Sunday, December 26, 2021

December 26: Siraha



हाम्रो आन्दोलन कमिशनखोर भ्रष्ट शासकविरुद्ध हो : डा. राउत जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले सिरहाको आमहड्ताल प्रहरीविरुद्ध नरहेको स्पष्ट पारेका छन् । आन्दोलन असफल पार्न प्रहरी लागेपछि उनले सामाजिक सञ्जालमा आन्दोलनबारे उनले स्पष्ट पारेका हुन् । औरही गाउँपालिकाले किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले पक्राउ गरेको विरोधमा जनमत पार्टीले आज आमहड्ताल गरेको हो । आन्दोलन सफल बनाउन जनमतका कार्यकर्ता सडकमा उत्रेपछि प्रहरीले बल प्रयोग गरेपछि पार्टी अध्यक्ष डा. राउतले प्रहरीको पक्षमा समेत बोलेका छन् । गरीबका छोरा प्रहरीहरू आफैं पीडित रहेको भन्दै डा. राउतले उनीहरु सानोतिनो तलबमा दिनरात जोतिन बाध्य रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो आन्दोलन किसान र प्रहरीलाई भिडाउने, एक आपसमा जुधाउने, काठमाडौंका महलमा बसेका कमिशनखोर भ्रष्ट शासकहरूविरूद्ध हो ।’ ........ उनले किसानलाई पहिला न्याय देऊ, किसानमाथिको दमन बन्द गर, किसानलाई समयमा मलखाद र बीउबिजन उपलब्ध गराऊ जस्ता माग गरेका छन् । आमहड्ताल उल्लंघन गरेको भन्दै राउतका कार्यकर्ता तथा किसानहरु चोहर्वामा एउटा ट्रकमा आगजनी गरेका छन् । त्यसअघि मिर्चैया र गोलबजारमा दर्जनौं सवारी तोडफोड गरेका थिए । औरही गाउँपालिकाले वितरण गर्न गहुँको बीउ राखेको थियो । तर समयमा वितरण नभएपछि किसानहरु कब्जामा लिए । त्यसपछि गाउँपालिका अध्यक्ष सिदार्थ यादवले गहुँको बीउ लुटेको भन्दै चार किसानमाथि मुद्दा दर्ता गराएर फसाउन खोजपछि जनमत पार्टी आन्दोलन सुरु गरेको छ ।



दमन जारी छ, अब महाआन्दोलनको पालो : डा. सीके राउत मधेश करौडौं बत्ती बालेर झिलीमिली गर्दै धूमधामसँग छठ मनाइराख्दा मधेशका १७ सपूतहरू नेपाल प्रहरीको हिरासतमा यातना भोगिरहेका थिए । म आफैं २०७१ सालमा पहिलो पल्ट गिरफ्तार हुँदा दशैं, तिहार र छठ सबै हिरासत/जेल भित्रै बितेको थियो । ........ अन्तिम पटक रौतहट हिरासतमा रहँदा त झन् पीडादायक थियो – प्रहरीले हामी पाँच जनालाई त्यही छठको घाट हुँदै सरकारी वकीलको कार्यालय लैजान्थे, हामी छट्पटिरहन्थ्यौं । त्यो छट्पटी, त्यो यातना, त्यो विभेद अझै रोकिएको छैन । त्यसैले छठ महापर्व पछि मधेशमा महाआन्दोलनको पालो आएको छ। अन्धकाररूपी राज्यसत्ताका दमनकारी संयन्त्रहरू फालेर जनताको जीवनमा सूर्योदय ल्याउने बेला आएको छ ।



काठमाडौँलाई ‘सुन्दरमाडौँ’ बनाउने सपना काठमाडौंले ‘स्मार्ट सिटी’ होइन, हाम्रै सभ्यता अनि मौलिकताले भरिएको ‘हेरिटेज सिटी’ बन्ने सपना साँचेको छ ........ काठमाडौँवासीको पीडा भनेको धुलो, धुवाँ, जाम, पार्किङको समस्या, बेरोजगारी, गुणस्तरहीन शिक्षा, झन्झटिलो प्रशासनिक सेवा आदि हुन् । काठमाडौँले ‘स्मार्ट सिटी’ होइन, हाम्रै सभ्यता अनि मौलिकताले भरिएको ‘हेरिटेज सिटी’ बन्ने सपना पालेको थियो । काठमाडौँ ‘फ्रेन्ड्ली सिटी’ बन्न चाहन्छ, जो नागरिकमैत्री होस् । युवामैत्री होस् । त्यसका निम्ति, काठमाडौँले भिजनसहितको सक्षम युवा मेयर खोजिरहेको छ, जसले काठमाडौँबाट ‘डेलिभरी’ राजनीतिको नयाँ युग सुरुवात गर्न सकोस् । .......... १. निःशुल्क शिक्षा, टोल–टोलमा घुम्ती क्लिनिक २. सेवक सहर ३. सांस्कृतिक सहर ४. सफा हरित सहर ५. अवसरको सहर ६. यात्रु र युवामैत्री सहर

No comments: