Monday, October 04, 2021

रविन्द्र मिश्र राप्रपा को युथ विंग भन्दा बढ़ी केही होइन




रविन्द्र मिश्र राप्रपा को युथ विंग भन्दा बढ़ी केही होइन 

सेना लाई देश को राजनीति मा खुला निमंत्रण। रविन्द्र मिश्र ले त्यसो बोल्दा अचम्म मान्ने ले रविन्द्र मिश्र को विगत नदेखेको हो। रविन्द्र मिश्र संघीयता विरोधी। रविन्द्र मिश्र गणतंत्र विरोधी। राजनीतिक रूपले अकुशल मान्छे। अब एक पटक अझै चुनाव हारे राजनीति नै समापत हुन्छ भन्ने डर हो। डुबते को तिनके का सहारा। भारत लाई गाली गर्ने। काठमाण्डु खाल्डो को सदाबहार गीत। सधैँ बिकिहालने पीठो। जनता ठग्ने सजिलो उपाय। 

डोनाल्ड ट्रम्प र बोरिस जोनसन को "राष्ट्रियता" नै रविंद्र मिश्र को पनि "राष्ट्रियता" हो। जनता लाई भीर मा लगेर फाल्दिने। बोरिस ले ब्रिटेन मा त्यही गरिराख्या छ। रविन्द्र नेपाल लाई त्यही गर्न चाहन्छ। पॉपुलिज्म। दुध उमालेर पोखिदिने प्रयास। 

तर रविन्द्र मिश्र को राजनीतिक अकुशलता यति सारहो घना छ कि रविन्द्र मिश्र को आउँदो चुनाव मा हुने राजनीतिक अन्त्येष्टी कसैले रोक्न सक्दैन। 

आजको वैकल्पिक राजनीति भनेको भ्रष्टाचार विरुद्ध को आन्दोलन हुन सक्छ। आजको वैकल्पिक राजनीति भनेको आर्थिक क्रांति को ठोस रोडमैप हुन सक्छ। 

आफैलाई बचाउन नसक्ने राजाले देश कसरी बचाउने? आफ्नो पार्टी बचाउन नसक्ने रविन्द्र मिश्र ले देश कसरी बचाउने? 

नेपाल मा धर्म निरपेक्षता चाहिएको हिन्दु धर्म मास्न लाई होइन, हिन्दु धर्म लाई रविन्द्र मिश्र, कमल थापा र पुष्पक जस्ता नकचरो नेता हरु बाट रक्षा गर्न का लागि हो। रविन्द्र मिश्र को व्यक्तिगत आध्यत्मिक स्तर के हो? आध्यत्मिक ज्ञान के हो? 


No comments: