Showing posts with label south asian economic union. Show all posts
Showing posts with label south asian economic union. Show all posts

Tuesday, December 01, 2015

चार देशमा बायोमेट्रिक आईडि

१० बर्ष भित्र आर्थिक एकीकरण गर्ने निर्णय गरेका चार देश नेपाल, भारत, भुटान, बंगलादेश ले आफ्नो भूभाग का सबै मानिसको चार देशमा बायोमेट्रिक आईडि बनाउने तर्फ सोँच्नु पर्छ। अनि बॉर्डर क्रासिंग, एयरपोर्ट, रेल स्टेशन, बस स्टेशन जस्ता प्रमुख ठाउँ मा स्मार्ट सीसा मा ल्याप्चे लगाए जस्तो छुने गर्न सकिन्छ।  औंठा मा एंटीसेप्टिक ले साफ गर्दै ठयाप्प। अनि एउटा सेंट्रल डाटाबेस मा त्यो अंकित हुन्छ। यसले लॉ एंड आर्डर मेन्टेन गर्न मदत गर्छ नै। आर्थिक गतिविधि मा पनि मदत पुग्छ। बैंकिंग सेवा लाई गरीब से गरीब सम्म पुर्याउन सकिन्छ। बायोमेट्रिक आईडि का आधारमा मानिस हरुको क्रेडिट हिस्ट्री बन्छ। लोन लिन पाउने हुन्छ। सान्तिनो बिजनेस व्यापार गर्न पायो। बायोमेट्रिक आईडि का आधारमा बैंक खाता नभएकाले बैंक खाता खोल्न पायो। भौतिक पूर्वाधार नै नचाहिने नभएको बैंक हरु खुल्छन्। सस्तो स्मार्टफोन मा बायोमेट्रिक आईडि को आधारमा सर्विस दिने खाल का एप्प हरु बनलान। चार देशका सुरक्षा निकाय हरुले एक अर्का सँग सहकार्य गर्न सजिलो हुने हुन्छ। बायोमेट्रिक आईडि ले ecommerce फस्टाउने हुन्छ। कुना कुनामा ecommerce पुग्छ। बायोमेट्रिक आईडि ले निष्पक्ष इलेक्ट्रॉनिक चुनाव गर्न पनि मिल्छ। आफ्नो औंठा त अरुले बोकेर हिड्ने कुरा आउँदैन। चुनाव को नतिजा तुरुन्त आइपुग्छ। चार देशका नागरिकले एक ले अर्का को देशमा वोट चाहिँ खसाल्न पाएन अरु सब पायो। हुन त आर्थिक एकीकरण पछि जसले पनि गर्ने भनेको राजनीतिक एकीकरण नै हो। बायोमेट्रिक आईडि फेरि नागरिकता जस्तो होइन कि कानुन विधि पुर्याउनु पर्ने। सिंपल। बायोमेट्रिक आईडि ले चार देशमा रहेको statelessness को समस्या पनि कंट्रोल गर्न मदत गर्छ। जुन कि अति ठुलो समस्या हो र मानव अधिकार को हनन हो। जुन देशमा व्यापक statelessness छ त्यो लोकतान्त्रिक देश नै होइन।


Sunday, October 18, 2015

नेपालीको भारतमा स्थिति के छ?

नेपालको सन १९५० को जनसंख्या थियो ८० लाख नेपाल सरकार का अनुसार। अहिले तीन करोड़ भन्छ। असंभव कुरा। जनसँख्या वृद्धि को ग्राफ धनी देश को जस्तो देखाउँछ। गरीब देश हो। ग्राफ अरु गरीब देश हरु जस्तो नै होला। गरीब देश हरु को जनसँख्या यस अंतराल मा  १०-२० गुणा बढेको छ। नेपालको चार गुणा मात्र बढ्यो भन्नु सरासर ढाटेको हो।

१० गुणा बढेको भए ८ करोड़ भयो। सन १९५० को जनसंख्या ५० लाख थियो भने अहिले बढेर पाँच देखि १० करोड़ भएको हुनुपर्छ। मधेस मा भारत बाट मान्छे आयो भन्छन। नेपाल कुन मलेशिया कतार हो र भारत बाट मान्छे आउनुपर्ने? अलि अलि आयो होला, खुला बोर्डर छ, कति बेला बोर्डर क्रॉस गरिएछ भन्ने पनि थाहा हुँदैन।

भारत मा नेपाली भाषी भारतीय नागरिक एक करोड़ छ भन्ने गरिन्छ। नेपाल पहाड़ बाट काम खोज्दै गएका चाहिँ ८० लाख। त्यो ८० लाख होइन होला। ७० लाख त माओवादी युद्ध को समयमा मात्र पुगे। डेढ़ करोड़ त त्यसै भो। त्योभन्दा बढ़ी होला। सब undocumented छन। दशैं मा दुई हप्ता घर आउँछन् जिंदगी उतै बित्छ। त्यो बेठीक अवस्था हो। एक किसिमको statelessness नै हो।

नेपालका खस शासक १००% सब भारत बाट आएका हुन। को कहिले आयो भन्ने मात्र हो। पृथ्वी नारायण ले नेपाल लाई "सच्चा हिंदुस्तान" भनेको होइन?

भारत मा नेपाली कति छन। यो तथ्यांक कसै सँग छैन। अधिकांश ले अशिक्षित भएको ले मजदुर पाले चौकीदार जस्ता काम गरेका छन। आफ्नो देश ले शिक्षा दीक्षा दिएन। यी डेढ़ करोड़ लाई NRN पनि भनिँदैन जब कि सबैभन्दा खाँटी NRN यिनै हुन।

नेपाल भारत राजनीतिक आर्थिक एकीकरण को सबैभन्दा खाँचो इनलाई छ। जो नेपाल पहाड़ बाट झरेर भारत मा काम गर्छन। नेपाल भारत राजनीतिक आर्थिक एकीकरण गरेर इ सब लाई नागरिकता पत्र को व्यवस्था गर्नु पर्छ। काम गरेकै ठाउँ मा सपरिवार बस्ने व्यवस्था गर्नु पर्छ। दशैं उतै मनाउनु पर्छ। इनका छोराछोरी को शिक्षा भारत सरकार को जिम्मेवारी बन्नुपर्छ। शिक्षित भये पछि मजदुर चौकीदार बन्नू पर्दैन। राम्रो काम पाउँछ।

भारतमा नेपाली भाषी को एउटा substantial voting bloc बन्छ। राजनीतिक सशक्तिकरण हुन्छ।


Tuesday, June 16, 2015

नेपालमा सार्वभौमसत्ता जनतामा छ भने

नेपालको संसदले बहुमत द्वारा जनमतमा संग्रहमा जाने निर्णय गर्न सक्छ। जनमत के भन्दा खेरी ---- नेपाल अलग देश भएर बस्ने कि भारतको एक राज्य बन्ने? भारतको राज्य बन्दा नेपाल र नेपालीको आर्थिक प्रगति द्रुततर गतिमा हुने कुरा हुन सक्छ। भारतको राज्य बने पछि नेपाल भुपरिवेष्टित राष्ट्र हुने भएन।

जनमत संग्रहमा भारत को राज्य बन्ने भन्ने मतले बहुमत पाउनु पर्यो। अनि हुन्छ।

तर यो पूरै अभ्यास मा भारत तठस्थ बस्नुपर्ने हुन्छ। पूरै अभ्यास लोकतान्त्रिक र अहिंसात्मक हुनुपर्छ। The highest standards in free and fair elections should be followed. International observers should verify that.

उसै पनि खस पनि, मधेसी पनि र जनजाति पनि, दलित पनि, महिला पनि ---- सबै नेपालमा भन्दा भारतमा बढ़ी संख्यामा छन। भारत त्यस्तो नौलो भुमि होइन।

यस बारे मेरो के छ विचार? म न्यूट्रल हो। नेपाल लोकतंत्र, संघीयता र दक्षिण एशिया को आर्थिक एकीकरण को बाटोमा हिड्छ भने अलग देश भएर पनि धेरै प्रगति गर्न सक्छ। तर त्यो बाटोमा अहिले हिँडेको छैन, खुट्टा घिसारेको छ।

मेरो यो blog post एउटा theoretical exercise हो। नेपालमा सार्वभौमसत्ता जनतामा छ भन्छन --- त्यो भनेको के भनेर कसैले सोध्छन भने मैले एउटा जवाफ यो पनि दिन्छु। नेपालमा सार्वभौमसत्ता जनतामा छ भनेको यो पनि हो भनेर भन्छु।

यो मानव अधिकार हो। Right to self determination.

Does The World Government Have To Await A Total Spread Of Democracy?
World Government And Federal States


Modi In Dhaka

Wednesday, November 26, 2014

Modi Noticed A "Trust Deficit"

मोदी grassroots बाट माथि आएको मान्छे ---- त्यस्तो मान्छेलाई झुक्याउन बड़ो गार्हो हुन्छ, असंभव नै हुन्छ।

मोदीले आफ्नो नेपाल भ्रमणमा "trust deficit" को कुरा गरे ----- trust deficit कम गर्न सकेको खण्डमा विकास तीव्र गतिमा हुन्छ भने।

मोदी नेपाललाई माया गर्ने मान्छे, नेपाली जनतालाई माया गर्ने मान्छे। वामदेव तर नेपाली जनतालाई माया गरेको मान्छे हुँदै होइन। देशघाती मान्छे वामदेव। त्यो देशद्रोहीले मोदीप्रति शंकाको दृष्टिले हेर्नु भनेको के?

मोदी आफु भष्टाचार नगर्ने मान्छे। भष्टाचार नगर्ने मान्छे मनमोहन सिंह पनि हो, जसलाई मोदीले मजाकमा मौनमोहन सिंह भन्ने गर्थे। तर फरक ----- मोदीको भनाइ छ, "खुद भी नहीं खाउंगा, तुझे भी खाने नहीं दुँगा।" त्यस्तो सक्षम व्यक्तिले वामदेव जस्तो घिनलाग्दो corrupt मान्छेलाई १० किलोमीटर टाढै बाट चिन्दिन्छ।

वामदेवको राष्ट्रियता के? यो चोर डाँकाको पनि कहीं राष्ट्रियता हुन्छ? देशमा लॉ एंड आर्डर को जिम्मेवारी बोकेको गृह मंत्री जो आफै सुपर डॉन हो ---- त्यस्तो चोरले आफ्नो कालो अनुहार ढाक छोप् गर्न "राष्ट्रियता! राष्ट्रियता!" भनेर चिच्याई रहेको हुन्छ।

मोदी भनेको कुनै पनि लोकतंत्रले प्रत्येक ४ वर्षमा आटोमेटिक पाइहाल्ने नेता होइन ---- मोदी जस्तो मान्छे ५० वर्षमा एक पटक देखा पर्छ। त्यो मान्छेले नेपाललाई सँग सँगै लान खोजेका छन। त्यो मोदीको बाटोमा रोड़ा अड्काउने काम वामदेवले गरेको छ। नेपाली जनता सावधान!

मोदीकी श्रीमती आज पनि बस चढ्छिन् --- त्यो मोदीले नेपाल जस्तो कंगाल देश प्रति पाकेटमार दृष्टिले हेरेको वामदेवको आरोप "चोरले कोतवाल डांटेको" अवस्था हो। चोर वामदेव हो।


Sunday, November 23, 2014

सुशील-वामदेव: खतरनाक कि निकम्मा?

नेपाल-भारत सम्बन्धलाई नया किसिमले पुनर्स्थापित गर्ने मोदीको इच्छा हो। समानताको कुरा। आर्थिक क्रांतिको कुरा। भारतलाई विकसित देश बनाउने मोदीको सपना हो। क्षमता भएका मान्छे हुन। गर्न सक्छन। १० वर्ष मात्र समय मागेका छन। साथै नेपाललाई पनि विकसित देश बनाउन चाहन्छन्। इच्छा छ। नेपाललाई असाध्यै माया गर्ने मान्छे मोदी। पैसावालको पो पॉकेटमारी हुन्छ, कंगाल मान्छेको पनि कहीं पॉकेटमारी हुन्छ। मोदीले नेपाललाई ठग्न खोजेको भन्ने hint दिने हरुको टाउको भित्र दिमाग होइन, गोबर छ। कहाँ भारत विश्वको तेस्रो सबैभन्दा ठुलो अर्थतंत्र, कहाँ नेपाल।

सुशील-वामदेवको सरकार निकम्मा भएकोले मोदी जनकपुर नआएको

घोडालाई पानी सम्म लग्न सकिन्छ, तर जबरजस्ती पानी खुवाउन सकिँदैन। सुशील-वामदेव-केपी भनेका देशलाई पानी नखाने घोडा बनाएर राखेका मान्छे हरु हुन। जुसिल्किरा साइज का इ मान्छे हरुलाई खतरनाक भनौं भने कसरी भनौं ---- तर निकम्मा चाहिं भन्नै पर्ने हुन्छ।

घोक्रे ठयाक लगाएर नेपालको राजनीति बाट फाल्नु पर्ने मान्छे हरु।


Monday, November 03, 2014

आर्थिक क्रांतिको हतारो

सबैलाई मिल्ने संघीयता आओस, संविधान आओस। देश नियमित निर्वाचनमा जाओस। मलाई हतारो भइसक्यो। आर्थिक क्रांतिको हतारो।

आर्थिक क्रांति भनेको double digit growth rates year in year out for 30 years हो। देशका भविष्यका प्रधान मंत्री पास/फेल हुने मापदण्ड त्यही हो। डबल डिजिट growth rate दिने प्रधान मंत्री पास।


Tuesday, October 21, 2014

दक्षिण एशियाको आर्थिक एकीकरण

नेपालमा न्यायपुर्ण संघीयता र दक्षिण एशियाको आर्थिक एकीकरण ----  यी दुई कुराले मधेसीलाई समानता दिने हो। सार्कको आफ्नै संसद चाहिने हुन्छ पछि। दक्षिण एशिया को आर्थिक एकीकरण भएमा नेपाल भूपरिवेष्टित भएर बेहोर्नु परेको समस्या सब गायब हुन्छ।

सार्क ईयू मोडलमा जाने
दक्षिण एसियाली आर्थिक संघ (एसएईयू) का रूपमा स्थापित हुने महत्त्वाकांक्षी योजना