Pages

Sunday, March 13, 2016

देश पिटिक्क भाँचिने बाटो मा हिडेको हो?

जिल्ला जिल्ला मा धरपकड़ हुँदै छ। झुठा मुद्दा लेफ्ट एंड राइट लगाइदैछ। यो त फासिज्म हो। यो एमाले माओवादी र कमल थापा को फ़ासिस्ट गठबंधन। पंचायत काल फर्काई सक्यो देशमा।

११ बुँदे मा विषय प्रवेश नै गर्न चाहेको छैन सत्ता पक्ष। एक पीढ़ि हामी मधेस लाई उपनिवेश बनाएर राख्छौं अझै भन्ने मुड मा छ।

त्यस अर्थमा एक महिना फेरि मधेस अथवा देश बंद गरेर कहाँ पुग्ने इच्छा व्यक्त गरिएको हो? फासिज्म लाई सत्य आग्रहले भ्याउँदैन।

मधेस सीके राउत को बाटो तिर लंकंदैछ।

कमसेकम देशमा लोकतंत्र भएको भए त्यो नहुने। तर देशमा छ फासिज्म। चरम नस्लवाद।

नेपाल सरकार सँग क्षमता थियो भने विकास नै गर्थ्यो। यदि मधेस अलग देशको मुड मा पुगेछ भने त्यसको सामना गर्न सक्ने क्षमता नेपाल सरकार सँग छैन। यस सरकार लाई न भारत, न चीन, न अमेरिका को साथ छ।


No comments: