Sunday, August 30, 2015

माग्ने काम गर्ने माग्ने हो, भिखारी हो

हाम्रो यो माग छ, हाम्रो त्यो माग छ भनेर के भनेको? हाम्रो पाँच बुँदे माग छ, हाम्रो सात बुँदे माग छ। अस्ति मालिक ले दिने भनेको कुरा मात्र दिनोस अरु नया केही माग छैन।

कस्तो भिखारी भाषा हो यो!

लोकतंत्र मा जनता मालिक हो। सुशील कोइराला होइन। र जनता सड़कमा छ।

एउटा मात्र माग छ: यो चरी घैंटे गठबंधन सरकार को राजीनामा। नया अंतरिम सरकार को गठन हुन्छ। यो संविधान सभा जान्छ। देश तेस्रो संविधान सभा मा जान्छ। अंतरिम सरकार ले क्रांतिकारी सीमांकन र नामांकन गर्छ।

नामांकन गार्हो भनेर के भनेको? प्रदेश सभा लाई दिने भनेको के? के मगरात को अर्को नाम संभव छ? के तमुवान थरुहट को अर्को नाम संभव छ? के मधेस को अर्को नाम संभव छ? लिम्बुवान? शेरपा प्रदेश? तमसलिंग? किरात? कर्णाली?

क्रांतिले भीख माग्दैन। क्रांतिले सत्ता लुछछ। भीख माग्ने भाषा नबोल्ने।


No comments: