The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, May 10, 2022
Bhim Upadhyaya For Balen Shah
मौन अवधिमा कसरी हुन्छ 'कानेखुसी' प्रचार? चुनावी सरगर्मीमा तातेको वातावरणलाई शान्त पार्ने समय हो- मौन अवधि । तर यहि अवधिमा ‘ह्विस्परिङ क्याम्पेन’ अर्थात् कानेखुसी प्रचार-प्रसार हुन्छ । कसैलाई धम्क्याउने, फकाउने र प्रलोभन दिनेजस्ता क्रियाकलाप पनि हुन सक्छ त्यसैले मतदाता जोगिनुपर्छ । ....... राजनीतिक दलका कोणसभा, बाजागाजा, झ्याली–दमाहाका प्याइँप्याइँ र पुइँपुइँ, आमसभालगायत निर्वाचनका सबै तामझाम र रमिता आजै राति १२ बजेदेखि बन्द हुनेछन् । निर्वाचन आचारसंहिताले मौन अवधिमा सरोकारवाला पक्षलाई प्रचार–प्रसारका सार्वजनिक गतिविधिमा रोक लगाउने परम्परा चलिआएको छ । ........ दक्षिण एसियाका प्रायः देशहरुमा निर्वाचन हुनुपूर्वको ४८ घण्टाको अवधिलाई मौन अवधि भन्ने गरिन्छ । ........ पश्चिमा प्रजातान्त्रिक मुलुकहरुमा कर्मचारीहरुले अवकाशपछि दुई वर्षसम्म राजनीति गर्न नपाइने मान्यता रहेको छ । यद्यपि, त्यस्तो नियम, कानुन छैन । केवल त्यस्तो मान्यता वा परम्परा छ ती मुलुकहरुमा । त्यो पनि एकप्रकारको कर्मचारीहरुका लागि राजनीतिक मैदानमा प्रवेश गर्ने ‘कुलिङ पिरियड’ नै हो । तर, हामीकहाँ सचिव, उपसचिव जागीरमा भएकादेखि एआईजी, डीआईजी भईसकेकाहरु पनि तुरुन्तै राजनीतिक दलमा प्रवेश गरेर चुनाव उठ्ने गरेको पाइन्छ । राजनीतिमा यो स्वच्छ संस्कृति होइन । ........ त्यहाँ त चुनावकै दिन पनि गाडी चलिरहेको हुन्छ । नेपालमा खै यो के चलन हो ? चुनावको दिनमा कर्फ्यू लागेजस्तो सार्वजनिक यातायातलगायत सबथोक बन्द हुन्छ । हुँदाहुँदा यसपटक त हाम्रो लोकतान्त्रिक सरकारले हवाई सेवाधरि बन्द गर्ने निर्णय गरेछ । ......... फोटोसहितको मतदाता नामावलीको व्यवस्थाले गर्दा चुनावमा हुने ९० प्रतिशत द्वन्द्व र झगडा/झडपलाई समाप्त गरिदिएको छ । पहिले धेरैजसो झगडा नै एउटाको नाउँमा अर्कोले भोट खसालि दिनाले हुने गर्थ्यो । बुथ क्याप्चर गर्ने, प्रोक्सी मत खसाल्ने हुन्थ्यो । फोटोसहितको मतदाता नामावलीको व्यवस्थाले गर्दा त्यस्तो काम गरिआएकाहरुले काम पाएका छैनन् । बरु अहिले ‘निर्वाचन परिणाम तलमाथि पारिदिन्छौँ’ भन्ने हावादारी विचौलियाहरु आएका छन् । ....... नेपालमा वास्तविकता के छ भने मौन अवधिमा नै उम्मेदवारको जीत–हार तय हुन्छ । यस अवधिमा भाषण, र्याली, भेटघाट नभए पनि ‘हिृवस्परिङ क्याम्पेन’ अर्थात् कानेखुशी प्रचार–प्रसारको भरमा चुनावी अभियानको बेला गर्न नभ्याएको र नभेटेका, आफन्त, साथीभाइ, टेलिफोनमार्फत् सम्पर्क गरेर प्रभाव बढाउने गरिन्छ । कसैलाई धम्क्याउने, कसैलाई फकाउने र प्रलोभन दिनेजस्ता क्रियाकलाप पनि यस अवधिमा हुने गर्छन् । ........ हाम्रा नेताहरुले निर्वाचनका बेला गरेका भाषण र तिनले प्रयोग गरेका शब्दहरु निकृष्ट र तल्लो स्तरका छन् । यस्ता शब्दहरु हाम्रा शब्दकोषमा छँदा पनि छैनन् र रहनलायक पनि छैनन् । ........ सय किलोमिटर प्रति घण्टाको गतिमा कुदिरहेको गाडीको इन्जिन निकै तातेको हुन्छ । त्यसलाई दुई दिन ग्यारेजमा राखेर पुनः चलाउने हो भने त्यो गाडीको इन्जिन र सबै पार्टपूर्जा सेलाउँछ । गन्तव्यसम्म पुग्नका लागि समस्या पर्दैन । हो, यस्तै महिना, डेढ महिनादेखि द्वन्द्व, तनाव र झडपहरुको समेत सामना गरेका नेता/कार्यकर्ता र मतदाताहरुलाई शान्त पार्ने उद्देश्यले दुई दिनको मौन अवधि राख्ने परम्परा बसालिएको हो ।
अबको आशा बालेन शाह
Positive Vote, Not Protest Vote
Balen For Mayor
Balen Shah: May 9
नवजागरण Navajagaran (New Beginnings)
बालेन शाह को दशक पुरानो रैप बैटल (Rap Battle)
Balen Shah: Groundswell Support In Kathmandu
Balen Shah
काठमाण्डु को स्वतंत्र मेयर ले देश नै बदल्न सक्छ
त्यो नेपाल को झण्डा बोकेको मान्छे को हो त्यो?
बालेन शाह केशव स्थापित जस्तो मान्छे होइन, सही कुरा
काठमाण्डु का कांग्रेसी ले #MeToo स्थापित लाई विस्थापित किन नगर्ने? केशव Stop It
Nepali Joe Rogan Talks To Nepali Zelensky
Balen Shah For Kathmandu Mayor
Subscribe to:
Comments (Atom)


















