Thursday, July 16, 2020

विवेकशील को बाटो

SBS Language | Dr KC's demands remain unfulfilled - Ranju Darshana

काठमाण्डु मा नै सीमित रहे पनि एउटा आम आदमी पार्टी त चाहिएको हो नेपालमा। विवेकशील साझा राष्ट्रिय पार्टी बन्न सकेन।फुट्यो पनि। रविन्द्र मिश्र को उर्जा को म सराहना गर्छु र मदन भण्डारी जितेको चुनाव क्षेत्रमा झन्डै जित्नु सानो कुरा होइन। तर राजनीतिक विचार भने अचम्मको छ। क्रान्ति ले संविधान सभा पैदा गरेको हो। क्रान्ति माथि हो। नेपाल लाई संघीय गणतांत्रिक लोकतंत्र बनाएको क्रान्ति ले हो। यस्ता आधारभुत कुरामा जनमत संग्रह गर्नु पर्छ भन्ने मान्छे सन २००६, २००७ ताका चन्द्रलोक पुगेको हुनुपर्छ। यो त राप्रपा को सदस्यता लिनुपर्ने मान्छे रैछ जस्तो लाग्छ। उज्वल थापा कस्तुरी को नाइटो रंजु दर्शना तर थापाजी रवि रवि भन्दै कुदेका छन। 

कहिले पार्टी एकीकरण गरेर ठुलो हुन्छ भने कहिले पार्टी फुटाएर ठुलो हुन्छ। नेपाली AOC बन्न सक्ने रंजु दर्शना। बागमती प्रदेश मैं फोकस गरेर पनि राष्ट्रिय पार्टी बन्न सकिन्छ। 


बरु रूद्र पाण्डे को हाम्रो पार्टी सँग एकीकरण गर्नु पर्ने हो कि? 

विवेकशील ले काठमाण्डु उपत्यकामा सरकार बनाउन सक्नुपर्छ। उज्वल थापा को चेयरमैन पर्सनालिटी छ, लेड बैक टाइप को। CEO व्यक्तित्व त रंजु दर्शना को छ। पार्टी अध्यक्ष उज्वल थापा, संसदीय दलको नेता रंजु दर्शना। 

नेपालमा मतदाता सम्म पुग्ने सबैभन्दा सस्तो बाटो आज फेसबुक हो। विवेकशील वाला हरु डिजिटल नेटिव हरु हुन। प्रवासी नेपाली को जमातमा स्वतः आकर्षण हुने विवेकशील। राम्रो गर्न सक्नुपर्ने। मुद्दा समात्ने भनेको भ्रष्टाचार नै हो। 

AOC Drags Trump After He Calls Her 'Not Talented in Many Ways' | Complex

No comments: