Sunday, December 19, 2021

कांग्रेस एमाले को पुर्वी पाकिस्तान, पश्चिमी पाकिस्तान




कांग्रेस एमाले को पुर्वी पाकिस्तान, पश्चिमी पाकिस्तान 

एमाले र अब कांग्रेस महाधिवेशन मा जे देखियो। एमाले महाधिवेशन मा त मधेसी प्रतिनिधि को खानपिन को व्यवस्था नै छुट्टै गरिएको फोटो सार्वजनिक भयो। पालै पिलो कांग्रेस र एमाले ले मधेसी लाई आफ्नो पार्टी भित्र पर जा पर जा भनेको देखियो। 

यो राम्रो संकेत होइन। 





नागरिकता नहुनेलाई मतदाता हुनबाट बञ्चित गर्नु मानवता विरोधी कार्य होः उपेन्द्र यादव निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक हुनुका साथै अन्तराष्ट्रिय कानुन विपरित र मानवता विरोधी कार्य रहेको बताएका हुन् । ....... नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुवै फरक विषय रहेको उल्लेख गर्दै उनले नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने बताएका छन् । लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन नसकेको उनको भनाइ छ । लाखौं मधेसीहरुलाई राज्यले नागरिकता प्रमाणपत्र प्रदान नगरेको उनले बताएका छन् । ........ निरकुंश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो व्यवस्था नरहेका उल्लेख गर्दै उनले नागरिकताको प्रमाणपत्र दिनु पर्ने दायित्व राज्यको भएपनि राज्यले आफ्नो जिम्मेवारी पुरा नगरेको बताएका छन् । सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नु पर्ने उल्लेख गर्दै उनले निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पुर्याउनुपर्नेमा पनि जोड दिएका छन् ।



No comments: