Pages

Monday, August 31, 2015

मेरो जातीयता भारतीय, नागरिकता नेपाली

राजनाथ सिंह ले नेपाल मा "एक करोड़ भारतीय" रहेको भने। त्यो कुरा त मैले पटक पटक भन्दै आएको छु। इ यहाँ मात्र मैले केही हप्ता अगाडि भनें "प्रत्येक मधेसी भारतीय हो."

शेखर गोल्छा, Public Space, Private Space, नेपाली नागरिकता र मधेसी पहिचान

मेरो जातीयता भारतीय, नागरिकता नेपाली। बर्मा र असम का खस लाई, भुटान का खस लाई नेपाली देख्नेले मेरो जातीयता भारतीय भएको कुरा समाचार नभनठान्ने। राजा जनक को पाला देखि को सत्य हो त्यो।

नेपालका थुप्रै मधेसी छन जो आफ्नो आत्म घृणा सँग जुध्छन् र हार्छन्। आफुले आफुलाई स्वीकार गर्नु पर्छ अनि मात्र अरुले स्वीकार गर्छ। नेपालको प्रत्येक मधेसीको जातीयता भारतीय हो। बोर्डर पारी बिहेबारी भएको होइन। बिहेबारी हुने गरेको ठाउँमा ब्रिटिश र राणा ले बीचमा बोर्डर कोरेका हुन। अवैध बोर्डर। ब्रिटिश गए, राणा गए, तर त्यो अवैध बोर्डर गएन।


No comments: