Showing posts with label tharu. Show all posts
Showing posts with label tharu. Show all posts

Wednesday, April 14, 2021

थारू: टमाटर

टमाटर भनेको फलफुल पनि हो, तरकारी पनि हो। थारू भनेको मधेसी पनि हो, जनजाति पनि हो। 




Friday, July 05, 2019

सपा, राजपा, जपा र त्रिपा को एकीकरण

उपेंद्र यादव र बाबुराम वाला समाजवादी पार्टी, राजेंद्र महतो र महंथ ठाकुर वाला राष्ट्रिय जनता पार्टी, सीके राउत को जनमत पार्टी, र हृदयेश त्रिपाठी। यी चार एउटै झण्डा मुनि आउनु बड़ा जरुरी छ। उपेंद्र र बाबुराम त आइपुगे। वर्षौं प्रयास गरे। बल्ल आइपुगे। समय लाग्दो रहेछ त।

अर्को कदम हो समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी को एकीकरण। यो ५०-५० फोर्मुला मा गर्दा भइहाल्छ। नाम के राख्ने? त्यो सानो समस्या हो। पार्टी को पोलिटब्युरो भने बलियो हुने भो।

अहिले सीके राउत संगठन विस्तार गर्नमा सक्रिय छन। एक डेढ़ वर्ष त्यसकालागि समय दिन पर्छ। तर त्यसपछि सपा र राजपा एक गरेर बनेको पार्टीले सीके सँग पनि वार्ता थाल्नुपर्छ।

हृदयेश त्रिपाठी सँग एकीकरण गर्न सजिलो छ। हृदयेश को चुनाव क्षेत्र यस्तो विचित्र को बनाइएको छ कि अब त्यहाँ ढाका टोपी लगाएर नै भोट माग्नुपर्ने अवस्था आइसक्यो। अँग्रेजी मा gerrymandering भन्छन। नेपालीमा शायद जेरी पकाएको भनिन्छ होला। हृदयेश कपिलवस्तु, पर्सा, महोत्तरी जहाँ बाट चुनाव लड़े पनि भो। महंथ ठाकुर सर्लाही बाट महोत्तरी पुगिसके। राजेंद्र महतो सर्लाही बाट जनकपुर पुगे। हृदयेश ले नवलपरासी छोड़ने अब। हृदयेश त्रिपाठी सँग एकीकरण गर्न उनलाई एउटा चुनाव क्षेत्र दिनुपर्ने हुन्छ। बस।

यी चार को एकीकरण सँग थुप्रै साना सना पार्टी छन तिनी सँग पनि एकीकरण गर्नुपर्ने हुन्छ।

देशले तेस्रो ध्रुव खोजेको अवस्था छ। पाटन मा मशाल जुलुस निस्किनु भनेको तख्तापलट।

महाकाली भारत लाई बेचेर केपी ओली ले आफ्नो लागि महल खड़ा गरे। भारत लाई गाली गरेर दुई तिहाई। दुई तिहाई गन्हाइ सक्यो। काठमाण्डु उपत्यका का जनता कम्युनिस्ट लाई मन पराउन छोड़ेको काँग्रेस लाई मन पराउन नसकेको अवस्थामा छन। These are gathering storms. आकाशमें बादल मंडरा रहे हैं।

तर नेता हरुले आतंरिक गृहकार्य त गर्नुपर्छ। एकीकरण नै त्यो गृहकार्य हो।





Saturday, March 16, 2019

एक मधेसी दल ले निर्णायक भुमिका खेल्न सक्छ

फोरम, राजपा र सीके राउतको संगठन लाई एकीकृत गरेर बनाइएको एउटै राजनीतिक पार्टीले देशको राजनीति मा निर्णायक भुमिका खेल्न सक्छ। संघर्ष काठमांडु को सत्ता सँग मात्र छैन। संघर्ष आफ्नो पक्ष भित्र पनि छ। बाह्य र आतंरिक दुबै किसिमको संघर्ष गर्न तैयार हुनुपर्ने हुन्छ।

पहिलो संविधान सभाको अन्त्य तिर चितवन बाहेक एक मधेस दो प्रदेश को प्रस्ताव आउदा स्वीकार नगर्नु गल्ती थियो भनेर आत्मालोचना गरेको खोइ मधेसी नेता हरुले? जनतासँग अंतिम बलिदान को अपेक्षा राख्ने, आफुसँग भने सकुशल वार्ता गर्ने कलाको पनि अपेक्षा नराख्ने?

सात प्रदेश को नक्शा जुन अंततः पारित पनि भयो र लागु पनि भयो त्यो पहाड़ी पार्टीका नेताहरुले कोरेको हुँदै होइन। पोखरा बाहेक प्रत्येक प्रदेश राजधानी मधेसमा राखिएको छ। मधेसलाई माइनस नै गर्ने ध्येय हो भने राजधानी सकेसम्म मधेसमा नराख्ने सोच हुनुपर्ने। छैन। त्यो त स्थायी सत्ताका ब्यूरोक्रैट हरुले कोरेको नक्शा हो। काठमाण्डु छोड़नै परे सुगम ठाउँ मात्र जाने सोंच हो। सात प्रदेश को नक्शा त स्थायी सत्ताले कोरेको नक्शा हो। विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, सुर्खेत, धनगढ़ी: प्रदेश राजधानी जति सबै मधेसमा। एउटा पोखरा चाहिं परेन। तर पोखरा लाई दुर्गम ठाउँ भन्न मिल्दैन।

एक मधेस एक प्रदेश, पछि एक मधेस दो प्रदेश खोजेका हरुले अन्त्यमा त देशका सात मध्ये ६ वटा प्रदेश पाएको देखियो। सात मध्ये ६ वटा राजधानी।

काठमाण्डु निजगढ फ़ास्ट ट्रैक बने पछि र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बने पछि देशको अर्थतंत्र को सेण्टर ऑफ़ ग्रेविटी काठमाण्डु बाट सरेर मधेस पुग्छ स्वतः कुरा। भने पछि संघीयता को सेण्टर ऑफ़ ग्रेविटी पनि सात मध्ये ६ राजधानी मा। देशको अर्थतंत्र को सेण्टर ऑफ़ ग्रेविटी पनि।

मधेस हारेको होइन। मधेस ले केन्द्र मा झण्डा गाड्ने तरखर गर्दैछ।

हाइड्रो हाइड्रो भन्छन। हाइड्रो भन्दा अब सोलर को जमाना आउँदैछ। उर्जा को क्षेत्रमा मधेस नम्बर वन हुन्छ। पोल्ने घाम पो लाग्छ मधेसमा।


Friday, March 08, 2019

सीके ले पार्टी खोल्नुपर्छ, चुनाव लड्नुपर्छ

सीके राउत को संगठन लाई यथास्थिति मा नै एउटा राजनीतिक पार्टीको रूप दिने हो भने त्यो अहिले नै मधेसको सबैभन्दा ठुलो दल बन्ने अवस्थामा छ। सीके ले पार्टी तत्काल खोल्नुपर्छ। आगामी चुनाव लड्नुपर्छ। तर चुनाव त वर्षौं टाढा छ।

पार्टी खोले पछि सीके ले विद्यमान लोकतान्त्रिक पद्वति मार्फ़त समस्या समाधान गर्ने सहमति अनुसार पहिला त फोरम, राजपा र ओली सँग नै वार्ता गर्नुपर्ने हुन्छ। सीके ले आफ्नो सम्पुर्ण राजनीतिक शक्ति अब संविधान संसोधन को प्रक्रिया मा लगाउनुपर्ने हुन्छ।

आन्दोलनको स्पिरिट एउटा हुन्छ। वार्ताको स्पिरिट फरक हुन्छ। अहिले नै ओली र सीके बीच जुन ब्रेकथ्रू (breakthrough) भयो त्यो एउटा सफल वार्ता को सटीक उदाहरण हो। दुबै पक्षले दैनिक मीडिया मा वक्तव्यबाजी गर्दै गरेका भए वार्ता सफल हुनु संभव थिएन। दुबै पक्षले आफुले खोजेको सबै कुरा पायेन। दुबैले एकले अर्कोको कुरा केही हदसम्म सुन्यो।

संविधान संसोधनको मुद्दा त्यसरी नै अगाडि बढाउनुपर्ने हुन्छ। पहिलो कुरा त एउटा सानो टोली बनाउनुपर्ने हुन्छ। एकले अर्काको कुरा सुन्नुपर्ने हुन्छ। ब्रेकथ्रू (breakthrough) नहुँदा सम्म मीडिया बाट टाढा बस्नुपर्ने हुन्छ।

मधेसको कुरा नसुन्ने हरु भारतको कुरा गर्छन, मधेसको कुरा गर्दैनन। नेपाली र भारतीय नागरिक बिहे गर्दा दुबै देशको नागरिकता कानुन उस्तै हुनुपर्छ भन्ने पहाड़ी पक्ष को माग हो। त्यो नाजायज होइन त। मधेसी नेता हरुले खोइ त्यो कुरा सुनेको? अर्को पक्षको कुरा नै नसुन्दा वार्ता अगाडि बढ्छ त?

पार्टी खोल्नु र चुनाव लड्नु बीच सीके ले गर्नु पर्ने दुई कुरा छ। एक, संविधान संसोधन लाई टुङ्गोमा पुर्याउनु। दुई, फोरम, राजपा र गठबंधन को सांगठनिक एकीकरण। एउटै पार्टी बनेर अर्को चुनाव स्वीप गर्नु पर्छ। यादव, महतो र राउत सह-अध्यक्ष बन्नुपर्छ। मधेसको प्रत्येक जिल्लामा त चुनाव लड्नुपर्छ पर्छ, पहाड़ पनि पस्नुपर्छ।

सिके राउतसँग भएको सहमतिबारे नेकपाभित्रै असन्तुष्टि
बाबुराम भट्टराईको प्रश्न : सरकारले जनमत संग्रह स्वीकारेको हो?
सिके राउतको भाषणको पूर्णपाठ : ‘अन्यथा अर्थ लगाउने प्रयास नगरौं’
सिके राउतको शान्तिपूर्ण अवतरणमा पहिलो कडी थिए जयकान्त
विखण्डनकारीलाई मूलधारमा ल्याउनु सानो उपलब्धि होइन : पौडेल
सिके राउत मूलधारमा आउनु स्वागतयोग्य : विमलेन्द्र निधि
सरकार र सीके राउतबीच ११ बुँदे सहमति (पूर्णपाठ)
कसरी सम्भव भयो सिके राउतको राजनीतिक यु-टर्न?
प्रचण्डसँग तुलना गर्दै प्रधानमन्त्रीले गरे सीके राउतको प्रशंसा प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै सीके राउतको प्रशंसा गरेका छन् । सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको उनले बताए । ....यस्तो असाधारण निर्णय क्षमता यसअघि पुष्पकमल दाहाल प्रचण्डमा मात्र देखेको उनले बताए । प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताए । ‘जो सुकैले, सानो हिम्मतकोले सक्दैन । सीके राउतजीमा पनि असाधारण निर्णय क्षमता देखेँ’ उनले भने । ......सीके राउत पढेलेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको बताए । ‘तर खुशी लाग्यो । टेक्नोक्र्याट मात्र होइन थिंकर पनि हो सीके राउत ।’
प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्वोधन गर्ने!
मधेसका बुद्धिजीवी भन्छन्– सिके राउतको ‘रिडिङ’ गलत सावित भयो
सिके राउतसँगको सम्झौताको भाषाप्रति भीम रावलको आपत्ति
सिके राउतको दाबी : मधेसमा जनमतसंग्रह गराउन सरकार सहमत!
सबैको जित भयो : सीके राउत
सरकार-सिके राउत वार्ताः सहमति एक, व्याख्या अनेक!



मधेसमा ८० प्रतिशत मत प्राप्त गरेर नेकपा ठूलो पार्टी बन्छ : प्रचण्ड
मधेससँग दोस्ती बढाउन प्रधानमन्त्री ओलीको ‘सिके राउत कार्ड’?



सिके राउतसँगको सम्झौता शंंकास्पद छः कमल थापा
भीम रावलले भने–ओलीले प्रचण्डलाई सिके राउतसँग तुलना गर्दा दुःख लाग्यो
सिके राउत ‘माथि परेको’ भन्दै नेकपामा असन्तुष्टि! अमूर्त सम्झौता गलपासो बन्न सक्ने बाबुरामको चेतावनी
‘ओली र प्रचण्ड प्रधानमन्त्री हुन हुने तर रेशम चौधरी अपराधी?’ राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीसँगको अन्तरवार्ता
सिके राउतका प्रवक्ता भन्छन् : सरकार जनमत संग्रह गर्न तयार भयो

Wednesday, October 11, 2017

फोरम-राजपा, पश्चिमी तराई र पहाडका जनजाति

२ नंबर प्रदेशमा त फोरम-राजपा ले प्रदेश सरकार बनाउने लगभग निश्चित भइसक्यो। तर त्यसरी प्रदेश सरकार बनाउनु फोरम-राजपाको प्रमुख लक्ष्य होइन। प्रमुख लक्ष्य त संविधान संसोधन हो।

त्यसका लागि मोरंग, सुनसरी मा र पश्चिम तराई मा सीट हरु जित्न सक्नुपर्यो। फोरमराजपा ले एकीकृत पार्टी निर्माण गर्ने पहिलो कदम चाले पछि अब पश्चिम तराई मा यो गठबंधन एउटा फैक्टर बनिसक्यो। मधेसमा फोरम-राजपा ले स्थानीय स्तरमा जितेको ले पश्चिम मा थारू हरु केही हौसिएको हुनुपर्छ। संभव छ भन्ने देखियो।

संगठन निर्माणमा उपेंद्र यादवले विशेष कुशलता देखाउँदै आएका छन। त्यसमा बीजेपी (भाजपा) वा अमित शाह को मसाला छर्किनु पर्छ। त्यो हो मिस्ड कॉल (missed call) ।  संगठन सँग जुड्न चाहने व्यक्ति ले मिस्ड कॉल गर्ने अनि लगत्तै त्यो व्यक्ति लाई कॉल गरेर उसको नाम ठेगाना आदि माग्ने र त्यस पछि संगठनको कुनै व्यक्ति ले त्यस नया व्यक्ति लाई उसको घरैमा गएर भेटघाट गर्ने। बुथ जित्यो कि चुनाव जित्यो भन्नेछ भाजपा को अमित शाहको। बुथ कमिटी निर्माण मा बड़ो ध्यान दिन्छन। राजपा ले भाजपा सँग सिक्ने हो। बुथ कमिटी हरु निर्माण गर्दै जाने हो।


फोरम ले तर पहाड़ पनि ताक्नु पर्छ। त्यहाँ सन्देश स्पष्ट भएन। आफुले भन्न खोजेको कुरा लाई एउटा दुईटा नारामा र चार पाँच बुंदा मा व्यक्त गर्न सक्नुपर्छ। जनजाति लाई चाहिने संविधान संसोधन के हो? संघीय नक्शा अहिले ठीक छैन भने जनजाति लाई पाइक पर्ने नक्शा के हो? त्यस बारे फोरम ले गृहकार्य गरेको छैन भन्ने होइन। तर विचार स्पष्ट छैन। दस्तावेज लाई नारा र बुंदा मा भने लान सकेको छैन। मधेसी जनजाति गठबंधन बन्ने कहिले हो कहिले, अहिले त एमाले ले मजा सँग बाहुन-क्षेत्री-जनजाति गठबंधन बनाएर देश खाएको अवस्था छ। मधेस लाई थिचोमिचो जनजाति लाई पनि मन परे जस्तो देखिन्छ।

पुर्वी पहाडको राई लिम्बु इलाका भयो। काठमाण्डु उपत्यका वरिपरिका तामांग बस्ती। पोखरा वरिपरिका गुरुंग बस्ती। ५ नंबर प्रदेशको पहाड़ी इलाका का मगर। यी ठाउँ हरु मा त फोरम ले खाता खोल्न सक्नुपर्ने हो। तर
बाहुन-क्षेत्री-जनजाति को संपर्क भाषा नेपाली भाषा भन्ने भएको छ। अझ कर्णाली का खस र मिथिला को इतिहास धेरै मिल्छ। ५०० वर्ष अगाडि को कर्णाली सभ्यता समृद्ध थियो। काठमाण्डु ले एक्लो पार्यो। चीन ले बॉर्डर सील गरिदियो। कर्णाली कंगाल भयो। नेपालका कम्निस्ट ले उत्तर तर्फ बोर्डर खोल्ने कुरा खोइ गरेको त? तिब्बत दक्षिण एशिया को अभिन्न अंग हो। सारा इतिहास साक्षी छ।

चुनाव पछि केंद्र मा एमाले-माओवादी ४०%, फोरम-राजपा २०%, काँग्रेस ३०%, राप्रपा-राप्रपा-अन्य १०% भएर आउन सक्ने संभावना छ। त्यहाँ संविधान संसोधन को अंक गणित खोज्नु फोरम-राजपा को प्रमुख लक्ष्य हुनुपर्छ। त्यति बेला थाहा हुन्छ ओली ले प्रचंड-बाबुराम निलेका हुन वा प्रचंड-बाबुराम ले ओली लाई।




Sunday, December 06, 2015

दिल्ली सम्झौता १, दिल्ली सम्झौता २, दिल्ली सम्झौता ३

दिल्ली सम्झौता १: १९५१ मा राजा, राणा र काँग्रेस लाई एक ठाउँमा ल्याएका नेहरुले।



दिल्ली सम्झौता २: २००५ मा माओवादी र सात पार्टी लाई एक ठाउँ ल्याएकी सोनिया ले।



 दिल्ली सम्झौता ३: २०१५, अब गर्नु पर्ने: मधेसी, थारु र साढ़े तीन बाहुन दल लाई एक ठाउँ ल्याउनु पर्ने। लगे हात ओली लाई पनि भारत भ्रमण मा बोलाइ हाल्नुपर्छ।

राणा, राजा, काँग्रेस, माओवादी सबले दिल्ली मा सम्झौता गर्न हुने तर तिनै राजावादी, काँग्रेस र कम्निष्ट भन्दैछन् मधेसी सँग दिल्ली मा सम्झौता नगर्ने --- त्यहाँ पनि भेदभाव! देश भित्र पनि भेदभाव देश बाहिर पनि!

अरु सबै लाई पनि दिल्ली डाकि हालौं। शुभ काम में बिलम्ब क्युँ? भुकम्प पीड़ित को चार बिलियन डॉलर बारे पनि सोचौं।

Only Delhi's Mediation Can Give An Out

१९५१, २००५ भन्दा बढ़ी क्लिष्ट विषय छ अहिले। काठमाण्डु का लागि छोड़ि दिने हो भने अर्को १०० दिन त्यसै जान्छ।

नेपाल भर के गृहिणी सुषमा की ओर नजर गाड़ के बैठे हैं कि कुकिंग गैस के बारे में ओली तो कुछ करेगा नहीं, सुषमा ही कुछ कर दे। ओली तो ड्राई फूड्स पर उतर आया है। जिद्द करने की भी हद होती है।



Saturday, December 05, 2015

झिझिया र हेलोवीन

मधेसमा दिवाली अगाडि केही दिन सम्म झिझिया पर्व मनाइन्छ। अर्थात गाउँ घरमा केटी हरु झिझिया खेल्छन्। थारु भनेको मधेसी होइन भन्ने ले बुझुन यो थारु समुदाय मा पनि व्याप्त छ।

मोटामोटी त्यही समय मा, वर्ष को त्यसै समय मा अमेरिका जस्तो देशमा हेलोवीन भन्ने पर्व मनाइन्छ एक दिन। थीम उस्तै उस्तै। डाइन जोगीन भुत पिशाच बोक्सी। डर, फियर को थीम।

किन होला? मधेसी/थारु ले अमेरिका सँग कोआर्डिनेट गरेर यो भएको होइन।

मानवीय मनोविज्ञान मोटामोटी उस्तै उस्तै हो भन्ने सन्देश छ यहाँ। जब रात हरु लंबिदै जान्छन्, जब जाड़ो बढ्न थाल्छ अनि बरु घर भित्र नै बस भन्ने सन्देश हो त्यो। बाहिर जाड़ो भएर घर भित्र लुकेको भन्नु रोमांचक हुँदैन। तापक्रम मात्र ले कथा कहानी बन्दैन। जाड़ो त ढुंगा मूढा लाई पनि हुँदो हो। मानिस र ढुंगा मूढा मा फरक के?

मनुष्य ले अनि झिझिया र हेलोवीन को आविष्कार गर्छ। This is our shared humanity. दुई फरक फरक संस्कृति ले आफ्ना बाल बच्चा लाई डर भन्ने संवेग सँग डील गर्न सिकाएको।



Tuesday, November 10, 2015

संघीयता सिद्धांत हो

यो मान्छे त कहिले कोहीसँग बोल्दैन, यसलाई किन वाक स्वतंत्रता चाहियो भने जस्तो हो झापा मा मधेसी दल ले जित्ने गरेको छैन, झापा किन २ नंबर प्रदेशमा चाहियो? चुनाव जित हारको आधारमा पनि कहीं प्रदेश को सीमांकन हुन्छ? प्रदेश को सीमा प्रत्येक ५ वर्ष मा वोट खसेको आधारमा हेरफेर हुने कुरा होइन।

झापा मा काँग्रेस एमाले जित्छ भने त दंग पर्नुपर्ने बाहुन हरु झन। दुई नंबर प्रदेश को मुख्य मंत्री हाम्रै पार्टी को हुने भो, ल! भन्दै दंगदास हुनुपर्ने। रुवावासी किन? पछिल्लो चुनाव मा धाँधली भएको होइन र काँग्रेस एमाले ले वास्तव मा स्वीप दिएको हो भने त मधेस का दुबै प्रदेश मा काँग्रेस एमाले कै सरकार बन्ने भो। चिन्ता के कुराको पर्यो?

यो सात प्रदेश को सीमांकन नामांकन हाम्रो चाह होइन। हामीले त छुट्टै शेरपा प्रदेश पनि चाहेको हो र अंततः लिन्छौं पनि। तर अहिले लाई यो सात प्रदेश को सीमांकन नामांकन मा सहमति हुन सक्छ भनेको मात्र हो। मधेस र थरुहट नाम नभए पनि हुन्छ। २ नंबर र ५ नंबर नै भन्दिम  compromise पोजीशन हो। लचिलो भएको।

तर यो सीमांकन त bottomline हो। नमान्ने भए आधिकारिक रुपले भन, अनि हामी सरकार ढाल्छौं। मगर को पनि क्लस्टर मिलाउ होइन भने प्रवास जाउ।




Thursday, October 15, 2015

ओली र प्रचंड ले पार्टी एकीकरण गरे २+२ = १ हुन्छ

ओली र प्रचंड ले पार्टी एकीकरण गरे २+२ = १ हुन्छ। लोकतंत्र को आधार माथि प्रहार गर्ने, सच्चा संघीयता लागु हुन नदिने, आर्थिक क्रांति को विज़न ठ्याक्कै नभएको ----- त्यस्ता नेता हरु जति सुकै एक ठाउँ मा एकट्ठा भयो हामीलाई त्यति राम्रो हो। अहिले ओली सँग रुष्ट प्रचंड को मा जालान, प्रचंड सँग रुष्ट ओली को मा। तर तिनीहरु एक भएको बेला जाने ठाउँ नै बाँकी रहँदैन। Baburam is going to eat their lunch. बाबुराम को नया पार्टी ले ओली र प्रचंड दुबै को छुट्टी गर्छ। बाबुराम को पक्षमा के ले काम गरेको छ भन्दा खेरी अब आर्थिक क्रांति मा लेज़र फोकस गर्ने प्रतिबद्धता छ।

ओली र प्रचंड एक भए त्यसैले हामी काँग्रेस को पुच्छर बनौं भन्ने मधेसी मोर्चा मा सोंच छ भने त्यसले अहिले मधेसी क्रांति तुहाउँछ, पछि मधेसी पार्टी हरु सखाप पार्छ। मधेसी मोर्चा ले खोजेको ally बाबुराम हो, तीन बाहुन दल होइन। बाबुराम को पार्टी राष्ट्रिय क्षितिज मा एकै चोटि बिस्फोट भएर आउँछ। ओली र प्रचंड भनेका गरीब लाई जिंदगी भर नारा जुलुस मा अल्झाएर राख्ने कम्निष्ट हुन। बाबुराम को बाटो गरीबको जीवनस्तर उकास्ने बाटो हो।

मधेसी दल हरुले बाबुराम सँग मिलेर एउटै पार्टी बनाए पनि भो अथवा एउटा संघीय मोर्चा बनाए पनि भो। संघीय मोर्चा बनाए पहाड़ मा बाबुराम को पार्टी ले दुई तिहाई र उपेन्द्र को पार्टी ले एक तिहाई सीट पाउने होला। मधेसमा र अवधमा मधेसी दल हरुले ७५% सीट पाउलान। थरुहट मा थारु पार्टीहरुले ५०%, बाबुरामले २५%, मधेसी दल हरुले २५% .

माओवादी मगर प्रचंड सँग एउटा बाँकी छैन।


Saturday, September 26, 2015

बाबुराम भट्टराई आफ्नो गतिमा हिड्ने कि क्रांति को गतिमा हिड्ने?

बाबुराम भट्टराई आफ्नो गतिमा हिड्ने कि क्रांति को गतिमा हिड्ने? आफ्नो गतिमा हिड्ने हो भने ५-६ महिना सम्म पर्खेर नया पार्टी खोले पनि हुन्छ। केपी ओली का लागि त्यो प्रयाप्त समय हो देश डुबाउन। आफ्नो गतिमा हिड्ने हो भने राजनीति बाट सन्यास नै लिए पनि हुन्छ।

तर क्रांति को गतिमा हिड्ने हुर्मत राख्छन् भने अहिले नै क्रांति को नेतृत्व मा आउनु पर्छ, क्रांति लाई देशव्यापी बनाउनु पर्छ। क्रांतिकारी रफ्तारमा बढ्नु पर्छ। यो व्यवस्था ढालने क्रांति हो। निर्दलीय पंचायत र राजतन्त्र भन्दा बढ़ी जटिल एकात्मक व्यवस्था ढालन क्रांति भएको छ। एकात्मे हरु नया व्यवस्था मा राप्रपा बन्नेछन्।

बाबुरामको छलांग
नेपाली जनता पार्टी: चुनाव चिन्ह लाल गुलाब
बाबुराम भट्टराई र सीके राउत एकै ठाउँ आउनुपर्छ













नेपाली जनता पार्टी: चुनाव चिन्ह लाल गुलाब

बाबुराम भट्टराई र सीके राउत एकै ठाउँ आउनुपर्छ

पार्टी अध्यक्ष: उपेन्द्र यादव
महासचिव र संसदीय दलको नेता: बाबुराम भट्टराई
कोषाध्यक्ष: राजेंद्र महतो
उपाध्यक्ष: अशोक राई
सचिव: सीके राउत

पोलिटब्युरो सदस्य: हृदयेश त्रिपाठी
पोलिटब्युरो सदस्य: महन्थ ठाकुर (भावी राष्ट्रपति --- अनुहार नै प्रणव मुखर्जी को जस्तो)
पोलिटब्युरो सदस्य:

केन्द्रीय समिति सदस्य: लेखी
केन्द्रीय समिति सदस्य: अनिल झा
केन्द्रीय समिति सदस्य: सरिता गिरी
केन्द्रीय समिति सदस्य: हिसिला यामी
केन्द्रीय समिति सदस्य: गुप्ता
केन्द्रीय समिति सदस्य: अनन्त
केन्द्रीय समिति सदस्य: रामचन्द्र झा
केन्द्रीय समिति सदस्य: प्रभु साह
केन्द्रीय समिति सदस्य:

बाबुराम ले माओवादी पार्टी बाट ४०-५० जना फोडेर ल्याउनु पर्यो।




Thursday, September 24, 2015

तिमीलाई अधिकार दिने मैले हो

संविधान सभा के हो?
तिम्रो भखारी हो?
जसमा अधिकार नामको चामल छ?
तिमीले कसैलाई एक सिता
कसैलाई एक माना दिने?
आफुलाई आधा भखारी राख्ने?

त्यो होइन

तिमीलाई अधिकार दिने मैले हो
मलाई अधिकार दिने तिमीले हो
यो एउटा सहमति हो

तर, वास्तवमा
मैले तिमीलाई
तिमीले मलाई
दिने नै होइन

अधिकार त क्रांति को धुँवा हो
विस्फोट हो
ह्रदय को ज्वाला
दियो हो

अधिकार भित्र बाट आउँछ
त्यसको बाटो मा तगारो बस्ने
तिमी
को?

तिमीलाई अधिकार दिने त मैले हो


In The News (112)

Good statement by the UNOHCHR Nepal protests: Human Rights Office calls for end of violence and dialogue ...

Posted by Dipendra Jha on Wednesday, September 23, 2015

रौतहटमा प्रहरीले तमरा अभियानका नेता ललित मल्लिक सानु समेत ९ जना मधेसी कार्यकर्तालाई पक्राउ गरेको छ । भदौ ७ गतेदेखि रौतह...

Posted by Jay Prakash Gupta on Thursday, September 24, 2015

No to India’s suggestions to amend sovereign Nepal’s constitution – unless India agrees to secure Nepal’s right to...

Posted by Deepak K Khadka on Wednesday, September 23, 2015

संबिधान, मधेश र भारतसंगको चक्करले डा. केसीलाई कसैले वास्ता गरेनन...दुखद परिस्थिति !

Posted by Kosmos Biswokarma on Wednesday, September 23, 2015

भारत सरकार द्वारा प्रस्तावित सात बूंदे संशोधन प्रस्ताव ले नेपाल प्रतिको भारतको पारम्पिरिक सुरक्षा अवधारणामा परिवत्र्तन ह...

Posted by Sarita Giri on Wednesday, September 23, 2015

सप्तरीको कंचनपुर स्थित राजमार्गमा आन्दोलनकारीहरूलाई सम्बोधन गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Thursday, September 24, 2015

मच्छिन्द्रनाथ (बुंगध्या)को रथ गुड्यो, अब मुलुक उड्छ !With Machhendranath (Bungdeo) making good progress on his chariot...

Posted by Kanak Mani Dixit on Wednesday, September 23, 2015

Turunta rajinama deu #nautanki

Posted by Subhash Chandra Shah on Thursday, September 24, 2015

Who was the smarty pants who thought he would rub Nepal's nose in the mud by writing 'a Constitution' rather than 'the...

Posted by Kanak Mani Dixit on Wednesday, September 23, 2015

नयॉ संबिधान देशमा नयॉ गाडी घरमा (kathmandu)

Posted by Pramod Sitaula on Thursday, September 24, 2015

मधेशी युवाद्वारा डा बाबुराम भट्टराई लाईइ सन्देश्:मधेशी अब सक्षम भैसकेका छन नेतृत्व लिन लाई,कृप्या तपाईं प्रचन्ड जी को ...

Posted by Binay Panjiyar on Thursday, September 24, 2015

आन्दोलन जारी छ.....बिरगंज भन्सार नाकाबन्दी - सदभावना पार्टीको जिम्मा मा रहेको बिरगंज भन्सार पूर्णरूपले मोर्चा कार्यकर्...

Posted by Upendra Mahato on Wednesday, September 23, 2015

Nepal-India in the current context! Nepal needs to be consistent and persistent in her approach! Ultimately, it will pay...

Posted by Tara Niraula on Wednesday, September 23, 2015

हेपाईको पनि हद हुन्छ नि ।अफूलाई लोकतन्त्रको हीमायति ठान्ने भारतले अर्काको देशको संबिधान संसोधन प्रास्ताब ल्याउने ? के ने...

Posted by Bijaya Poudel on Wednesday, September 23, 2015

Time and again, we engage in a fight in ways that we can never win. And we seem hopelessly incorrigible.Let India say...

Posted by Anil Jung Shahi on Wednesday, September 23, 2015


सरकार र संविधान नढली व्यवस्था कहिले ढलेको छ?

सरकार र संविधान नढली व्यवस्था कहिले ढलेको छ? निर्दल ढल्दा? राजतंत्र ढल्दा? यस पटक केही फरक हुने छैन। एकात्मक व्यवस्था निर्दल र राजतन्त्र भन्दा झन बढ़ी जटिल व्यवस्था हो। राजा ढालन १९ शहीद ले पुगेको। एकात्मक व्यवस्था? १०० शहीद ले पनि पुगेको छैन? और कितनी बलिदानी मांगेगी ये क्रांति?

सुटुक्क चोर बाटो बाट संविधान संसोधन गरेर समाधान हुने समस्या नै होइन यो। बहुदल दिँदा काँग्रेस लाई दिने, वाम मोर्चा लाई नदिने भएको थियो? गणतंत्र दिँदा माओवादी लाई दिने कांग्रेस लाई नदिने भएको थियो? संघीयता को सवाल मा हामी मधेसी र थारु ले पाउने, पहाडका हिमालका जनजाति ले नपाउने कुरा कसरी सोँच्न सक्छौं?

देश मा वाक स्वतंत्रता आउँदा एक करोड़ लाई आउने, दुई करोड़ लाई न आउने भन्ने हुन्छ? संघीयता अधिकार हो, वाक स्वतंत्रता जस्तो। आयो भने सबैलाई आउँछ।

भारत को नाकाबंदी ले मधेसी लाई बल पुगेको छ। पहाड़ का जनजाति लाई मधेसी लाई भन्दा गार्हो छ। तर तिनीहरु पनि आउँदैछन्। मधेसी ले जनजाति प्रति धैर्य र compassion देखाउनु पर्छ। २००६ अप्रिल मा ३ करोड़ मध्ये १ करोड़ मात्र सड़क मा आएको हो।

People's Movement I (1990)
2006 democracy movement in Nepal












Wednesday, September 23, 2015

मधेस को भाग १० वर्ष मा ६०% पुग्छ

पहाड़ बाट तराई झर्ने जुन क्रम (trend) छ त्यो हेर्दा मलाई लाग्छ मधेस को भाग १० वर्ष मा ६०% पुग्छ। अहिले ५०% छ। भने पछि जनसंख्या समानुपातिक निर्वाचन क्षेत्र मधेस का लागि माग गरिएको हो कि मधेसी का लागि? शहीद हुँदैछ मधेसी फाइदा हुन्छ पहाड़ी लाई।


Tuesday, September 22, 2015

In The News (111)

नाकाबन्दी गरे भारतलाई ४ खर्ब ४५ अर्ब घाटा
भारतले नेपालसंग वार्षिक ५ खर्ब ९५ करोड ८६ हजार बराबरको व्यापार गरीरहेको छ । जससध्ये भारतले ५ सय अर्ब ४ करोड रुपैयाँ बराबरको सामान भारतबाट नेपाल भित्रन्छ भने नेपालबाट वार्षिक जम्मा ५५ अरब ८६ करोड रुपैयाँ बराबरको सामान भारत जाने गरेको ...... नेपालमा भारतबाट धान चामलदेखि यातायात साधन तथा यसका पार्टपूर्जासम्म आयात हुने गरेको छ । विद्युतीय सामान, मेशिनरी तथा पार्टपूर्जा पनि भारतबाटै ल्याइन्छ । नेपालमा धान चामल, नुन, पेट्रोलियम पदार्थ, फलफुल तथा तरकारी समेत आयात हुने गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै पेट्रोलियम पदार्थ भित्रने गरेको ..... ‘वर्षिक १ सय १२ अर्वको पेट्रोलियम पदार्थ भारतबाट भित्रने गरेको छ’ उनले भने ‘तेल भारतबाटमात्रै भित्रन्छ भन्दा पनि हुन्छ ।’
नाकाबन्दीको चर्चापछि प्रचण्डको तीन प्रश्न, के हामी यसो गर्न सक्छौँ ?
हामी गाडी छाडेर साइकलमा चढ्न तयार हुन्छौँ कि हुन्नौ ? ..... यदि हामीलाई झुकाउने नै उद्देश्यले हाम्रो आत्मसम्मान, स्वाभिमान गिराउन खोजिको हो भने, त्यसको प्रतिवादमा जेसुकै गर्न तयार छौँ भन्ने प्रतिज्ञा गर्न सक्छौ कि सक्दैनौँ ? ..... अब हामीले भीष्मप्रतिज्ञा गर्ने र नेपालको शिर नेपालीको शिर झुक्न नदिने प्रतिज्ञा गर्न सक्छौँ कि सक्दैनौ ?
भारतले नेपाललाई नाकाबन्दी लगाउन सक्दैनः प्रभाकर
प्रचण्डले भनेः हामी गाडी छाडेर साइकल चढ्न तयार हुने कि नहुने ?
भारतले सीमा क्षेत्रमा आपूर्ति रोक्ने कदम चाल्छ भन्ने लाग्दैनः ओली



मधेशी दल आन्दोलनको स्वरुप फेर्दै, भारतबाट राजधानी भित्रिने सवै ढुवानी ठप्प पार्ने रणनीति
मधेसी मोर्चाले अबको आन्दोलन सीमा नाका र राजमार्ग केन्द्रित गर्ने योजना बनाएको छ । ..... संविधानप्रति असन्तुष्ट अन्य मधेस तथा तराई केन्द्रित दललाई सहभागी गराएर आन्दोलनको नयाँ स्वरुप तय गर्ने तयारी भएको ..... भारतबाट राजधानी भित्रिने सवै ढुवानी ठप्प पार्ने
संविधान पढेर भन्नुस् कहाँ छैन अधिकार ?

"नौ सय चुहे खाकर बिल्ली हज पे चली !!"(सन्दर्भ : साईकल र स्वाभीमानको गफ)

Posted by Tula Narayan Shah on Tuesday, September 22, 2015

भारत नेपालको असल मित्र कहिलै हुन सक्दैन ईतिहास त्यही भन्छ । भारतले नेपालमा नकाबन्दी लगायो भनेर अनौठो मान्नै पर्दैन , आ...

Posted by Bijaya Poudel on Tuesday, September 22, 2015

नाकाबन्दी साकाबंदी भएकै छैन भन्ने आयो...मान्छेहरु हावामा पेट्रोल पम्पमा घन्टौं लाईन बसे आज / कति हतार हो !

Posted by Kosmos Biswokarma on Tuesday, September 22, 2015

Dipendra Jha has done more to ensure a legal sanity than anyone else in Nepal in recent years. He quickly made some...

Posted by Nayan P. Sindhuliya on Tuesday, September 22, 2015

India definitely will back off. It can not afford to lose what PM Narendra Modi, with his extremely carefully...

Posted by Deepak K Khadka on Tuesday, September 22, 2015

मघेश आंदोलन-२०७२, शांतीपुणॉ आंदोलन का एक अनुपम रूप******************************************नेपाल का संविधान- २०७२ जार...

Posted by Manish Suman on Tuesday, September 22, 2015

सप्तरीमा भब्य स्वागत.....संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बैठमा भाग लिन बिरगंज बाट सप्तरी पुगेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको भब्य स्वागत तथा उपस्थित आन्दोलनकारीलाई सम्बोधन गर्दै।

Posted by Upendra Mahato on Tuesday, September 22, 2015

यदि अझै पनि तपाई हरु लाई मधेश को मांग के होभन्ने जानकारी छैन भने यो पोस्ट ति साथी हरुलाई …१. मधेसका बीस जिल्लालाई के...

Posted by Rajesh Ahiraj on Monday, September 21, 2015

अल जजिरा Aljazeera च्यनल ले मदेश को घटनासुन्यो तर नेपाली बामपन्थी गुलाम मिडिया ले सुनेनाभिडियो क्लिप्स ।।

Posted by Bir Chaudhary Tharu on Tuesday, September 8, 2015

मोर्चा बैठक प्रारम्भ ......सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सुरू भएको छ। बैठकमा सदभावना पार्टीका अध्य...

Posted by Upendra Mahato on Tuesday, September 22, 2015

तत्काल गर्नुपर्ने ३ कामः १) प्रधानमन्त्री सुशील काेइरालकाे भ्रमण स्थगन, २) संविधानपछिका उत्सव स्थगन, ३) तराइ-मधेस समस्यामा गम्भीर वार्ता।

Posted by Guna Raj Luitel on Tuesday, September 22, 2015

आफनै देशमा साइकलसम्म बनाउन नसक्ने नेताको भाषण:"गाडी चडदैनौ बरु साइकल नै चडछौं" ! फेरी सियाराम कमपनीको सुट लगाएर ....!!

Posted by Birendra Km on Tuesday, September 22, 2015

जनकपुर सीटी (चेतावनी) जुलुस, ५ गते आसिन, २०७२

Posted by Brikhesh Chandra Lal on Tuesday, September 22, 2015

नजिकको छिमेकि भारतले नेपालमा गरेको राजनीति हस्तक्षेप र रबैयाका बिरुद्ध पत्रीकामा लेख लेखेकै कारण पत्रकार तथा प्रधानम...

Posted by Bijaya Poudel on Monday, September 21, 2015

आज जनकपुर में ७०००० से ज्यादा लोग सहभागी हो कर मधेश बिरोधी संविधान का दहन किया ।

Posted by Brikhesh Chandra Lal on Monday, September 21, 2015
यो सम्बिधान पुर्नतया मधेश,थारु, र जनजातिहरु को बिरोधि हो, यहा केही उदाहरण को लागि विभेदहरु पेश गरेको छु विभेद न. १: मौलिक हकको धारा४२ मा समावेशी सिद्धान्त मात्रै राखिएको छ, समानुपातिक छाडिएको छ । विभेद न २: १६५ निर्वाचन क्षेत्र देशभरि कायम गरिँदै छ। ५१% जनसंख्या भएको मधेसमा ६५ निर्वाचन क्षेत्रपरेका छन भने १०० पहाडमा । जनसंख्याको आधारमा गर्ने हो हो भने ८३ निर्वाचन क्षेत्रमधेसमा हुनुपर्ने हो, तर भएन । विभेद न.३: प्रदेश 7 को जनसंख्या 17 लाख, प्रदेश 2 को जनसंख्या 57 लाख, तर राष्ट्रियसभा मा दुवै प्रदेश बाट समान 8/8 जना प्रतिनिधि रे ?? योकस्तो न्याय सँगत र सामन्ता हो !! राष्ट्रिय सभा (धारा ८६) मा १५ लाख जनसंख्या हुने प्रदेशको पनि ८ जना, २० लाख हुनेको पनि ८ जना,३० लाख हुनेको पनि ८ जना बराबर भाग लगाइएको छ। यसमा पनि जनसंख्याको आधारमा सुनिश्चित गरिएको छैन । भारतमा सिकिम्म अरुणाचल प्रदेश, गोवाबाट एक जना र युपीबाट ३१, विहारवाट १६ माहाराष्ट १९ जना राज्य सभामा प्रतिनिधित्व हुन्छ । राष्ट्रिय सभामा पनि न्युनतम प्रत्येक प्रदेशबाट एक जना सदस्य हुने गरी र बाँकी जनसंख्याको आधारमा हुनु पर्ने हो । विभेद न.४: नागरिकता सम्बन्धि: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभाभुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्छ (धारा २८३) भनेको मतलब अंगिकृत नागरिकता पाएका नेपाली नागरिकहरु ती पदमा पुग्न सक्दैनन । अनि के अंगिकृत नागरिक हरु झाडु र पियन को काम मात्रै गर्ने ?? विभेद न. ५: सिमान्कन के आधार मा गरि मधेश र थारु बाहुल्यका जिल्ला हरु लाई टुक्रा टुक्रा पारियो, अनि प्रदेश हरु को स्वायत्ता खोइ त, अहिले को जिबिश भन्दा पनि कम अधिकार दिएको छ??
संविधान पढेर भन्नुस् कहाँ छैन अधिकार ? संविधान पढेर भन्नुस् कहाँ छैन अधिकार ?
नेपाली समाज विकसित नहुनुमा राजतन्त्रात्मक निरंकुश प्रणाली हो, जसको शोसण र दमनले नेपाली जनतामा रहेका भिन्नतालाई विभाजनको विषय बनाएर, जनतालाई फुटाएर नेपाललाई पछाडि राख्यो । ..... यस्तो बेला भावनामा नबग्न म सम्पूर्ण जनतालाई आग्रह गर्न चाहन्छु । चाहे मधेसका सवाल होस्, विभिन्न समुदाय तथा थारु समुदाय, उहाँहरूलाई भन्न चाहन्छु, कुनै समस्या छ भने विभिन्न आयोग गठन गरेका छौँ, ती आयोगको व्यवस्थामार्फत भोलि ती जायज कुरालाई सम्बोधन गर्न सक्छौँ । संविधान कुनै अपरिवर्तनीय, असंशोधनीय दस्तावेज होइन । यो संशोधन हुन सक्छ, परिवर्तन हुन सक्छ । नेपाल र नेपाली जनताको आवश्यकता र विकासका लागि संशोधन हुन सक्छ । त्यसकारण हामी यो भएन भनी आतिन जरुरी छैन । अब हामी कोही असन्तुष्ट हुने अवस्था छैन । ....... यतिबेला खुसियाली मनाउनुपर्ने ठाउँमा कुनै–कुनै क्षेत्रमा कुनै–कुनै ठाउँमा, कुनै–कुनै तप्का विशेषले चित्त दुखाएर बस्नु, मन दुखाएर बस्नु, यो भएन, त्यो भएन भनेर बस्नु अथवा संविधान स्विकार्दिनँ भनेर बस्नु अत्यन्तै दुःखदायी कुरा हो । .... म आग्रह गर्न चाहन्छु, सबैले अहिले खुसियाली मनाउँ । म आग्रह गर्न चाहन्छु कि कुनै समस्या छ भने आउनुस् कुराकानी गरौं, संवाद गरौं । कुनै जायज माग छन् भने, सबै जायज मागलाई, सबै यथोचित मागलाई सम्बोधन गरिनेछ । कुनै पनि जायज माग कसैले नसुन्ने प्रश्न लोकतन्त्रमा हुनै सक्दैन । म तपाईंहरूका अगाडि जो बोलिरहेको छु । म धेरै वर्ष जेल बसेर आएको छु, लोकतन्त्रका निम्ति । राम्रो पारिश्रमिकका निम्ति जेल बसेको होइन । त्यहाँ भत्ता थिएन, त्यहाँ प्रमोसन हुँदैनथ्यो । त्यहाँ मानपदवी र कुनै विभूषण पाइँदैनथ्यो । जेल बसेको जनताका लागि हो, लोकतन्त्रका लागि हो । ......

अहिले जारी भएको संविधान पल्टाएर हेर्दा आ–आफ्ना अधिकार कहाँनेर छैनन्, पत्ता लगाउनुहुन्छ भने म उहाँहरूसँग कुरा गर्न तयार छु ।

..... हाम्रा प्राकृतिक साधन–स्रोत तिनको संयुक्त रूपले उपयोग गर्न सकिन्छ । हाम्रो दुई पक्षीय, तीन पक्षीय हिसाबले स्रोतहरूको उपयोग गर्ने । ..... संविधान बनाउन ढिला गरे भन्ने आवाज नआएको होइन । तर, संविधान बनाउन ढिलो गर्दागर्दा आठ वर्ष भइसक्यो । नेपाली जनताले संविधान चाहेको ७० वर्ष हुन लाग्यो । नेपाली जनताले संविधान बनाउन हतार गरेको होइन, अघिल्लो संविधानसभा फेल भइसक्यो । फेरि पनि संक्रमणकाल जारी राख्ने, विकासतिर नलाग्ने यो कुरा हुन सक्दैन्थ्यो । त्यसकारण हामी संविधान जारी गरेका छौँ ।
Wrong advice
जनजातिको दबाबमा रोकियो एनआरएन यूकेको दीपावली
एमालेलार्इ लिम्बुवानको धम्की
Twitter
नेपाल में नया संविधान, भारत की हुई 'ऐसी-तैसी'
स‌ंविधानको स्वागत गरेको रिसमा मधेसी मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाए



भारतजस्तै अमेरिकाले पनि टार्यो नेपाललाई, गरेन संविधानको स्वागत (विज्ञप्ति सहित)
विज्ञप्तिमा नेपाल सरकारले विश्व सिद्धान्त अनुरुपको संविधान जारी गर्न प्रयास गर्नुपर्ने भन्दै नागरिकताको अधिकार, धर्म निरपेक्षताको अधिकार र लैंगिक समानताको अधिकारलाई सुनिश्तिच गर्न जोड दिइएको छ । ..... अमेरिकाले नेपाली सुरक्षाकर्मीसँग लोकतान्त्रिक अधिकारका लागि आन्दोलनरत जनतासँग संयम भएर प्रस्तुत हुन पनि आग्रह गरेको छ ।


२०४५ सालमा यसरी भएको थियो १३ महिने नाकाबन्दी
भारदहका प्रहरी जवान यादवद्धारा राजिनामा
नेपालको संविधानलाइ हाम्रो स्वागत र समर्थन छैन : भारत

यसो हेर्दा नेपाल र भारतको अहिलेको चिसिएको सम्बन्ध हेर्दा र नेपाल प्रति भारतको दादागिरी रवैयाले गर्दा सार्क मुलुकमा भारत ...

Posted by Milan K. Shahi on Tuesday, September 22, 2015

*तितो सत्य मिठो यथार्थ...*१. म शेर्पा हुँ / धेरै शेर्पाहरु मलाई मन पर्दछ, थोरै चिनेकाहरु मलाई बिल्कुलै मन पर्दैन / मल...

Posted by Tsewang Sherpalama on Tuesday, September 22, 2015

आफ्नो भैंसी न देख्ने अर्काको जुम्रा देख्ने, वाह रे मिडीया.....अहिले पनि आफ्नो देशको जनताको जायज मागलाई लिएर भईरहेको आन...

Posted by Upendra Mahato on Tuesday, September 22, 2015

आज पहलमानपुरमा पुष्पकमल दहाल, भिम रावल, शेर बहादुर दैवा र प्रचण्द लाई लाखौ को संख्यामा आयर जिउदै जलायका छन

Posted by Jitu Dahit on Tuesday, September 22, 2015

जिस देश का संबिधान को रास्ट्र सघं ने हि नहि स्वागत किया तो ऐसा संविधान का औचित्य क्या??? अब तो ऐसा लगता है कि #BackofUN का भि trend चलेगा नेपाल मे।

Posted by Lokendra Yadav on Tuesday, September 22, 2015

"खोसेको रोटीले मेरो पेट भरिन्न ,मागेको धोतिले मेरो लाज छोपिन्न, धसिएर हातपाउ झरि जाउन औँला तर कोही अगाडि यो हात जोडिन्न ...

Posted by Pramod Sitaula on Tuesday, September 22, 2015

Come on Nepali tweeps, where is the Kickstarter page to buy Prachanda a bicycle (NOT made in India)? Maybe we Madhesi youths sud start one

Posted by Daulat Jha on Tuesday, September 22, 2015


भारत रिसाउनुको कारण यस्तो रहेछ, नेपाली राजदूतको बयान
यो भारतीय दादागिरी तोड्ने अवसर हो
आफू सिन्को नभाँच्ने अनि अरुलाई विखण्डनकारी भनेर हुन्छ ?
मधेशमा यूद्धमा प्रयोग गरिने गोली प्रयोग : मानव अधिकारबादी
राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने, ‘जनकपुर जाने वातावरण बनाइदिनुस्’
सच्चा मधेशी नेताको चरित्रहत्या नगर !
प्रहरीले घर–घरमा पसेर बिनाकारण कुटपीट गरेको आरोप
प्रहरीको दमनले कलैया तनावग्रस्त