसका कारण मुलुक उठनै नसक्ने बताए । यसका लागि परिवर्तन गर्नुपर्ने भन्दै उनले चुनावलाई सरल बनाउनु जरुरी रहेको बताए ।


आर्यनलाई भेट्न आर्थर रोड जेल पुगे साहरुख
ओरालै ओरालो लागेको कांग्रेस कहाँसम्म पुग्ला ? के कांग्रेसले पद प्राप्तिकै निम्ति पार्टीको सिद्धान्त र नैतिकतासँग सौदाबाजी गर्न सक्छ ? ......... प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएर राणालाई गुण फर्काउन देउवा अघिल्लो आईजीकाण्ड जस्तै फेरि विवादमा फसे । .......... कहिले पूर्व पञ्चसँग मिलेर, कहिले राजा ज्ञानेन्द्रसँग, कहिले माओवादीसँग जोडिएर, अहिले न्यायाधीश राणासँग खुशामद गरेर देउवा प्रधानमन्त्री बनेका छन् । तर उनको कुनै कार्यकाल पनि कांग्रेस र लोकतन्त्रको हितमा रहेन । बीपीको दूरदृष्टि, सुवर्ण जस्तो दानवीर, गणेशमानको निष्ठा र त्याग अनि किसुनजी जस्तो सादगी जीवन अहिले कांग्रेस पार्टी नेतृत्वमा भेटिंदैन । .......

कांग्रेसको राजनैतिक नैतिकता र आन्तरिक लोकतन्त्र रित्तिंदै गएको छ ।

........... पार्टी नेतृत्वले चुनावी समीक्षा बैठक राख्नै चाहेन । केन्द्रीय बैठकमा नेतृत्वमा नैतिकताको प्रश्न उठाउने नेता पूर्व महामन्त्री प्रकाशमान सिंहलाई नै ‘अनुशासनको कारबाही गर्छु’ सम्म भन्न भ्याए देउवाले । ......... बीपी पुत्र शशांक कोइरालाको महामन्त्री कार्यकालमा भने कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुग्यो । ......... महाधिवेशनको दुई महिनाभित्र गर्नुपर्ने विभाग गठनको काम चार वर्षपछि बल्ल सुरूवात गर्‍यो पार्टी नेतृत्वले । विधानमा व्यवस्था भएको २८ वटा विभागलाई बढाएर ४३ वटा पुर्‍याउन खोज्ने विधान नमान्ने अतिवादी देउवालाई रोक्ने आँट कसैमा देखिएन । .........

आजकल केन्द्रीय समिति बैठक अघि ‘पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक’ बोलाउने चलन छ । जबकी कांग्रेसको विधानमा यस किसिमको कुनै व्यवस्था नै छैन ।

........ भागबन्डा प्राप्तिकै लागि मात्र नेतृत्वको विरोध गर्ने ......... नेपाल शिक्षक संघ र नेपाल ट्रेड युनियन कांग्रेस बाहेक कुनै पनि शुभेच्छुक संस्थाको अधिवेशन नभएको दशौं वर्ष भन्दा बढी भयो । ......... शिक्षक संघ र ट्रेड युनियनको अधिवेशनमा नेतृत्व पक्षीय समूह नराम्ररी पराजित भएपछि देउवाले भातृ संस्थाको मात्र होइन, पार्टीकै महाधिवेशन छल्न खोजेका हुन् । पार्टी संगठनको भन्दा पनि आफ्ना मित्र देउवासँग सम्बन्ध नबिग्रिओस् भन्ने चिन्ता देखिन्छ रामचन्द्र पौडेलमा । .......... यसैबीच कोइरालासँग रिसाएका देउवाले राजाकै ईशारामा २०५९ सालमा नेपाली कांग्रेसलाई फुटाई दिए । ............ देउवाले चालीसको भाग मागे गिरिजाबाबुले दिन्छु भने । ...... जति भए पनि नपुग्ने देउवा सुशीलसँग चालीसको भाग माग्न पुगे । सुशीलले दिएपनि । ......... देउवाले सुशीलसँग भाग मागेको नजिर देखाउँदै पौडेलले देउवासँग भाग माग्न पाउने अधिकार नै ठाने । मुस्किलले जम्मा तीन सय मत ल्याएका सिटौलाले दोस्रो चरणमा देउवालाई सहयोग गरे । उनले मलाई पनि दश भाग चाहिन्छ भनेर माग्न लाजै मानेनन् । ........ विवादित चार जिल्लाको विवाद मिलाउन जिम्मा पाएको सिटौला समितिले विवादै नभएका १७ जिल्लाहरू मोरङ, सिराहा, रौतहट, महोत्तरी, पर्सा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, रसुवा, कपिलवस्तु, बाँके बर्दिया, डोल्पा, सुर्खेत, बाजुरा, डडेलधुरा, कैलालीमा पनि नयाँ विवाद झिक्यो । यी देउवा समूहको पार्टी नेतृत्वमा कमजोर जनाधार भएका जिल्लाहरू हुन् । ......... निषेधको राजनीति गर्न खोज्ने त्यही समितिका सदस्य एकजनालाई प्रोत्साहन स्वरूप मन्त्री पदमा नियुक्ति गरियो । अर्का दुईजना आ-आफ्नो गृह जिल्ला झापा र कञ्चनपुरको पार्टी संगठन आफ्नो कब्जामा पार्न पाएकोमा दङ्ग छन् । ...........

सभापति देउवाको गृह जिल्ला डडेल्धुराको वडा अधिवेशन त पञ्चायतकालीन चुनावको भन्दा दर्दनाक देखिएन्थ्यो ।

........ डडेल्धुराको वडा अधिवेशनमा जिल्ला सभापति कर्णबहादुर मल्ललाई पुलिसले घरबाट बाहिर निष्कन दिएन । त्यहा पार्टीको अधिवेशनमा सयौं प्रहरी परिचालन गरिएको थियो । निर्वाचनको नतिजा समेत सशस्त्र प्रहरीले सुनाएको त्यो भयावह स्थिति ............ देउवाका विश्वासपात्र उनका दाहिने हात बिमलेन्द्र निधि नै अहिले उनीसँगै छैनन् । सभापतिका पदका उम्मेदवार उनी महाधिवेशनको राम्रै तयारीमा जुटेका छन् । शशांकको महामन्त्री कार्यकाल नै असफल देखियो । रामचन्द्र पौडेलको विकल्पमा उनी पछिको वरिष्ठ नेता प्रकाशमान सिंह आफैं सभापति पदको बलियो उम्मेदवारको रूपमा प्रस्तुत भैसकेका छन् । अर्जुनहरूले साथ छोडेका कृष्ण अहिले कमजोर अवस्थामा छन् अब सिटौला गुट नै नरहन पनि सक्छ । .............. इमानदार कांग्रेस कार्यकर्ता डिप्रेसनमा जाने स्थिति बनेको छ ।

कांग्रेस विघटनसम्ममै स्थितिमा नपुगोस् भन्ने चिन्ता यत्रतत्र सर्वत्र व्यापक सुनिन्छ ।

लथालिङ्ग पार्टी संगठन र अकर्मण्यताकै अहिलेको अवस्थामा पार्टी नेतृत्व र पार्टीभित्रको व्यापक असन्तुष्टि नमिलाई कांग्रेस आगामी आमचुनावमा भिड्यो भने पार्टीले फेरि ठुलै क्षति व्यहोर्नु पर्ने निश्चित छ । तर आर्थिक लाभ हुने चुनावी टिकट वितरणमा सहभागी हुने गुटका नाइकेहरूलाई भने मनग्ये अर्थ सञ्चित गर्ने मौका मिल्नेछ ।


उल्टो कर प्रणालीः सर्वसाधारण शोषणमा, उपल्लो वर्गलाई छूटैछूट संघदेखि प्रदेश हुँदै स्थानीय तहसम्मका सरकारहरू करको दायरा विस्तार गर्नेभन्दा दर विस्तारमा लाग्दा विपन्न र निम्न मध्यम वर्ग मारमा परिरहेको ........ ‘हामी उपभोगवादी संस्कृतिमा छौं । बढी राजस्व उठाउन सकिन्छ भनेर सरकारले उपभोगमा बढी कर लगाउँदैछ’ उनी भन्छन्, ‘रेमिट्यान्स ल्याउने, आयात गर्ने, त्यसबाट राजस्व उठाउने बाटोबाटै हामी हिंडिरहेका छौं । त्यसले करको आधार बलियो हुँदैन नै, आम उपभोक्ताले पनि क्षमता र लाभका आधारबाट कर तिर्न पनि पाउँदैनन् । ......... ‘क्यासिनोमा बढी छूट दिने, साना व्यवसायलाई समन्यायिक सुविधा पनि नदिने र सर्वसाधारणले उपभोग गर्ने सामानमा कर बढाउने अहिलेको कर नीति कसरी समाजवादउन्मुख भयो त ?’ अर्थविद् खनाल भन्छन्, ‘जसले कर तिर्छन्, त्यो वर्गले लाभ नपाउने तर अन्य वर्गले त्यसको बढी लाभ उठाउने अवस्था न्यायिक भएन ।’ .......... संघ सरकारले ‘वैज्ञानिक मूल्य समायोजन’को नाममा २७ असार २०७८ मा अन्तरप्रदेश चल्ने सवारीमा २८ प्रतिशतसम्म भाडा वृद्धि गर्‍यो । प्रदेशले बढाएको करलाई समेत आधार बनाएर अब वागमती प्रदेशभित्र चल्ने गाडीको भाडा दशैंअघि नै वृद्धि गर्ने तयारी छ । ....... वागमती प्रदेशले साना क्षमताका निजी मोटरसाइकल तथा स्कुटरको करको दर बढाए पनि ठूला क्षमताका मोटरसाइकलको कर भने यथावत् राखेको छ । ........ आर्थिक वर्ष २०७३/७४ को बजेटमा जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भन्दै इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिने घोषणा गरेको थियो । ........ अहिले पनि सरकारले त्योे शीर्षकको कर उठाउन छोडेको छैन । बरु अहिले त्यसैलाई ‘पूर्वाधार विकास कर’को नाम दिएर शुरूको भन्दा दोब्बर रकम असुल्दैछ । ....... पछिल्लो समयमा डिजल, मट्टीतेल, पेट्रोल, खाना पकाउने ग्याँसको मूल्य आकाशिंदो छ । पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर ११३ र खाना पकाउने ग्याँस प्रतिसिलिन्डर १ हजार ४५० रुपैयाँ पुगेको छ । तर, निगमले अझै इन्धनमा महीनामा २ अर्ब १० करोड घाटा सहनु परेको बताइरहेको छ । ........ विश्वभर इन्टरनेटको गति बढ्दै र मूल्य घट्दै जाँदा नेपालमा त्यस अनुसार नभएको अन्तर्राष्ट्रियस्तरबाट भएको अध्ययनले पनि देखाएको छ । ....... इन्टरनेट स्पिडका हिसाबले नेपाल विश्वका २२४ देशमध्ये १६३औं स्थानमा छ । ......... व्यवसायीले करको दर देखाएर एक वर्षमै खानेतेलको मूल्य दोब्बर बनाउँदा सरकारले कर नीति हेरफेरको संकेत त गरेको छैन नै, व्यवसायीको दाबी कति तथ्यसंगत हो भनेर पनि जाँच गरेको छैन । २०७७ भदौमा प्रतिलिटर अधिकतम १२० देखि १३० रुपैयाँमा बिक्री गरेका सूर्यमुखी तेलको मूल्य अहिले २४० रुपैयाँ भन्दा माथि पुगेको ........ अझ घरजग्गा कारोबार गर्दा वास्तविक मूल्य नदेखाई ‘फर्जी मोल’ देखाएर लाभकर छल्ने प्रचलन सामान्य जस्तै छ ।



पूर्णसमानुपातिक निर्वाचन प्रणाली माओवादीको चुनावी एजेण्डा? ‘गाउँपालिमा लड्न दश/बीस लाख, तीस/चालिस/पचास लाख, अध्यक्ष लड्दा उस्तै परे करोड नभइ हुँदैन । प्रदेशमा लड्न एक/दुई करोड, चार करोड । केन्द्रमा पाँच/सात/दश करोड चाहिने भएपछि कसरी लड्न सकिन्छ चुनाव ?’ प्रचण्डले भने, ‘दलाल पुँजीपतिसँग हात जोड्दै मागेको पैसाले चुनाव जित्छौंं त अब हामी ?’ ....... ‘मलाई विश्वास छ हामी जित्छौं । भूमिगत हुन पर्दैन, हतियार उठाउन पनि पर्दैन । लाखौं जनतालाई सडकमा ल्याइदिए पुग्छ ।’ .......

पहिलो २०६४ को चुनाव हामीले पैसाले लडेकै होइन, हाम्रो त पैसा खर्चै भएन ।

........ पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जान संविधान संशोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि संसदमा दुईतिहाइ बहुमत चाहिन्छ । माओवादी केन्द्र र नेकपा (एमाले)बीच एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग संसदमा झण्डै दुई तिहाइ बहुमत थियो । तर, नेकपा रहँदा प्रचण्डले यो विषय उठाएनन् । ......... अहिलेको पाँच दलीय सत्ता गठबन्धनसँग न दुईतिहाइ बहुमत छ न त यो पूर्णसमानुपातिक निर्वाचन प्रणाली पक्षधरहरूको गठबन्धन नै हो । त्यसो भए माओवादी केन्द्रले अहिले यो विषय किन उठाइरहेको छ त ? ..........

मुलुकमा भ्रष्टाचार व्याप्त हुनुको एउटा कारण महँगो निर्वाचन प्रणालीलाई मानिएको छ ।

‘यसलाई फेर्नुपर्छ भन्ने जनमतलाई आफ्नो पक्षमा पार्ने र संविधान संशोधन गर्ने कुरालाई किन चुनावी एजेण्डा नबनाउने ?’


No comments: