Sunday, March 20, 2016

Nepal News (21)

छिमेकीलाई लोकतान्त्रिक बनाउनमा भारतको भूमिका : प्राध्यापक मुनी
‘सशस्त्र माओवादी आन्दोलन राजनीतिको मूलधारमा आउनु उदाहरणीय’
पछिल्लो समयमा आएर चीनले दक्षिण एशियाली मुलुकहरुको राजनीतिक पद्धतीमा चासो राख्न थालेको अवस्थालाई ‘महत्वपूर्ण र अर्थपूर्ण’ भनेर टिप्पणी गरे ..... मुनीले नेपालको राजनीतिक परिवर्तनको लहरबारे मन्तव्य राख्दै वर्षौंसम्म सशस्त्र युद्धमा होमिएको माओवादी शक्ति शान्तिपूर्ण रुपमा राजनीतिको मुलधारमा आएको घटनालाई विश्वकै लागि उदाहरणीय रहेको बताए । ..... प्राध्यापक उप्रेतीले नेपालका हरेक शासकले भारतको समर्थन खोज्ने गरेको र नेपालको आन्तरिक मामलामा दिल्लीलाई तान्ने गरेको सन्दर्भ उठाउादै यो गलत परिपाटीले पनि द्वैदेशीय सम्बन्धलाई सन्तुलित बनाउन नसकिरहेको बताएका थिए ।
‘बेलायतले गोर्खालीलाई दास बनायो’
गोर्खा भूतपुर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले बेलायतले गोर्खालीहरुलाई भर्ती गरेर भाषा संस्कार र संस्कृति सबै ध्वस्त पारिदिएको आरोप लगाएका छन् । .... नेपाली युवालाई भर्ती गराएर न नेपाली न बेलायती भन्ने स्थितिमा पुर्‍याएको उनले बताए । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार चाल्र्स ह्यारीको पोखरा आउने पूर्व सन्ध्यामा उनले आईतबार पत्रकार सम्मेलनगरी यस्तो अभिव्यक्ति दिएका हुन । ..... गुरुङले बेलायतले नेपालीलाई सेनामा भर्ती गराएर दास बनाएकाले ह्यारीले गोर्खा सैनिकप्रति सहानुभूति देखाउनुको कुनै अर्थ नभएको टिप्पणी गरे । ....ह्यारी भूपु सैनिकहरुको घरमा पुगेर भेटघाट गर्ने कार्यक्रमलाई नौटंकीको संज्ञा दिए । .... उनले नेपाल कहिल्यै पनि बेलायतको उपनिवेश नभएको बताए । प्रथम र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका ६० हजार गोरखा तथा अपांग र बेपत्ता भएकाहरुको हिसाब बेलायतले दिनुपर्ने चेतावनी दिए ।
को थिए बेलायत पुग्ने पहिलो नेपाली ?
मोतिलाल सिंहको हराएको इतिहास
दक्षिण एसियाबाटै बेलायत भ्रमण गर्ने जंगबहादुर पहिलो उच्च पदका व्यक्ति थिए । ..... बेलायतमा अचेल एक लाख नेपाली छन् । ..... मोतीलालबारे प्राप्त सबैभन्दा ठूलो तथ्य हो, उनले आपैंmले लेखेको लेख । त्यो लेख सन् १८५० जुलाइको ‘न्यु मन्थली म्यागजिन’ मा प्रकाशित भएको थियो । त्यसमा उनको लेखको शीर्षक थियो, ‘लन्डनमा नेपालीको विवरण’ । उनलाई अंग्रेजी भाषाको राम्रै ज्ञान थियो । त्यसैले उनी अंग्रेजीमा लेख्ने पहिलो नेपाली पनि हुन् । ..... मोतीलाल लन्डनमा सडक सफा गर्दै पैसा थापेर जीविकापार्जन गर्ने कुचीकार थिए । यस्तालाई ‘क्रसिङ स्विपर’ भनिन्थ्यो । भिक्टोरियाको जमानामा लन्डनमा माग्नेहरू थुप्रै हुन्थे । त्यसरी माग्नेभन्दा बाटो सफा गरेर ओहोरदोहोर गर्नेको मन जितेर पैसा माग्नु राम्रै थियो । उनले त्यस लेखमा आफूबारे पनि जानकारी दिएका छन् । उनले आफ्नो लेखमा सम्भावित नेपाली पाठकलाई लिएर उही बेला लेखेका छन्, ‘मेरा टाढा रहेका देशबासीले थाहा पाउन ।’ ..... घमासान युद्धमा म घाइते भएँ र मलाई युद्धबन्दी बनाइयो ।..... अभिशप्त र अपहेलित म पछि जित्ने सेनामै भर्ना भएँ र उनीहरूले जस्तै लड्न र अंग्रेजी बोल्न सिकें । जति बेला शान्तिका दिन आए, म आफ्नो मातृभूमिभन्दा धेरै टाढा कलकत्ता सहरमा बसिसकेको थिएँ । त्यहाँ मैले एक महिलालाई आफ्नो श्रीमती छानें । हाम्रा थुप्रै बालबच्चा भए । एउटा पानीजहाजको अंग्रेज कप्तानले सुन दिने लोभ देखाएको कारण मैले धेरै हन्डर खानुपर्‍यो । यात्राको क्रममा जम्मा गरेका सबै रुपैयाँ पनि हराएँ । ..... केही समयपछि म लन्डनका चिसा सडकमा भोकै तिर्खाउँदै र जाडोले काँप्दै बिताएँ । पछि मैले सेन्ट पउल चर्चको पूर्वपट्टि पैदलमार्गमा हातमा कुचो च्यापेर खडा हुँदै जीवन गुजारा गरें । अन्त्यमा मेरा देशवासीसँग मेरो जम्काभेट भयो । ममाथि महामहिम जंगबहादुरको नजर पर्‍यो । उनको दयाको कारण मेरी श्रीमतीले कुरिरहेको त्यो भूमिमा फर्कने सुनौलो सम्भावना पलाएको छ । आशा छ, उनी बाँचिरहेकी होलिन् ।’ ...... जंगबहादुरलाई भेट्दा मोतीलाल सम्भवत: ५६ वर्षका थिए । त्यति बेलाको चलनचल्तीअनुसार उनले आफ्नो नाम भने ‘मुतिलोल सिङ’ लेखेका छन् । उनले आफ्नो लेखमा जंगबहादुरको बेलायत यात्राबारे लामो विवरण तयार पारेका छन् । ..... द इकोनोमिस्टले सन् १८५० को जुलाई १ मा कतिसम्म लेखेको छ भने, ‘महामहिम नेपाली राजदूतले यी हिन्दु कुचीकारलाई उद्धार गरे र यिनको भाग्य चम्किएको छ । उनी नेपाली टोलीसँग दुई महिनाको बसाइमा दोभाषे बन्नेछन् । यिनी हरेक बिहान उनीहरूसँगै सुन्दर हिन्दु पहिरनमा ठाँटिएर हिँड्छन् ।’ ..... ‘मोतीलालको भक्तपुरस्थित परिवारका नयाँ पुस्ता अझै छन् होला, तिनलाई मोतीलालबारे केही थाहा छ त ?’
यसरी गर्दैछ मधेशी मोर्चाले अबको आन्दोलन
०६२/०६३ मा भएको जनआन्दोलन जस्तै अर्को आन्दोलन गर्ने तयारी मधेशी मोर्चाले गरिरहेको छ । देशका सम्पूर्ण आदिवासी जनजाति, मुस्लिम, महिला, मधेशी, दलित र पिछडा वर्गले यस आन्दोलनका लागि साथ देला भनि हिसाब गरेर मधेशी मोर्चा बसेका छन् । ..... संघीय गठबन्धनमा मधेशी मोर्चाका फोरम नेपाल, तमलोपा, तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेका छन् भने अन्य दलहरुमा बहुजन समाज पार्टी, लोक दल पार्टी, नेपाल जनजाति पार्टी, समाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी, संघीय जनमुक्ति पार्टी र थरुहट तराई पार्टी गरी जम्मा १५ दल रहेका छन् । यसमध्ये आठवटा दलहरु संसदमा छन् । ..... यो राष्ट्रिय आन्दोलनलाई पद्मरत्न तुलाधर, ओम गुरुगं जस्ताले पनि सहयोग गरिरहेका छन् ।
हलिउडमा दीपिका पादुकोणको कामूकता
बाँझो जमिन, लोहिया र राजा वीरेन्द्र
नेपाल ट्रष्टका अनुसार राजा वीरेन्द्रका नाममा विभिन्न जिल्लामा ३३ हजार ८७० रोपनी जग्गा रहेको छ भने भक्तपुरमा मात्रै १०० रोपनी जग्गा अभिलेखमा पाइन्छ । ..... एकातिर जमिन बाँझो अर्कातिर कुपोषणको अवस्था नेपालमा संसारकै उच्च छ । पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिकाको शारीरिक वृद्धि रोकिएको छ । उनीहरु २९ प्रतिशत कम तौलका छन् । ११ प्रतिशत दुब्ला छन् । पहाड र हिमाली भेगमा बालबालिकाको शारीरिक वृद्धि अवरुद्ध रहेको खाद्य तथा कृषि सङ्गठनको प्रतिवेदनमा उल्लेख छ । .... नेपालको कुल जनसङ्ख्याको ७१ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत छ । जमिन उपयोगका हिसाबले ३० लाख ९१ हजार हेक्टरमा खेती गरिँदै आएको छ । घडेरीकरणमा रुपान्तरण तथा बाँझिदै गएको जमिन १० लाख ३० हजार हेक्टर छ भने वन जङ्गलले ढाकेको जमिन ५८ लाख २८ हजार हेक्टर, चरन १७ लाख ६६ हजार हेक्टर, पानीले ढाकेको क्षेत्र तीन लाख ८३ हजार हेक्टर र अन्य जमिन २६ लाख २० हजार हेक्टर रहेको छ ।
कति भयो ओलीको भारत भ्रमण खर्च ?

No comments: