Thursday, August 27, 2015

The Liquid Ground Reality

सेनाको विश्लेषण : माग सम्बोधन नगरे नियन्त्रण गुम्नसक्छ
पश्चिम तराईमा थारूहरूको माग राजनीतिक रूपमा सम्बोधन नगरे परिस्थिति नियन्त्रणबाहिर जान सक्ने नेपालीसेनाको निष्कर्ष छ। तर, तरल परिस्थितिलाई नजिकबाट हेरिरहेको र ‘ल एन्ड अर्डर मेन्टेन’ गर्न स्थानीय प्रशासनलाई सघाइरहेको सैनिक अधिकारीहरूले बताएका छन्।एक उच्च सैनिक अधिकारीका अनुसार अहिलेकै अवस्था कायम रहे तराईमा थारू र मधेसीबीचको सहकार्यमा उत्तेजक आन्दोलन हुने र स्थिति सरकारको नियन्त्रणमा आउन नसक्ने सेनाको विश्लेषण छ। ..... राजनीतिक विषय समाधान गर्न दलीय संवाद सुरु नहुनु दुर्भाग्यपूर्ण रहेको पनि सेनाको विश्लेषण छ। कामु प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २७ साउनमा चार दलका शीर्ष नेतालाई थारू र मधेस आन्दोलनको माग सम्बोधन गर्न सुझाबसमेत दिएका थिए। ‘थारूहरूको एजेन्डा राजनीतिक रूपमा सम्बोधन गर्नुपर्छ, उनीहरूको एजेन्डा ल एन्ड अर्डरले समाधान हुँदैन,’ प्रधानमन्त्री सुशील कोइरालासहित चार दलका शीर्ष नेतासँग कामु प्रधानसेनापति क्षेत्रीले भनेका थिए, ‘अन्यथा तराईको परिस्थिति नियन्त्रणबाहिर जाने खतरा छ।’ सो बैठकमा सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मी पनि सहभागी थिए।कामु प्रधानसेनापति क्षेत्रीले त्यसअघि र पछि पनि प्रधानमन्त्री कोइरालासँगका भेटमा सोही कुरा दोहोर्याउँदै आएको एक उच्च सैनिक अधिकारीले बताए। थारू र मधेसीबीच राजनीतिक सहकार्य हुने अवस्थामा तराईमा पहाडी र अन्य समुदायबीच दंगा उत्पन्न हुनसक्नेतर्फ सेनाले सतर्क गराउँदै आएको ती अधिकारी बताउँछन्। सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले पनि राजनीतिक विषय राजनीतिक रूपमै समाधान गर्नुपर्ने बताए। ‘राजनीतिक विषयवस्तुलाई त्यही रूपमा समाधान गर्नु उपयुक्त होला, त्यो हाम्रो विषय होइन,’ सैनिक प्रवक्ता पोखरेलले भने, ‘हामीले विद्यमान नियम कानुनअनुसार स्थानीय प्रशासनलाई सहयोग गरिरहेका छौँ। कतिपय ठाउँमा सेना खटिएको छ, कहीँ गस्ती मात्रै गरेको छ। यसलाई सेना परिचालन नै भएको अवस्था मान्न मिल्दैन।’ तर, परिस्थितिलाई सेनाले नजिकबाट नियालिरहेको र सतर्क अवस्थामा रहेको प्रवक्ता पोखरेलले बताए।‘अहिलेको तरल परिस्थितिलाई हामीले नजिकबाट हेरिरहेका छौँ, स्थानीय प्रशासनको सहयोगका लागि सेना उच्च सतर्क भएर बसेको छ,’ पोखरेलले भने, ‘विद्यमान ऐन–नियमको परिधिमा रहेर ल एन्ड अर्डर मेन्टेनका लागि सेनाले स्थानीय प्रशासनलाई सघाइरहेको छ, यो सेनाको कर्तव्य हो।’ ........ कामु प्रधानसेनापति क्षेत्रीले तराईसहित सेनाका सबै युनिटलाई परिस्थिति असामान्य भएको भन्दै सतर्क अवस्थामा रहननिर्देशन दिइसकेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच उत्पन्न मनमुटावका कारण स्थानीय तहमा समन्वय अभाव रहेको र यसलाई समाधान गर्न पनि सेनाले सुझाब दिँदै आएको छ।‘सशस्त्र प्रहरी र नेपाल प्रहरीको बीचमा झगडाको बिउ रोपिदिएपछि तल्लो तहमा उनीहरूका अधिकृतदेखि जवानसम्म विभाजितमानसिकता छ, मनोबल खस्किएको छ,’ एक सैनिक अधिकारीले भने, ‘राजनीतिक दलले राजनीतिक विषयलाई वार्ताबाट नटुंग्याउने, परिस्थिति असामान्य बन्दै जाने भएपछि मुलुक कसले सम्हालिदिन्छ?’यसअघि पृतनापतिहरूको भेलामा पनि यो विषय उठाइएको थियो। राष्ट्रिय अनुसन्धान विभाग सक्रिय नभएको पनि सेनाले जनाएको छ। ‘टीकापुरमा हजारौँ मानिस घरेलु हतियार बोकेर आउँदा हाम्रा गुप्तचरका मानिस के हेरेर बसिरहेका थिए ? उनीहरूले यो सूचना किन समयमा सम्प्रेषण गर्न सकेनन् वा गरेनन् ?’ सेनाका एक उपरथीले भने, ‘ट्याक्टिकल इन्टेलिजेन्ससमेत नभएपछि कहाँबाट सुरक्षाकर्मीले गतिलो काम गर्नसक्छ ?’प्रमुख दलले ६ बाट सात प्रदेश बनाउने सहमति गरेपछि मध्यपश्चिममा दीपावली भएको थियो, तर थारू बाहुल्य पश्चिम तराईमा चर्किएको आन्दोलन अझै जारी छ। कैलालीको टीकापुरमा ७ भदौमा प्रदर्शनकारीको आक्रमणबाट एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। सो घटनापछि टीकापुरमा स्थानीय प्रशासनलाई सहयोग गर्न सेना खटिएको छ भने तराईका सबै जिल्लामा सेनाले उच्च सतर्कता अपनाएर कुनै पनि वेला खट्ने गरी तयारी अवस्थामा छ।स्रोतका अनुसार

आन्दोलनमा थारू र मधेसीको सहकार्यले मुलुककै सुरक्षा सन्तुलन खल्बलिने सेनाको विश्लेषण छ।

जंगी अड्डाको निष्कर्ष उल्लेख गर्दै स्रोतले भन्यो, ‘पश्चिम तराईको माग राजनीतिक रूपमा सम्बोधन गरिसकेपछि तराईमा ठूलोसमस्या आउँदैन। त्यसपछिका समस्या ल एन्ड अर्डरबाट हल हुन्छन्।’ तराईको सुरक्षा जटिल भए पनि नियन्त्रणबाहिर गइनसकेको सेनाको निष्कर्ष छ। अहिले नै सेना परिचालित नभएको सैनिक प्रवक्ता पोखरेलले बताए।

No comments: