Showing posts with label ashutosh tiwari. Show all posts
Showing posts with label ashutosh tiwari. Show all posts

Monday, January 31, 2022

Foreign Minister Ashutosh Tiwari

रूद्र पाण्डे र सीके राउत
दुई तिहाइ सैनिक, प्रहरी, र कर्मचारी को घर वापसी नै संघीयता हो

Friday, October 29, 2021

विवेकशील वाला हरु ले उपत्यका मा जनमत को झण्डा किन नउठाउने?


विवेकशील वाला हरु ले उपत्यका मा जनमत को झण्डा किन नउठाउने?

रविन्द्र मिश्र भनेको सत्यानाश। विवेकशील वाला हरु ले उपत्यका मा जनमत को झण्डा किन नउठाउने? जनमत ले जनकपुर मा जे गर्दैछ त्यो काठमाण्डु उपत्यका मा मिलन रंजु हरु ले किन नगर्ने? साझा तेल र विवेकशील पानी हो। त्यो कहिले बुझ्ने? कि रविन्द्र सँगै सती जाने? कुरेर बस्ने? उमलेको पानी मा बसिरहने? 

विवेकशील ले जनमत सँग एकीकरण गर्ने हो भने काठमाण्डु को अब को मेयर विवेकशील को। उपत्यका को १० को १० सीट विवेकशील को। सुशासन। 

Thursday, July 16, 2020

विवेकशील को बाटो

SBS Language | Dr KC's demands remain unfulfilled - Ranju Darshana

काठमाण्डु मा नै सीमित रहे पनि एउटा आम आदमी पार्टी त चाहिएको हो नेपालमा। विवेकशील साझा राष्ट्रिय पार्टी बन्न सकेन।फुट्यो पनि। रविन्द्र मिश्र को उर्जा को म सराहना गर्छु र मदन भण्डारी जितेको चुनाव क्षेत्रमा झन्डै जित्नु सानो कुरा होइन। तर राजनीतिक विचार भने अचम्मको छ। क्रान्ति ले संविधान सभा पैदा गरेको हो। क्रान्ति माथि हो। नेपाल लाई संघीय गणतांत्रिक लोकतंत्र बनाएको क्रान्ति ले हो। यस्ता आधारभुत कुरामा जनमत संग्रह गर्नु पर्छ भन्ने मान्छे सन २००६, २००७ ताका चन्द्रलोक पुगेको हुनुपर्छ। यो त राप्रपा को सदस्यता लिनुपर्ने मान्छे रैछ जस्तो लाग्छ। उज्वल थापा कस्तुरी को नाइटो रंजु दर्शना तर थापाजी रवि रवि भन्दै कुदेका छन। 

कहिले पार्टी एकीकरण गरेर ठुलो हुन्छ भने कहिले पार्टी फुटाएर ठुलो हुन्छ। नेपाली AOC बन्न सक्ने रंजु दर्शना। बागमती प्रदेश मैं फोकस गरेर पनि राष्ट्रिय पार्टी बन्न सकिन्छ। 


बरु रूद्र पाण्डे को हाम्रो पार्टी सँग एकीकरण गर्नु पर्ने हो कि? 

विवेकशील ले काठमाण्डु उपत्यकामा सरकार बनाउन सक्नुपर्छ। उज्वल थापा को चेयरमैन पर्सनालिटी छ, लेड बैक टाइप को। CEO व्यक्तित्व त रंजु दर्शना को छ। पार्टी अध्यक्ष उज्वल थापा, संसदीय दलको नेता रंजु दर्शना। 

नेपालमा मतदाता सम्म पुग्ने सबैभन्दा सस्तो बाटो आज फेसबुक हो। विवेकशील वाला हरु डिजिटल नेटिव हरु हुन। प्रवासी नेपाली को जमातमा स्वतः आकर्षण हुने विवेकशील। राम्रो गर्न सक्नुपर्ने। मुद्दा समात्ने भनेको भ्रष्टाचार नै हो। 

AOC Drags Trump After He Calls Her 'Not Talented in Many Ways' | Complex

Tuesday, April 30, 2019

नेपाल जनमत पार्टी (नेजपा)

सीके राउतको जनमत पार्टी जनाधार भएको पार्टी हो। विकल्पको राजनीति गर्ने इच्छा भएका थुप्रै फॉरेन रिटर्न हरु ले त्यही क्लेम गर्न सक्ने अवस्था छैन। जनमत पार्टी एक्लै चुनाव लड़े राष्ट्रिय पार्टी बन्ने मात्र होइन देशको दोस्रो अथवा तेस्रो ठुलो पार्टी बन्ने देखिन्छ।

उज्वल थापाको विवेकशील दल छ। रविन्द्र मिश्र को साझा पार्टी छ। दर्शन रौनियार को देश बचाउ अभियान छ, M4C, Movement For Change। रूद्र पाण्डेको फेसबुक पार्टी छ हाम्रो पार्टी नाम गरेको। यी सबै देश विदेश पढ़े घुमेका मानिस हुन। तर व्यापक जनाधार भएको सीके राउत मात्र छ। भने पछि भ्रष्टाचार र आर्थिक क्रांति को मुद्दा मा एक हुन सक्नुपर्यो।

तर मधेसीलाई समानता दिलाउने कुरामा एक ठाउँ आउन सक्नुपर्छ पहिलो कदम। त्यति त गर्न सक्नुपर्यो नि।

लोकतन्त्रमा विश्वास गर्ने तर वार्तालाप पनि गर्न नसक्ने? वार्ता गर्ने कला नभएको?

मधेसीले एक व्यक्ति एक मत लोकतंत्र भन्दा बढ़ी केही पनि मागेको छैन। त्यहाँ कुरा मिले पछि भ्रष्टाचार र आर्थिक क्रांति को मुद्दा मा कुरा मिलाउन सक्नुपर्छ।

एउटै एकीकृत पार्टी चहियो। तर पार्टी को नाम हाम्रो विवेकशील साझा जनमत अभियान राख्न भएन। फ्रैंकेंस्टाइन नाम।

उपयुक्त नाम हुन्छ नेपाल जनमत पार्टी (नेजपा)  र पार्टी अध्यक्ष स्वतः सीके राउत नै हो।  पार्टी अध्यक्ष र भोलि गएर संसदीय दलको नेता। सीके ले मही माग्ने ढुङ्ग्रो लुकाउने गर्नु हुँदैन। स्पष्ट नेता अगाडि सार्न नसक्ने पार्टीले चुनाव जित्न सक्दैन। खाना नै नपस्किने रेस्टोरेंट मा कसले गएर आर्डर दिन्छ?

उज्वल थापा, रविन्द्र मिश्र, दर्शन रौनियार, रूद्र पाण्डे आदि ले आ आफ्नो "NGO" हरुलाई राजनीतिक दल बनाउने एक मात्र उपाय यही हो। र समय सीमा छ। यसरी एकीकरण नगरेर चुनावमा गएर हारे ती सबै दल समाप्त हुनेछन।

भने पछि वार्ता गर्नु पर्यो। कुरा अगाडि बढाउनु पर्यो।

यसरी एकीकरण गरे रविन्द्र मिश्र ले वानेश्वर बाट अर्को चुनाव जित्ने हो। स्वर्णिम वाग्ले हरु के खान अस्ताएको घाम काँग्रेस पार्टी मा लागिबसेको? रविन्द्र मिश्र लाई समाउने।

 एक पटक को नेपाली सधैँ को नेपाली। प्रवासका ५० लाख नेपाली ले फोन बाट वोट खसाल्न पाउनुपर्यो।