Showing posts with label Ram Baran Yadav. Show all posts
Showing posts with label Ram Baran Yadav. Show all posts

Monday, June 14, 2021

दृढ निश्चयका साथ संसद फेरि आगे बढ्ने संभावना ठुलो




अदालत ले एमाले र जसपा दुबै लाई पार्टी एकै रहने मार्गप्रशस्त गरे पनि दुबै पार्टी का चार वटै गुट जसरी भए पनि पार्टी फोडेरै छाड्ने दृढ निश्चयका साथ आगे बढे जस्तो देखिन्छ। प्रकाश मान सिंह नेपाली कांग्रेस अब प्रजा परिषद हुने खतरा देख्छन। तेरो बाउको पार्टी हो र भन्दा उ हो भन्न सक्ने मान्छे। एमाले को पार्टी महाधिवेशन भएको पनि पाँच सात वर्ष कति भो। बरु एमाले का १२१ लक्का जवान हरु पनि निर्दलीय भए कि? देउबा ले उपधारा (५) ले देशलाई निर्दलीयता मा लान्छ भनेको त्यो दुर दृष्टि भएको नेता हो। हो न हो केही महिना भित्र सबै कांग्रेस सांसद निर्दलीय हुन लागेका छन। 

अदालत ले संसद पुनर्स्थापना गर्ने। तर जसरी भए पनि विगठन भैछाड्छु भन्ने दृढ निश्चयका साथ संसद फेरि आगे बढ्ने संभावना ठुलो छ। अंकगणित जताततै छ त। 

दशैं तिहार कोरोना कहर को तेस्रो लहर को समय भनेर प्रक्षेपण गरिँदैछ। (तेस्रो लहर: अक्टोबर/नोभेम्बर/डिसेम्बर: बालबालिका बढी प्रभावित हुने) त्यस अवस्थामा देशलाई जबरजस्ती चुनावमा लाने काम ले महामारी लाई भयावह बनाउँछ र चौथो लहरको गारंटी गर्छ। अझ त्यति बेलाको दर्ता नगरिएको कांग्रेस। अर्थात नेका (दर्ता गुमेको)। पंचायत मा हुन्थ्यो प्रतिबंधित कांग्रेस। अहिले गणतन्त्रमा नेका (दगु)। त्यो नेका (दगु) ले चुनाव भए बहिष्कार गर्ने घोषणा गरेको छ। दलीय व्यवस्थामा त्यो बहिष्कारको कुनै अर्थ हुन्छ र? 

एकमाले दुईमाले हुन्छ। तीनमाले पनि हुन सक्छ। कांग्रेस प्रजा परिषद बन्छ। माओ को पार्टी माओ लाई भेट्न जान्छ। जसपा जसमाप्त हुन्छ। (एमाले दुई फ्याक, कांग्रेस ५६ व्यंजन, माओवादी विसर्जन, जसपा दुई फ्याक)

चुनाव घोषणा हुने तर नहुने। चुनाव नभएर राष्ट्रपति शासन लागु हुने। त्यसको छ महिना पछि अंतरिम संविधान ब्यूँतने। अंतरिम संविधानमा गणतंत्र र संघीयता सुरक्षित छ त। नया संविधान सभा का लागि निर्वाचन हुने। भने पछि विद्या भंडारी पनि रामवरण यादव जस्तै सात वर्ष राष्ट्रपति। 

रामवरण ले संविधान रक्षा नगरेका। अंतरिम संविधान को रक्षा गर्नु थियो। अंतरिम संविधानले संसद होइन संविधान सभा पैदा गरेको। व्हिप जारी नहुने संविधान सभा लाई व्हिप जारी हुने संसद बनाइँदा टुलुटुलु हेरेर बसे रामवरण। 

बरु अब संविधान बनाउँदा तीस वर्ष पछि नया संविधान सभामा जानै पर्ने प्रावधान राख्नुपर्छ। 

नया संविधानमा संसद सानो बनाउनुपर्छ। त्यत्रो बड़ेमा को देश भारत लाई ५४५ ले पुग्छ भने। नेपाल लाई १०५ ले पुग्दैन? ५२ पहाड़मा, ५३ तराईमा। राष्ट्रिय सभा त अझ २५ भए पुग्छ। २५ अथवा बढीमा ३५। स्थानीय सरकार बलियो हुनुपर्छ। तर संघीयता उत्तराखंड, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, सिक्किम को जस्तो चाहियो। सिक्किम भन्न पुगेछु। सिक्किम भन्न नै नहुने नेपालमा। महेंद्र को प्रतिगमन सच्याउनुपर्छ। नागरिकता जन्मसिद्ध हुनुपर्छ। नेपालमा दुई भाषा नेपाली र हिन्दी लाई राष्ट्रिय राजकाजको भाषा बनाउनुपर्छ। हिन्दी सिके त हो नेपाली ले विश्वको तेस्रो ठुलो अर्थंतंत्रमा ऑफिस को जागीर खान जाने। कति भांडा मात्र माझ्ने पुस्तौं पुस्ता? थियो त महेंद्र अगाडि। महेंद्र मुर्दाबाद भन्ने तर महेंद्र को प्रतिगमन नसच्याउने? संघीयता को नक्शा त मोटामोटी माओवादी ले कोरेको नै हुनुपर्छ। राप्ती पुर्व मधेस। उता थरुहट। किरात। कान्तिपुर। तामासालिंग। तमुवान। मगरात। खसान। गैर भौगोलिक दलित राज्य। हरिजनपुर। ७७ जिल्ला गायब। किन चाहियो चार तह? प्रदेश बनाउने र विकास क्षेत्र पनि कायम राख्ने? बरु स्थानीय तहको संख्या तराई मा बढाउने। आधा मधेसमा हुनुपर्यो। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री मा जान सकिन्छ। राजनीतिक स्थिरता को त्यो एउटा प्रयोग बाँकी छ। ५१% बढ़ी मत ल्याउनुपर्ने होइन भने राउंड दो। सेंसस गरे जस्तो घर घर पुगेर सबै लाई आधार दिनुपर्छ। 

संघीयता मा जानु भनेको सरकारी तलब खाने मान्छे हरु को संख्या ह्वात्त घटाउनु हो। अहिले सरकारी जागीर खाने १०० जना छन भने संघीयता लागु गरे पछि त्यो ३३ पुगेन भने त्यो संघीयता नै होइन। नेपाल सेना लाई फेरि ३०,००० मा झार्ने। सशस्त्र निशस्त्र गर्ने। कागज ओसारपसार गर्ने हरुको संख्या कटौती। संसद सानो। प्रदेश सभा मा २१ देखि ३१ सम्म हो। 

वैकल्पिक शक्ति




जसपा ठाकुर पक्षद्वारा कार्यकारिणी समिति विस्तार जसपा विधानअनुसार कार्यकारिणी समिति ५३ सदस्यीय रहने जनाइएको छ। वर्तमान ५१ सदस्यीय कार्यसमितिमा २६ जना पूर्वराजपा र २५ जना पूर्वसमाजवादी पार्टीका सदस्यहरू छन् । दुईजना मनोनित गर्न बाँकी थियो भने पूर्वराजपातर्फका कार्यकारिणी सदस्य रेशम चौधरी अहिले जेलमा छन् । ......... वर्तमान ५१ सदस्यीय कार्यसमितिमा अर्का अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३१ र ठाकुरमा पक्षमा २० कार्यकारिणी सदस्य रहेका छन्। अध्यक्ष ठाकुरले १६ जना थप गरी ६७ सदस्यीय कार्यसमिति बनाएको जसपा स्रोतले जनाएको छ । थप गरिएको कार्यसमिति सदस्यहरूको सूची निर्वाचन आयोगमा पठाउने तयारी ठाकुर पक्षले गरेको छ। अध्यक्ष ठाकुरले सुरेन्द्र झा, सुरेश मण्डल, राजीव झा, अभिराम शर्मा, परमेश्वर साह, कृष्णा सिंह, डा.विजयकुमार सिंह, सन्तवीर महतो, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, शतरजित यादव, मुकेश झा र उपेन्द्र महतोलाई सामेल गरेर कार्यसमिति विस्तार गरेको बताइएको छ।



निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको यादव समूह सर्वोच्च जाने निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा जाने औपचारिक निर्णय गर्न अहिले यादव समूहका नेताहरू पार्टी कार्यालय बालकुमारीमा बैठक बसिरहेका छन् । ...... जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा २७ जना छन् । त्यो बहुमत हुन्छ । त्यही २७ जना उपस्थित रहेको गत जेठ ९ र १० गते बसेको कार्यकारिणी समिति बैठकले ठाकुर, महतो, शुक्ल र कर्णलाई स्पष्टीकरण सोध्ने र चित्त नबुझे अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । ....... विधान र राजनीतिक दलसम्बन्धी नियमावली अनुरुपका सबै प्रक्रिया पुर्‍याएर निर्णय गर्दा पनि कागजात पुगेन भन्नु आयोग एकपक्षीय भएको र सत्ताले जे भन्यो त्यही निर्णय गरेको आरोप समूहको छ ।



वायु सेवा निगमलाई पर्यटनमन्त्रीको चेतावनी : सुधारका लागि एक हप्ताको समय दिन्छु, नत्र हस्तक्षेप निगमसँग आन्तरिक उडानका लागि प्रयाप्त जहाज हुँदाहुदै पनि उचित प्रयोग नभएको गुनासो आएको उनको भनाइ छ । उनले विगत एक बर्षदेखि आन्तरिक उडान नहुनुको बस्तुनिष्ट कारण खोजिने उनले बताए ।

आयोगको निर्णयप्रति बाबुरामको कटाक्ष– ‘दुवै चोर हुन्, मिलेर बस्नू भन्ने ?’ जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष र अध्यक्ष उपेन्द्र यादव पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्दै निर्वाचन आयोगलाई पत्र पठाएका थिए । तर, आयोगले दुवैको निर्णय वैधानिक नभएको भन्दै कसैको कारबाहीलाई मान्यता दिन नसिकने निर्णय गरेको हो ।



देउवालाई सत्तामा भन्दा महाधिवेशनमा ध्यान दिन पौडेलको आग्रह, 'पार्टीको दर्ता खारेज हुन सक्छ, बेइज्जती हुन्छ'
‘कांग्रेस खहरेखोला जस्तो भइसक्यो, प्रजा परिषद्को हालतमा पुग्न बेर छैन’




Saturday, October 24, 2015

In The News (71)

आन्दोलन थप सशक्त बनाउने ठाकुर र यादवको चेतावनी
'म राष्ट्रपति पदको भोको होइन । त्यस्तो पद मलाई चाहिँदैन जो मधेस आन्दोलनको वलिदानी सित साटिएको होस ।' ..... दसैंका कारण केही खुकुलो देखिएको आन्दोलन अब अझै कडा र सशक्त हुने बताए । ..... कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबारदेखि आन्दोलनको स्वरुप थप कडा हुने बताए । उनले मधेसका जिल्लामा अब कुनैपनि हालतमा सरकारी कार्यालय चल्न नदिने चेतावनी दिए । यादवले सीमा क्षेत्रमा भारतले नभई मधेसी मोर्चाले नाकाबन्दी गरेको बताउँदै सीमा क्षेत्रको धर्ना र नाकाबन्दीलाई समेत थप सशक्त पार्ने बताए ।


The Bihar conundrum: How appetite for development works in tandem with caste politics
Facebook takes swing at Google with new search feature
Jack Ma: China’s First Global Leader
17 books Bill Gates thinks everyone should read
What the Google Books Victory Means for Readers
The Madhesi blockade is almost total. How long can Nepal take it?
Nepal president tells govt to address Madhesi issue seriously
Zimbabwean strongman Robert Mugabe wins China’s version of the Nobel Peace Prize
India Pushes Nepal into China’s Arms
फेरि उच्श्रृखल बन्न थाल्यो मधेसी मोर्चा, दशैंको दोस्रो दिन यस्तो धमाका



के हामी नेपाली होइनौ ? यदी होइनौ भने हामी को ? ….सरोज मिश्र
मंगलबारदेखि नेपाल आउने भयो चिनियाँ तेल
स्वच्छ छविका गोकर्ण विष्ट पनि चोखो नरहेको राज्यलक्ष्मीको खुलासा
झलनाथले सभासद बनाउन ५ करोड मागेको दावी



बहस : सफ्टवेयर जन्मेपछि मार्क्सवाद मर्‍यो !
सांसद बन्न सात करोड बुझाएको भन्दै सजिलै राजीनामा नदिने गोल्छाको भनाइ
भोट मागने बेला नेपाली अधिकार माग्ने बेला बिहारी
ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप, धनुषा र सप्तरीमा हवाई फायर



दशैं सकिएसँगै मधेशी मोर्चाले सुरु गर्यो राजमार्गकेन्द्रित आन्दोलन
चीनले हजार मेट्रिक टन इन्धन नेपाल पठाउँदै
मधेशमा आन्दोलन उग्ररुप लिइदैँ, गोली चल्दा पनि दर्जनौ गाडी तोडफोड र आगजानी
वीरगन्जमा आज आन्दोलनरत दलका कार्यकर्ताहरुले एमाले सांसद विचारी यादवको सांकैतिक शव यात्रा निकालेका छन् । वीरगन्जको राधेमाइ टोलबाट जुलुश सहित निकालिएको सांकेतिक शव यात्रा नगरका विभिन्न स्थानको परिक्रमा गर्दै मितेरी पुलमा पुगेर समापन भएको थियो । ..... ढल्केबरमा दर्जनौँ गाडीमा तोडफोड गरेको छ
तराईलाई नेपाल भन्ने, तराईबासीलाई भारतीय देख्ने ‘राष्ट्रवाद’ मूर्दावाद !
के रावण एकटाउके र दुईहाते आदिवासी राजा थिए ?
डा. रामदासको खोजअनुसार रावण भारतकै गोँड गणजातिसँग सम्बन्धित चर्चित राजा थिए, जसले गोँड गणजातिका आममानिसका बीचमा अहिले पनि राजाका रुपमा उच्च सम्मान पाउँदै आएका छन् । ...... राम मूलतः सामन्तवादी भारतीय समाजका हिन्दू राजा हुन् । ..... साँकलियाले गोँडहरूले सबैजसो प्रमुख स्थानलाई ‘लक्का’ (लंका होइन) भन्ने गरेको तथ्य प्रस्तुत गर्दै लेखेका थिए, ‘रावण र अरु राक्षस भनिएकाहरू आदिवासी गणजाति हुन्, जो सम्भवतः गोँड गणजातिसँग सम्बन्धित हुन सक्छन् भने रामायणमा वर्णित बाँदर सावर र कोर्कुस गणजातिसँग सम्बन्धित मानिस हुन सक्छन् ।’ ...... रामकथा मूल रुपमा आर्यहरूद्वारा अनार्यमाथि भएको हिंस्रक आक्रमणको गुणगान र अनार्यविरोधी प्रचारबाजी हो । ..... आर्य राजा रामद्वारा मारिएका लंकाका राजा रावण कुनै राक्षस होइनन्, मानिस नै हुन्, जसका दशवटा होइन, एउटामात्रै टाउको र दुईटामात्रै हात थिए । ...... भारतकै पूर्वी मध्यप्रदेशस्थित छोटा नागपुरको पठारमा रहेको रावणको राज्यसम्म रामको अधिराज्य विस्तारकै कारण अन्ततः सो आदिवासी इलाका कोशल राज्यअन्तर्गत पर्न गएको थियो । ...... रामायणका अध्येताहरूका अनुसार गोँड भाषामा ‘लंका’ शब्दको अर्थ हो : उच्च स्थान, टापु, राजदरबार, जुन हालको श्रीलंका होइन, भारतकै जबलपुर निकटको प्राचीन गोँड राज्य हो । ....... साँकलियाले ‘रामायण : मिथ अर रियालिटी ?’ मा गोँडहरूले सबैजसो प्रमुख स्थानलाई ‘लक्का’ (लंका होइन) भन्ने गरेको तथ्य प्रस्तुत गर्दै लेखेका थिए ....... ती बाँदर कुनै द्रविड जातिका थिए, जो लंकाका राक्षसहरूकै सजातीय थिए । ..... रावण र राक्षसहरूको हत्या राजा रामद्वारा गरिएको जातीय संहार थियो, आर्य राजाहरूद्वारा हिन्दू धर्म–इतरका धर्मावलम्बीहरूको विनाश थियो, आदिवासी जनजाति गणराज्यहरूमा राजतन्त्रको विस्तार र भूभागको अतिक्रमण थियो, जसलाई साहित्यबाट अभिव्यक्त गरियो । ..... जुन–जुन आदिवासी जनजातिले आर्यहरूद्वारा थालिएको राज्य, भूभाग, धर्म–संस्कृतिको विस्तारको विरोध गरे, तिनलाई आर्य जातिका हिन्दू राजा–महाराजा तथा तिनका ‘थिंक ट्याङ्क’ मानिने ब्राम्हण पुरोहितहरूले असुर, दानव, राक्षस र नागजस्ता नामकरण गरी बदनाम गर्ने र तिनलाई सखाप पार्ने अभियान लामो समयसम्म चलाए । ...... त्यसरी आर्यहरूको विचित्र सांस्कृतिक विस्तारका विरोधी आदिवासी जनजातिकै विनाशको एउटा मिथकीय आख्यान हो : रामायण । त्यही जातीय विनाशलाई असत्यमाथि सत्यको विजय ठान्दै रावण–वधको खुसियाली मनाउनु कत्तिको न्यायोचित हुन्छ ? यो विजया दशमीको मात लागेका सबै आदिवासी जनजातिका लागि ठूलो प्रश्न हो । ..... ‘वैदिक ब्राम्हण र शासकहरूद्वारा विभिन्न स्तरमा चलाइएका लाखौँ बौद्ध–हत्याको अभियानको क्रममा एकातिर पुष्यमित्रदेखि लिएर शशांक र सुधन्वाजस्ता शासकहरूले अगणित बौद्ध–हत्याका साथसाथै हजारौँ बौद्ध मठ र विहार ध्वस्त गर्दै बुद्धगयाको बोधिवृक्षसमेत नष्ट गरेका थिए, अर्कोतिर पतञ्जलिदेखि लिएर कुमारिल भट्ट तथा आदि शंकराचार्यले वैदिक अन्धविश्वासी कर्मकाण्डको माध्यमबाट बौद्ध–विरोधी हिंसालाई दार्शनिक प्रेरणा दिएका थिए । ......

भारतवर्षमा अत्यन्त लोकप्रिय बौद्ध धर्मको उभार आइरहेको बेला अयोध्यावासी कवि वाल्मीकिले ब्राम्हणवादी मूल्य–मान्यताको प्रचार–प्रसारका लागि तेस्रो शताब्दी इ.पू.देखि दोस्रो शताब्दी इ.पू.का बीचमा रामायण रचेका थिए ।

सर्लाही जिल्लामा १३ वटा मोटसाइकलमा आगजनी



बाउ उभिने, छोरा बस्ने : टीकाको नयाँ शैलि देखियो
कांग्रेसले राष्ट्रपतिमा फेरि रामवरण यादबलाई अघि सार्यो
This dubstep violinist made $6 million on YouTube without a record label



मधेश कैसे आजाद हों ? ***********************यह प्रश्न पूछने का क्रम पिछले दिनों में और भी तीव्र हो गया है, क्योंकि नेप...
Posted by Dr. CK Raut on Saturday, October 24, 2015

People in Birgunj are coming out in thousands, some on horses and tractors to support #Madhes Andolan in #Nepalवीरगन्जम...
Posted by Khushbu Dhoti Mishra on Saturday, October 24, 2015
दशैं आयो दशै गयो ...... अब दशा आयो..... ग्यास खोई? के हामी अब व्यवसाय बन्द गरेर बसी रहने? कसैलाई पनि केही मतलब छैन। नेताज्यूहरूलाई कुर्सी सम्हाल्न ठिकै छ। हाम्रो पिर मर्का खोई कसले बुझ्ने हो।

१) तुरुन्तै चाहियो: मधेशी आन्दोलनकारी माथी शक्तिको अत्यधिक प्रयोगद्वारा भएको मरणको लागि अनुसन्धान, जवाफदेही र सजाय।२) आ...
Posted by Kanak Mani Dixit on Saturday, October 24, 2015


चियापानको लागि एमाले जनकपुर जाने



प्रधानमन्त्री ओलीका सबै कुरा हावादारी हुन् : कांग्रेस नेता डा.महत
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा भद्र सहमति तोडेको विषयमा गल्ती स्वीकार गरे राष्ट्रपतिमा समर्थन गर्न सक्ने भनेर अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्तिपछि कांग्रेसका नेताहरू एमालेसँग भड्किएका छन् । .... प्रधानमन्त्री केपी ओलीले कांग्रेस सरकारमा सहभागी हुने भनेर दिएको अभिव्यक्तिलाई पनि हावादारीको संज्ञा दिनुभएको छ । ‘कांग्रेस सरकारमा जाने कुनै पनि सम्भावना छैन’, उहाँले भन्नुभयो, ‘यस्ता अभिव्यक्ति राजनीतिक अभिव्यक्ति हुन् । कांग्रेस सत्तामा जाने कुनै पनि प्रकारको संभावना छैन ।’

Wednesday, October 07, 2015

In The News (33)

दिल्लीमा दूतको भीडभाड
लवजमा अंग्रेजी–हिन्दी–नेपाली मिसाएर बोल्ने अभ्यास बनाएका एकजना कार्यकर्ता स्तरका नेता अघिल्लो साता दिल्ली उत्रिए र सगर्व सुनाए— म आएको छु है, दूत बनेर। ...... लोधी स्टेट–१४ स्थित कोसियारी निवासमा कहिले राजनीतिज्ञ त कहिले पत्रकार वा टीभी कार्यक्रम प्रस्तोताको भीड लागिरहन्छ। हिन्दुवादी शुभेच्छुक, भारतीय जनता पार्टीका कार्यकर्ता र उत्तराखण्ड राज्यका नयाँ वा पुराना प्रतिनिधि/पात्रहरू यहाँ आइरहेका हुन्छन्। यही लर्कोमा नेपालबाट दिल्ली दर्शनमा आएका नेताहरू शेरबहादुर देउवादेखि पुष्पकमल दाहालसम्म कोसियारी निवासमा पुग्ने गरेका छन्। ...... अहिले पार्टी पंक्ति र सत्ताका कुनै देखिने स्थानमा नरहे पनि नेपाल मामलामा पार्टीलाई ‘ब्रिफिङ’ गर्ने तहमा रहेका ववरिष्ठ नेता भगतसिंह कोसियारी सधैंजसो व्यस्तताका माझ भेटिन्छन्। कुराकानीका समय लिएर उनीकहाँ पुग्दा दुई हातमा दुई मोबाइल लिएर कहिले यो त कहिले त्यो पालोमा फोन उठाइरहेका थिए, भगतसिंह।

‘एउटा फोन त नेपालकै लागि चाहिन्छ, तपाईको देशका सबै दलका सबै नेताहरू फोन–परामर्शमै हुन्छन्— लेखराज भट्टदेखि विजय गच्छदारसम्म,’ कोसियारीले नेपाल–ब्रिफिङ सुरु गरिसकेका थिए, फेरि अर्को हातको मोबाइल बज्यो। ‘ढकालजी, बोलिए तो’

भन्ने संकेतपछि कोसियारी कुरो अगाडि बढ्यो। ....... कुनै ढकाल थरका हिन्दुवादी, राजावादी र सन्त निराहारीको ‘कल’ थियो त्यो। ‘यता भारतीय विस्तारवाद मुर्दावाद भन्न थालेका छन्, प्रधानमन्त्री मोदीको पुत्ला पनि जलाउन थालेका छन्, स्थिति त्यति सजिलो छैन’, ढकालले एकै सासमा सुनाएको कुरो नटुङ्गिदै कोसियारीले जवाफ फर्काए—

‘जल्ने दो, होने दो।’

..... लगत्तै अर्को फोन आयो— तीनदलीय बैठकको भर्खरैको निर्णय यहाँ (कुनै कष्ट नगरी) सुन्न पाइयो। फेरि प्रचण्डको मनोदशा, सुशील कोइरालाको मुड र मधेसी दलको ७ बुँदे मागपत्रका बारे बहस सुन्न पाइयो। अर्को दिन विजय जोली, सुधिन्द्र भदोरिया, डीपी त्रिपाठी, केसी त्यागी जोसँग संयोगले भेटिए पनि उनीहरूसँग जत्तिको ‘अन द स्पट रिपोर्टिङ’ (सूचना) एउटा पत्रकारसँग हुन नसक्दा लज्जाबोध हुन्थ्यो। बरु प्राध्यापक कमलमित्र चिन्नोई, एसडी मुनी भने ‘हार्ड न्युज’भन्दा पनि पृष्ठभूमिमा लुकेका आधारहरू जोडेर नेपाल–स्थितिमा समीक्षा सुनाइरहेका हुन्छन्।

काठमाडौंको राजनीतिदेखि ससाना घटनाक्रमसम्म छिनभरमै दिल्ली मुकाममा आइपुग्छ— सन्देश बनेर।

‘मलाई सबै घटना थाहा छ, तपाईको प्रश्न के हो— सिधै सोध्नुहोस्’, पृष्ठभूमि भनिनसक्दै जिज्ञासा पनि टुङ्गिएजस्तो हुन्छ। ........ राष्ट्रले खटाएको स्थायी दूत (राजदूत) बाहेक हरेक साताको अन्तर बिराएर दिल्ली उत्रने नेता, पत्रकार, उद्यमी, व्यवसायीहरूको छनक पनि बुझिनसक्नुको देखिन्छ।

बाहिर ठूलो क्रान्तिकारी र राष्ट्रवादी छवि भएकाहरूसँग झन् धेरै दूत हुने रहेछन्।

लवजमा अंग्रेजी–हिन्दी–नेपाली मिसाएर बोल्ने अभ्यास बनाएका एकजना कार्यकर्ता स्तरका नेता अघिल्लो साता दिल्ली उत्रिए र सगर्व सुनाए— ‘म आएको छु है, दूत बनेर।’ बरु आफ्नै कामधन्दामा दिल्ली आएर सुटुक्क घर फर्केका नेताहरू डा.शेखर कोइराला र योगेश भट्टराईले मात्रै ‘स्वघोषित दूत’ भनेर आफूलाई चिनाएनन् ......... कतिसम्म भने कुनै दूतहरू (मुडअनुसार) दिल्ली केन्द्रमा सहजै भेटिने साना दलका नेताहरू र कथित थिङ्क–ट्याङ्कका प्रतिनिधि बताउनेहरूसँग राजीव चोक आसपासमा भेटेर ‘सेल्फी’ खिच्छन्। साउथ–ब्लकको ढोकासम्म पुग्नसके भने हातमा फाइल बोकेको एउटा ‘सेल्फी’ पनि लिइहाल्छन्। झन्डै दुई सातादेखि नाकाबन्दीको मार बेहोर्दै आएको नेपालका लागि यो नाका खोल्ने/खोलाउने ‘जडी’को खोजी चौतर्फी रूपमा भैरहेका बेला बिभिन्न तहमा घोषित/अघोषित प्रयास नभैरहेको पनि होइन।

तर यो कुनै दूत वा प्रतिनिधिले पकड राख्न नसक्ने ‘राजनीतिक मामला’ हो भन्ने ढिलो गरेर मात्रै पुष्टि भएको छ।

यो गुढ कुरा अलिक पहिले थाहा पाएको भए अर्को एउटा चरणमा नेपालबाट ‘दूत बनेर’ उत्रिएका आपूर्ति मन्त्री सुनिलबहादुर थापाले विहारको चुनावमा व्यस्त रहेका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानलाई फोन गर्ने थिएनन् कि? अथवा नेपालमा ठप्प रहेको आपूर्ति तथा पारवहन समस्याबारे मन्त्रीले ‘फोन–इन–ब्रिफिङ’ गरेको विषय नेपाली दूतावासको विज्ञप्ति बनेर नआउने थियो कि? ......... उपाध्यायले दिल्ली केन्द्रमा गृहमन्त्री, विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारका तहमा नियमितजस्तै भेट–परामर्श गरेका छन्। मंगलबार बिहानमात्रै सुरक्षा सल्लाहकार अजित डोबलसँग फोनवार्ता गरेर अर्को चरणमा स्थिति ‘बुझबुझारथ’ गर्ने काम गरे। ‘अघोषित भनिएको नाकाबन्दीमा राजनीतिक वा आर्थिक जड कारणहरू गाँसिएका होलान्, तर त्योभन्दा अगाडि बढेर अहिले उब्जिएको असहज अवस्था ‘मानवीय संकट’को मुद्दा बन्न लागेको छ। त्यसमाथि दशैंतिहार चाडको मुखमा उब्जिएको यो संकटले पार्नसक्ने प्रभाव झनै गहिरो (नकारात्क) हुनसक्छ’, राजदूतले सल्लाहकार डोबलसँग भएको कुराकानीबारे भने। ...... नेपालमाथि थोपरिएको अघोषित नाकाबन्दीको अस्त्र इतिहासकै सबैभन्दा ‘घातक’ रहेको टिप्पणी आइरहेका बेला

भारतीय मूलधारका मिडियाहरू भने यी सबै घटनाक्रममा ‘बेखबर’झैं देखिन्छन्।

यहाँका मुख्य अखबार, टेलिभिजन कतै पनि दुई सातादेखि नेपालमाथि लगाइएको नाकाबन्दीबारे कुनै खबर छैन। लाग्छ— भारतीय मिडियासामु यो घोर संकटको सूचना पुगेकै छैन। अर्कोतिर काठमाडौंमा पनि परराष्ट्र–स्रोतका हवालामा सूचनाको पहुँचबाट निकै बाहिर उभिंँदै ‘अरे’को खबर छाप्नेमा मूलधारकै मिडिया पनि देखिएका छन्। अचम्मलाग्दो यो छ कि

एकातिर सूचना पुगेकै छैन, अर्कोतिर सूचना भएको भन्दा निकै बढी छ— स्वैरकाल्पनिक।

China Grabs Nepali Land
China ‘assures’ agitating Tarai leaders it is not anti-Madhesi
China has told Nepal’s Tarai leadership, agitating for greater rights in the constitution, that Beijing is not ‘anti-Madhesi’ and believes that for a stable Nepal, Madhesis have to accommodated in a political settlement. It has also told them that burning a China flag does not make anyone ‘pro-India’, just as

publicly claiming China step into to compete with India in Nepal does not make anyone ‘pro-China’

. It has conveyed to Madhesi leaders India and China are in touch on Nepal ......... Beijing was concerned about the burning of a China flag during the ongoing Madhesi agitation in Nepal’s southern plains. The Madhesi parties had condemned the incident, distancing themselves from it....... “They told us China is not anti-Madhesi, just as Madhes is not anti-China. They added that while China does not speak on Nepal’s internal affairs, it wants a peaceful and stable Nepal, and for a stable Nepal, Madhes has to be accommodated” ...... by burning a Chinese flag, no one becomes ‘pro India’, just as by saying China will replace India in Nepal, as some in Kathmandu have suggested, no one becomes ‘pro China’. ......

India and China had close ties, and had even been in touch at various levels.

They even joked that in Kathmandu, Chinese diplomats have told Indian diplomats they may need their help to get fuel for the embassy.
काठमाडाैं उपत्यका मुनि ३० करोड घनमिटर ग्यास
ललितपुरको कुपन्डोलस्थित बीमा समितिको केन्द्रीय कार्यालयका कर्मचारीहरु जमीनमुनिको प्राकृतिक(मिथेन) ग्यास बालेर चिया बनाउँछन्। पहिला नेपाल बैंकको कार्यालय रहेको सो भवनमा बीमा समितिको कार्यालय सरेपछि प्राकृतिक ग्यास प्रणाली जोडिएको चुल्हो पनि समितिलाई उपहारस्वरुप प्राप्त भएको हो। न भारतले नाकाबन्दी गरेकोमा पिर छ न त ओसार–पसारको झण्झट नै। स्वीच खोल्यो, बाल्यो। ....... 'करिब ७० जनाका कर्मचारीका लागि दैनिक चिया र खाजा यही ग्यासबाट पाक्छ।' ....... काठमाडौंमा ग्यास खानी रहेको यो स्पष्ट उदाहरण हो। ..... हो करिब २० लाख बढी जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकामुनि ग्यास खानी छ। दक्षिणी छिमेकीले राजनीतिक स्वार्थका लागि नाकाबन्दी गर्दा ग्यास खानीमाथि बसोबास गर्ने उपत्यकाबासी अहिले समस्या झेल्न विवश भएका छन्। ...... यो तथ्य पत्ता लागेको झण्डै पाँच दशक बित्न लाग्यो। २०२० सालताका भारतको प्राकृतिक ग्यास आयोग र २०३० मा चीनको पेट्रोलियम अनुसन्धान टोलीले काठमाडौंमा ठूलै परिमाणमा प्राकृतिक ग्यास रहेको अनुमान गरेका थियो। जापान सहयोग नियोग(जाइका)ले २०३४ सालमा उपत्यकाको जमीनमा ग्यासको अन्वेषण ग¥यो। २०४१ सालमा युएनडीपीको सहयोगमा सरकारले ५ वर्षे अन्वेषण परियोजना पनि सञ्चालन गर्याे। सबै खोज अन्वेषणहरुले उपत्यकाको जमीनमुनि ग्यास रहेको प्रस्ट देखाए। अध्ययनहरुले उपत्यकाको जमिनमुनि ठूलो परिमाणमा मिथेन ग्यास रहेको देखाएको थियो। ....... उपत्यकाको जमीनमुनि करिब ३० करोड घनमिटर ग्यास रहेको अनुमान गरिएको छ। उक्त परिमाणको ग्यासले करिब ३० वर्षसम्म २० हजार परिवारलाई खाना बनाउन पुग्छ भन्ने अनुमान छ।

'गतसाल हामीले गरेको अध्ययनले अझै पनि त्यही परिमाणमा ग्यास मौजुद रहेको देखिएको छ,'

विभागका महानिर्देशक साहले भने। ....... विभागले गत वर्ष करिब ५० लाख खर्चिएर उपत्यकाको विभिन्न ठाउँमा ड्रिलिङ गरेको थियो। पछिल्लो अनुसन्धानले पनि त्यही परिमाणमा ग्यास छ भन्ने देखाएको छ। ...... काठमाडौं उपत्यका जमिनमुनि रहेको प्राकृतिक ग्यासलाई सिलिन्डरमा भर्न नमिल्ने प्राविधिज्ञहरु बताउँछन्। यस्तो ग्यासलाई प्रयोग गर्नका लागि ग्यासको मुहानदेखि खाना पकाउने चुल्होसम्मको पाइपलाइन विस्तार गरी बाल्नु पर्ने हुन्छ। ग्रामीण इलाकाका घरहरुमा निर्माण भएका बायो(गोबर)ग्यास प्लान्ट जस्तै जमिनबाट पाइपलाइनमार्फत घरघरको चुल्होमा जोड्न सकिन्छ। विभागका महानिर्देशक सर्वजित महतो भन्छन्,'यो ग्यासलाई सुरक्षित तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा हामीलाई सुझाउन सक्ने कन्सल्ट्यान्ट खोजिरहेका छौं।' ...... जमीनमुनि रहेको ग्यासले थर्मल प्लान्टमार्फत करिब ७२ वटा वेल निर्माण गरी २ मेगावाट विद्युत् निकाल्न सकिने अनुमान विज्ञहरुले गरेका छन्। ..... विद्युत् उत्पादनका लागि थर्मल प्लान्ट स्थापना तथा अन्य विकल्पबारे छलफल गर्न

विभागले विभिन्न मितिमा करिब ६ पटक बोलपत्र आह्वान गरिसकेको छ। सो प्रस्तावबारे कुनै पनि निजी कम्पनीले इच्छा देखाएका छैनन्। ग्यासको व्यवसायिक बिक्री झण्झटपूर्ण देखिएकाले निजी लगानीकर्ता उत्साहित नदेखिएको विभागको ठहर छ।

प्राकृतिक ग्यास उत्खनन् कार्यलाई अघि बढाउन विभागले सानो शाखामार्फत काम गरिरहेको छ। ग्यास उत्खनन् र व्यवसायिक प्रयोगबारे सरकारले ठोस कार्यक्रम सहित सक्रियता देखाउन सकेको छैन।

सकारी उदासिनताका कारण ग्यासमाथि बसोबास गर्ने काठमाडौं उपत्यकाबासी ग्यास अभाव झेल्न बाध्य छन्।

Friday, September 25, 2015

Former Indian Ambassador Shiv Shankar Mukherjee



News analysis: India should ignore criticism of its Nepal policy, continue what it's doing
Nine years after people power ousted an entrenched monarchy and brought an armed insurgency into mainstream politics, eight years after an interim constitution, two elections to a constituent assembly, followed by seven years of frustrating debates where politicians reverted to their addiction to squabbling.

It took a devastating earthquake to force a sense of urgency

to complete the exercise ........ a nightmare of violent agitation .... ramming through a flawed document by the tyranny of majority and reneging on promises in writing to the marginalized, Madhesis, Janajatis and Dalits. ...... a Terai in turmoil. Agitation and police/army response has claimed more than 40 lives. .....

Some 60,000 troops are deployed in the Terai, more than half the strength of the Nepal army, more than ever deployed against the insurgency.

..... Agitations in 2007 and 2008 led to a written agreement signed on February 28, 2008, which guaranteed an autonomous Madhes, representation in security forces and state organs proportionate to their population. There was no ambiguity in the commitment.

I was witness to the discussions and the final draft.

....... the gerrymandering of the boundaries of the seven states, to reduce Madhesis and Tharus to a minority in 12 of the 20 existing Terai districts ..... India should ignore the fulminations of armchair analysts, parachute pundits, and continue what it is doing: Point out to Nepal's leaders that we're concerned solely because instability in Nepal directly affects us across an open border. That an end to the violence must take place through a dialogue with the Madhesis, Janjatis and the Dalits. We should continue engaging with leaders on both sides, making our concerns clear, underlining that while we hold Nepali sovereignty paramount, we have legitimate concerns based on our unique relationship. ....... it was the same leaders behind whom India stood rock steady when they fought for democracy, sought support and got it in full measure. We haven't, even in our cold statements pointing out our unhappiness at the shape the constitution has taken, hinted at asking Nepali leaders to agree with us as quid pro quo for

our aid, the billion dollar credit

, and other projects. ....... This isn't the time to give in to

the 'teach-Nepal-a-lesson' hardliners.

What is needed is a calibrated response, mindful of Nepal's dignity but firm in our resolve to protect our national interest. We have leverages in plenty, but must use carrot and stick judiciously. We should strengthen voices in Nepal who stand for a truly inclusive constitution. The 'China' card will doubtless be played by those stubborn in the pursuit of their interests, and may test our diplomacy, but we should ignore the pinpricks of anti-Indian rhetoric that's sure to come up in Kathmandu. ...... Former PM and Maoist leader Baburam Bhattarai has admitted mistakes. Perhaps the agitation and India's principled position are bearing fruit? We don't know yet, but must stay the course. .....

The writer was ambassador to Nepal between 2004 and 2008

Friday, September 18, 2015

राम वरण यादवले लिनै पर्ने रिस्क

राम वरण यादवले आफ्नो डेस्क मा आएको संविधान लाई  वापस संविधान सभा लाई फर्काउनै पर्ने हुन्छ। अंतरिम संविधान को रक्षा उसको एक मात्र काम हो। त्यो जिम्मेवारी उसले निर्वाह गर्नै पर्छ। अब राष्ट्रपति एक जना दलित लाई बनाउने भन्दैछन् काँग्रेसी हरु। यानि कि सबभन्दा गए गुज्रेको मधेसी, त्यस पछि बल्ल पहाड़ी दलित। यो अपमान सहनु हुन्न। मातृका यादव लाई उसको पियन ले नटेर्ने, राष्ट्रपति लाई बामे ले नटेर्ने। फरक के हो?

देश टुक्रिन बाट रोक्न सकने अब एक मात्र राम वरण यादव देखियो










Monday, September 14, 2015

राष्ट्रपति माथि जासुसी गर्नु गृह मंत्री ले संविधान को धज्जी धज्जी उडाएको हो

राष्ट्रपति माथि जासुसी गर्नु गृह मंत्री ले संविधान को धज्जी धज्जी उडाएको हो। त्यस्तो गैर कानुनी क्रियाकलाप बंद गर ए उचक्का बामे।


देश टुक्रिन बाट रोक्न सकने अब एक मात्र राम वरण यादव देखियो

संविधानसभा बैठक चलिरहेका बेला राष्ट्रपति डा.यादवले असन्तुष्टि जनाउँदै दुई पेज लामो यस्तो पत्र किन पठाए ? (पत्रसहित)
संविधानको विधेयकमा परेका संशोधन निर्णयार्थ पेश भइरहेका बेला राष्ट्रपति डा.रामवरण यादवले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पत्र पठाइ संविधान निर्माणको कार्यलाई आफूले नजिकबाट नियालिरहेको बताउनुभएको छ । ....... संविधान निर्माणको विषयमा थारु, मधेसी र आदिवासी जनजातिहरुले विरोध गरेर सडक आन्दोलन चलाइरहेका बेला डा.यादवले आन्दोलनरत समूहका मागलाई पनि सम्बोधन गर्न संविधान सभालाई आग्रह गर्नुभएको हो । ...... ‘यस्तो बेलामा मुलुक, समाज र संविधानसभामा भइरहेका गतिविधिबारे सूचित रहनुलाई मैले पदीय दायित्वका रूपमा ग्रहण गरेको छु । हरेक राजनीतिक दल, पदाधिकारी तथा नागरिकहरू पनि यो महत्वपूर्ण घडीमा संविधान सभाको विधि र प्रक्रियालाई धैर्यका साथ नजिकबाट नियालिरहेका छन् ।’ ...... उहाँले राष्ट्रिय एकता बलियो बनाउन विभिन्न जातजाति र समुदायको पहिचानलाई सम्मान गर्दै सामाजिक सद्भाव र एकता जस्ता सङ्घीयताका आधारभूत एवं सुन्दर पक्षहरूलाई नेपालले अँगाल्न सक्नुपर्ने बताउनुभयो । ...... ‘यसका निम्ति सङ्घीयताको स्वरूप निर्धारण यथासम्भव सामाजिक एवम् आर्थिक न्यायका हिसाबले प्राकृतिक स्रोत साधनको सन्तुलित र उचित वितरण एवम् उपयोग सम्भव हुने गरी हुनुपर्दछ’, उहाँले भन्नुभएको छ,

‘प्रदेशहरूको सीमाङ्कन गर्दा सम्बन्धित विज्ञहरूको सल्लाहका साथै निश्चित वैज्ञानिक आधारहरू समेत लिई जनतालाई विश्वास दिलाउनेतर्फ संविधान सभाले विशेष ध्यान दिनुपर्छ कि भन्ने मेरो बुझाइ छ ।’

.......... ‘यस निम्ति अझ पनि समय ढल्किसकेको छैन । संविधान सभाको प्रक्रिया र संविधान सभामा प्रतिनिधित्व गर्ने सबै साना–ठूला दलहरूको सहभागिताको महत्वलाई हृदयङ्गम गरी संविधानलाई राष्ट्रिय एकताको दस्तावेज र राष्ट्रलाई समुन्नतितर्फ उन्मुख गराउने समावेशी तथा अभिप्रेरक सर्वोच्च कानुनी दस्तावेजका रूपमा उभ्याउन हामीले अन्तिम क्षणसम्म सक्दो प्रयास गर्नु जरुरी हुन्छ’, डा.यादवले भन्नुभएको छ, ‘संविधान निर्माण प्रक्रियालाई समुदाय, क्षेत्र, जातीयता आदि सबैलाई एकताको सूत्रमा बाँध्ने सर्वोच्च वैधानिक विधिहरुको रूपमा विश्वमै सबैले मान्यता दिएका छन् ।’


अंतरिम संविधान, पहिलो संविधान सभा का सहमति र दोस्रो संविधान सभा का सहमति मिचेर नया संविधान लेख्न पाइँदैन। त्यति भन्ने ताकत अब राम वरण यादव सँग मात्र छ। त्यो राष्ट्रपति को पदीय जिम्मेवारी पनि हो। अंतरिम संविधान को रक्षा वहाँ को एक मात्र जिम्मेवारी हो। अरु सेरेमोनियल कार्य हरु त त्यस्तै हो। देश मा दिवाली मनाइने किसिमको संविधान बनेको छैन। त्यो छरपष्ट छ। रावण र कंस हरुले मिलेर देश डुबाउँदैछन्। राम ले कदम चाल्नु पर्ने देखियो।

संविधान सभा ले पारित गरेको संविधान जब शीतल निवास आइपुग्छ, अनि यो अंतरिम संविधान, पहिलो संविधान सभा का सहमति र दोस्रो संविधान सभा का सहमति सँग बाझ्यो, कृपया सच्याएर ल्याउनुस् भनेर राष्ट्रपति महोदय ले भन्नु पर्ने हुन्छ। त्यो भकुण्डो हात ले नखेल भनेको मात्र हो। भकुण्डो खेल्ने तिमीले नै हो, मैले होइन, तर त्यो भकुण्डो हात ले नखेल --- राष्ट्रपति ले त्यति भन्नै पर्छ। होइन भने वहाँ नेपालको पहिलो मात्र होइन अंतिम राष्ट्रपति पनि हो। देश रहँदैन। टुकड़ा टुकड़ा हुन्छ।

नेपाल देश स्थापना गरेकै राम वरण यादव जस्ता गोपालवंशी हरुले हो। त्यो देश को अवसान भएको राम वरण यादव ले टुलुटुलु हेर्न मिल्दैन। विशेष गरी त्यस परिस्थिति मा जब कि देश बचाउने शक्ति संविधान ले वहाँ लाई दिएको छ।

राज्य (state) को अभिभारा जनता को जीवनस्तर उकास्ने हो। विश्व राजनीतिक र आर्थिक एकीकरण लाई उच्चतम राजनीतिक कदम मानने दिशामा अग्रसर छ। त्यस कारण ले देश टुकड़ा हुनु लाई राम्रो मान्न सकिँदैन। तर त्यस्तो एकीकरण एक व्यक्ति एक मत लोकतंत्र को समानता को धरातल मा मात्र संभव छ। जनता लाई समानता छैन भने त्यस्तो देश एउटै भुगोल हो भने त्यो साम्राज्य हो, राज्य होइन। २००६ अप्रिल क्रांति ले देश लाई लोकतंत्र, मानव अधिकार र गणतंत्र दियो। मधेसी क्रांति ले देशलाई संघीयता र समावेशीता दियो। त्यसै मधेसी क्रांति ले देशलाई पहिलो मधेसी राष्ट्रपति पनि दिएको हो। जुन यादव हरुले यस देशको स्थापना गरे त्यस्तो एक जना यादव राष्ट्राध्यक्ष हुन दुई दुई वटा क्रांति हुनुपर्यो। त्यस कुरा ले विगत २५० वर्ष को देशको लकीर कस्तो गलत दिशा मा कोरिएको रहेछ भन्ने कुरा देखाउँछ।

लोकतंत्र बिना संघीयता संभव थिएन। लोकतंत्र र संघीयता बिना आर्थिक क्रांति संभव छैन। देश सँग आर्थिक क्रांति बाहेक का सम्पुर्ण मुद्दा छिनोफानो गरेको संविधान देश लाई दिएर देश को शत प्रतिशत उर्जा आर्थिक क्रांति मा होम्मिन पर्ने हो। तर त्यो संभावना लाई शुरू हुनु अगावै समाप्त गर्ने प्रयास भैरहेको छ। एउटा पुरानो राजनीतिक दार्शनिक भनाइ छ: When the people revolt, they are always right. मधेस मा मात्र होइन पहाड़ मा पनि विद्रोह भएको अवस्था छ।

फास्ट ट्रैक को नाम मा संविधान सभा लाई राष्ट्रिय पंचायत बनाउने जुन प्रयास गरिँदैछ त्यो निंदनीय छ।

क्रांति ले आखिर अंतरिम संविधान किन लेख्छ? २००६ अप्रिल क्रांति न्यु यॉर्क मा लोकल समाचार जस्तो बनेथ्यो। त्यस्तो बलवान क्रांति पनि एक किसिमले कमल को फुल जस्तै कोमल हुन्छ। अनि त्यस क्रांति ले एउटा अंतरिम संविधान लेख्छ। त्यस अंतरिम संविधान को रक्षा को लागि एउटा राष्ट्रपति राख्छ। राम वरण यादव त्यो राष्ट्रपति हो। २००६ अप्रिल क्रांति का १९ शहीद, मधेसी क्रांति १ र २ का ५६ शहीद र यो अहिले को मधेसी क्रांति ३ का ४० शहीद --- यी सबै को अस्मिता को रक्षा राष्ट्रपति ले गर्नु पर्ने भएको छ। प्रेस स्वतंत्रता खुद मा आक्रमण भएको छ मस्यौदा मा। त्यो पनि प्रारंभिक मस्यौदा राष्ट्रपति महोदय ले अध्ययन गरे पछि आफ्नो असहमति व्यक्त गर्दा गर्दै।

आर्थिक क्रांति बाहेक का सम्पुर्ण मुद्दा छिनोफानो गरेको संविधान देश लाई दिने हो भने देश २० वर्ष भित्र विकसित देश बनिसक्छ। तर अहिले जुन त्रुटिपूर्ण कागज को खोस्टो push गरिँदैछ त्यसले देशलाई अर्को एक पीढ़ि Third World Country बनाएर राख्नेछ।

अचम्म को कुरा त यहाँ के छ भने नया गर्नु पर्ने केही पनि छैन। के महिला, के दलित, सबै ले पाइसकेको। तर यहाँ बदमाशी भएको छ। पाइसकेको कुरा अपहरण गर्ने काम भएको छ। जुन कि नियम को विरुद्ध हो। जुन कागज को खोस्टो push गरिँदैछ त्यसले देशमा रावण राज्य लागु गर्छ। अहिले सम्म देश को कुनै पनि क्रांति मा नभएको क्रुर दमन अहिले भएको अवस्था छ। त्यो एउटा संकेत हो।

राष्ट्रपति ले आफ्नो जिम्मेवारी निभाउनै पर्छ। होइन भने देश बिखंडन मा जान्छ। देश भुगोल होइन जनता हो। त्यस जनता ले समानता पाउँदैन भने म खुद आफै त्यस जनता ले आफ्नो भुगोल माथि कायम गर्न चाहने अग्राधिकार को पक्षमा उभिने छु र आफ्नो क्षमता ले भ्याएको सहयोग गर्नेछु। देश तोड्ने काम को अगुवाई महामहिम ज्यु को गृह नगरी ले नै गर्नेछ।



प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र १०% आर्थिक वृद्धि दर
नेपालको संविधान र ज्यामिति
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाका सम्माननीय अध्यक्ष श्री सुवास चन्द्र नेम्वाङलाई पठाउनुभएको पत्रको विवरण
सम्माननीय अध्यक्ष
संविधान सभा, नेपाल
(१) विगत सात दशकदेखि नेपालका राजनीतिक दलहरूले लोकतन्त्र र विधिको शासन स्थापनाका निम्ति अनवरत रूपले सङ्घर्ष गर्दै आएका हुन् । फलस्वरूप आज संविधान सभाले नयाँ संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरेको छ । हामी सबै नेपालीको लागि यो ऐतिहासिक क्षण र गर्वको विषय हुनुपर्ने कुरामा कुनै शङ्का छैन । यही पृष्ठभूमिमा सम्पूर्ण नेपालीले आफ्नो भाग्य रेखा आफै कोर्ने मूल उद्देश्य लिएर जननिर्वाचित संविधान सभाबाट नेपालको नयाँ संविधान तर्जुमा गर्ने निधो गरेका हुन् । यस्तो ऐतिहासिक र महत्वपूर्ण संविधान सभालाई राष्ट्रिय एकता, सामाजिक सु–सम्बन्ध र आपसी सम्वाद सुदृढ पार्ने अवसरका रूपमा उपयोग गर्न सक्नुपरेको छ । वर्तमान संविधान सभाबाट प्रत्येक नागरिकले आफ्नो स्वामित्व बोध गर्न सक्ने संविधान प्राप्त हुने अपेक्षा राखेका छन् ।
(२) नेपालको राजनीतिक इतिहासमा लोकतन्त्रको लागि नेपाली जनताले पटक–पटक सङ्घर्ष र बलिदान गरेका छन् । तर लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न र व्यवहारमा उतार्न नसकेको तितो यथार्थ हाम्रो सामु रहेको छ । यो यथार्थलाई गम्भीरतापूर्वक मनन गरी जारी हुन लागेको संविधानले “लोकतन्त्रको दियो कहिल्यै ननिभ्ने, र कसैले पनि निभाउन नसक्ने गरी संस्थागत गरोस्, जसले सबैलाई समान रूपमा उज्यालो दिन सकोस्” भन्ने हामी सबैको अभीष्ट रहेको छ । सयौँ शहीदहरूको बलिदान यसकै निम्ति भएको थियो ।
(३) संविधान सभा देशको एकता र अखण्डता तथा सामाजिक सद्भाव मजबुत पार्ने एउटा राष्ट्रिय अवसर पनि हो । साथै संविधानलाई राष्ट्रिय एकता र सम्वादका नयाँ कडीहरु पहिल्याउने थलोको रुपमा समेत हामीले उपयोग गर्न सक्नुपर्छ । नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको संरक्षण गरी सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा आबद्ध गर्दै सार्वभौमिकता, स्वतन्त्रता र समानताको आधारमा न्यायपूर्ण समाजको सिर्जना गर्नु नेपालका लागि अपरिहार्य एवम् शाश्वत आवश्यकता बनेको छ । यसका लागि सङ्घीय लोकतान्त्रिक–गणतान्त्रिक शासन व्यवस्थालाई बलियो पार्दै शक्ति पृथकीकरण तथा सन्तुलन, संविधानवाद र कानूनी राज्यको मान्यतालाई आत्मसात् गरी नागरिकको आधारभूत मानवअधिकार संरक्षण गर्दै स्वतन्त्र र सक्षम न्यायपालिकाको प्रत्याभूति गरी समावेशी राज्य संरचनाको निर्माण गर्न नयाँ संविधान सक्षम हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । यहाँ हामी सबैले स्मरण गर्नुपर्ने तथ्य के भने, संविधानको निर्माण अरु कसैको निम्ति नभई देश र जनताको निम्ति हो ।
(४) संविधान सभाद्वारा संविधान निर्माण गर्ने राष्ट्रको ठूलो जिम्मेवारीपूर्ण ऐतिहासिक भूमिका निष्कर्षमा पु¥याउने निर्णायक चरणमा संविधान सभा प्रवेश गरिसकेको छ । यस्तो बेलामा मुलुक, समाज र संविधानसभामा भइरहेका गतिविधिबारे सूचित रहनुलाई मैले पदीय दायित्वका रूपमा ग्रहण गरेको छु । हरेक राजनीतिक दल, पदाधिकारी तथा नागरिकहरू पनि यो महत्वपूर्ण घडीमा संविधान सभाको विधि र प्रक्रियालाई धैर्यका साथ नजिकबाट नियालिरहेका छन् ।
(५) सङ्घीयता नेपालको सन्दर्भमा नौलो प्रयोग हुने भएकाले यसमा केही कठिनाइ र असहजता देखिनु स्वाभाविक हो । त्यसैले हाम्रो राष्ट्रिय एकता बलियो बनाउन विभिन्न जातजाति र समुदायको पहिचानलाई सम्मान गर्दै सामाजिक सद्भाव र एकता जस्ता सङ्घीयताका आधारभूत एवं सुन्दर पक्षहरूलाई नेपालले अँगाल्न सक्नुपर्दछ । यसका निम्ति सङ्घीयताको स्वरूप निर्धारण यथासम्भव सामाजिक एवम् आर्थिक न्यायका हिसाबले प्राकृतिक स्रोत साधनको सन्तुलित र उचित वितरण एवम् उपयोग सम्भव हुने गरी हुनुपर्दछ । प्रदेशहरूको सीमाङ्कन गर्दा सम्बन्धित विज्ञहरूको सल्लाहका साथै निश्चित वैज्ञानिक आधारहरू समेत लिई जनतालाई विश्वास दिलाउनेतर्फ संविधान सभाले विशेष ध्यान दिनुपर्छ कि भन्ने मेरो बुझाइ छ ।
(६) संविधान निर्माणको प्रक्रियाबाट सकेसम्म देशका कुनै पनि समूह, समुदाय र भूखण्डहरू बाहिर नपरुन भन्नेतर्फ ध्यान जानु पनि आज त्यतिकै जरुरी देखिएको छ । यस निम्ति अझ पनि समय ढल्किसकेको छैन । संविधान सभाको प्रक्रिया र संविधान सभामा प्रतिनिधित्व गर्ने सबै साना–ठूला दलहरूको सहभागिताको महत्वलाई हृदयङ्गम गरी संविधानलाई राष्ट्रिय एकताको दस्तावेज र राष्ट्रलाई समुन्नतितर्फ उन्मुख गराउने समावेशी तथा अभिप्रेरक सर्वोच्च कानुनी दस्तावेजका रूपमा उभ्याउन हामीले अन्तिम क्षणसम्म सक्दो प्रयास गर्नु जरुरी हुन्छ । संविधान निर्माण प्रक्रियालाई समुदाय, क्षेत्र, जातीयता आदि सबैलाई एकताको सूत्रमा बाँध्ने सर्वोच्च वैधानिक विधिहरुको रूपमा विश्वमै सबैले मान्यता दिएका छन् । यो नेपालले जुराएको पहिलो ऐतिहासिक अवसरलाई सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने लोकतान्त्रिक दस्तावेजको रूपमा संविधान जारी हुने स्थिति सृजना गरौँ, भनी सम्मानित सभाका सभासदहरूसँग सम्माननीय अध्यक्ष मार्फत् सादर आग्रह गर्दछु ।
(७) संविधानको मस्यौदा (विधेयक) हेर्दा आफूलाई लागेका विचार र आफ्ना सुझावहरू अनौपचारिक रूपमा संविधान सभाका अध्यक्ष, सम्वाद समिति तथा मस्यौदा समितिका सभापतिहरू र संविधान सभामा रहेका प्रमुख चार दलका शीर्षनेताहरूलाई यस अघि नै उपलब्ध गराइसकेको छु । सम्मानित संविधान सभाको जानकारी र प्रयोजनका निम्ति उक्त सुझावको एकप्रति यसै साथ संलग्न गरेको व्यहोरा पनि अवगत गराउँछु ।

Thursday, September 10, 2015

प्रसंग जेपी गुप्ता को

अहिले त महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महत्तो, मातृका यादव–सबै "अब मधेस प्रदेश हैन, मधेस देश चाहिन्छ" भन्न थालेका छन् । तीन बर्ष अघि मैले "यस्तै अवस्था रहे मधेसको राज्यसंग सम्बन्ध टुट्न सक्छ" मात्र भनेको थिए । राष्ट्रपति रामवरण यादव जीले प्र.म. लार्इ बोलाएर म उपर कारवाही गर्न भन्नु भयो । उपेन्द्र यादव जी स्वयं फोरम नेपालको डेलिकेशन लिएर मलार्इ ठेगान लाउन प्रचण्ड जी कै सम्मुख तत्कालिन प्र.म. झलनाथ जीलार्इ उक्साउनु भयो । रेणु यादव, राम सहाय यादव अहिले पनि छन् । भनिन्छ, यसैपछि झलनाथ जीले मेरो मुद्दा हेर्ने न्यायाधिश सुशीला कार्कीसंग भेटेर दवाव दिनु भयो । जे होस्, प्रसंग त्यो होइन । प्रसंग हो, हालसम्मकै विद्यमान राज्य व्यवस्थाबाट पोषित महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महत्तोहरू अब अलग देश बनाउने कुरा गर्न थालेका छन् ।
मलाई व्यक्तिगत यो निकै जिज्ञासा लागेको  कुरा हो। र आज यो जेपी जी को मुख बाट नै सुन्न पाइयो। अंग्रेजी मा भनिन्छ straight from the horse's mouth.

मधेसी क्रांति ले अंतरिम संविधान मा "स्वायत्त मधेस प्रदेश" स्थापित गरे पछि को घटना हो यो। मधेसवाद त सिद्धांत नै होइन भनेर बारम्बार भनेका उपेन्द्र यादव ले स्वायत्त भन्ने शब्द पनि नबुझेको हो कि के हो? स्वायत्त भनेको आत्म निर्णय को अधिकार हो। त्यो भनेको छुट्टिन पाउने अधिकार नै हो। अर्को अर्थ संभव छैन।

राम वरण यादव मा काँग्रेसी मधेसी मा हुने थुप्रै अवगुण हरु छन।

मधेसी दल हरुको आफु आफु मा फुट्ने त्यत्रो इतिहास छ। जनता लाई शोसक भनेका हरु को शक्ति स्रोत मानेर पुजा गर्ने। यसो केही दि पो हाल्छ कि भन्ने लोभ।

स्वायत्त मधेस त स्वायत्त मधेस नै हुन्छ। तर मधेसी ले देश तोड्ने होइन देश कब्ज़ा गर्ने हो

यस कहानी को तथ्य के हो? किनभने जेपी टैलेंटेड मान्छे। नेपालमा अथवा मधेसमा लेख हरु लेख्ने नेता कति जना छन? भएको आखिर के रहेछ?

(१) राष्ट्रपति ले प्र म लाई कारवाही गर भनेको हो?
(२) उपेन्द्र यादव ले पनि त्यही गरेको हो?
(३) प्र म झाले ले न्यायधीश भेटेको हो?

यी तीन तथ्य हुन भने नेपाल मा राजनीतिक भ्रष्टाचार को व्यापकता देखियो। आफ्नो पद को मर्यादा मिच्ने राष्ट्रपति र प्र म देखियो। चरी-घैंटे मारिंदा राजनीतिको माफियाकरण उदांग भए जस्तो। यहाँ अलिकति यादव नॉन यादव को गन्दा राजनीति पनि देखियो। तर मुख्य बदमाशी त पहाड़ी शासक वर्ग को हो। प्र म र न्यायधीश को।

बोलेको भरमा कारवाही गर्ने भन्ने हुँदैन। एक जना लाई चुनाव नै लड़न न पाउने अवस्था मा पुर्याइयो। "यस्तै अवस्था रहे मधेसको राज्यसंग सम्बन्ध टुट्न सक्छ"  नभनेको भए जेपी ले जेल को हावा नखाने? संविधान ले वाक स्वतंत्रता भनेको छ त।

मधेसी दल र नेता हरुको एकता हुनुपर्छ तर स्वस्थ र लोकतान्त्रिक किसिमले। सिद्धांत र राजनीतिक कार्यक्रम का आधारमा। नेतृत्व अंक गणित का आधारमा हुनुपर्यो। तर सुशील पथ मा भने होइन। सुशील ले के भन्दैछ अहिले? मलाई नेता मानेको हो, पार्टी सभापति मानेको हो, प्रधान मंत्री मानेको हो भने मेरो कुरा पनि मान! भयो अब! त्यस्तो अलोकतांत्रिक नेतृत्व को खेती मधेसी मोर्चा मा हुँदैन। मोर्चा को शीर्ष तहमा खुला छलफल हुनुपर्छ, नियमित।

मैले के यो कहानी साँचो हो यस कारणले सोधेको कि सीके राउत लाई समात्दा पनि ठ्याक्कै यस्तै कहानी मीडिया मा आएथ्यो। राम वरण ले समात्नु पर्छ भनेको। मधेसी दल हरु ले हुन्छ हुन्छ भनेको। यानि कि पहाड़ी सत्ता वर्ग ले त समातेकै होइन जस्तो, बामे त मधेसी हरु का सामुन्ने निरीह प्राणी। यो सत्ता वर्ग को फुट डालो और राज करो अंतर्गत होइन? What's going on?

हुन त बाल ठाकरे पनि कहाँ पो चुनाव लड़्थ्यो र? ठाकरे पनि लेखहरु लेख्ने।


Wednesday, September 09, 2015

In The News (44)

मधेस आन्दोलनलाई परिणाममुखी बनाउन बीरगंजमा तमरा अभियान संघीय समावेशी मधेसी मोर्चामा सरिक भएको छ । अभियान आन्दोलनमा छ ।

Posted by Jay Prakash Gupta on Wednesday, September 9, 2015


प्रहरी प्रदर्शनकारी झडप, लहान, भदौ २३ |

प्रहरी प्रदर्शनकारी झडप, लहान, भदौ २३ |

Posted by Madhesi Community on Wednesday, September 9, 2015


Gonarpura Mahottary Madesh Aandolan



Jaleshwar ma jhadap

Posted by Ajay Shah on Wednesday, September 9, 2015


के तपाई यति लुब्ध हुनुहुन्छ कि केही छोड्नै सक्नुहुन्न?================================अहिले हलो अडकाएर गोरु चुट्ने खेल...

Posted by Subodh Raj Pyakurel on Wednesday, September 9, 2015


केही दलले संविधानसभा छाड्दैमा संविधानको काम रोकिँदैन : ओली (भिडियोसहित)
दुवै मधेसी मोर्चाद्वारा वार्ता प्रस्ताव अस्वीकार
नेपाली कांग्रेसका थारु सभासदले संविधानसभामा ‘फ्लोर क्रस’ गर्ने
घैंटे इन्काउन्टरमा संलग्न प्रहरीको हत्या योजना
अपरेशन गोंगवु टु न्युरोड : यसरी पक्राउ परे घैंटेका सहयोगी साजन
एउटै माओवादी पार्टी बनाऔँः वैद्य
हेलिकप्टर गस्तीबीच मोर्चाको कार्यक्रम : नेपाल सरकारको शासन नमान्ने
यसरी रणभूमि बन्यो जलेश्वर (तस्विर सहित)
संविधानसभाबाट १० दलका ५६ सभासद् बाहिरिए, राप्रपा नेपाल दोधारमा
संयुक्त राष्ट्रसंघलाई ‘हस्तक्षेप’ गर्न फोरमको आग्रह
हामीलाई टिकापुरको मृत्यु ठुलो र विरगंजको मृत्यु सानो किन लाग्छ हँ ?
सरकारले तराई-मधेसमा आतंक मच्चायो, अब कुनै हालतमा वार्ता हुँदैन् : महन्थ ठाकुर
मधेश प्रदेशको माग गर्दै लाठी जुलुश प्रदर्शन
रुखबाट दुईचारवटा आप झर्दैमा केही फरक पर्दैन संविधान जारी हुन्छः केपी ओली
मधेशी शहादत दिन तयार भएपछि शासकहरु तर्सिए – प्रदीप यादव
जनकपुरमा भएको प्रहरी दमनको विरोध, आन्दोलन झनै सशक्त बनाउने मोर्चाको भनाई
सरकारले गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै बानकी मुनलाई पत्र
को हो साम्प्रदायिक?
मधेश प्रदेश न मिला तो लेंगे मधेश देशः माओबादी अध्यक्ष मातृका यादव
प्रस्तावित ७ प्रदेशबाट ३ जनाका दरले मात्र दफावार छलफलमा सहभागी हुन एमालेको निर्देशन



राजेन्द्र महतो र रामचन्द्र पौडेल बीच चर्काचर्की फोन वार्ता
अगर प्रधानमंत्री के.पी.ओली बने तो देश विखण्डन की ओर जा सकता है : अमरेश कुमार सिंह
अझ आक्रामक हुदै मधेस आन्दोलन
कफ्र्युको साहारामा पनि आपुर्ती सहज भएन
संघीय समाजवादीले लेख्यो बान कि मुनलाई पत्र (विवरण सहित)
सविधानमा हस्ताक्षर नगर्न राष्ट्रपतिलाई पत्र पठाए मधेशी नेताले (पत्रसहित)
मधेश आन्दोलनलाई सार्थक बनाउन भारतीय संचारकर्मीले पहल गर्ने
कांग्रेस सभासद मन्सुरले भने- केही दिन प्रक्रिया रोक्दा आकास खस्दैन
संविधान चाहने शक्तिलाई खुट्टा टेक्ने ठाउँ दिनुपर्छ
प्रजिअको चेतावनीलाई चुनौती दिँदै विद्रोहमा उत्रिए सरकारी कर्मचारी
किस किस के सीने को छलनी करोगे ? सावधान ! खूनी संविधान का खेल जारी है : श्वेता दीप्ति
सेना तयारी अवस्थामा तर, प्रयोग अन्तिममा
मधेश आन्दोलनलाइ निर्णायक बनाउने थारु सभासदको उदघोष
पुलिसले जनता मार्दा केही नहुने, पुलिस मर्दा नेता पक्राउ गर्ने ?: महतो

राम वरण: देश रक्षक

अदालतको आदेशविपरित र हिंसाको बीचमा राष्ट्रपतिले नयाँ संविधान जारी नगर्ने !
चौतर्फी विरोध र व्यवधानका बावजुद तीन दलका नेताहरु संकटकाल लगाएर भए पनि संविधान जारी गर्न तत्पर भएपछि देशको ध्यान राष्ट्रपतितर्फ गएको छ । ....... सर्वोच्च अदालतको आदेशलाई लत्याउँदै संविधान निर्माण प्रक्रिया सुरु गरिएको, विगतका सम्झौता र सहमतिलाई लत्याइएको र संविधानमा आफ्नो भावना समेट्न माग गर्दै आन्दोलनमा उत्रिएका जनतालाई मारेर संविधान जारी गर्न खोजिएकोले मानसिको ध्यान राष्ट्रपतितर्फ गएको हो । ...... अदालतको आदेशविपरित आएको संविधान राष्ट्रपतिबाट कसरी घोषणा हुनसक्ला या संविधान जारी हुने सभामा राष्ट्रपति कसरी साक्षीको रुपमा उपस्थित हुन सक्लान्, आम जनतामा समेत जिज्ञासा पैदा भएको छ । प्राप्त समाचार अनुसार अदालतको आदेशविपरित बनेको संविधान जारी गर्ने कुरासँग राष्ट्रपति असहमत रहेका छन् । ..... त्यसमाथि देशव्यापी हिंसाका बीच हिंसा बढाउने प्रकृतिको संविधान जारी गर्नु उचित नहुने धारणा राष्ट्रपतिले राखेका छन् । ...... त्यसैले तीन दलले बलजफ्ती संविधान जारी गर्नुपूर्व नै राष्ट्रपति डा.रामवरण यादवले देशबासीलाई सम्बोधन गर्दै आफ्नो चिन्ता सार्वजनिक गर्नेबारे विचार विमर्श सुरु गरेको बुझिएको छ । ....... राष्ट्रिय एकता र विधिको शासनप्रति चिन्तित हुँदै राष्ट्रपति यादवले देशबासीका नाममा सम्बोधन गरेपछि कथित संविधान जारी गर्ने प्रक्रियामा कुनै प्रकारले पनि सहभागिता नजाउनेबारेमा पनि विचार विमर्श गरिरहेका शीतलनिवास सुत्रले जनाएको छ । तर, राष्ट्र रक्षाका निम्ति सेना अग्रसर भएको अवस्थामा राष्ट्रपतिको भूमिका के हुने हो सो प्रतिक्षाको बिषय बनेको छ ।

Tuesday, September 01, 2015

मुक्ति को बाटो तपाइँ को स्थानीय वड़ा मैं छ

मुक्ति को बाटो तपाइँ को स्थानीय वड़ा मैं छ। देश भरिका मधेसी जनजातिले आफ्नो इच्छा को संघीय गठबंधन का सदस्य राजनीतिक पार्टी को सदस्यता लिने। काँग्रेस एमाले को सदस्य छ भने ती पार्टी छोड्ने। ती दुई पार्टीको सदस्यता अहिले को अवस्थामा मधेसी र जनजाति का लागि गुलामी को जंजीर हो। ती काँग्रेस एमाले का बाहुन जन्म का आधारमा राजा जस्तो सत्ता मा पुगेका होइनन्। तपाइँ ले सदस्यता लिएर उसको संगठन बलियो बनाउनु भएको छ। तपाइँ ले वोट दिनु भएको छ। तपाइँ ले सान्तिनो पद लिनु भएको छ। ती सब गुलामी का सम्बन्ध हुन। तोड्नुस। मुक्त हुनुस्।

आफ्नो इच्छा को संघीय गठबंधन का सदस्य राजनीतिक पार्टी को सदस्यता लिनोस। आफ्नो वड़ा मा देश भरि गाउँ गाउँ मा संगठन विस्तार गर्नोस।

अधिकार शासक को भखारीमा रहेको चामल होइन कि उसले दिने। अधिकार भित्र ह्रदय बाट नै आउँछ। तपाइँ को अनुमति बिना कसैले तपाइँ को शोसन गर्न सक्दैन। संघीयता तपाइँ को अधिकार हो। गुलामी को जंजीर चुँडाल्नोस, काँग्रेस एमाले त्याग गर्नोस, आफ्नो इच्छा को संघीय पार्टी को सदस्य बननोस, त्यस को संगठन विस्तारमा मद्दत गर्नोस।

शक्ति तपाइँ सँग छ। वड़ा स्तर मा संगठन विस्तार गर्नोस।



आज मगरात बन्द, मगर सभासद्हरुको पूर्ण समर्थन
सभासद्हरुको तर्फबाट संयोजक शिवलाल थापाद्वारा विज्ञप्ति जारी गर्दै समर्थन जनाइएको हो । ...... वक्तव्यमा भनिएको छ, ‘मगर जाति लगायत आदिवासी जनजातिसँग सरकारले विभिन्न चरणमा गरेको सम्झौताहरुको कार्यान्वयनको माग राख्दै संयुक्त मगर संघर्ष समितिद्वारा आह्वान गरिएको २०७२ भदौ १४ गतेको बन्दलाई हाम्रो पूर्ण समर्थन भएको जानकारी गराउँदछौं ।’ ..... संविधानसभाबाट ‘नेपालको संविधानको परिमार्जित विधेयक-२०७२’ जारी भएपछि मगरहरु पनि चर्को संघर्षमा उत्रने प्रयत्न गरिरहेका छन् । ..... मगरहरुको बाहुल्य रहेको र आदिमथलोलाई प्रदेश नम्बर ४, ५ र ६ मा विभाजित गरिएपछि मगरहरु संघर्षमा उत्रिएका हुन् ।
Howard Dean: The Case for Hillary Clinton
नेपालको जातीय विविधता : समस्याको जरो कि सकारात्मक स्रोत ? [अन्तिम भाग]
हिन्दुस्थानभित्रैका थुपै्र अवैदिक जनजाति (जसलाई बाहुनहरुले सधँै राक्षस, दैत्य दानव भन्ने गर्थे) ..... कालान्तरमा बाहिरी–भित्री दुवैतिरबाट लखेटाइ, थिचाइ, मिचाइ र धपाइको मारमा परेका ब्राह्मणहरु भागेर कोही दक्षिणको विन्ध्या पहाडतर्फ र कोहीचाहिँ उत्तरको हिमाल पहाडतर्फ जान बाध्य भए । उसै क्रममा आजको नेपालको खसानतर्फ आइपुगेका ब्राह्मणहरुलाई खस शब्दहरुको उच्चरणअनुकूल ‘बाहुन’ भनी सम्बोधन गर्ने र उनीहरुको सम्पूर्ण जीवनपद्धतिलाई ‘बाहुनवाद’ भन्ने गरियो । त्यसबेलासम्म पनि ‘बाहुनवाद’ शब्दले नकारात्मक अर्थ बिलकुलै जनाउँदैन थियो । पछि खसहरुलाई क्रमिक रुपमा वर्णव्यवस्थाभित्र समाहित गरी उनीहरुलाई आफ्ना जजमान बनाउँदै लगियो । खसहरुबाट सिदा, दान, दक्षिणा, बिर्ता, गुठी लिएर आफ्नो जीविका चलाउनुपर्ने भएकोले यो चाँजोपाँजो मिलाउने क्रममा बाहुनहरुलाई झुठो काल्पनिक कथा, पुराण, पुख्यौली, वंशावलीहरु निर्माण गर्ने बाध्यता हुन आयो । यप्रकार धर्मका नाममा षडयन्त्र सुरु भयो । ...... सुरुमा खसका र पछि मगरका राजारजौटा र भारदारहरुलाई फकाएर उनीहरुले बिलकुलै नबुझेको, नसुनेको नयाँ धर्ममा विश्वास दिलाउन बाहुनहरुलाई मनग्गे झूठको सहारा लिन परेको थियो । त्यसमाथि आफूलाई कुनै पनि शारीरिक कार्य गर्न नहुने बाहुन द्यौताको रुपमा प्रस्तुत गर्न पनि उनीहरुलाई कम प्रपञ्च रच्न परेको होइन । यसरी जानाजानी झूठ बोल्नेको मनस्थिति कमजोर हुनु स्वाभाविक हो । त्यस्ताले आफूलाई सधैँ असुरक्षित ठान्छन् । उनीहरु आतङ्कित र आन्दोलित मानसिकतकाबाट थिचिएका हुन्छन् ।

त्यस्तो अवस्थामा सानो छायाँ देख्दा पनि तर्सिने मानसिकता बाहुनहरुले बोक्नु स्वाभाविकै थियो ।

........ मध्ययुगमा खसान र मगराँत क्षेत्रतर्फ पस्ने क्रममा धर्मको नाममा राजनीति गर्ने राम्रै तालिम पाइसकेको हुनाले आज पनि धेरै बाहुनहरु सबैभन्दा सजिलो पेसाका रुपमा राजनीतिलाई नै पछ्याउने गर्दछन् । ...... बाहुनवादमार्फत् प्रवर्धन र प्रतिपादन गरिएको भाग्यवाद नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई तल्लो स्थानमा राखेर आफूलाई मात्र पवित्र तथा उच्च स्थान ओगट्ने षड्यन्त्र थियो भन्ने कुरालाई आजका प्रबुद्ध नेपालीले बुझनु र स्वीकार गर्नुपरेको छ । .....

कोही पनि बाहुनहरु आफ्ना लागि भाग्यवादी विचारधारामा विश्वास गर्दैनन् भन्ने कुरा आज सबैले बुझिसकेका छन् ।

...... तर यो कुरा नबुझ्नेहरुले यस सिद्धान्तले फलाकेका अप्ठेरा नियमभित्र अड्ने प्रयत्न गर्दाखेरी निकै असजिलोमा पर्न गएका उदाहरण धेरै छन् । धेरै जनजाति समूहमा पाइने गरेको बाल–विवाहको प्रथा यसको एउटा उदाहरण हो । यसको अर्काे उदाहरण जुम्लाको चौधबिसेका खसको गाई पाल्ने चलन हो । उनीहरु गाई पालेर दूध र दुग्ध पदार्थको उत्पादन झिक्नेभन्दा गाई पालेर प्रतिष्ठा कमाउने कुरामा बढी विश्वास गर्दछन् । अनि सबै खस क्षेत्री हुन् भनेर आफ्नै अस्तित्व र हजारौं वर्षको खसको इतिहासलाई मेटिदिने काममा अघिसरेर हिँड्ने गर्छन् विचरा खसका ठालूहरु ! ........ अरुलाई भाग्यवादी बन्न सिकाउनेहरु आफै भाग्यवादी भएका भए आज क्रान्तिकारीहरुका अग्रपंक्तिमा यत्तिका बाहुनहरु अवश्य हुने थिएनन् न त सरकारी सेवाको उच्च ओहोदा ओगट्नेमा त्यति धेरै बाहुन हुनसक्ने थिए । ........ आफ्नै देशभित्र रोजगारका वैकल्पिक अवसरहरुको खोजी र तयारी गरेर नेपाली जनजातिका युवाहरुलाई स्वदेशमै बस्ने आकर्षण दिने काम गर्ने जाँगर देखाउनुको सट्टा गोरखा भर्तीकेन्द्र बन्द गराउने नारामा बढी जोड दिनेहरु सबै बाहुन हुनु अनि आज अमेरिकामा ग्रीनकार्ड लिएर स्थायी बसोबास गर्ने नेपालीमध्ये अस्सी प्रतिशतभन्दा बढी शिक्षित र उच्च घरानाका बाहुन तथा पाँच प्रतिशतभन्दा थोरैमात्र जनजातिका मानिस हुनुले यो भनाइ र गराइप्रतिको इमान्दारी र विवेकशीलतामाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ । .......

भाग्यवादको प्रचार त केवल नेपालका बहुसंख्यक मतुवाली जनजातिलाई अविकसित राख्न र उनीहरुको पसिनाको कमाइलाई कामै नगरी आफूले खाने पार्न मात्र थियो

...... जो जो बाहुन भारतबाट भागी आए उनीहरुका लागि सिदा मागेर खानुबाहेक अरु उपाय थिएन । काठमाडौं उपत्यकामा जस्तो निम्ता दिएर कुनै पनि बाहुनलाई खसान र मगराँतमा बोलाइएको थिएन । ...... मध्ययुगसम्म खसान र मगराँतका राजाहरु सबै बौद्ध धर्मावलम्बी थिए । कोही पनि हिन्दु भइसकेका थिएनन् । ..... असुुरक्षित ठान्ने भावना र व्यवहारमा पनि बेलाबखत अनावश्यक तरिकाले प्रतिरक्षात्मक हुने प्रवृत्ति देखिन गएको हुनसक्छ । ..... मैथिली बाहुनहरु निम्त्याइएर काठमाडौं उपत्यकामा आइपुगेका हुनाले उनीहरुले त्यस्तो अवस्था ब्यहोर्नु परेन, जस्तो पश्चिम पहाडमा आइपुग्ने बाहुनहरुले ब्यहोर्नु परेको थियो । ......

अनुहार र भाषामा सामिप्य भएको हुनाले खसानमा खस राजाहरुको शक्ति कमजोर भइसकेपछि पनि ठकुरी र क्षेत्री बनाउने काम रोकिएन । त्यसै कारणले सम्पूर्ण खस अलपत्र पर्न पुगे । त्यत्तिको बिचल्ली त मगरहरुको पनि भएको छैन । पूर्वका किराँतको त झन भएकै छैन ।

....... मगर, किराँत र अरु जनजातिको आर्थिक उन्नति नभए पनि उनीहरुको स्वाभिमान भने त्यत्ति खस्न पाएको छैन । किनभने उनीहरुमध्येका उच्च वर्ग धेरैले ठकुरी र क्षेत्री बनेर जनै लगाएका छैनन् । त्यसले गर्दा उनीहरुलाई आफ्नै दाजुभाइलाई आफैले शुद्रको दर्जामा धकेल्ने आवश्यकता परेन । ........

अलिकति मात्रै टाठो हुने बित्तिकै बाहुनले उसलाई क्षेत्री वा ठकुरी बनाइहाल्छ । त्यसले गर्दा दशौं लाख खसहरुको अवस्था आजसम्म पनि अत्यन्तै दयनीय हुन पुगेको छ ।

....... सप्रेको उच्च वर्गको एक जना खस पनि खस भएर बसिदिएन । बाहुनहरुलाई ठूलठूलो रकम दान–दक्षिणा (आजभोलिको भाषामा घूस) दिएर क्षेत्री नै बने । ...... खस राजा, रजौटा र भारदारहरुले उच्चतहमा पुगेपछि आफ्नै दाजुभाइलाई तल्लो दर्जामा खसालिदिनाले खसको जस्तो दुर्दशा भयो त्यस्ता उदाहरण संसारको इतिहासमा अन्त कतै पाइँदैन । ...... खस र मगरबाट ठकुरी र क्षेत्री बनेका .....

आफैलाई मात्रै उच्च र पवित्र ठान्नेहरुले फकाईफुलाई जनै लगाइदिएर क्षेत्री बनाइएका मानिसबाट सधै‌ं दक्षिणा र सिदा मिल्ने हुनाले तिनको चाकरी गर्दै अरु सबै जनजातिलाई अपमानित गर्ने बाहुनवादको चाला

....... हालका राजाका पुर्खा मगरका दाजुभाइ सावित भइदिएमा र आजका थारुका पुर्खा सिद्धार्थ गौतमका दाजुभाइ सावित भइदिएमा कसैलाई दुख्ने कुरा के छ ? ...... सिधासादा जनजातिका युवालाई फकाइ–फुल्याइ सित्तैमा जनै लगाइदिएर क्षेत्री बनाइदिँदै ...... २००७ सालमा नेपाली जनताले सशस्त्र क्रान्ति गर्नुपर्‍यो । सशस्त्र शक्तिकै बलमा अडेको त्यसबेलाको व्यवस्थाको विरोधमा नेपाली जनता आन्दोलित भएका थिए । त्यसबेला हतियार खरिद र सम्पूर्ण क्रान्ति सञ्चालन गर्ने काममा ठूलो धनराशी लगानी गर्नेहरुमा सत्तासीन राणाहरुका आफ्नै बाजेका नाति अर्थात काकातर्फका छोराहरु नै थिए । अनि उपत्यकाभित्रै बसी राणाहरुको सरकार ढाल्न अन्तिम र निर्णायक धक्का दिनेहरुमा पनि एउटै बाजेका अर्काथरी नातिहरु थिए । त्यसबेलाको नेपाली आकाश गुञ्जाउने “राणा शासन मुर्दाबाद”का नाराले सबै राणाहरु तर्सिएनन् आत्तिएनन् । ........... जस्तोसुकै अपराध गरेता पनि बाहुनलाई नमार्नु भन्ने अर्ति मात्र होइन कानुनी प्रावधान समेत बनाएर जाने प्रतापी जनजातिका पुर्खाले बाहुनलाई ठूलो गुण लगाएर गएका छन् । ..... निकै सम्पन्न र शक्तिशाली रहँदै आएका खसान र मगराँत राज्यका प्रतापी खस र मगरका पुर्खा त्यति बिध्न लाटा थिएनन् । लाटा भएका भए आफ्नो देश र समाजलाई त्यत्रो सम्पन्न अवस्थामा पुञ्याउन सक्ने थिएनन् । उनीहरु सम्पन्न नभएका भए ती बाठा बाहुनहरु खसान र मगराँतसम्म आइपुग्ने थिएनन् । यसरी आइपुगेका आफूभन्दा शिक्षित र परिष्कृत देखिएका बाहुनलाई पुरोहितको स्थान दिई आफ्नै पसिनाको कमाइले पाल्नसक्ने उदारता त्यस बेलाका खस मगरहरु असभ्य भएका भए देखाउने थिएनन् ।
Revolution of 1951