Saturday, March 12, 2016

Nepal News (10)

मोर्चासँगको वार्ता निष्कर्षहीन
वार्ता भने राजनीतिक विषयमा प्रवेशै गरेन । डेढ घण्टा चलेको बैठक गिरफ्तार आन्दोलनकारीको रिहाइ, घाइतेको उपचार लगायतमै सीमित भयो । ..... ओलीले आगामी मन्त्रिपरिषद् बैठकबाट आन्दोलनका घाइतेको औषधि उपचारको निर्णय गराउने प्रतिबद्धता जनाए । ‘मोर्चा नेताले ४५ लाखजति खर्च भएको दाबी गरेका थिए । ..... मोर्चाले आन्दोलनक्रममा गिरफ्तारलाई नि:सर्त छाड्नुपर्ने र अन्य आरोपितको मुद्दा फिर्ता लिनुपर्ने अडान राखेको थियो । प्रधानमन्त्रीले राजनीतिक समिति बनाएर यसबारे निर्णय गर्न प्रस्ताव गरे । मोर्चा नेताले भने यस्तो समितिबाट निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गर्दै स्वतन्त्र न्यायिक समितिको माग गरे । ..... ‘छलफल हुनु त राम्रै हो, तर राजनीतिक विषयमा प्रवेश नभएकाले खासै फलदायी हुन सकेन,’ बैठकपछि तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले भने । ....... मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष ठाकुरले हस्तान्तरण गरेको मागपत्रमा गत कात्तिक १५ मा सरकारी वार्ता टोलीलाई बुझाएको माग सम्बोधन हुनुपर्ने, तराई आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार, पक्राउ परेकाको रिहाइ र कालोबजारी अन्त्यको माग छ । ..... मोर्चाले न्याय परिषद् पूर्ण नभएको र संसदीय सुनुवाइ समिति गठन नभएको अवस्थामा न्यायाधीश सिफारिसको विरोध जनाएको छ ।
त्यतिबेलाका शेरबहादुर दाइ
भारतमा निर्वासित कोइरालाको क्रान्तिको आह्वान र कृष्णप्रसाद भट्टराई मुलुकभित्रै रहेर ‘दरबार अगाडि बीस हजारको जुलुस निकालेपछि नेपालमा परिवर्तन आउँछ’ भन्ने उद्घोष गरिरहेका थिए । ..... सडक निर्माण कामदार तथा ग्रामीण बासिन्दालाई सोध्ने गर्थेँ, ‘शेरबहादुर देउवालाई चिन्नुहुन्छ ?’ अक्सर सबैको उत्तर हुन्थ्यो, ‘किन नचिन्नु हो, तिनी रुवाखोलाका त हुन् नि ।’ .... तिनको कार्य त परै जाओस्, तिनलाई भेटेका वा देखेका व्यक्तिहरू विरलै भेटियो । सबैले तिनलाई चिन्नुको कारण ‘हाम्रो भेगको तिनी सबैभन्दा ठूला नेता हुन्’ भन्ने थियो । ..... शेरबहादुरले मलाई देख्ने बित्तिकै सोधे, ‘तँ कैले आएको ? ल, भरे क्वाटरमा आइज ।’ .... गृहमन्त्रीको सुत्ने कोठामा केही समय कुर्नुपर्‍यो । त्यहाँको एउटा पलङ र तीन—चारवटा लम्पट छरिएका थिए । पलङको झुल टाँग्ने डन्डीमा लुगा असरल्ल झुन्डिएका थिए । धेरै अर्थमा रुवाखोलाको घरको कोठाको अवस्थाभन्दा उत्कृष्ट थिएन । ..... उहाँले क्यारिअन सुटकेस देखाउँदै भन्नुभयो, ‘हाम्रो सामान त यति नै हो ।’ ...... देउवा प्रधानमन्त्री हुँदा एक भेटमा सोधेको थिएँ, ‘दाइ, तपाईंसँग कति पैसा छ ?’ उत्तर थियो, ‘छैन । घर बनाउन जग्गा आरजुको माइतीले दिएका हुन्, घर उसैको कमाइले बनाउन लागेको छ । म त त्यो घर हेर्नसमेत गएको छैन ।’ ..... भूकम्प पीडितले बैसाख/जेठको सकस, वर्षाको भेलपानी, अनि जाडोयामको चिसो खेपेर राज्यले दिएको सहयोगको आश्वासनमा बाँचिराखेका छन् ।

मधेस आन्दोलनले उठाएको मुद्दा सम्बोधनमा विलम्ब भयो भने देश पुन: आन्दोलित हुने निश्चित छ ।

महोत्तरीको बजेट २ अर्ब

चैत मसान्त सम्मको मोर्चा द्धारा प्रधानमन्त्रीलाई अल्टिमेटन ।
मोर्चाले शुक्रवार बुझाएको ध्यानाकर्षनमा उनले अघि सारेको ११ बुदे माग सहित गएको श्रावण मसान्त देखि मधेशमा भएको आन्दोलनको क्रममा मृत्यू भएकाहरुलाई सहिद घोषणा गर्नु पर्ने, धाइतेहरुको उपचार खर्च व्योहोर्ने पर्ने, ६ महिना लामो बन्दको सम्पुर्ण कर मिनहा गर्नु पर्ने सहित कालाबजारी नियन्त्रण देखि भुकम्प पिडितहरुको पुर्नवासको समेत माग गरिएको छ । साथै मोर्चाले आन्दोलनको क्रममा राज्यद्धारा भएको दमनको छानविन गर्न न्यायीक छानविन समिती र तराई मधेशमा आन्दोलनको क्रममा प्रशरी प्रशासनले लगाएको मुद्धा फिर्ता लिन समेत माग गरेको छ । ..... मधेशी मोर्चाले आफना यी मागहरु आउदो चैत मसान्त भित्र पुरा नभए पुन कडा आन्दोलनमा जाने कुरा उक्त ध्यानाकर्षण मै उल्लेख गरेर प्रधानमन्त्रीलाई बुझाएका छन । ..... माघको अन्तिम हप्ता ६ महिना लामो आमहडताल सहितको आन्दोलनको स्वरुप परिर्तन गरेको मोर्चाले आफुहरुले अघि सारेको माग ११ बुदेको प्याकेज मै सम्बोधन हुनु पर्ने अडान दोह्याउदै आएका छन । .... यस अघि सम्म संविद्यान संशोधनको मात्रै कुरा गर्दै आएको मोर्चाले आज पहिलो पटक औपचारिक रुपमा संविद्यान पुर्नलेखनको कुरा गरेको छ ।
मधेस आन्दोलनका घाइतेलाई ४० लाख
सरकार मधेस आन्दोलनका गम्भीर घाइते भएकालाई उपचार खर्चबापत ४० लाख रुपैयाँ दिन सहमत भएको छ । मधेसकेन्द्रित दल र सरकारबीच प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त रकम दिन सहमति जनाएका हुन् । ..... सरकारले घाइतेको औषधि र उपचारमा ३१ लाख रकम दिने प्रस्ताव गरेको थियो । कानुनमन्त्री अग्नि खरेलले वीर अस्पतालमा उपचार गराएका घाइतेको उपचारखर्चवापत ३१ लाख दिने प्रस्ताव गरेका थिए । तर, मधेसी दलका नेताहरुले कुरुवाको पनि खाना र बसाइको रकम दिनुपर्ने अडान लिएपछि सरकारले थप नौ लाख दिने सहमति जनाएको

No comments: