Pages

Sunday, August 16, 2015

थरुहट को विरोध गर्ने हरु कमैया प्रथा कायम राख्ने इच्छा भएका हरु हुन

चितवन देखि कंचनपुर सम्म  थरुहट राज्य बन्छ भने के बिग्रिन्छ? नेपाली जस्तै थारु पनि सरकारी कामकाज को भाषा बन्छ। तर नेपाली भाषा त कायम रहन्छ। त्यसमा थारु भाषा थपिने मात्र हो। कंचनपुर का क्षेत्री बाहुन लाई समस्या पर्ने होइन। स्वायत्त थारु प्रदेश भनेको बाँच र बाँच्न देऊ को नारा हो। यो कुनै अर्को समुदाय लाई मास्न खोजेको होइन।

स्वायत्त थारु प्रदेश भनेको त्यस प्रदेश भित्र को प्रहरी स्थानीय हुन्छ भनेको।



“थारुहरुलाई अखण्ड सुदूर पश्चिममा गाभ्ने ?” (देउबालाई थर्काउँदै आन्दोलनमा होमिए डिल्ली चौधरी)
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बर्दियामा विशाल प्रदर्शन गरेको छ । संघर्ष समितिले स्वायत्त थरुहट प्रदेश र कैलाली-कञ्चपुरलगायत तराईका जिल्ला पहाडमा मिसाउन नहुने भन्दै आन्दोलन गरिरहेको छ । समितिले आज बर्दियामा विशाल आमसभाको आयोजना गरेको हो जसमा

डिल्ली चौधरी पनि सहभागी छन् । .... अखण्ड सुदूरपश्चिमको नारा लगाउनेमध्येका मुख्य नेता शेरबहादुर देउवाका दाहिने हात हुन् डिल्ली चौधरी ।

त्यही भएर यसअघि उनी थारुको आन्दोलनमा विरलै देखिन्थे । ढिलै भए पनि उनी थारु आन्दोलनमा होमिएका छन् । उनका सहयोगीका अनुसार डिल्ली चौधरीले शेरबहादुर देउवालाई थर्काएर आन्दोलनमा होमिएका हुन् । ..... कैलाली-कञ्चनपुर अखण्डमा मिसाएको झोंक उनले अन्नतः देउवामाथि पोख्दै उनी आन्दोलनमा होमिएको ती सहयोगीले थारुवानलाई बताए । बर्दियाको गुलरियामा आयोजित सभामा उल्लेख्य थारु समुदायको उपस्थिति छ । सहभागीहरुले थरुहट जिल्ला टुक्र्याउन पाइँदैन, चार शीर्ष दलका नेताहरु मुर्दावाद भन्दै नारावाजी गरेका छन् । .....

कार्यक्रममा नेपाली कांग्रेसका तेजुलाल चौधरी, डिल्ली चौधरी, थरुहट तराई पार्टीका गोपाल दहित, गंगा थारु, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, एमाओवादीका सन्तकुमार थारुलगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो ।

No comments: