Wednesday, October 11, 2017

फोरम-राजपा, पश्चिमी तराई र पहाडका जनजाति

२ नंबर प्रदेशमा त फोरम-राजपा ले प्रदेश सरकार बनाउने लगभग निश्चित भइसक्यो। तर त्यसरी प्रदेश सरकार बनाउनु फोरम-राजपाको प्रमुख लक्ष्य होइन। प्रमुख लक्ष्य त संविधान संसोधन हो।

त्यसका लागि मोरंग, सुनसरी मा र पश्चिम तराई मा सीट हरु जित्न सक्नुपर्यो। फोरमराजपा ले एकीकृत पार्टी निर्माण गर्ने पहिलो कदम चाले पछि अब पश्चिम तराई मा यो गठबंधन एउटा फैक्टर बनिसक्यो। मधेसमा फोरम-राजपा ले स्थानीय स्तरमा जितेको ले पश्चिम मा थारू हरु केही हौसिएको हुनुपर्छ। संभव छ भन्ने देखियो।

संगठन निर्माणमा उपेंद्र यादवले विशेष कुशलता देखाउँदै आएका छन। त्यसमा बीजेपी (भाजपा) वा अमित शाह को मसाला छर्किनु पर्छ। त्यो हो मिस्ड कॉल (missed call) ।  संगठन सँग जुड्न चाहने व्यक्ति ले मिस्ड कॉल गर्ने अनि लगत्तै त्यो व्यक्ति लाई कॉल गरेर उसको नाम ठेगाना आदि माग्ने र त्यस पछि संगठनको कुनै व्यक्ति ले त्यस नया व्यक्ति लाई उसको घरैमा गएर भेटघाट गर्ने। बुथ जित्यो कि चुनाव जित्यो भन्नेछ भाजपा को अमित शाहको। बुथ कमिटी निर्माण मा बड़ो ध्यान दिन्छन। राजपा ले भाजपा सँग सिक्ने हो। बुथ कमिटी हरु निर्माण गर्दै जाने हो।


फोरम ले तर पहाड़ पनि ताक्नु पर्छ। त्यहाँ सन्देश स्पष्ट भएन। आफुले भन्न खोजेको कुरा लाई एउटा दुईटा नारामा र चार पाँच बुंदा मा व्यक्त गर्न सक्नुपर्छ। जनजाति लाई चाहिने संविधान संसोधन के हो? संघीय नक्शा अहिले ठीक छैन भने जनजाति लाई पाइक पर्ने नक्शा के हो? त्यस बारे फोरम ले गृहकार्य गरेको छैन भन्ने होइन। तर विचार स्पष्ट छैन। दस्तावेज लाई नारा र बुंदा मा भने लान सकेको छैन। मधेसी जनजाति गठबंधन बन्ने कहिले हो कहिले, अहिले त एमाले ले मजा सँग बाहुन-क्षेत्री-जनजाति गठबंधन बनाएर देश खाएको अवस्था छ। मधेस लाई थिचोमिचो जनजाति लाई पनि मन परे जस्तो देखिन्छ।

पुर्वी पहाडको राई लिम्बु इलाका भयो। काठमाण्डु उपत्यका वरिपरिका तामांग बस्ती। पोखरा वरिपरिका गुरुंग बस्ती। ५ नंबर प्रदेशको पहाड़ी इलाका का मगर। यी ठाउँ हरु मा त फोरम ले खाता खोल्न सक्नुपर्ने हो। तर
बाहुन-क्षेत्री-जनजाति को संपर्क भाषा नेपाली भाषा भन्ने भएको छ। अझ कर्णाली का खस र मिथिला को इतिहास धेरै मिल्छ। ५०० वर्ष अगाडि को कर्णाली सभ्यता समृद्ध थियो। काठमाण्डु ले एक्लो पार्यो। चीन ले बॉर्डर सील गरिदियो। कर्णाली कंगाल भयो। नेपालका कम्निस्ट ले उत्तर तर्फ बोर्डर खोल्ने कुरा खोइ गरेको त? तिब्बत दक्षिण एशिया को अभिन्न अंग हो। सारा इतिहास साक्षी छ।

चुनाव पछि केंद्र मा एमाले-माओवादी ४०%, फोरम-राजपा २०%, काँग्रेस ३०%, राप्रपा-राप्रपा-अन्य १०% भएर आउन सक्ने संभावना छ। त्यहाँ संविधान संसोधन को अंक गणित खोज्नु फोरम-राजपा को प्रमुख लक्ष्य हुनुपर्छ। त्यति बेला थाहा हुन्छ ओली ले प्रचंड-बाबुराम निलेका हुन वा प्रचंड-बाबुराम ले ओली लाई।




No comments: