Wednesday, December 15, 2021

December 15: Janakpur Railway



काँग्रेसमा देउवाको पुनरोदयसँगै के हुन्छ एमसीसी ? एमसीसीकै कारण सत्ता गठबन्धन परिवर्तन हुने आँकलन ........ ‘स्वाभाविक रुपमा देउवालाई अब एमसीसी अगाडि बढाउन सहज छ । तर उहाँका लागि एमसीसी अगाडि बढाउन सत्ता गठबन्धन बाधक छ । यसका लागि पुष्पकमल दाहाल बाधक छन् ।’ ....... ‘अब गठबन्धनमा केपी ओलीको प्रवेश पनि हुन सक्छ । दुवैले पार्टीबाट फ्रेस म्यान्डेट लिएका छन् । यी दुवैको सत्ता समीकरणको सम्भावना पनि उत्तिकै छ ।’ ........ चुनाव अगाडि नयाँ गठबन्धन बन्ने सम्भावना पर्याप्त छ । यदि त्यस्तो गठबन्धन बन्यो भने त्यसको उद्देश्य नै एमसीसी हो ।’ ....... अमेरिकी सहयोग परियोजना र अर्थमन्त्रालय बिच भएको सम्झौताको आधारमा एमसीए नेपाल परियोजना सञ्चालनमा छ । एमसीसी परियोजनाले विद्युत प्रसारण लाइन निर्माण गर्ने स्थानमा पूर्वतयारी, जग्गा अधिग्रहण लगायतका काम गरिरहेको ...... ‘अहिले हामीले पूर्व तयारीका काम गरिरहेका छौँ । जग्गा अधिग्रहणको काम भइरहेको छ । अहिले नुवाकोटको रातोमाटे सबस्टेशन लगायतका लागि जग्गा अधिग्रहणको काम भइरहेको छ । सार्वजनिक खरिद ऐनमा कुनै पनि आयोजनाको काम सुरु गर्नु अघि अगाडि नै जग्गा अधिग्रहण गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार जग्गा अधिग्रहण र डिजाइनहरूको सबै काम गरिसक्नुपर्छ ।’ ........ एमसीसी परियोजनाले सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासीसम्म विद्युत प्रसारण लाइन बनाउने

आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउँछ : मुख्यमन्त्री राउत
जनकपुरको रेलको कथा व्यथा ८४ वर्षअघि अर्थात् १९३७ मा भारतको ईस्ट इन्डिया कम्पनीले जयनगर–बिजलपुरासम्म ५३ किलोमिटर लामो रेल्वे लाइन स्थापित गरेको थियो । प्रारम्भमा यसको उद्देश्य नेपालको सिंग्याही, बिजलपुरादेखि बर्दिबाससम्मको क्षेत्रबाट सखुवा कटान गरी भारत पुर्याउनु थियो । ........ राणा प्रधानमन्त्री चन्द्रशमशेर र राणाभाइहरुले सखुवा निर्यातमा रोयल्टी र कमिशन गरी ठूलो रकम कमाए, कुम्लाए र मधेसको यस क्षेत्रबाट जंगल समाप्त नै भयो । यिनै सखुवा काठले भारतको रेल्वे विकासमा ठूलो योगदान दिएको भनिन्छ । खास गरी बिहार र उत्तरप्रदेशको रेल्वे निर्माणमा यसै न्यारोगेज रेल्वेले महत्वपूर्ण भूमिका खेलेको थियो । ....... नेपालमा सर्वप्रथम ईस्ट इन्डिया कम्पनीले नै ११६ वर्ष पहिले १९०५ मा बर्दिया जिल्लाको जङ्गलमा पाइने सखुवाको काठको रेल्वे स्लीपर र ट्रयाक बनाएर भारत लैजानका लागि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरकोसरकारको स्वीकृति लिएर भारतको बहराइच जिल्लाको निसानगढदेखि नेपालको बर्दिया जिल्लाको तारा तालसम्मको करिब २५ किलोमिटर दूरीमा रेल्वे लाईन ओछ्याएको थियो । ........ दोस्रो रेल्वे लाईन सन् १९२८ मा भारतीय सामान काठमाडौं पुर्याउन र नेपालको काठ भारतमा लगेर बिक्री गर्ने उद्देश्यले भारतको रक्सौलदेखि नेपालको वीरगञ्ज हुँदै अमलेखगन्ज सम्म ४२ किलोमिटरको दूरीमा एनजीआर(नेपाल गवर्नमेन्ट रेल्वे) नामक रेल सेवा सञ्चालन गरिएको थियो । तेस्रो लाइन जयनगरदेखि बिजलपुरासम्मको थियो । तीनवटै रेल्वे लाईन ईस्ट इन्डिया कम्पनी द्वारा राणा प्रधानमन्त्री चन्द्र शमशेरको सहमतिमा स्थापित भएका थिए । ........ बि. सं. १९९० सालको महाभूकम्पले यस रेल्वे लाईनको धेरै नै क्षति गरेको थियो । पछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्सेरका समयमा सर्वेक्षण गराइयो र ४ वर्षपछि बि. सं. १९९४ साल मङ्सिर १६ गतेदेखि विवाहपञ्चमीको अवसरमा यसको पुनः सञ्चालन भएको थियो । ........ पछि राणाहरूले यस रेलको भूमिकालाई हेर्दै जनकपुरको जनकमन्दीरदेखि स्टेशनसम्म सडक निर्माण गर्न लगाई त्यसको दुबैतिर बजार–गुलजार गर्न घडेरीहरू छुट्याई मारवाडी र साहुहरूलाई बजार विस्तार गर्न प्रोत्साहित गरेका थिए । ...... रेलको निमित्त चाहिने कोईलाको आपूर्ति सरकारले गर्न सकेन । गर्न रुचि पनि देखाएन । रेल कर्मचारीहरू दाउराले रेल सञ्चालन गर्न थाले । ........ तानाशाह राजा महेन्द्रको बहिरो कानमा बिरोधको आवाज पुर्याउन अमर शहीद दुर्गानन्द झा, अरविन्द ठाकुर, धुखा सहनी, दलसिं थापा मगरले बम प्रहार गरेका थिए । बम प्रहार हत्या गर्न हैन, चेतावनीको निमित्त गरिएको थियो । शाह राजाहरू त्यसपछि जनकपुरलाई दुश्मनको स्थान ठाने र जनकपुरको विकास ठ्याम्मै अवरुद्ध गरे । ........ बिराटनगर, बीरगञ्ज, भैरहवा, बुटबल, हेटौंडालाई आगाडि बढाइयो । ......... भारतमा रेलका साथै सडक सुविधा पनि छ तर रेलमा ठाउँ पाए यात्री रेल यात्रा नै मन पराउँछन् । आराम, सुरक्षा, गति, समय आदिका दृष्टिकोणले यो उत्तम हुन्छ । सामानको ओसार–पसारमा रेलमार्ग द्रुततर तथा सजिलो साधन बन्छ । अनावश्यक मानव–श्रम र समय खर्चिनु पर्दैन । एक पटक लोड गरिदिँदा गन्तव्यसम्म पुग्छ । आजको सञ्चारको युगमा व्यापार र यात्राको निमित्त यसको उपयोगिता अझै बढेको छ । ........

व्यापारिकरुपमा जनकपुरका प्रतिस्पर्धी शहरहरु जनकपुरको रेल बन्द नै रहोस् भन्ने चाहन्थे । सत्तासीन पार्टीहरूमाथि त्यहाँका व्यापारीहरू यसका निमित्त निरन्तर दबाव बनाइरहे ।

....... जनकपुरको रेलमार्ग सञ्चालनमा आएपछि आयात–निर्यातका सबै व्यापारीहरूले आ–आफ्नो व्यापारिक गतिविधिको केन्द्र जनकपुरलाई बनाउनु पर्ने हुन्थ्यो । अपवादको रुपमा पूर्वभौतिक यातायात मन्त्री हृदयेश त्रिपाठी मात्र देखा परे । जनकपुरको विकासमा रुचि राख्नुभएका त्रिपाठीले जनकपुरधामलाई एडीबी योजनाको निमित्त निर्णित गर्न लगाएका थिए भने रेलमार्गको स्तरोन्नतिको निमित्त क्षतिपूर्ति एवं मुआवजाको रकमको व्यवस्था गरेका थिए । ...........

ट्रयाक, बोगी, इन्जन, स्टेशन, गुम्ती, सिगनल सबै थोक निर्माण भइसके पनि रेल सञ्चालन हुन नसक्नु संसारकै यो पहिलो उदाहरण हो ।

............. सडक यातायात प्राइवेट सेक्टरले मज्जासँग चलाइरहँदा प्रदेश सरकारले पाँचवटा बसहरू किनेर थन्क्याएको छ, जो सञ्चालन पनि भएन, हुँदैन पनि । खिया लागेर कबाडमा जाने स्थिति आएको छ । करोडौँ रुपैयाँ बर्बाद भयो, जसप्रति कोही जिम्मेवार देखिँदैन । ..........

यी बसहरू किन्नुको एक मात्र प्रयोजन खरीदको काम गरेर करोडौं कमीशन कुम्ल्याउनु मात्र थियो भन्ने प्रष्ट छ ।

.......... जनकपुर–जयनगर रेल सञ्चालन भयो भने जनकपुर विश्व–व्यापारसँग जोडिनेछ । यहाँको व्यापारिक गतिविधि सयौं गुणा बढ्नेछ । रोजगारका अवसर ह्वात्तै बढ्नेछन् । होटेल, पर्यटन, धार्मिक महत्व, मनोरञ्जनका साधनहरू सबै तीब्रतर गतिले आगाडि बढ्नेछन् । संघीयता र जनकपुर प्रदेशको राजधानीको रुपमा प्रस्तावित भएपछि जनकपुरको विस्तार र गतिविधि यति विधि बढेको छ भने रेलमार्ग सुचारु भएपछिको स्थिति अन्दाज गर्न सकिन्छ । यो रेलमार्ग नेपालकै निमित्त पनि अत्यन्त लाभदायी सिद्ध हुनेछ ।


एनआरएनएका तीन उम्मेदवारले भने– संस्थाको विभाजनमा साक्षी बस्न सक्दैनौं

No comments: