Thursday, March 17, 2016

Nepal News (17)

जेनेभा बैठकमा भारतले भन्यो, ‘नेपालमा थाती रहेका मुद्दा सम्बोधन होस्’
नेपालले मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा(युपिआर) क्रममा गत वर्ष १ सय ९५ वटा विविध विषयमा सुझाव पाएकोमा १ सय ५२ वटा(८० प्रतिशत)लाई मात्रै स्वीकार गरेको छ ।
मधेसी नेताले भोलि चिनियाँ राजदूतलाई ज्ञापन बुझाउने
राजदूतले दूतावासमा भेट्न नमानेपछि सांग्रिला होटलमा भेट हुने
फोरम वरिष्ठ नेता अशोककुमार राईको नेतृत्वमा राजदूत भेट्न जाने गठबन्धन टोलीमा फोरमकै सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टी महासचिव मनिषकुमार सुमन, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी प्रवक्ता केशव झा, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सदभावना पार्टी अध्यक्ष अनिल झालगायत गठबन्धन आबद्ध १५ दलका नेता रहनेछन् । ..... स्रोतका अनुसार अधिकारकर्मीर् पद्मरत्न तुलाधर र परशुराम तामाङसमेत भेटमा सहभागी हुनेछन् । .... गठबन्धनले साउन ३१ देखि मोर्चाले थालेको मधेस आन्दोलनका क्रममा उठेका मुद्दाको अझै सम्बोधन नभएको, आन्दोलनमा व्यापक धरपकड र दमन भएको, निर्दोषलाई गिरफ्तार गरी मानव अधिकार हनन गरिएको, असोज ३ गते जारी संविधान छ महिना बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको जस्ता विषय समेटेर राजदूत मार्फत चीन सरकारलाई अनुरोधपत्र पठाउन लागेको हो । ..... राजदूत भेट्ने टोलीमा लोक दलका अध्यक्ष कौशल सिंह, दलित पार्टीका अध्यक्ष गंगा महरा, सामाजिक लोकतान्त्रिक पार्टी अध्यक्ष जीवन साह, लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङेन, जनमुक्ति पार्टीका एमएस थापालगायत हुनेछन् ।
चलायमान लुटतन्त्र

नेपालमा भ्रष्टाचार नियन्त्रण सबै सरकारको प्राथमिकतामा परेको छ ।

हरेक प्रधानमन्त्रीले सरकारमा आउने बित्तिकै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलतालाई आफ्नो लक्ष्य भनी घोषणा गरेका छन् । ..... तर व्यवहारमा सबैजसो नेताले आफूलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भ्रष्टाचारको संरक्षक र प्रबर्द्धक सावित गरेर गएका छन् । ..... हालै नेपाल सरकार र नेपाल आयल निगमको मिलेमतोमा हाकाहाकी

विराट आयलले गरेको नेपाली जनताको लुट

एउटा पछिल्लो उदाहरणको रूपमा देखापरेको छ । ....... स्थिरता उन्मुख लुटाहाहरूको उद्देश्य शासन कब्जा गर्ने, आफ्नो शासनको निरन्तरताको सुनिश्चितता गर्ने र त्यसपछि शासकीय शक्तिको बलमा बढीभन्दा बढी जनताको शोषण गरी अकुत सम्पत्ति कब्जा गर्ने प्रवृत्तिका हुन्छन् । ..... यो प्रक्रिया कायम गर्न स्थिरता उन्मुख लुटाहाहरूका लागि जनतालाई न्युनतम शान्ति सुरक्षा र स्थिरताको अनुभूति गराउनु र त्यस अनुरूपको सेवा पुर्यामउनु आवश्यक हुन आउँछ । ....यसका लागि आइपर्ने खर्च छुट्याएपछि बाँकी जनताबाट परम्परा र कतिपय अवस्थामा नीतिगत संरचना र कानुनी प्रवधानबाटै जनताबाट लुट्नु स्थिरता केन्द्रित लुटाहाहरूको चरित्र हुन आउँछ । ..... स्थिरता केन्द्रित लुटको दाँजोमा घुमन्ते/चलायमान लुट अझ खतरनाक सावित हुन आउँछ, जब शासनमा बस्नेलाई आफ्नो शासनको स्थिरताबारे शंका रहन्छ या आफ्नो शासन छोटो रहन्छ भन्ने स्पष्ट अनुभूति हुन्छ । त्यस बखतको शासक वर्गले डाँकाको चरित्र धारण गर्छ । कुनै गाउँमा डाँका लाग्यो भने त्यसबखत केही समयका लागि सबै गाउँ डाँकाहरूको नियन्त्रणमा रहन्छ । ..... अर्थात त्यो गाउँमा थोरै समयका लागि डाँका नै सरकार हुन्छ र गाउँले सबै उसको निर्देशनमा रहन्छन् । यो परिस्थितिको फाइदा उठाएर डाँका समूहले गाउँलेको सम्पत्ति लुट्छ र लुटपाट पछि त्यहाँबाट हिँड्छ । यो घुमन्ते/चलायमान लुटतान्त्रिक शासनको उदाहरण मात्र हो । .....

स्थिरता केन्द्रित लुटतन्त्र र चलायमान केन्द्रित लुटतन्त्र दुबैले जनतालाई लुट्छन् ।

...... वर्तमान यथार्थ के छ भने संविधानको आडमा आज देशमा भागबन्डाको संरचना र चलायमान लुटतन्त्र एकैसाथ गएको छ ....... सरकारका कुनै मन्त्रीलाई कति दिन टिक्ने भन्ने ठेगान छैन । जसले जतिसुकै कराए पनि

देशका प्रधानमन्त्रीको सत्तामा रहने अवधि सालाखाला एक वर्ष हो ।

अब देशको नयाँ संविधान अन्तर्गतको समानुपातिक मतको आधारमा ४० प्रतिशत माननीय मनोनीत गर्ने संरचनाले यो अस्थिरतालाई भविष्यमा अझ संस्थागत गरेको छ । ....

स्पष्ट के छ भने भागबन्डामा लिप्त सत्तासीन दलहरूका लागि अब जतिदिन सत्तामा बसिन्छ, त्यसको अन्तिम दिनसम्म लुटतन्त्र चालु राख्नु एकमात्र नीतिको रूपमा देखापरेको छ ।

..... अघोषित भारतीय नाकाबन्दीप्रति उनको दरो धारणालाई जनताले ठूलो दु:खकष्ट सहेर पनि समर्थन गरेका हुन् ।
समाजको पार्टीकरण– के गर्ने ?
अहिले देशको सम्पूर्ण भागमा, हरेक जाति, वर्ग र व्यवसायको क्षेत्रमा दलहरूको प्रवेशका कारण नेपाली समाजको नै पार्टीकरण भएको छ



काठमाडौ, ३ चैत्र । एसियाली मानवअधिकार आयोग (एमाआ)ले मधेशी आन्दोलनकारीहरू विरूद्धको नेपाल सरकारको ज्यादतीका बारेमा गम्भीर...
Posted by Brikhesh Chandra Lal on Thursday, March 17, 2016

मोरङको कर्सिया चोक । यस ठाउ मा पहिला बि पि को सालीक थियो । अहिले मधेश सरकार को राजबन्शी चोक लेखिए छ ।
Posted by Rajesh Ahiraj on Wednesday, March 16, 2016

आनदोलनकारी साथीयों और नेतागण तथा मधेश आन्दोलन में लगे साथीयोंकतर में रह रहे साथी मधेश आन्दोलन के अमर शहीदों के परिवार ...
Posted by Brikhesh Chandra Lal on Wednesday, March 16, 2016

माओबादी ले जातिए राजनिती को बिउ रोप्यो , मधेशी नेता ले खेल्यो । हिजो हामी मिलेरै बस्यो अहिले सद्बभाव बिगृयो । @rangeli , morang
Posted by Rajesh Ahiraj on Thursday, March 17, 2016





सर्लाही के क्षेत्र नं.४ मे सदभावना पार्टी के राष्ट्रिय अध्यक्ष श्रद्धेय राजेन्द्र महतो जी पार्टी क्षेत्रीय सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रम मे सहभागी ।
Posted by सदभावना पार्टी on Thursday, March 17, 2016




आज दिनाक 2072/12/03 गते विराटनगर उप-महनगरपालिका वार्ड नं.18 मे सद्भावना पार्टी वार्ड इकाई कमिटी
Posted by सदभावना पार्टी on Wednesday, March 16, 2016

No comments: