Pages

Friday, January 22, 2016

बाबुरामको थारु आंदोलनमा सहभागिताले निकास दिन्छ

समर्थन एउटा कुरा हो, सहभागिता अर्को कुरा हो। अहिलेसम्म बाबुराम भट्टराईको मधेस र थारु आंदोलनमा समर्थन रहेको छ। एक आध कोस टाढा बाट आशीर्वाद दिए जस्तो। अब सहभागिता आउन लागेको हो भने त्यसले फरक पार्छ।

यो आंदोलन हो, चुनावी अभियान होइन। ११ बुँदे मा आउने सबै लाई स्वागत मात्र गर्ने होइन कि सकेसम्म धेरै लाई सक्रिय रुपले ल्याउने हो।

बाबुरामको थारु आंदोलनमा सहभागिताले निकास दिन्छ। समर्थन भन्दा सहभागिता ठुलो कुरा हो। आन्दोलनको पलड़ा भारी हुन्छ।



केही दिन अगाडि समाचार मा आएको, गगन थापाले शिकायत गरेको। देश भरि घुमें, जहाँ गए पनि तपाइँ बाबुरामको नया शक्ति मा शामिल हुने हल्ला छ भने साथीहरूले, म बाबुराम जी लाई अनुरोध गर्न चाहन्छु, कृपया यस्ता हल्ला फैलाएर दुःख दिने काम नगरदिनुस्।

यो बाबुरामले हल्ला फैलाएको होइन होला। यो बाबुरामको नया शक्ति देशमा जंगल को आगो जस्तो फैलिरहेको तथ्य उजागर भएको हो। मैले यसको संभावना देखेको। तर अब प्रमाण पनि पाएँ। नीतिश ले बिहार मा स्वीप दिए जस्तो गरी बाबुराम ले नेपालमा स्वीप दिने मैले देखेको छु। नेता भन्दा जनता बाठो भएको देश।

त्यस बाबुरामले मधेसी थारु आंदोलनमा सहभागिता दिन्छन् भने त्यसले धेरै फरक पार्छ। वार कि पार भन्ने गरेको, पार लगाउन मद्दत गर्छ। माओवादी को जनयुद्ध ताका माओवादी पत्र पत्रिका मा मधेस अधिकार बारे आउने गरेका लेख हरु सबै बाबुरामको कलम बाट आउने गर्थ्यो। मधेस को मुद्दा मा बाबुराम नया पाहुना होइनन्।

मधेसी मोर्चा ले एक दुई कदम अगाडि सोच्नु पर्यो। ११ बुँदे मा सक्रिय रुपले आउन चाहने सबै शक्ति लाई एक ठाउँ ल्याउनु पर्यो। यो आंदोलन चार पार्टीको मोनोपोली हुन सक्दैन। यो अधिकार को आंदोलन हो। यो चुनावी अभियान होइन। तर भविष्यको चुनावी अभियान लाई पनि त्यस्तो बृहत् मोर्चाबंदीले सघाउने काम गर्छ।

आंदोलन मा सक्रिय रुपले सहभागी हुन्छन् भने नेतृत्व मा पनि आउन सक्छन। Why not? मधेसी को अधिकार का लागि लडन मधेसी हुनुपर्ने कहाँ लेखिएको छ?

हृदयेश ले दाढ़ी किन पालेको? नेपालको राजनीति मा बाबुराम भन्दा अगाडि छिरेको मान्छे, कम उमेरमा। नेता हरुले बाल नेता जस्तो व्यवहार गरेर अनि दाढ़ी पालेको। बरु अब काट्ने कि? गगन सँग प्रतिस्प्रधा गर्ने बेला आउन लाग्यो।


No comments: