Monday, December 13, 2021

December 13: Janamat Party, Nepali Congress





जनमत पार्टीको कार्यकारिणी समितिको बैठक जारी जनमत पार्टीका अध्यक्ष सिके राउतले पश्चिम मधेसको तीन जिल्लाका विभिन्न पालिकाबाट माटो सङ्कलन गरेका छन् । माटो सङ्कलन अभियानको प्रभाव र उपलब्धिको विषयमा समेत छलफल सो बैठकमा हुने बताइएको छ । बाँकी रहेका १७ वटा जिल्लामा पनि मोटो सङ्कलन गर्ने कार्यक्रम रहेको छ । ती जिल्लामा कहिलेबाट सङ्कलनको काम सुरु गर्ने विषयमा पनि छलफल हुने उनले बताए । जनमत पार्टीको केन्द्रीय समितिको बैठक भोलि धनुषाको ढल्केबरमा बस्न लागको छ ।

ओलीको ब्रिफिङ– काँग्रेसको जस्तो महाधिवेशन गरेको भए हामीलाई चंगाभन्दा माथि उडाउँथे ‘चुनावमा ६० प्रतिशत भोट ल्याऔं, पार्टी प्रवेश कार्यक्रम थालौं’ ........ दुई दिने बैठकमा ओलीले पार्टीको आगामी लक्ष सुनाउँदै भने, ‘अब चुनाब आएको छ । जिल्ला, प्रदेश अधिवेशनमा ब्यापक जनपरिचालन गरौं । पार्टी प्रवेश कार्यक्रम गरौँ । संगठन विस्तार गरौँ, निर्माण गरौँ र पार्टी प्रवेश गरौँ । कम्तिमा ६० प्रतिशत भोट हाम्रो पक्षमा ल्याऔँ ।’ .......... पाँचदलीय बन्धन एउटा ध्रुव छ, त्यो प्रतिगामी छ । ........ साथै उनले मिडियाले उचाल्ने र पछार्ने गरेको भन्दै सचेत रहन आग्रह गरे । ......... भक्तपुरमा शनिबार र आइतबार दुई दिन लगाएर सम्पन्न केन्द्रीय कमिटीको बैठकमा ओलीले गरेको कार्यविभाजनको प्रस्तावप्रति पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएका थिए । तर, ओलीले असन्तुष्टिको खासै सम्वोधन नगरेको नेताहरुले बताएका छन् ।

रातोपाटी ब्रिफिङ : काँग्रेस सभापतिमा पाँच जना भिड्ने, कसले मार्ला बाजी ? १४ औं महाधिवेशनको तेस्रो दिन के के भयो ?

धितोपत्र साम्राज्यवादको विकसित रुप, पुँजीको लगानी पुँजीमै हुनु दुखद् : प्रचण्ड प्रचण्डले पुँजीको लगानी पुँजीमै हुनु दुखद भएको बताए ....... ‘पहिला-पहिला पुँजीको लगानी उद्योगमा, उत्पादनमा लगानी हुन्थ्यो, त्यहाँबाट आउने नाफा पुँजीपतिहरुले लिन्थे, आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन, मूख्यतया पुँजीको लगानी पुँजीमै हुन्छ’ उनले भने, ‘पुँजीको लगानी पुँजीमै हुने वित्तीय पुँजीबादको विशेषयता भएर देखा पर्यो, धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरु हेर्दा यी बैंक हुन् पैसा यताउता गर्छन् भनिन्छ, तर होइन त्यति सजिलो ।’ ........ यो साम्राज्यवादको विकसित रुप र वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने र नाफा संसारका केही सिमित पुँजीपतिको हातमा संसारकै धन हात पार्ने र विश्वका ८० प्रतिशत नागरिकलाई भोको नाङ्गो राख्ने प्रणाली भएको उनको टिप्पणी गरे ।

कांग्रेस महाधिवेशन : मतपत्र सकिएर मतदान रोकियो
कांग्रेसमा गगनहरुले खोलेको जाम उमेरले ७७ वर्षका शेरबहादुर देउवा र ७१ वर्षका डा.शेखर कोइरालामध्ये एकले पार्टी नेतृत्व लिने संभावना बढी छ । ...... प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा, शेखर कोइराला प्यानलबाट गगन थापा र शेरबहादुर देउवा प्यानलबाट प्रदीप पौडेलले महामन्त्री पदको उम्मेद्वार बन्ने अवसर पाएका छन् । ...... ‘को कहिले आन्दोलनमा लागे र सांसद भए भन्ने आधारमा फाइल बढुवा जस्तो प्रणाली विकास भयो । नेतृत्वमा जाम लाग्यो, त्यो प्रणाली भत्काउनुपर्छ ।’ ........ दोस्रोपटक महामन्त्रीको उम्मेद्वार बनेका थापाले राजनीतिक प्रणाली सुधार्न पनि यसपटक नजिते पुनः त्यो पदमा दाबी नगर्ने घोषणा छन् । ..... महामन्त्रीमा दुईदुई पटक प्रतिस्पर्धा गर्दा उत्तीर्ण नभएपछि फेरि तेस्रो पटक प्रतिस्पर्धा गर्ने कुरा हुन्न । ....... २०६७ (१-५ असोज) को १२औं महाधिवेशनबाट थापा केन्द्रीय सदस्य बने । कांग्रेसमा त्यो बेलासम्म केन्द्रीय सदस्य बन्नु सजिलो थिएन । तर २५ जनाका निम्ति भएको प्रतिस्पर्धामा उनी पहिलो नम्बरको मत ल्याएर विजयी भए ।



महाधिवेशनपछि कांग्रेस एकाङ्गी बन्ला कि भन्ने चिन्ता छ

No comments: